२४

“दुई दिनपछि म मोफसलतिर लागें । पत्नीसँग बिदाबारी हुँदा मेरो मनोभावना शान्त र ज्यादै राम्रो थियो । मोफसलतिर जहिले पनि कामको चटारो नै रहन्छ । त्यो आफ्नै संसार हो । त्यहाँको जीवन र रहनसहन पनि खास आफ्नै प्रकारको हुन्छ । पहिला दुई दिनसम्म मैले पूरै द-दस घण्टा सम्मेलनमै बिताएँ । तेस्रो दिन त्यही नै मलाई पत्नीको चिठ्ठी हस्तान्तरित गरियो । मैले तत्कालै त्यो चिट्ठी पढें । उसले केटाकेटीहरूको बारेमा, काकाको बारेमा, घाईको बारेमा लेखेकी थिई । प्रसँगवश अति सामान्य कुरा जस्तै गरेर उसले त्रुखाचेभ्स्कीको पनि चर्चा गरेकी थिर्इ र के सूचित गरेकी थिई भने ऊ आएको थियो र उसले आफ्नो साथमा ती स्वरलिपिहरू पनि ल्याएन थियो जुन ल्याउने गरेको थियो । उसले फेरि मिलेर बाजा बजाउने आग्रह गरेको रहेछ, तर म? पत्नीले अस्वीकार गरिदिई । उसले स्वरलिपिहरू ल्याउने कुरा गरेको त मलाई सम्झना नै रहेछ, तर मेरी सकेन । हामीसँग पूरै बिदाबारी भएर ऊ गइसकेको थियो भन्ने पो त मेरो भनाई थियो । तसर्थ मलाई अप्रिय र नरमाइलो लाग्यो तर त्यतिखेर म काममा ज्यादै नै व्यस्त हुनाले सोचविचार
फुर्सद नै थिएन । साँझपख आफ्नो डेरामा फर्केपछि मैले चिट्ठी फेरि पढेँ । मेरो अनुपस्थितिमा त्रुखाचेभ्स्की मेरो घरमा फेरि पुगेको नरमाइलो खबरको साथसाथै चिठ्ठीको भाका पनि मलाई असाध्यै तनावपूर्ण लाग्यो । ईष्याको भयानक जन्तु आफ्नो दुलोमा घुर्राउन लागिहाल्यो र बाहिर निस्कन खोज्यो । तर मैले त्यसलाई त्यही नै थुनेर राखेँ । मलाई त्यसको पाशविकतासित डर लाग्नेगर्थ्यो र्इष्र्याको भावना अति तुच्छ भावना हो !:-मैले मनमनै भने ।-‘जुन कुराको चिठ्ठीमा उल्लेख गरिएको छ त्यो त एकदमै स्वाभाविक नै छ ।’

म बिछ्यौनामा पल्टिएँ र भोलिपल्टको आफ्नो कामको बारेमा सोच्न लागे । नयाँ ठाउँमा ती सम्मेलनका दिनहरूमा अक्सर म निकै बेरसम्म निदाउनै सक्तिनथेँ । परन्तु त्यस राति म छिटै निदाइहालें । जे होस्‌, कहिलेकाही यस्तो पनि हुनेगर्छ नाइँ ! म एकाएक झसङ्ग भए मानौं बिजुलीको झटका लागेको होस्‌ ! यसै गरी म झल्यास्स ब्युँझिएँ । मेरो मथिंगलमा चाहिँ मेरी पत्नी, हाम्रो वासनामय प्रेम र त्रुखचेभ्स्की नै चक्कराउन थाले । मेरी पत्नी र मेरो बीचका सारा सम्बन्ध नै टुटिसकेको छ भन्ने मलाई पक्का विश्वास भयो । क्रोध र भयले मेरो मुटुमा गाँठो पर्यो । तैपनि म आफ्नो मनलाई सम्झाउन लागें: “यस्तो कुरा हुन सक्तैन । यसको कुनै प्रमाण छैन । उनीहरू दुवैको पारस्परिक सम्बन्ध एकदमै सामान्य छ, जस्तो पहिले थियो र अहिले छ । यस्तो भयानक कुराको कल्पना” गरेर त म आफ्नी पत्नीको र आफ्नै समेत अपमान गरिरहेको हुनेछु । त्यो को हो र त्यस्तो ? एक साधारण बेलाबादक न हो त्यो ! त्यो एक ज्यालादारी हरिकंगाल न हो ! परन्तु मेरी पत्नी भने एक कुलीन महिला हो, एक परिवारकी सम्मानित आमा हो, मेरी आफ्नी अर्घाङ्गिनी हो ! ती दुवैको बीचमा कुनै लसपस हुन सक्छ र कतै ?’-एकातिर म यस किसिमबाट तर्क गर्दैथिएँ। तर अर्कोतिर म यस्तो पनि सोच्न पुग्थे: “यो हुनै नसक्ने त कहाँ हो र ?’ एउटै कुरा यस्तो छ जसले गर्दा कुनै पनि पुरुष कुनै पनि स्त्रीतर्फ आकर्षित भैहाल्छ । त्यो त्यही नै कुरा हो जसको लागि मैले आफ्नी पत्नीलाई बिहे गरेर त्याएको थिएँ र त्यसैको लागि नै त म उससँग बसेको पनि छु । म उसबाट जुन कुरा चाहन्छु त्यही कुरा त अरु मानिसहरू झैँ यो बेलाबादक पनि उसबाट चाहन्छ होला । ऊ अविवाहित छ, स्वस्थ पनि छ ( उसले कर्कुरे हाडसहितको चप पनि कसरी चरमचरम चपाएर खाएको थियो र मदिराको गिलास आफ्ना राता ओंठनेर पुर्याएर कसरी घटघट पिएको थियो भन्ने मलाई सम्झना भएर आयो), मोटोघाटो र रातोपिरो देखिन्छ । सके उसको कुनै सिद्धान्त नै छैन होला ! सके उसको एउटै मात्र यस्तो सिद्धान्त होला- कुनै राम्रो मौका हात लाग्छ भने त्यसलाई गुम्न नदेऊ ! संगीतले उसलाई र मेरी पत्नीलाई एउटै सूत्रमा जोडिदिएको छ । कामवासनालाई जगाउने त त्यसभन्दा राम्रो र शिष्ट साधन अर्को कुनै छैन । त्यस कामवासनामा अकुश लगाउने के छ र त्यहाँ ? केही पनि छैन । बरु त्यसलाई जगाउने मात्रै पो छन्‌ त त्यहाँ सबै कुराहरू । आइमाई ? को हो त्यो आइमाई ? त्यो एक रहर
बनिसकेकी छे- मेरो लागि सदैव नै एक रहस्य रहँदै आएकी छे । मैले उसलाई चिन्नै सकिरहेको छैन । मत उसको स्वभावको पाशकिक वुत्तिलाई मात्रै चिन्छु । एउटा पशुले आत्मसंयम भन्ने कुरा बुझेको हुँदैन, न त उसलाई रोक्न नै सकिन्छ ।

