साताको चित्र, शृङ्खला २
पोखराका वरिष्ठ कलाकार हरेराम जोजु मूलत: समसामयिक मूर्त तथा अमूर्त दृश्य चित्र कोर्नुहुन्छ। उहाँको चित्रकारिताको मूल माध्यम जलरङ हो। पारम्परिक जलरङ विधिभन्दा पृथक् तरिकाले जलरङ प्रयोग गर्न रुचाउनु हुने जोजुले बाहिरी आँखाले जे देख्यो सोही वस्तु चित्रमा जस्ताको तस्तै उतार्ने भन्दा पनि भित्री मनको आँखाले वस्तुलाई केलाएर मात्र चित्र श्रृजना गर्नुपर्ने बताउनु हुन्छ।

पछिल्लो समय उहाँले “स्मार्ट जलरङ” र “अल्कोहलिक ईंक” आर्टलाई नेपालमा परिचित गराई रहनु भएको छ।
प्रस्तुत चित्र अल्कोहोलिक ईंकद्वारा श्रृजना गरिएको अमूर्त कला हो। कडा तर मनोक्रोम्याटिक रङ र मसिना धर्साहरू प्रयोग गरी तयार पारिएको सो चित्रले अहिलेको उथलपुथल मानसिक अवस्था र उथलपुथल पछिको शान्त वातवरणलाई चित्रण गरेको छ।
कलाकार: हरेराम जोजु
शीर्षक: अमूर्त रचना
माध्यम: अल्कोहल ईंक
साइज: १३x१९ इन्च