बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई

प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरूप्रकाशनका लहरमा छन्। साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-१९ मा मीरा प्रसाईँ, शान्तारिमाल,इन्द्रा थापा,शोभा शाह थापा र तारा घिमिरेका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबैबाछिटाहरू सङ्कलित “समकालीन नेपाली बाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यकासाथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएको हो।

 

पाँच दर्जन बाछिटा

१. मीरा प्रसाईँ

मौनमा

अटल रश्मि

विद्वता

 

प्रतीक्षा

उज्यालो प्राप्ति

अपेक्षा

 

सफल

पूर्णिमा कर्म

असल

 

घमण्ड

पैह्रोको भेल

उदण्ड

 

रुग्णता

गोधुलि साँझ

बृद्धता

 

अशान्त

पिरको अन्त्य

प्रशान्त

 

सृष्टिमा

रहस्य भेद

दृष्टिमा

 

शिक्षक

उज्ज्वल ज्ञान

दीक्षक

 

सद्भाव

शान्त छहारी

प्रभाव

 

साकार

कर्म ईश्वर

पुकार

 

सर्वत्र

ईशको धाम

पवित्र

 

सुरूको

देदीप्य शिक्षा

गुरूको

 

~~<>~~

२. शान्ता रिमाल

हिमाल

हिराको हार

नेपाल

 

निश्छल

ज्ञान तलाउ

निर्मल

 

सजेको

स्वाधीन शोभा

बचेको

 

जनमा

भक्तिको बीज

मनमा

 

धीरता

अचल शक्ति

एकता

 

पुर्खाको

सर्वोच्च शक्ति

खुर्पाको

 

फोहोरी

खेल नेताको

दोहोरी

 

लडाइँ

जलाई घर

बढाइँ

 

डरायो

घरमा स्याल

करायो

 

शासन

ब्वाँसा सत्तामा

आशन

 

रातमा

शीतको आँसु

पातमा

 

प्रकृति

शोभायमान

आकृति

~~<>~~

 

३. इन्द्रा थापा

शरण

काँडामा फूल

वरण

 

कुर्लियो

भावना कोशी

उर्लियो

 

अग्लियो

चाहनाचुली

पग्लियो

 

गहिरो

पिरको चर्को

पहिरो

 

हँसिलो

फूलको रूप

कसिलो

 

भेषको

शोभा सुगन्ध

देशको

 

तीरको

कोरोना काँडो

पिरको

 

वरको

छाया पितृत्व

घरको

 

गाजलु

आँखाको भाका

मादलु

 

फलायो

प्रेमको मुना

जलायो

 

फुरेको

चेतमा भाव

जुरेको

 

बाँचेको

हर्षको घाम

साँचेको

~~<>~~

 

४. शोभा शाह थापा

गर्जेको

आकाश अहं

दर्केको

 

बाढीमा

बगे जवान

खाडीमा

 

बगायो

चौतारी शून्य

बनायो

 

पहिरो

घाउ देशको

गहिरो

 

टुहुरा

कलिला घाम

बबुरा

 

झोलाले

थामेन आँसु

खोलाले

 

सकस

फर्कँदा रातो

बाकस

 

आहत

मन दु:खनै

राहत

 

जङ्गली

फूल निरस

मङ्गली

 

वर्षामा

लागेन घाम

हर्षमा

 

निर्गुनी

विधाता भेल

बैगुनी

 

जीवनी

ताप रापको

कहानी

~~<>~~

५.  तारा घिमिरे

 

तनको

उजाड दु:ख

मनको

 

साँचो छ

सत्तामा सत्य

खाँचो छ

 

अशान्त

व्याधिले मन

आक्रान्त

 

दु:खको

रातमा झिल्को

सुखको

 

हिमाल

गौरवचुली

विशाल

 

मनको

हर्ष गुराँस

बनको

 

ताराको

ज्योति चैतन्य

साराको

 

जूनको

चम्किलोपन

गुनको

 

जिल्लामा

फलेछ लाश

किल्लामा

 

अमर

चेतनाप्रभा

अजर

 

गाँसेको

पिरती पुष्प

हाँसेको

 

हिमाल

आस्थाको शिर

कमाल

~~<>~~