आमा उभिइन्, होइन, कुनै प्रबल शक्तिले जुरुक्क उचाल्यो भन्दा बेस होला र अत्यन्त रोषपूर्ण शब्दहरुको एक प्रबलप्रवाह फु्टेर बाहिर निक्क्यो ।
“… धेरै मान्छे रुन्थे होलान्, उनै दुष्ट र निर्लज्ज मान्छेहरुसमेत नरोइ बस्न सक्दैनथे होलान् … ।”
निकोलाइ पनि उभियो र फेरि आफ्नो घडी हेर्न थाल्यो ।
“लौ त त्यसो भए पक्का भयो ! तपाई सहरमा आएर मसँग बस्नुहुनेछ ।”
उनले चुपचाप टाउको हल्लाउँदै आफ्नो सहमति जनाइन् ।
“कहिले सर्नुहुन्छ त ? छिटो गर्नोस् !” – निकोलाइले भन्यो र फेरि कोमल स्वरमा भन्न थाल्यो – “तपाई आइपुग्नु नभएसम्म मेरो मन शान्त हुने छैन ।”
आमाले आश्चर्यपूर्वक उसलाई हेरिन् । उनीबारे किन ऊ यस्तरी चिन्ता गर्दैछ ? कमजोर आँखा भएको, कम्मर झुकेको, एउटा मामुली कोट लगाएको त्यो मान्छे आफ्नो टाउको झुकाएर त्यहाँ उभिइरहेको थियो र लज्जित हुँदै मुस्कुराइरहेको थियो । उसको समस्त पहिरन र ऊ आफैं पनि आमालाई बिलकुल पराइ लाग्यो … ।
“तपाईसँग पैसा छ ?” – उसले आँखा झुकाउँदै सोध्यो ।
“छैन !”
उसले झट्ट खल्तीबाट पैसा राख्ने थैली निकाल्यो र थैली खोलेर भएभरको पैसा आमालाई दियो ।
“लौ, यो लनोस् … !” – उसले भन्यो ।
आमा अनायास मुस्कुराइन् ।
“तपाईको त सबै कुरा अनौठो हुन्छ !” – आमाले टाउको हल्लाउँदै भनिन् –
“तपाईका लागि त पैसाको कुनै मोलै छैन ! मान्छेहरु पैसाका लागि आफ्नो आत्मासम्म बेच्न तयार हुन्छन्, तपाईका लागि भने पैसाको कुनै महत्व नै छैन ! मानौं मानिसहरुमाथि दया लागेर मात्र पैसा लिएर हिँड्ने गर्नुहुन्छ … ।”
निकोलाइ मुसुक्क हाँस्यो ।
“यो पैसा भन्ने चिज बडो खराब कुरा हो ! लिन पनि असजिलो लाग्छ, दिन पनि असजिलो लाग्छ … ।”
उसले बडो जोडले आमाको हात समात्यो ।
“सकेसम्म छिटो आउनुहोला !” – उसले आमालाई याद दिलाउँदै भन्यो र सधैंजस्तो चुपचाप निस्क्यो । उसलाई बिदा गरिसकेपछि पनि आमा ढोकामा उभिइरहिन् र सोच्न थालिन् –
“कति भलाद्मी छ यो मान्छे ! तर मलार्य अलिकति पनि सान्त्वना दिएन … ।”
उनले बुझ्न सकिनन् – यो कुरा उनका लागि अप्रिय थियो अथवा उनलाई आश्चर्य मात्रै लाग्दै थियो ।

निकोलाइ भेट्न आएको चौथो दिन उसकहाँ डेरा सर्ने उद्देश्यले आमा घरबाट निस्किन् । आफ्ना दुईवटा सन्दुक लादिएको गाडामा बसेर आमा खेतहरु भएर जाँदै थिइन् । अलिपर पुगेपछि आमाले पछाडि फर्केर हेरिन् । अकस्मात् उनले अनुभव गरिन्, मानौं उनी सधैंका लागि त्यो ठाउँ छाडेर जाँदैछिन्, जहाँ उनले आफ्ना जीवनको सबैभन्दा अन्धकारमय र कठिन समय बिताएकी थिइन्, जहाँ उनले जीवनको एक नयाँ गोरेटामा पाइला टेकेकी थिइन्, जुन जीवनमा नयाँ सुखदुःख थियो र जसले गर्दा उनको समय छिटोछिटो बित्न थालेको थियो ।