अनि मलाई उनीहरूको मुखाकृतिको सम्झना भएर आयो । त्यस साँझ उनीहरूले क्रुजर सनेट बजाइसकेपछि जब मेरो छोटो त उद्देगपूर्ण धून बजाएका थिए, त्यतिखेर उनीहरूको मुखको भाव एक तमाशको थियो । त्यस संगीतका रचयिताको नाम मलाई सम्झना रहेन, तर त्यो धून असाध्य वासनापूर्ण र कामोत्तेजक थियो । उनीहरूको अनुहारमा देखा परेको भावको सम्झना हुनासाथै मैले आफैसित प्रश्न सोधेँ: ‘किन तँ त्यहाँबाट हिंडिस्‌ ? उनीहरूको बीचमा जुन कुरा हुनुपर्नेथियो सो त्यसै साँझ भैसकेको थियो भन्ने छर्लङ्ग थिएन र ? त्यसै दिन नै उनीहरूबीच रहेका सब अडचनहरू हटिसकेका मात्र थिएनन्‌, बरु ती दुवै जना, खास गरेर तेरै पत्नीले उनीहरूबीच घटेको घटनापछि केही लज्जाको अनुभव गरिरहेकी पनि प्रष्ट भैसकेको थिएन र ?’ मलाई उसको त्यो दयनीय र आत्मविभोर मृदुमुस्कानको सम्झना भयो । म पेनोबाजानेर पुग्दा लाली चढेको मुखबाट उसले पसीना पुछेकी थिई । त्यस बेला उनीहरू चोर नजरले एक अर्कालाई नहेर्ने प्रयास गर्दैथिए । साँझको खाना खाने बेलामा मात्रै मेरी पत्नीको लागि गिलासमा पानी खन्याउँदा उनीहरू एक दोस्रोलाई हेर्दै मुसुमुसु हाँसेका थिए । उनीहरूको त्यो कटाक्ष र त्यस मृदुमुस्कानको सम्झना हुनेबित्तिकै म झस्किन पुगें । मेरो एक मनले भन्योः “बस्‌, सब कुरा सिद्धियो !’ परन्तु मेरो अर्को मनले चाहिँ तत्कालै यसको उल्टो कुरा भन्योः “तँ भ्रममा परेको छस्‌ ! यस्तो कुरा हुँदै होइन !’ त्यहाँ अँध्यारोमा पल्टिरहनु मेरो लागि असम्भव भैसकेको थियो । मैले सलाई कोरेँ । पहेँलो भित्तेकागज टाँसिएको त्यस सानो कोठामा मलाई कुन्नि किन हो कस्तो कस्तो डर लाग्न थाल्यो । मैले चुरोट सल्काएँ । यस्तै बानी परिसकेको थियो मलाई । जहिले पनि मेरो मन कुनै विकट अन्तर्द्वन्द्वको भुमरीमा परेर आकुल-व्याकुल हुँदा म चुरोट तान्न थाल्छु । तसर्थ मैले एकपछि अर्को चुरोट सल्काएँ र अन्तर्दन्द्वबाट उम्कने र आफूलाई नै बिर्सने प्रयासमा लागें ।

म रातभरि नै निदाउन सकिनँ । यस्तो उकुसमुकुसमा बढी बस्न सकिन्न र तत्कालै हिंडिहाल्नुपर्छ भन्ने अठोट गरेर मैले आफ्नो टहलसेवा गर्ने पालेलाई सखारै पाँच बजेतिर ब्युँझाएँ र घोडाहरू ल्याउन पठाएँ । सम्मेलनमा चाहिं मैले मास्कोबाट जरुरी कामले तुरुन्त भएको छ भन्ने आसयको चिट्ठी पठाएँ र मेरो सट्टामा कुनै अर्कै व्यक्तिलाई सदस्य
योस्‌ भन्ने पनि अनुरोध गरेँ । बिहान आठ बजे नै म घोडागाडीमा चढेँ र रमाना भैहालें ।”