एउटा सानो केटोलाई डोर्याउँदै, उ अगाडि लम्किरहेको थियो। उमेरमा केटो त्यही पाँच या छ वर्षको हुँदो हो, त्यसभन्दा बढी त अवश्यै थिएन । उनीहरू दुबै जना बिस्तार-बिस्तार नदी पार गर्ने ठाउँतिर जाँदै थिए। तर जीपनेर पुगेपछि एकाएक पछिल्तिर मोडिए र सरासर म भएतर्फ नै आउन लागे । त्यो मान्छे निकै अग्लो देखिन्थ्यो र उसको कुम अलिकति झुकेको थियो। उ सरासर मेरो अगाडि नै आइपुग्यो र ‘लामो रूख स्वरमा भन्न थाल्यो-

“नमस्ते, भाइ !”

“नमस्ते ! ”- उसले पसारेको ठूलो र खस्रो हातमा मैले आफ्नो हात मिलाउँदै जवाफ दिएँ।

अनि केटोतर्फ केही निहुरिएर त्यस मान्छेले भन्यो- “काकालाई नमस्ते भन्‌ ल, छोरा ! तेरो बाबु जस्तै यिनी पनि ड्राइभर नै हुन्‌ भन्ने मलाई लाग्छ। फरक केही छ भने यत्तिकै मात्र कि तँ र म लारी चलाउँछौं , तर यिनी चाहिँ उ त्यो सानो मोटर गुडाउँछन्‌ ! ”

केटोले आकाश जस्तै चिर्मेल र चम्किलो आँखाले मेरो आँखातर्फ सोझै हेर्यो र अलि-अलि मुस्कुराउँदै आफ्नो गुलाफी र चिसो हात मतर्फ पसार्यो। मैले, बिस्तारै उसको हात
दबाउँदै सोधेँ –
“जाडो लागे जस्तो छ नि, बूढाबा? आज मौसम त निकै न्यानो छ, तर तिम्रो हात भने कठ्यांग्रिएको पो छ… किन हँ ?”

हृदयस्पर्शी बालसुलभ बिश्वास लिएर त्यो केटो मेरो गोडा नजीक टाँस्सिन आयो र अचम्म मान्दै आफ्ना सा-साना र पहेँला-पहँला आँखीभौं मास्तिर उठाउँदै उसले भन्यो “तर म बुढो मान्छे हैन, काका ! मत अझैँ केटो नै छु…। मलाई जाडो पनि लागिरहेको छैन…। हात मात्रै चिसा छन्‌, किनकि म हिउँको भकुण्डो बनाएर खेल्दै थिएँ। ”

आधा भरिएको सफरी झोला पिठ्युँबाट झिकेर तल भुइँमा राख्दै बाबु चाहिं पनि बिस्तारै मेरो बगलनेरै आएर बस्यो । अति उ बोल्यो-

“मेरो यो फुच्चे बटुवा सानो-तिनो झ्याउलो नै हो। आफू त थाक्यो थाक्यो, मलाई पनि थकाइसक्यो यसले । फेरि लामो लामो पाइला सारौं भने यो चाहिँ दौड्न थाल्छ, । मुश्किल त यही छ कि उसले जस्तै सा-सानो पाइला सार्नु परिरहेको छ:..। नतीजा यही हुन्छ कि जहाँ एक पाइला मात्रै सारे पुग्दथ्यो त्यहाँ मैले तीन तीन पाइला सार्नु परिरहेको छ र हामी घोडा र कंल्लुवाको तालले घिख्रदै छौं। फेरि यो के गर्छ,: के गर्दैन! यो सबै हेर्न त टाउको पछिल्तिर पनि अरू एक जोर आँखा हुनु पर्छं। तपाईंले पीठ फर्काउनु मात्र पर्छ, बाबुसाहेब कि त कुनै खाल्डोमा उँधमुण्टिइसक्छन्‌ कि त पानीमाथि जमिरहेको ठाँटो टुक्याएर मिश्री चुसे जस्तै चुस्न लागिहाल्छन्‌ । अहँ, भाइ, यस्तो चुल्बुले केटोलाई साथमा डोर्याएर पैदल यात्रा गर्नु कुनै मान्छेको वशको कुरा हुँदैन। ”

-यति भनेर केही बेर उ चूप लाग्यो र फेरि सोध्न थाल्यो- “अनि तिमी नि? .. आफ्नो बारेमा पनि बताऊ, भाइ!

“आफ्ना हाकिम साहेबलाई पिएको कि कसो ?”

आफु ड्राइभर नभएको कुरा उसलाई बताउनु मलाई राम्रो लागेन। त्यसैले मैले छोटो उत्तर दिएँ-

“हो, पर्खनु नै परिरहेछ भन्नु पर्यो ! ”

“के तिम्रा हाकिम पारिबाट आउँदै छन्‌ । ”

“हो, पारिबाट।”

“डुंगा कति बेरपछि आइपुग्ला, थाहा छ कि?”