फैक्ट्रीका चिम्नीहरु आकाशतिर मुख फर्काएर उभिएका थिए र स्वयम् फैक्ट्री भने ध्वाँसाले पोतिएको कुनै रातो माकुराजस्तो कुचुक्क परेर जमिनमा बसिरहेजस्तो भान हुन्थ्यो । फैक्ट्रीको चारैतिर फैलिएको बस्तीमा मजदुरहरुका सानासाना एकतले घरहरु थिए । यी मैला, होचा घरहरु धापको एकदमै किनारैमा उभिएका थिए र आफ्ना सानासाना उदास झ्यालहरुबाट एक–दोस्रालाई दयनीय दृष्टिले हेरिरहेका थिए । यी घरहरुबीच फैक्ट्रीजस्तै मैलो रातो रङको गिर्जाघर आफ्नो टाउको ठाडो पारेर उभिएको थियो तर गिर्जाघरको मिनार भने चिम्नीहरुभन्दा होचै थियो ।
आमाले लामो सुस्केरा हाल्दै आफ्नो ब्लाउजको कलर खोलिन् । उनलाई सास फेर्न मुस्किल परिरहेको थियो । “हिँड्, हिँड् !” गाडावाल लगाम हललाउँदै भुतभुताइरहेको थियो । होचो कदको त्यस गाडावालको उमेर अन्दाज लगाउन मुस्किलै पथ्र्यो । उसका खुट्टाहरु टेढामेटा थिए, कपाल र दाह्री अस्तव्यस्त थियो । उसका नीरस आँखामा कुनै चमक थिएन । ऊ गाडासँगसँगै यसरी झुक्दै हिँडिरहेको थियो, मानौं दायाँ लाग्ने हो अथवा बायाँ, उसलाई कुनै सरोकार छैन ।
“हिँड, हिँड् !” – ऊ भावहीन स्वरमा दोह¥याउँथ्यो । गह्रौं बुटमा कसिएका उसका बाङ्गाटिङ्गा खुट्टाहरुले अनौठो तरिकाले टेक्थे । उसको बुटमा लागेको हिलो जमेर सुकिसकेको थिएन । आमाले चारैतिर हेरिन् । खेत पनि उनको हृदयजस्तै शून्य थियो … ।
कडा घामले तातिएको बालुवाको बाक्लो तहमा गाडा तान्दै घोडा एकैनासले आफ्नो टाउको हल्लाउँदै गैरहेको थियो । बतासले घोडाको याल हल्लाउँदै थियो र सरसर आवाज आउँदै थियो । तेल नलगाइएको त्यो पुरानो गाडा चरमराउँदै थियो । धूलो र यो चरचर आवाज पछाडि छाड्दै गाडा अगाडि बढिरहेको थियो … ।
निकालाइ इभानोभिच सहरको छेउमा रहेको एक सुनसान सडकमा बस्थ्यो । एउटा पुरानो, जर्जर मैसकेको दुईतले घरसँगै जोडेर एउटा अर्को सानो हरियो रङको एकतले घर बनाइएको थियो । त्यही घरको एक भागमा ऊ बस्थ्यो । उसको घरअगाडि एउटा सानो बगैंचा थियो । उनीहरु बसेका तीनवटै कोठाहरुमा झ्यालहरुभित्र बकैनो र बबुरका फूलहरु, भर्खरैको चिनारको रुखका चाँदीजस्तै टल्कँदा पाताहर चियाउँदै थिए । कोठाहरु सफा र शून्य थिए । भुँइँमा रुखहरुका जालीदार छायाँहरु देखिन्थे । भित्ताहरुमा राखिएका किताबका दराजहरुमाथि गम्भीर अनुहार भएका मान्छेहरुका फोटाहरु टाँसिएका थिए ।
“यो कोठा कस्तो होला तपाईका लागि ?” – निकोलाइले आमालाई एउटा सानो कोठाभित्र लैजाँदै सोध्यो । त्यस कोठाको एउटा झ्याल बगैंचातिर खुल्थ्यो र अर्को झ्याल चोकतिर पथ्र्यो । झ्यालअगाडि चोकमा झार उम्रिएको थियो । यस कोठामा पनि किताबहरु राखिएका थिए ।
“म त भान्साकोठामै सुतूँला !” – आमाले भनिन् – “भान्साकोठा निकै सफा र उज्यालो रहेछ … !”
