बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्त्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतीकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् । साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-२० मा रमेश प्रभात, अर्जुन साँपकोटा, कृष्ण सुदामा, नागार्जुन रिमाल रराजेन्द्र श्रेष्ठका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूकाबाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित”समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटाप्रकाशनमाला आरम्भ गरिएको हो।

पाँच दर्जन बाछिटा

१. रमेश प्रभात

नामले
पौरखी बन्छ
कामले

आसमा
बस्ने हो कति
त्रासमा

आँटेर
चल्दैन राज्य
ढाँटेर

जाडोमा
हरायो घाम
डाँडोमा

आँटले
खाँदै छ देश
ढाँटले

भमरा
नबसे फूल
के फूल

जूनले
झारेछ आँसु
साँझमा

शीतमा
मिसियो आँसु
जूनको

मौनता
तुफान खोज्दै
जीवन ‌

पुसमा
लुकेको आगो
भुसमा

दम्भले
बिगाऱ्यो देश
कंसले

बनमा
पीडाको काँडा
मनमा

~~<>~~

२. कृष्ण सुदामा

पियार
छल्कने ताल
हियार

लम्कियो
यत्नपूर्वक
चम्कियो

प्रचार
टल्कँदो शीत
निस्सार

सपना
सुखको राप
जपना

चलन
भग्न हृदय
जलन

बुरुक्क
ढङ्ग न ढाल
फुरुक्क

देवत्व
शक्तिमा उचो
शिवत्व

पवित्र
प्रेमतलाउ
सचित्र

सन्तान
वंशको रश्मि
सन्धान

लत्रक्क
इख उकालो
फत्रक्क

चटक
नेतृत्व छाया
नाटक

मनमा
दुर्लभ शान्ति
वनमा

~~<>~~

३. अर्जुन सापकोटा

समय
मृत्युसिन्धुमा
विलय

जोखिन्छ
हर्षको छल्को
पोखिन्छ

गुनको
बेदागपन
जुनको

सुम्पिनु
भूल हो मन
नदिनु

पहिरो
खस्दा वेदना
गहिरो

पिरमा
पत्थर भारी
शिरमा

खोलाको
बगर अन्त्य
चोलाको

देखायौ
पातमा प्रेम
लेखायौ

पल्कायौ
वेदना कुन्ड
सल्कायौ

गाजल
कालो दृष्टिले
घायल

उजेली
ईर्ष्याको आगो
गुलेली

प्रकृति
हरित प्रेम
स्वीकृति

 

~~<>~~

४. गंगार्जुन रिमाल

चुहियो
चेतना घाँस
कुहियो

बादल
गर्जन चिन्ता
खाडल

गहिरो
पीडको मेघ
धुइरो

चासोमा
सत्ताको स्याल
पासोमा

क्रान्तिको
दियालो निभ्यो
शान्तिको

राष्ट्रको
भँडार भाँडो
भ्रष्टको

नेतृत्व
सियाँल सुख
भ्रातृत्व

सदाको
कालो कर्मणा
बडाको

विरङ्गी
विचार ताल
तरङ्गी

विशिष्ट
मानमा मैलो
अशिष्ट

सकस
सत्ता अँध्यारो
बकस

मानव
दुष्ट दम्भले
दानव

 

~~<>~~

५. राजेन्द्र श्रेष्ठ

नियति
घामछायाको
सङ्गति

सराप
सत्ताको भास
धराप

 

भेटेको
प्रेमले प्यास
मेटेको

घमण्ड
हुरीको वेग
उदण्ड

छिमेकी
साथमा घाती
निमेकी

गुलाफी
बैंसको भोग
रवाफी

देशमा
स्याल नेताका
भेषमा

प्रगति
पथमा पैह्रो
दुर्गति

बन्द भो
बुद्धि अहंले
अन्ध भो

भक्ति छ
कर्ममा उच्च
शक्ति छ

कुदृष्टि
अहं उल्काको
कुवृष्टि

सम्पत्ति
आशमा औंसी
विपत्ति

~~<>~~