“बाबु हो !” – आमाले आँसुले भरिएका आँखाले चारैतिर हेर्दै भनिन् – “हाम्रो जिन्दगी नै हाम्रा बालबच्चाहरुका लागि हो । सारा संसार नै उनीहरुका लागि हो !”
“जाऊ पेलागेया नीलोभ्ना घर जाऊ ! लौ, यो लठ्ठी लेऊ ।” – सिजोभले झण्डाको भाँचिएको लठ्ठी आमाको हातमा राख्दै भन्यो ।
सबै जना बूढीलाई उदास र आदरपूर्ण दृषिटले हेर्दै थिए ? सहानुभूति प्रकट गर्दै थिए । सिजोभले चुपचाप मान्छेहरुलाई हटाउँदै आमाका लागि बाटो बनायो र मान्छेहरुले पनि चुपचाप बाटो छाडे । कुनै अज्ञात प्रेरणावश उनीहरु आमाको पछाडि लागे । यदाकदा सानो स्वरले आपसमा दुई चार कुरा गर्थे । आफ्नो घरको ढोकामा पुगेपछि आमाले उनीहरुतिर फर्केर हेरिन् र लठ्ठी टेक्दै झुकेर कृतज्ञता प्रकट गरिन् अनि बिस्तारै कोमल स्वरमा भनिन् –
“धन्यवाद छ तपाईहरुलाई … ।”
फेरि त्यही कुरा सम्झेर, त्यही नयाँ कुरा, जुन उनको हृदयको गहिराइमा पैदा भएको थियो, आमाले भनिन् –
“यदि मानिसहरुले ईश्वरको नाममा आफ्नो प्राण बलिदान नगरेका भए कसैलाई पनि ईसामसीहको नाम थाहा हुँदैनथ्यो … ।”
भीड चुपचाप उनलाई हेर्दै थियो ।
आमाले फेरि एकपल्ट झुकेर मानिसहरुप्रति आफ्नो कृतज्ञाता व्यक्त गरिन् र घरभित्र पसिन् । सिजोभ पनि टाउको झुकाएर उनको पछिपछि लाग्यो ।
मान्छेहरु केही बेरसम्म ढोकाअगाडि उभिएर कुरा गरिरहे र त्यसपछि बिस्तारै आ–आफ्नो बाटो लागे ।

भाग २

बाँकी दिन आमाको आत्मा र शरीरमा एक घोर शिथिलता कायम रह्यो । नानाथरीका धमिला सम्झनाहरुले उनको पिछा गर्दै थिए । उनका आँखाअगाडि कहिले त्यो होचो अफिसरको अनुहार एक खैरो टाटाको रुपमा नाच्थ्यो त कहिले पाभेलको काँसजस्तो अनुहार चम्कन्थ्यो, आन्द्रेइका हँसिला आँखाहरु देखा पर्थे ।
उनी कहिले कोठामा ओहोरदोहोहोर गर्थिन् त कहिले झयालमा गएर बस्थिन् र सडकमा हेर्न थाल्थिन् । फेरि एकछिन उभिन्थिन् र हिँडडुल गर्न थाल्थिन् । कुनै पनि सानोतिनो आवाज सुन्नासाथ झस्किन्थिन् र यताउति हेर्न थाल्थिन्, मानौं केही कुरा खोज्दैछिन् । उनले धेरैपल्ट पानी पिइन् तर प्यास मेटिएन । हृदयमा उम्लिरहेको उदासी र अपमानको व्यथा निभाउन उनी असमर्थ थिइन् । आमाका लागि त्यो दिन एक भयङ्कर शून्यता फैलिएको थियो र एउटा प्रश्न फेरिफेरि व्यग्रतापूर्वक खडा हुन्थ्यो –
“अब के गर्ने … ?”
