२१
जतिखेर त्यो मान्छेले हाम्रो जीवनमा प्रवेश गरेको थियो, त्यसताका हाम्रो यस्तो थियो । मास्को पुग्नेबित्तिकै ऊ मकहाँ आएको थियो । उसको थरनाम त्रुखाचेभ्स्कि हो । उ एकाबिहानै मलाई भेट्न भनेर आइपुगेको थियो । मैले उसको स्वागत गरे । कुनै जमानामा ‘हामी एक दोस्रोलाई ‘तिमी’ भनेर नै सम्बोधन गर्नेगथ्यौं । जतिखेर हामी कुरा गदथि्यौँ, त्यस बेला उसले बिस्तार-बिस्तार फेरि पहिलेकै जस्तो घनिष्ठता बढाउने प्रयास नगरेको होइन, तर मैले : शुरूमा तपाईं भन्ने शब्दको प्रयोग गरेर उससँग घनिष्ठता बढाउने कुनै इच्छा नभएको जनाउ दिइहालेँ उसले पनि मेरो आसय बुझेर आफ्नो स्वर भाव बदलिहाल्यो । उसलाई देख्नेबित्तिकै मेरो मनमा घृणा उत्पन्न भैसकेको थियो । तर आश्चर्यलाग्दो कुरा त के भने मैले उसलाई पन्छयाउने र आफूबाट टाढै राख्ने कत्ति पनि प्रयास गरिनँ । कुनै अनौठो र अनिष्टकारी शक्तिले यसो गर्नबाट रोकिराखेको मात्र नभएर उसलाई आफ्नो निकट राखिराख्न समेत मलाई विवश गरिरहेको थियो म त्यतिखेर सजिलैसँग बेवास्ता जनाउँदै उससित कुरा गर्न सक्थें र आफ्नी पत्नीलाई उससँग परिचित नै नगराईकन बिदा पनि गरिदिन सक्थें । तर यसको विपरीत उसको संगीतको बारेमा पो म उससँग कुराकानी गर्न लागें । उसले बेला बजाउन नै छोडिसकेको छ भनेर कसले पो हो कुन्नि मलाई भनेको थियो भन्ने समेत चर्चा गर्न थालें । यस्तो कुरा हुँदै होइन, बरु पहिलेको भन्दा कता हो कता बढी बेला बजाउने गरेको छु भनेर उसले मलाई जवाफ दियो । मैले पनि पहिले बेला बजाउने गरेको समेत उसले सम्झना गरायो । मैले त उहिले नै बजाउन-सजाउन छोडिसकेँ, तर मेरी पत्नी भने अलिअलि बजाउनेगर्छे भनेर मैले उसलाई बताएँ ।
उदेकलाग्दो कुरा ! जुन दिन हाम्रो भेटघाट भएको थियो त्यसै दिनदेखिन्, अझ साँच्ची भन्ने हो भने त त्यसै क्षणदेखिन् नै हाम्रो सम्बन्ध यस्तो किसिमको भैसकेको थियो जस्तो त्यस घटनापछि मात्रै हुनुपर्ने थियो । हाम्रो बीच एउटा अनौठो तनावपूर्ण सम्बन्ध कायम हुन गएको थियो । म कुराकानीको हरेक शब्द र हरेक वाक्यमा ध्यान दिइरहेको थिएँ, चाहे त्यो मेरो मुखबाट निस्केको होस् वा उसको मुखबाट । साथै त्यसको विशेष महत्व छ भनेर भन्ने पनि म ठान्दैथिएँ ।
मैले उसलाई आफ्नी पत्नीसित परिचित गराएँ। उत्निखेरै संगीतको चर्चा चलिहाल्यो । उसले मेरो पत्नीसँङ्ग सँगसँगै बेला बजाउने प्रस्ताव पनि राखिहाल्यो । मेरी पत्नीले ज्यादै नै सुहाउँदो र लोभलाग्दो लुगा लगाउन थालेकी थिई र वास्तवमा नै अति आकर्षक पनि देखिंदैथिई ।