आमालाई लाग्यो, उनको कुरा सुनेर निकोलाइ तर्सियो । जब उसले बडो असजिलो मान्दै, लाज मान्दै आमालाई त्यही कोठामा बस्न मनाउन थाल्यो, आमा सहमत भैहालिन् । निकोलाइ दङ्ग प¥यो ।
तीनवटै कोठामा एउटा विशेष वातावरण फैलिएको थियो, सास फेर्न सजिलो थियो र रमाइलो लागथयो तर कोठाभित्र पस्दा सानो स्वरले बोलने इच्छा हृन्थ्यो, कहीँ त भित्ताहरुबाट हेरिरहेका मानिसहरुको मनमा खलबली पर्न नजाओस् ।
“फूलहरुमा पानी हालनुप¥यो !” – आमाले झ्यालमा राखिएका गमलाहरुको माटो हातले छाम्दै भनिन् ।
घरधनीले अपराधीले जस्तो भन्यो ।
“हो, हो पर्छ ! मलाई फूलको बडो सोख छ, तर हेरविचार गर्ने फुर्सदै पाउन्नँ … ।”
आमालाई लाग्यो, यस्तो सुबिस्ताको घरमा पनि निकोलाइ असजिलो मान्दै हिँड्छ । सबै कुरा उसका लागि बिरानो र अपरिचितजस्तो देखिन्छ । ऊ कोठामा राखिएका विभिन्न कुराहरुको नजिक जान्थ्यो र दाहिने हातका पातला औंलाहरुले चस्मा मिलाउँदै हेर्न थाल्यो । जुनसुकै कुराप्रति आफ्नो ध्यान आकर्षित भए पनि ऊ बडो जिज्ञासापूर्वक हेथ्र्यो । कहिलेकाहीँ ऊ कुनै कुरा टिप्थ्यो र आँखाअगाडि लगेर बडो ध्यानपूर्वक हेथ्र्यो । आमाजस्तै ऊ पनि पहिलोपल्ट यस घरभित्र पसेको छ र उसका लागि पनि यहाँका सबै कुरा नौला र अपरिचित छन् जस्तो भान हुन्थ्यो । आमा उसको पछाडिपछाडि जाँदै थिइन् र कुन कुरा कहाँ राखिएको छ भन्ने याद गर्दै उसको दिनचर्याबारे सोध्ने गर्थिन् । ऊचाहिँ अपराधीको जस्तो जवाफ दिन्थ्यो – त्यो अपराधी उसलाई थाहा छ, ऊ सबै कुरा गलत तरिकाले गर्दैछ, तर अर्को तरिका उसलाई थाहा पनि ाछैन ।
आमाले गमलाहरुमा पानी हालिन् र पियानोमा छरिएका सङ्गीतका नोटका पानाहरु बटुलेर राखिसकेपछि सामोभारतिर हेर्दै भनिन् –
“सफा गनुृपर्छ … ।”
उसले त्यो रङ उडिसकेको भाँडो औंलाले छाम्यो र औंला नाकअगाडि लगेर बडो ध्यान दिएर हेर्न थाल्यो । आमा स्नेहपूर्वक हाँसिन् ।
त्यस रात सुत्नका लागि बिछ्यौनामा पलटेपछि आमाले दिनभरि भएका घटनाहरुबारे विचार गर्न थालिन् । एकछिनपछि उनले टाउको उठाइन् र कोठाको चारैतिर हेरिन् । जिन्दगीमा पहिलोपल्ट उनी अर्काको घरमा रात बिताउँदै थिइन्, तर उनलाई अलिकति पनि सङ्कोच लागिरहेको थिएन । उनी बडो प्रेमपूर्वक निकोलाइबारे सोच्दै थिइन् । उनको हृदयमा उसलाई सुखी बनाउने, उसप्रति यस्तो स्नेह देखाउने इच्छा पैदा भयो, जसले गर्दा उसको जीवन सुखी र शान्त होस् । उसको लजाउने बानी, हास्यास्पद लाचारी, सामान्य कुराप्रति उसको विरक्ति र उसका ती विवेकशील निर्मल आँखाहरुले जसमा बालकको जस्तो निर्बोध चमक