कोर्सुनोभा आमालाई भेट्न आइन् । उनी कहिले बेस्सरी हात हल्लाउँदै कुरा गर्थिन् त कहिले रुन थाल्थिन्, अनि अकस्मात् भावावेशमा आएर खुट्टा बजार्थिन् । कहिले केही सुझाव दिन्थिन् त कहिले कुनै कुरा दिने कबुल गर्थिन्, कसलाई हो धम्की पनि दिन थाल्थिन् । तर आमालाई यी सबै कुराले कुनै प्रभाव पारेन ।
“आहा ! मान्छेहरु ज्यानको बाजी लगाएर मैदानमा उत्रे । पूरै फैक्ट्री कम्मर कसेर खडा भयो । पूरै फैक्ट्री !” आमाले पसलनीको तीखो स्वर सुनिन् ।
“हो !” आमाले शान्त स्वरमा भनिन् । तर उनका आँखा अझै पनि बितेका कुराहरुमाथि अडेका थिए, ती सबै कुराहरुमाथि जुन पाभेल र आन्द्रेइले आफूसँग लिएर गएका थिए । उनी रुन पनि सक्दैनथिन् । उनलार्य आफ्नो मुटु कक्रिएको र सुकेको जस्तो लाग्यो । ओठ, मुख सबै सुकेका थिए । उनका हातहरु काँप्दै थिए र बारम्बार पूरा शरीर जिङ्ग्रिङ्ग हुन्थ्यो ।
साँझपख पुलिसहरु आइपुगे । उनीहरुलाई देखेर आमालाई न त आश्चर्य नै लाग्यो, न डर नै । उनीहरु बडो हल्लीखल्ली मचाउँदै घरभित्र पसे । पुलिसवालाहरु बडो सन्तुष्ट र प्रसन्न देखिन्थे । पहेँलो अनुहार भएको अफिसरले जिस्क्याउने स्वरमा सोध्यो –
“के छ त हालखबर ? लाग्छ, तेस्रोपल्ट हाम्रो भेट हुँदैछ, होइन त ?”
आमा आफ्नो सुकेको जिब्रोले ओठ भिजाउने कोसिस गर्दै चुपचाप बसिरहेकी थिइन् । अफिसर खुब कुरा गर्दै थियो, आमालाई उपदेश दिने कोसिस गर्दै थियो । आमाले बुझिन्, अफिसरलाई आफ्नो करामा आफैंलाई मजा आइरहेको छ । उसको कुराले आमाको सोचाइमा अलिकति पनि बाधा पु¥याइरहेको थिएन, उनी उसको कुरा सुनिरहेकी थिइन् । जब अफिसरले भन्यो – “तेरो आफ्नै दोष छ आमा, आफ्नो छोरालाई ईश्वर र जारप्रति उचित श्रद्धा राख्न सिकाएकी भए … ।”
आमाले सहन सकिनन् र ढोकामा उभ्याउँदै जवाफ दिइन् –
अफिसर रिसाउँदै अस्पष्ट स्वरमा बडबडाउन थाल्यो, तर उसका शब्दहरु आमाका कानसम्म पुगेनन् ।
खानतलासी लिँदा मारिया कोर्सुनोभालाई साक्षीका रुपमा डाकिएको थियो । उनी आमासागै उभिएकी थिइन् तर मुख अर्कोतिर फर्काएकी थिइन् । अफिसरले जुनसुकै प्रश्न सोधे पनि उनी झुक्दै सलाम गर्थिन् र एउटै कुरा दोहो¥याउँथिन् –
“हजुर मलाई थाहा छैन ! म लेखपढ गर्न नजान्ने आइमाई, सानो पसल थापेर आफ्नो जीविका चलाइरहेकी छु । मूर्ख आइमाई छु, हजुर केही थाहा छैन … ।”
“चुप लाग् !” – अफिसरले आफ्नो जुँगा मुसार्दै हप्कायो । उनी फेरि अघिजस्तै झुकिन् तर अफिसरले आफ्ना पिठ्यूँ फर्काउनासाथ उसतिर आँखाले इसारा गर्दै बिस्तारै आमाको कानमा भनिन् –
“पर्खलास्, म तँलाई देखाउँछु !”