सम्भवतः मेरी पत्नीलाई पनि ऊ पहिलो दृष्टिमा नै मन परिसकेको हुँदो हो । यसको साथसाथै उनीहरू दुवैले मिलेर बेला बजाउन पाइने कुराले गर्दा त ऊ अपार खुशी भई, किनभने यसरी मिलेर बेला बजाउने उसलाई खूब सोख थियो र ऊ यसको लागि नै अक्सर थियेटरबाट कुनै न कुनै बेलावादकलाई निम्त्याउने समेत गर्थी । यसैउसले गर्दा उसको मुखमण्डल नै आनन्दको भावले चम्किलो हुन पुग्यो । परन्तु मतर्फ हेर्नासाथै उसले मेरो मनको भाव बुझिहाली र तुरुन्तै आफ्नो मुखको भाव पनि फेरिहाली । हो, त्यसै क्षणदेखि नै हाम्रो बीचमा आपसी छलकपटको खेल आरम्भ भइहाल्यो । म बडो कृतज्ञता जनाउँदै मसुक्क हाँसे र यस्तो अभिनय समेत गर्न पुगें, मानौं मलाई ज्यादै खुशी लागेको होस् ! उसले पनि मेरो पत्नीतर्फ त्यसै पाराले हेर्यो जसरी सबै व्यभिचारीहरू सुन्दरी आइमाईहरूतर्फ हेर्नेगर्छन्, यद्यपि ऊ यस्तो देखावटी बहाना पनि गर्दैथियो, मानौं उसलाई कुराकानीको प्रसङ्गमा नै खूब अभिरूचि भएको होस् ! परन्तु आफ्नो ईष्यालु लोग्नेको अनुहारमा त्यही सुपरिचित बनावटी मुस्कान र हाम्रो पाहुनाको आँखामा चाहिं लालची भाव देखेर सम्भवतः ऊ पनि केही विचलित अवश्य हुन पुगेकी थिई । मेरी पत्नीले पहिलोपल्ट उसतर्फ पुलुक्क हेर्नासाथ उसका आँखा विशेष किसिमले चम्किन थालेको मैले चाल पाइसकेको थिएँ । परन्तु उनीहरू दुवैको बीचमा तुरुन्त बिजुलीको लहर दौडेको जस्तो मलाई भान भयो । सके यसको कारण चाहिं मेरै ईर्ष्या नै हुँदो हो । उनीहरू दुबैको मुखको भाव, उनीहरूको नजर र उनीहरूको मुस्कानमा निकै नै सामञ्जस्यता देखिन थालेको थियो । जतिखेर मेरी पत्नी लाज मान्नेगर्थी,त्यस बेला ऊ पनि लजाउँथ्यो भने जतिखेर मेरी पत्नी मुस्कुराउथि, त्यस बखत उसको ओंठमा पनि मुस्कानको रेखा देखा पर्थ्यो । हामीहरू संगीतबारे , पेरिसबारे र यस्तैउस्तै सानातिना विषयहरूबारे गफ गर्दैथियौं अनि ऊ बिदाबारी हुन जुरुक्क उठचो र हातमा आफ्नो टोप पनि लियो जसले कामिरहेको पिडौंलामा छोइरहेको थियो । ऊ उभिएको उभियै मुस्कुराइरहेको थियो र कहिले मेरी पत्नीतिर त कहिले मतिर हेर्दै पनि थियो, मानौं हामी अब के गर्नेछौं भन्ने प्रतीक्षा गरिरहेको होस् ! मलाई त्यस क्षणको राम्रो सम्झना छ, किनभने त्यतिखेर म उसलाई आफ्नो घरमा फेरि आउनको लागि नडाक्न पनि सक्थें र कथंकदाचित् यस्तो गरिँदो हो त त्यो सब काण्ड पनि मच्चिने नै थिएन । परन्तु त्यतिखेर उसतर्फ हेरेँ र आफ्नी पत्नीतर्फ पनि नजर फिराएँ । अनि मनमनै आफ्नी पत्नीलाई भने: ‘मैले ईर्ष्या गर्न खोजेको छु भन्ने तिमी नसम्झ !’ अनि मनमनै त्यस मान्छेलाई पनि भनेः “म तिमीसँग डराउँदैछु त भन्ने पनि तिमी नठान !’ त्यसपछि मैले उसलाई कुनै एक.