हुन्थ्यो, आमाको भित्री हृदय छोएको थियो । फेरि आफ्नो छोराबारे सोच्न थालिन् र उनका आँखा अगाडि पहिलो मेको उनै घटनााहर घुम्न थाले । अब ती घटनाहरुमा उक नयाँ गुन्जन थियो, एक नयाँ महत्व थियो । त्यस दिनजस्तै आजको पीडामा पनि कुनै विशेष कुरा थियो। यस पीडाले टाउको झुकाउन बाध्य पर्दैनथ्यो, जस्तो कुनै प्रबल आघातले झुकाउँछ । यस पीडाले बारम्बार हृदयमा घोच्थ्यो र बिस्तारै एउटा त्यस्तो रोष पैदा गथ्र्यो जसले झुकेर कम्मर पनि सिधा पाथ्र्यो ।
हाम्रा बच्चाहरु सङ्घर्षको मैदानमा उत्रँदैछन् ।” – आमा सोच्दै थिइन् । उनी बगैंचाका पाताहरुलाई छेड्दै खुला झ्यालहरुबाट भित्र पसिरहेको सहरका ती रात्रिकालीन अपरिचित आवाजहरु सुनिरहेकी थिइन् । ती थकित र क्षीण आवाजहरु कतै टाढाटाढाबाट आइरहेका थिए र कोठामा पुगेपछि बिलाउँथे ।
बिहान सबेरै आमाले सामोभार माझिन् र चियापानी बसालिन् । बिहानको खानाका लागि चुपचाप टेबुलमा खाना सजाइसकेपछि उनी निकोलाइ उठ्ने प्रतीक्षा गर्न थालिन् । केही बेरपछि निकोलाइले खोक्दै आफ्नो कोठाको ढोका खोल्यो । उसले एक हातले चस्मा र अर्को हातले कमिजको कलर समाएको थियो । उनीहरुले एक–दोस्रालार्य अभिवादन गरे र आमाले सामोभार लगेर अर्को कोठामा राखिन् । निकोलाइ हातमुख धुँदै थियो । भुइँमा जताततै पानी उछिट्टिरहेको थियो । आफ्नो साबुन र दाँत माझ्ने ब्रस पनि उसले खसाल्यो र आफ्नो यस बेवकुफीप्रति ऊ बडबडाउन थाल्यो ।,
निकोलाइले चिया पिउँदै भन्यो –
“ग्रामीण बोर्डमा म एउटा साह्रै नरमाइलो काम गर्दैछु । त्यो हो ‘कसरी हाम्रा किसानहरु बर्बाद हुँदैछन्’ भन्ने विषयमा अध्ययन … ।” – ऊ अपराधीजस्तो मुस्कुराउँदै थियो – “भोकले गलेका मान्छेहरु असामयिक मृत्युको शिकार हुन्छन् र शरद् ऋतुमा झिँगा मरेजस्तो मर्छन् । हामीलाई यी सबै कुरा थाहा छ र यस दुर्भाग्यको कारण पनि थाहा छ । यस अध्ययनका लागि मैले तलब पाउँछु र यसभन्दा बढी केही काम हुँदैन … ।”
“के तपाई पढ्ने काम गर्नुृहुन्छ ?” – आमाले सोधिन् ।
“होइन, म पढाउने काम गर्छु । मेरा बुबा भ्यात्का सहरको एउटा फैक्ट्रीमा मेनेजर हुनुहुन्छ, मैले चाहिँ मास्टरी पेसा रोजेँ । गाउँगाउँमा गएर किसानहरुलार्य किताब बाँड्न थालेँ र कामका लागि जेल पनि परेँ । जेलबाट निस्केपछि किताब पसलमा काम गर्न थालेँ, तर आफ्नै लापरवाहीले गर्दा फेरि जेल परेँ र त्यसपछि अर्खानगेल्स्कमा निर्वासित भएँ । त्यहाँ पनि गभर्नरसँग खाटपट भयो र त्यहाँबाट श्वेत सागरको किनारमा रहेको एउटा गाउँमा निर्वासित भएँ । त्यस गाउँमा मैले पाँच वर्ष बिताएँ ।”