जब उनलार्य पेलागेया निलोभ्नाको जीउ छाम्ने आज्ञा दिइयो, कोर्सुनोभाले जिल्ल परेर अफिसरको मुखमा हेरिन् ।
“हजुर म जान्दिनँ यस्तो काम गर्न !” – उनले भयभीत स्वरमा भनिन् ।
अफिसरले जोडले खुट्टा बजार्दै गाली गर्न थाल्यो । मारियाले आँखा झुकाइन् र बिस्तारै आमालाई अनुरोध गरिन् –
“पेलागेया निलोभ्ना, लौ त, केही लागेन । टाँक फुकाल तिमी अब … ।”
आमाको जीउ छाम्दा उनको मुख रातो भयो ।
“कसता कुकुरहरु ।” – उनले बिस्तारै भनिन् ।
“तँ त्यहाँ के बकबक गर्दैछस् हा ?” – अफिसरले जङ्गिदै सोध्यो र त्यतातिर हेर्न थाल्यो, जहाँ कोर्सुनोभा आमाको जीउ छाम्दै थिइन् ।
“हजुर केही होइन, आइमाईको कुरा हो हजुर !” – मारियाले तर्सदै भयभीत स्वरमा भनिन् ।
अन्त्यमा अफिसरले आमालाई एउटा कागजमा सही गर्न लगायो । आमाले ठूलठूला टेढामेढा अक्षरले लेखिन् –
“पेलागेया भ्लासोभा, एक मजदुरकी विधवा ।”
“के लेखिस् यो ? किन यस्तो लेखेकी ?” – अफिसरले घृणापूर्वक मुख बङ्ग्याउँदै भन्यो र फेरि हाँस्दै भन्यो – “जङ्गलीहरु … ।”
उनीहरु निस्के । आमा दुवै हात बाँधेर झ्यालनेर उभिइन् र एकटकले बाहिर हेर्न थालिन् । उनका आँखीभौ तन्किएका थिए, ओठ जोडिएका थिए । उनले कति कसेर आफ्नो बङ्गारा किटेकी थिइन् भने पीडा अनुभव गर्न थालिन् । बत्तीमा मट्टितेल सकियो र भकभक गर्दै निम्न थाल्यो । आमाले फू गरेर बत्ती निभाइन् र अँध्यारैमा उभिइरहिन् । उनको मुटु बेस्सरी दुख्दै थियो र सास चल्न पनि मुस्किल पर्दै थियो । उनी धेरै बेरसम्म यसरी नै उभिइरहिन्, जसले गर्दा उनका आँखा र खुट्टासमेत दुख्न थाले । मारिया झ्यालनेर उभिइन् र रक्सीले मात्तिएको स्वरले सोधिन् –
“पेलागेया निदायो ? बिचरी, कस्तो दुःख पाइन् । लौ, लौ सुत !”
आमा लुगै नफुकाली बिछयौनामा पल्टिइन् र कति गाढा निद्रामा परिन् भने मानौं उनी कुनै गहिरो तलाउभित्र डुबेकी छिन् ।
आमाले सपना देखिन् – धापपारि पहेँलो बालुवाको थुम्को हुँदै उनी सहरतिर गैरहेको थिइन् । त्यही थुम्काको छेउमा, ठीक त्यही खडालनेर जहाँबाट बालुवा निकाल्ने गर्थे, पाभेल उभिएको थियो र आन्द्रेइ मधुर स्वरमा गाउँदै थियो –
“जाग लौ उठ ए मजदुरगण !”
उनी निधारमा हात राखेर आफ्नो छोरातिर हेर्दै त्यस थुम्कोछेउबाट पार भइन् । नीलो आकाशको पृष्ठभूमिमा पाभेलको आकृति स्पष्ट देखिन्थ्यो । आमालाई आफ्नो छोराको नजिक जान लाज लागिरहेको थियो । उनले पेट बोककी थिइन् र हातमा एउटा अर्को बच्चा समाएकी थिइन् । हिँड्दाहिँड्दै उनी एउटा त्यस्तो मैदानमा पुगिन्, जहाँ धेरै केटाकेटीहरु भकुन्डो खेलिरहेका थिए । भकुन्डो रातो थियो । हातमा बोकेको बच्चाले भकुण्डो लिन हात पसा¥यो र चिल्लाउँदै रुन थाल्यो । आमाले बच्चालाई दूध पिलाउन थालिन् र पछाडि फर्केर हेरिन् । तर अहिले त्यस थुम्कामा सिपाहीहरु आमातिर आफ्नो सङ्गीन तेस्र्याएर उभिएका थिए । बीच मैदानमा एउटा गिर्जाघर थियो, उनी दौड्दै त्यतैतिर लागिन् । त्यो सेतो, पारदर्शक गिर्जाघर कति मोहक र अग्लो थियो भने हेर्दा बादलका टुक्राहरुले बनेजस्तो लाग्थ्यो । त्यहाँ कसैको लास गागिँदै थियो । त्यसको कालो कफन निकै ठूलो थियो र टम्म पारेर बन्द गरिएको थियो । मुख्य पादरी र उनका सहायकले सेतो पोसाक लगाएका थिए र गिर्जाघरमा यताउता हिँड्दै गाइरहेका थिए –