साँझ बेलाबाजा समेत लिएर आउने र मेरी पत्नीको साथमा मिलेर बेला बजाउने समेत निम्तो दिएँ । मेरी पत्नीले उदेक मानेर मतर्फ पुलुक्क हेरी । लाजले गर्दा उसको मुख रातै भैसकेको थियो । फेरि कुनै कुराबाट जस्ती पनि देखिन्थी । अनि ऊ भन्दै पनि थिई: “मलाई राम्ररी बजाउन नैं आउँदैन ।” उस उसले यसरी अस्विकार गर्न लागेको देख्दा मलाई मनमनै जङ्ग समेत चल्यो र मैले ढिपी नै.कसें । मलार्इ अझै पनि सम्झना छ- त्यो मान्छे कोठाबाट बाहिर निस्कँदा मेरो नजर उसको घुच्चुकमा पर्यो र मलाई एक तमासले अनौठो लागिरहयो । उसले आफ्नो कालो केश दुईतर्फ ढल्काएर कोरिराखेको थियो र गोरो गर्दन देखिनेगर्थ्यो । ऊ कुनै चरा बुद्रुकबुद्रक उफ्रदै उडेको जस्तो गरेर पाइला सादैथियो । उसको उपस्थिति नै मेरो लागि असहय हुन थालेको छ भन्ने म मनमनै स्वीकार नगर्न सक्तिनथें । “यस मान्छेसँग भेट गर्नु वा नगर्नु मेरै वशको त कुरा हो नि !’-मैले मनमनैं सोचें ।-“तर यससँग भेट नगर्नुको अर्थ त उसबाट म डराउँदो रहेछु भन्ने पो हुन जानेछ । अहँ! मलाई उसको डर छैन! यसरी डराउनु त लाजमर्दो कुरा पो हुनेछ !’ यस्तो विचार गर्दै जब म उसलाई पुर्उयान दलानसम्म पुगें त मैले आफ्नी पत्नीले पनि सुनिहालोस् भन्ने उद्देश्यले जानाजान नै ठूल्ठूलो स्वरमा त्यसै दिन साँझपख बेलाबाजा समेत लिएर आउने आग्रह गरेँ । उसले पनि आउने वचन दियो र ऊ हिंडि पनि हाल्यो ।
साँझपख उ बेलाबाजासहित आइपुग्यो र उनीहरू दुवैले मिलेर सँगसँगै बेला बजाए । परन्तु धेरै बेरसम्म संगीत जम्न पाएन, किनभने उनीहरूसँग चाहिने किसिमका स्वरलिपिहरू नै थिएनन् । जे जस्ता स्वरलिपिहरू थिए तिनलाई मेरी पत्नी रियाज नगरीकन त बजाउनै सक्तिनथी । मलाई पनि संगीतको खूब सोख थियो र सकभर मैले उनीहरूलाई सघाउने पनि प्रयास गरेँ । मैले त्यस तबेलाबादकको अगिल्तिर स्वरलिपि राख्ने अडेसो ठड्याइदिएँ र त्यसको छेवैमा उभिएर स्वरलिपिको पाना समेत पल्टाउनेगरेँ । उनीहरूले एकाध संगीत बजाइ पनि हाले, केही गीतका धूनहरू पनि गुञ्जिए र मोजार्टको सनेट पनि सुन्न पाइयो । उसले निकै राम्रोसित बेलाबाजा बजाएको थियो र उसको श्रवणशक्ति पनि ज्यादै विलक्षणको थियो । साथै उसको रुची पनि ज्यादै नै परिष्कृत थियो, अपितु उसको चरित्रसँग चाहिँ त्यसको कत्ति पनि सामञ्जस्य थिएन ।
निसन्देह नै मेरी पत्नीभन्दा ऊ कता हो कता दक्ष थियो । उसले मेरी पत्नीलाई सघायो र उसको संगीतवादनको बडो सम्मानपूर्वक सराहना पनि गर्यो । उसको व्यवहार वास्तवमा नै प्रशंसनीय थियो । मेरी पत्नीको अभिरुच पनि सिर्फ संगीतमा मात्रै छ भन्ने लागिरहेको थियो । उसको व्यवहार पनि ज्यादै सरल र निष्कपट नै थियो । म चाहिं आफूलाई संगीतमा खूबै अभिरुचि भएको जस्तो स्वाङ पार्दैथिएँ, तर वास्तवमा चाहिं त्यसमा साँझभरि नै ई्याको आगोमा पिल्सिरहेको थिएँ ।
