‘शायद म चित्रकार भएको भए अलि राम्रो हुन्थेँ कि ? त्यसो हुन्थ्यो भने मेरो जीवन शायद कम तनावयुक्त हुन्थ्यो होला,’ प्रख्यात फिल्म कलाकार सिल्भेस्टर स्टालोनले गत महिना आफ्नो पेन्टिङ प्रदर्शनीका क्रममा भनेका थिए ।
द रकी, रेम्बो, एक्सपेन्डबल्स फिल्मका कलाकारले केही समयअघि जर्मनीमा सिल्भेस्टर स्टालोनः द म्याजिक अफ बिइङ प्रदर्शनी उद्घाटन गरेका थिए ।
उनको यो तेस्रो चित्रकला प्रदर्शनी थियो । यसअघि रूसको सेन्ट पिटर्सबर्गमा २०१३ मा र फ्रान्समा २०१५ मा उनका चित्रहरूको प्रदर्शनी लागिसकेका थिए ।
बच्चै बेलादेखि उनलाई चित्रकलामा खुब रूचि थियो । उनका कयौँ प्रयोगात्मक चित्रकलाहरू बनाएर देखाएका थिए । हुर्कंदै गर्दा र कलामा पारंगत हुँदै गर्दा उनलाई सबैभन्दा बढी धक्का के लाग्यो भने दुई वर्षसम्म पनि उनका एउटै चित्रकला बिकेका थिएनन् ।
यसपछि उनी पक्का भए, यो मेरो बाटो र पाटो होइन । तापनि ७५ वर्षे उनलाई अझै पनि कताकति लागिरहन्छ, मभित्र अझै कलाकारिता छ । त्यसलाई मार्नु हुन्न ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।