“ईसाको पुनर्जन्म भयो … ।”
सहायक पादरीले आमालाई देखेर झुक्दै अभिवादन ग¥यो र धूपदान घुमाउँदै मुस्कुरायो । गाढा रातो रङको कपाल भएको त्यस पादरीको अनुहार समोइलोभकै जस्तो हँसिलो थियो । गिर्जाघरको किनारका छिँडहरुबाट सूर्यको किरण सेता रुमालहरुझै लहराउँदै भित्र पसिरहेका थिए । सामूहिक गाना गाउने दुवै कोठाहरुबाट केटाहरुले गाएको आवाज आइरहेको थियो –
“ईसाको पुनर्जन्म भयो … ।”
“गिरफ्तार गर यिनीहरुलाई !” – गिर्जाघरको बीचमा पुगेपछि अकस्मात् थामिँदै पादरी चिललायो । उसले लगाएको पादरीको पोसाक गायब भयो र अनुहारमा बाक्लो सेतो जुँगा देखा प¥यो । सबै भाग्न थाले । सहायक पादरीले आफ्नो धूपदान फाल्यो र उक्राइनिले जस्तै आफ्नो टाउको समायो, त्यसपछि ऊ पनि भाग्न थाल्यो । आमाले आफ्नो बच्चालाई ती दौडधुप गर्न थालेका मान्छेहरुका खुट्टाअगाडि लगेर राखिदिइन् तर उनीहरु भयभीत आँखाले बच्चाको नाङ्गो शरीरमा हेर्दै छेउतिरबाट अगाडि बढे । आमा घुँडा टेकेर बच्चा अगाडि बसिन् र रुँदै अनुरोध गर्न थालिन् –
“मेरो बच्चालाई यसरी छोडेर नजानोस् ! उसलाई पनि आफूसँगै लिएर जानोस् … !”
उक्राइनि हात पछाडि फर्काएर मुस्कुराउँदै गाइरहेको थियो –
“ईसाको पुनर्जन्म भयो … ।”
आमाले झक्दै बच्चा हातमा लिइन् र उसलाई फल्याकहरु लादिएको एउटा गाडामा सुताइन् र निकलाइ हाँस्दै गाडासँगसँगै गैरहेको थियो ।
“यो कठिन काम त मलार्य पो सुम्पेछन् !” – ऊ भन्दै थियो ।
सडक फोहोर थियो । मान्छेहरु झ्यालबाट टाउको बाहिर निकालेर चिल्लाइरहेका थिए, सिटी बजाइरहेका थिए र हात हल्लाउँदै थिए । मौसम सफा थियो, न्यानो सूर्य चम्किरहेको थियो, छायाँको कतै नामोनिसाना थिएन ।
“आमा गाउनोस् !” – उक्राइनिले भन्यो – “जिन्दगी यस्तै हो !”
उक्राइनि आफैँ गाउन थाल्यो र उसको गीतको आवाजमा अरु सबै आवाज बिलाए । ऊ हिँड्न थाल्यो र आमा उसको पछिपछि लागिन् । अचानक उनले ठक्कर खाइन् र एक अथाह खाडलमा खसिन् । खाडलबाट भयङ्कर चित्कार सुनिँदै थियो … ।
आमा झसङ्ग भएर ब्युँझिन् । उनको पूरा शरीर काँप्दै थियो । यस्तो लाग्थ्यो मानौं कसैले आफ्नो कडा पन्जाले उनको मुटु समाउँदै छ र बिस्तारै निचोर्दै छ । फैक्ट्रीको सिाटी लगातार मजदुरहरुलाई डाक्दै छ । आवाजबाट आमाले यो दोस्रो सिटी हो भन्ने अन्दाज लाइन् । कोठामा जताततै किताबहरु छरिएका थिए, सबै कुरा अस्तव्यस्त थियो र भुँइमा जताततै हिलो लागेका जुत्ताका दागहरु थिए ।
आमा उठिन् । हात मुख नधोई र पूजा नगरी कोठा सफा गर्न थालिन् । भान्साकोठामा त्यस झन्डाको लठ्ठीमाथि आमाको आँखा प¥यो, जसमा अझ पनि एक टुक्रा रातो कपडा बाँधिएको थियो । आमाले त्यो लठ्ठी टिपिन् र चुल्होमा फाल्नै आँटेकी थिइन्, केही सोचेर थामिइन् । लामो सुस्केरा हाल्दै लठ्ठीबाट त्यो रातो कपडा निकालिन् र बडो सावधानीपूर्वक पट्याएर खल्तीमा राखिन् । अनि घुँडा अड्याएर त्यो लठ्ठी भाँचिन् र चुल्होभित्र हुत्याइन् र लुगा फेर्न थालिन् । सबै काम सिध्याएर उनी भान्साकोठाको झ्यालमा गएर बसिन् । फेरि त्यही प्रश्न उनको अगाडि खडा भयो –