उसका आँखा मेरी पत्नीको आँखासित जुध्नेबित्तिकै नै मैले उनीहरू दुवैको मनमा विराजमान त्यो पशुलाई तुरुन्तै चिनिहाले जो सामाजिक स्थिति र नियमहरू नत दुवैको मनमा उल्लंघन गर्दै सोधिरहेको थियो: ‘हुन्छ ?’ यसको जवाफ पनि तल्कालै दिइयो : ‘जरुर हुन्छ !’ ऊ मेरी पत्नीसँग भेटघाट हुन पाएकोले निकै रमाएको थियो । मास्कोमा बस्ने यस नारीमा यस्तो आकर्षष होला भन्ने त उसले कल्पनासम्म पनि गरेको थिएन । आखिर त्यो रुपसी नारी अवश्य पनि उसकै होली भन्ने कुरामा त उसलाई कत्ति पनि सन्देह थिएन । उसको झर्को लाग्दो लोग्नेलार्इ आफ्नो बाटोबाट कसरी हटाउने भन्ने एउटै मात्र प्रश्न त्यहाँ खडा थियो । कथंकदाचित् मेरो मन शुद्ध हुँदो हो त उसको अभिप्रायबारे मलाई थाहापत्ता समेत हुनेथिएन । परन्तु बिहे हुनुभन्दा पहिले आइमाईहरूप्रति मेरो दृष्टिकोण पनि त्यस्तै नै थियो जस्तो अधिकांश सबै पुरुषहरूको हुन्छ । यसैउसले उसको मनको भाव एउटा खुला किताबमा जस्तै मेरो सामुन्ने छर्लङ्ग नै थियो । मेरी पत्नीको मनमा पनि मप्रति निरन्तर रोषबाहेक अरु केही छैन भन्ने समेत मलाई राम्नै थाहा थियो । यसैले गर्दा मेरो मनमा जलन हुन्थ्यो । कहिलेकाहीं मात्र कामवासनाले जोर पक्रेको समयमा ऊ यो सब कुरा बिर्सिदिनेगर्थी । तर यसको विपरीत यो मान्छे चाहिं खुबै सुन्दर तथा छ नौलो समेत हुनाले र खास गरेर संगीतमा उसको विशेष दक्षताको कारणले गर्दा मेरी पत्नीलाई मन पर्ने मात्र छैन, बरु सँगसँगै बाजा बजाउँदा उनीहरूमा जुन निकटता कायम हुनेछत्यो र संगीतको, विशेष गरी बेलाबाजाको जुन गहिरो प्रभाव भावुक प्राणीहरूमा पर्नेगर्छ त्यो पनि यसमा सहायकबन्ने छ उसलाई आफ्नो वशमा पार्नेछ, आश्चर्यचकित तुल्याउनेछ, आफ्नो औंलाको इशारामा नचाउनेछ, फन्फनी घुमाउनेछ, र उससँग आफूले जे चाहायो त्यही गृने छ यो सब म नदेख्न सक्तिनथें र यसले गर्दा मेरो यन्त्रणा पनि असहय भैरहेको थियो । यति हुँदाहुँदै पनि सम्भवतः यसै कारणले गर्दा नै कुनै यस्तो शक्तिले मेरो इच्छाविरुद्ध मलाई उससँग विशेष मिजासिलो मात्र होइन,बरु ज्यादै विनम्र समेत हुन प्रेरित गरिरहेको थियो । सके म आफ्नी पत्नीलाई धोका दिन चाहन्थेँ वा आफूलाई नै भ्रममा राख्न चाहन्थेँ, वा उसबाट मलाई कुनै डर छैन भन्ने नै म त्यस मान्छेलाई देखाउन चाहन्थें । उससँग शुरुदेखि नै सोझो र सरल सम्बन्ध कायम राख्नु मेरो लागि असम्भव भइरहेको थियो । यसको कारण चाहिँ मलाई पटक्कै थाहा छैन । उसलाई उत्खेनेरै मारिहालूँ कि भन्ने पनि मेरो मनमा विचार नउठेको होइन, तर उसप्रति आफ्नो विनम्र व्यवहारद्वारा मैले यस्तो इच्छालाई दमन गरें । साँझको खाना खाँदा मैले उसलाई दामी मदिरा पनि चाख्न दिएँ । उसको संगीतको भुरिभुरि प्रशंसा गरेँ र उससँग कुरा गर्दा ओँठमा ज्यादै विनम्र मृदृमुस्कान पनि कायम नै राखेँ । हाम्रै घरमा भोजन गर्न र मेरी पत्नीको साथमा बेला बजाउन उसलाई मैले आगामी आइतवार पनि आउने निम्तो दिएँ । आफ्ना केही संगीतप्रेमी साथीभाइहरूलाई पनि उसको संगीत सुन्न भनेर त्यस दिन निम्त्याउने आफ्नो मनसाय पनि उसलाई मैले सुनाएँ ।यसरी नै त्यो साँझ बितेर गयो ।”
