प्राज्ञ कलाकार लालकाजी लामा चित्रकला र मूर्तिकला दुवैमा कृति सृजना गर्नुहुन्छ । कलाका अभियन्तासमेत रहनु भएका उहाँको नेतृत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मूर्तिकला र चित्रकलाका कार्यशालाहरू देशका विभिन्न ठाउँमा सम्पन्न भई सकेका छन्।

प्रस्तुत चित्र काठमाडौँको कोलाहल र उकुसमुकुस अवस्थाबाट छुटकारा पाउन गरिएका प्रयासलाई देखाउन खोजिएको छ। एकातिर चित्रमा मन्दिर, गुम्बा र कंक्रिट घरहरू देखिन्छन् भने अर्कोतिर आकाशमा बादल र लोग्दाहरू फर्फराइरहेका देखिन्छन् । यसले कलाकारको शान्ति र स्वतन्त्रताको चाहनालाई प्रतिविम्वित गर्दछ। त्यसो त, कला र संस्कृतिको धनी काठमाडौँ दिनानुदिन बिग्रेकोमा कलाकारले चित्त दुखाएका छन् ।

स्वैरकाल्पनिक शैलीमा निर्माण गरिएको यस चित्रमा नेपाली मौलिक पारम्परिक पौभाचित्रको विम्वलाई आधुनिक शैलीसँग परिचित गराइएको छ।

कलाकार: लालकाजी लामा
शीर्षक:स्वतन्त्रता
साइज: ३०x४२ इन्च
माध्यम: क्यानभासमा एक्रेलिक