एफिम भोल्कोभ (१८४४-१९२०) रूसी ल्यान्डस्केप चित्रकार थिए । उनी ट्राभलिङ आर्ट एक्जिभिसन नामक संगठनका सदस्य मात्र होइन, इम्पेरियल एकेडेमी अफ आर्टका एकेडेमिसियन समेत थिए ।

एफिमको पूरा नाम एफिम एफिमोविच भोल्कोभ थियो । उनको समयमा उनी निकै चर्चित चित्रकारका रूपमा चिनिन्थे । उनका पाँच सयभन्दा बढी ल्यान्डस्केप चित्रहरू यत्रयत्र पाइन्छन् । उनले हजारौँ स्केच बनाए । उनका धेरैजसो चित्रहरू भने रूसी म्युजियममा सुरक्षित राखिएका छन् ।

उनको ल्यान्डस्केप चित्रकारितामा विज्ञता र विशेषज्ञता देखेर धेरैले उनलाई रूसी गृष्म र हुस्सुका कवि भनेर उपनाम समेत थप्ने गरेका छन् । उनले ल्यान्डस्केपलाई आध्यात्मिक तहमा पुर्याएका छन् । आउनोस्, आज उनका केही चित्रहरू हेरेर हामी पनि त्यो तहको अनुभूत गरौँः