ज्यादै उत्तेजित भएर पोज्दनिशेभले आफ्नो आसन फेर्यो । उसको मुखबाट फेरि त्यही अनौठो आवाज निस्कियो ।
“अनौठो कुरा त के भने त्यस मान्छेको उपस्थितिले गर्दा मेरो मन ज्यादै विचलित हुनेगर्थ्यो ।”-आफूलाई शान्त पार्ने खूब प्रयास गर्दै उसले फेरि भन्न शुरु गर्यो ।-“त्यसको दुई तीन दिनपछि म एकपल्ट कुनै प्रदर्शनी हेरेर घर फर्के । दलानमा पाइला हाल्नेबित्तिक्रै मेरो मनमा चिसो पस्यो, मानौं मेरो मुटुमा कुनै ढुंगाले थिचेको होस् ! किन यस्तो भएको होला, सो त मलाई पटक्कै थाहा छैन । कारण के हुँदो हो भने दलानबाट भित्र पस्दा ढोकानेरै मैले कुनै यस्तो चीज देखे जसले झल्यास्स उसको सम्झना गराइहाल्यो । त्यो चीज के थियो त भन्ने विषयमा चाहिं मलाई त्यतिखेर मात्रै होश भयो जब म आफ्नो अध्ययनकक्षमा पुगें । म लगत्तै फर्केर फेरि दलानमा दैलोनेर पुगें, किनभने म आफ्नो मनको शंङ्का निवारण गर्न चाहन्थे । मैले ठीकै सोचेको रहेछु छ त्यहाँ खुटीमा उसको लामोकोट भझुण्डिरहेको थियो । त्यो लामोकोट नयाँ छाँटको थियो अनजानमा नै म उसको हरेक चीजलाई बडो ध्यानपूर्वक हेर्नेगरथे) । मैले सोधपूछ् गरें । ऊ साँच्ची नै घरमै थियो । म अतिथिकक्ष पार गरेर होइन, बरु केटाकेटीहरूले पढ्ने कोठा हुँदै ठूलो बैठकतर्फ लम्किएँ । जेठी छोरी लीजा किताब पढ्नमा तल्लीन थिई भने धाईसुसारे चाहिँ काखमा एउटा सानो बालकलाई लिएर एउटा टेबुलेरै बसिरहेकी थिई र बिर्को हो कि के हो घुमाइरहेको थिई थुनिएको थियो । भित्रबाट arpeggio (दुत गतिले बजाइने कगीते ।-अनु)आर्फावादन)१ को सुरिलो आवाज आइरहेको थियो र उनीहरू दुवैले कुराकानी गरेको स्वर पनि सुनिन्थ्याये । मैले कान थापेर सुन्ने चेष्टा गरे, परन्तु केही पनि स्पष्ट सुनिँदैनथ्यो । सके उनीहरूको कुराकानी र अझ हुन सक्छ चुम्बनको आवाज नै बिलाएर जाओस् भन्ने हेतुले पेनोबाजा पनि बजाइएको हुँदो हो । है भगवान् ! त्यतिखेर मेरो मनमा कस्तो खैलाबैला मच्चिएको होला ! त्यस बेला मेरो मनमा जुन भूत चढिरहेको थियो त्यसको सम्झना मात्र गर्दा पनि म थर्थर काम्न थाल्छु । मेरो मुटुको धुक्धुक् नै अडेको जस्तो भएको थियो, मेरा हातगोडा शीताम्य भएका थिए । अनि एकै छिनपछि मेरो मुटु हल्लेर धक्क चल्न थालेको थियो । सबै जड चल्दाखेरि झै त्यतिखेर पनि मलाई आफैप्रति नै अति दया लाग्न थालेको थियो । म सोच्दैथिएँ : ‘केटाकेटीहरूको मुखेञ्जि ! यस धाईको मुखेञ्जि ! थुक्क, नकच्चरी !’ सके त्यतिखेर मेरो मुखाकृति नै ज्यादै डरलाग्दो हुन गएको हुँदो हो, किनभने लीजाले अनौठो दृष्टिले मलाई हेरेकी थिई । ‘भैले के गर्नुपर्ने हो ? के भित्र पसूँ? अहँ! परमात्मालाई मात्र थाहा होला, म कुन्नि के कस्तो उधुम मच्चाउन सक्छु भन्ने कुरा !’-मैल आफैलाई मौन शब्दमा भनें । किन्तु म त्यहाँबाट अन्यत्र जान पनि सक्दिनथें । धाईले मतर्फ यस्तो कटाक्ष दिई, मानौं उसलाई मेरो मनको भावना राम्रो बोध होस्! “मैले निश्चय पनि भित्र जानैपर्छ ! !-मैले मनमनै आफूलाई भनें र झटपट दैलो खोलें । ऊ पेनोबाजासामु बसेर arpeggio बजाउँदै थियो र उसका गोरा बूढीऔंलाहरू माथितिर उठिराखेका थिए । मेरी पत्नी चाहिँ कुनै स्वरलिपि हेर्दै पेनोबाजाको छेवैमा उभिएकी थिई । सबभन्दा पहिले उसले नै मलाई भित्र पसेको पनि देखेकी थिई । सके उसले मेरो पाइलाको चाल सुनिहोली र आँखा माथि उठाउँदा मलाई देखिहाली । सके ऊ तर्सिहोली वा ऊ कत्ति नडराएको पनि हुन सक्छ । ऊ न झस्की, न त चलमलाई । हो, ऊ अलि लजाईर रातै देखिई, तर त्यो पनि केही समयपछि मात्रै ।
“तपाईं आउनुभएकोमा खुशी लाग्यो । आइतबार के बजाउने भन्ने त हामीले निधो नै गर्न सकिरहेका थिएनौं ।”-उसले भनी । कथंकदाचित् हामी एकान्तमा हुँदा हौँ त उसले यस्तो स्वरमा किमार्थ कुरा गर्नेथिइन । यसको साथै उसले आफू र त्यस मान्छेको सन्दर्भमा ‘हामी’ शब्दको जुन प्रयोग गरी त्यसले समेत मलाई निकै घोच्यो । मैले केही पनि नबोलेर उसलाई भिवादन गरें ।
उसले मसित हात मिलायो । अनि मुसुमुसु हाँस्दै (ऊ मेरो हँस्सी उडाउँदैछ भन्ने मलाई लाग्यो) उसले के भनेर आफ्नो सफाई दिन लाग्यो भने उसले आइतबार बजाउन भनेर केही स्वरलिपिहरू आफ्नो साथमा ल्याएको छ, तर उनीहरू दुवै जना नै के बजाएर सुनाउने भन्ने टुङ्गोमा चाहिं पुग्न सकिरहेका छैनन्: ‘कूनै सानोतिनो धून बजाउने कि कठिन भए पनि शास्त्रीय धून नै प्रस्तुत गर्ने, जस्तो कि बेलाबाजाको निम्ति बेथोभेनको। सनेट ?’ उसले यो कुरा कति स्वाभाविक र सरल ढंगले भन्यो भने मैले आपत्ति जनाउने कुनै आधार नै पाइनँ । तैपनि मलाई कुन कुराको पक्का विश्वास थियो भने उसले जे जसो भनिरहेको छ त्यो सरासर झूठो कुरा होर मलाई धोका दिने हेतुले दुवै जनाले आपसमा कुनै मिलिमतो गरिराखेका छन् ।
ईष्यालुहरूको छटपटीको सबभन्दा ठूलो कारण हो (हाम्रो समाजमा सबका सब ईप्यालु नै हुन्छन्)-हाम्रो सामाजिक प्रथाअनुसार कुनै निश्चित परिस्थितिहरूमा नारी र पुरुषहरूबीच घनिष्तम र खतरनाक सान्निध्यको लागि दिइने छूट ! कंकदाचित् यसको विरोध जनाउँदै नारी र पुरुषहरू सँगसँगै ननाचून्, ललितकला, चित्रकला र खासगरी संगीतकला सिक्ने केटीहरू आफ्ना कलाशिक्षकहरूको नजीक नबसून् भनेर कसैले भनिहालेछ भने पनि मानिसहरूले उसको गिल्ला गर्नेछन् । संगीत जस्तो उत्कृष्ट कला अध्ययन गर्ने दुई व्यक्तिहरूले एक दोस्रोको बगलमा बस्नु त अनिवार्य नै हुन्छ । यस्तो सान्निध्यमा कुनै नराम्रो कुरा हुँदा पनि हुँदैन । कुनै पटमूर्ख र ईष्यालु पतिलाई मात्र यस्तो कुरा अमान्य हुन सक्छ । तैपनि सबैलाई कुन कुराको राम्रो जानकारी छ भने यस किसिमको सहशिक्षाको माध्यमबाट, खासगरेर संगीतको सहशिक्षाको माध्यमबाट नै हाम्रो समाजमा व्यभिचार फैलिनेगर्छ । सके मेरो मनमा जुन किसिमको कुरा खेलिरहेको थियो त्यसको झलक मेरो मुखाकृतिमा परेको हुँदा उनीहरूले मेरो अन्यौल पनि चाल पाए होलान् । हुन पनि म निकै बेरसम्म अकमक्क परेर टोल्हाइरहेको थिएँ । टन्न भरिएको बोतललाई घोप्टाएर राखिदिने हो भने पनि त्यसबाट पानी चुहिंँदैन त्यस्तै अवस्था मेरो पनि थियो । म त्यस मान्छेलाई हपार्न चाहन्थेँ, घरबाट घोक्रयाएर समेत पठाइदिन चाहन्थें, परन्तु मैले विनम्र हुनुपर्छ भन्ने मैले ठाने । म विनम्र नै भएँ पनि । उनीहरूको व्यवहारमा मेरो निम्ति आपत्तिजनक कुरा क्रेही पनि छैन भन्ने म देखावटी स्वाङ्ग पारिरहेको थिएँ । त्यस मान्छेको उपस्थिति न्नै मेरो लागि असहय भइरहेको थियो, तर फेरि त्यही अनौठो भावनाले मलाई उससँग विनम्रतापूर्वक व्यवहार गर्न बाध्य गराइरहेको थियो । यसरी मेरो बाह्य व्यवहार र भित्री भावनामा कत्ति पनि सामञ्जस्यता थिएन । उसले आफ्नो रुचअनुसार जे बजाउनेछ सो अवश्य राम्रै हुनेछ भनेर मैले उसलाई भनें । अनि आफ्नी
पत्नीलाई पनि मैले उसैको रोजाइमा सहमत हुने सल्लाह दिएँ । म एक्कासि बैठककोठामा दाखिल भएको र भयभीत अनुहार लगाएर चूपचाप उभिइरहेकोबाट उनीहरू दुवैलाई अप्ठेरो लागिरहेको थियो । यस्तो अप्ठेरो स्थिति हटाउन भनेर ऊ केही बेर त्यहाँ नै बसिरहयो । अनि ऊ बिदाबारी भएर हिँडि पनि हाल्यो । जाने बेलामा भोलिपल्ट कुन चाहिँ धून बजाउने भन्ने उनीहरूले निधो गरिसकेको जस्तो देखाउने उसले खूब चेष्टा गर्यो । के बजाउने र के नबजाउने भन्ने प्रश्नमा उनीहरूको चासो पटक्कै पनि थिएन भन्ने त मलाई पक्कै थियो । उनीहरूको मुख्य चासोको विषय त एकदमै अर्को थियो ।
विशेष रुपले बिनम्रताको प्रदर्शन गर्दै म उसलाई बाहिरसम्म बिदा गर्न गएँ (जुन व्यक्ति कसैको घरगृहस्थीको सुख र आनन्द नै भताभुङ्ग पारिदिन भनेर आएको हुन्छ उसलाई शिष्टतापूर्वक बिदा नगर्न कसरी सकिन्छ र !) । उसको सुकोमल र गोरो हातलाई मैले बडो स्नेहपूर्वक समातेर मिचें ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।