“करीब दुई घण्टा जति पछि।”

“त्यसो हो भने समय त काफी छ। लौ त केही बेर आरामै सही ! हतपत पनि के पो छ र । म त सरासर जाँदै थिएँ, तर तिमीलाई देखिहाले। आफ्नै ड्राइभर भाइ हो, घाम तापेर आराम गर्दै छ भन्ठाने..,। अनि यतातिर लागें। कमसेकम दुई चार सर्को चुरोट त संगसंगै तान्न पाइने भो। एकलै के मजा आउँछ र चुरोट खानमा । एकले मर्नमा पनि त कुनै मजा हुँदैन। तिमी मजाले बाँचेका छौ, चुरोटको धुवाँ छोड्दै छौ। चुरोट त भिजेका छन्‌ शायद ? हेर, भाइ ! पानीले भिजेको सूर्ती र बिरामी घोडाको फूर्ती एउटै कुरा हो। यी दुबै नै बेकामका हुन्छन्‌ । बल मेरै बींडी खानु राम्रो! ”

उसले आफ्नो पातलो खाकी पैन्टको गोजीबाट ऐँसेलु रङको एउटा रेशमी थैली झिक्यो र त्यसलाई खोल्यो । मेरो दृष्टि चाहिँ त्यसको एक कुनामा रफ्फु भरेर लेखिएका शब्दहरूमाथि पर्यो । त्यसमा लेखिएको थियो- हाम्रा एक जना प्यारा य्रोद्धालाई – लेबेदयान्स्काया माध्यमिक शिक्षालयमा पढ्ने ६ कक्षाकी एक छात्राको तर्फबाट! ‘

हामीले बींडीको खरो सर्को तान्यौं र निकै बेरसम्म चूपचाप बसिरह्यौं। यस केटोको साथमा उ कता जाँदै होला? के जरूरी काम परेर उ बाटोघाटो खराब भएको यस्तो कुयाममा सफर गर्दै होला? उससित यी प्रश्नहरू सोध्ने म विचार गर्दै थिएँ। तर उसले नै पहिलेबाटै आफ्नो प्रश्न सोधिहाल्यो –

“के त पुरै लडाइँ ड्राइभरी गरेर नै बितायौ? ”

“झण्डै झण्डै पूरै लडाइँभर! ”

“मोर्चामा ?) ”

” हो ।”

“अँ, भाइ ! ।मैले पनि त्यहाँ यति गोता खानु पर्यो कि कुरा गरी साध्यै छैन। खूब हण्डर खाइयो बा!”

उसले आफ्ना ठूल्ठूला र काला हातले घुँडामा टेक्यो र काँध चिहुरायो । मैले उसको बगलबाटै उसमाथि नजर फिराएँ र मलाई अनौठो किसिमबाट उकुसमुकुस भएर आयो… । के तपाईंले कहिल्यै खरानीले पोतिएको आँखा देख्नु भएको छ? के यस्तो वेदनामय र उदासीन आँखा पनि तपाईंले देख्नु भएको छ जसतर्फ ठाडो नजर लगाउने समेत हिम्मत
नहोस्‌ ? संयोगवश भेटिएका मेरा सहयात्वीका आँखा पनि ठीक यस्तै थिए।

उसले बारबाट एउटा सुकेको र बाउँठिएको सिन्को भाँच्यो र त्यसले चूपचाप एक छिनसम्म बालुवामाथि अनौठो बुट्टा कोरिरह्यो। त्यसपछि उसले भन्यो-

“कहिलेकाहीँ त राति निद्रा नै पर्दैन । बस्‌, अँध्यारोमा खोक्रो आँखा लगाइरहन्छु र सोच्ने गर्छु” हे जिन्दगी, तैले मलाई यसरी किन सास्ती खेलाइस्‌ ? तैँले यसरी मेरा अंग-प्रत्यंग किन काटिदिइस्‌ ? केको लागि तँ मलाई यसरी सजाय भोगाउँदै छस्‌, हँ? ” परन्तु यस प्रश्वको कुनै जवाफ न म अन्धकारबाट पाउँछु, न त चम्किलो सूर्यको प्रकाशबाट नै…। सके मैले यसको जवाफ कहिल्यै पनि नपाउँला …। ” यति बोलेर उ एकाएक स्तब्ध भयो र छोरालाई स्नेहपूर्वंक थपथपाउँदै फेरि भन्न लाग्यो- “जा, बाबु! पानीनेर गएर खेल्‌। ठूलो नदीनजीकै केटाकेटीहरूले सधैं केही न केही कुरा अवश्य पाइहाल्छन्‌ । तर हेर्‌ नि, आफ्नो गोडा भिज्न नदे ! ”

चपचाप बींडीको सर्को तान्दाखेरि नै जब मैले यी दुबै बाबछोरामाथि नजर दौडाएको थिएँ, त्यसै बेला नै एउटा कुरा चाहिँ, मलाई ज्यादै अनौठो लागेको थियो । केटोको पहिरन सादा, तर राम्रो र सफा थियो । लामो फेर भएको सानो कोटमा भेडाको भुवाको भित्री; हालिएको थियो जुन उसको आङमा टम्म मिलेको थियो, सा-सानो बूट पनि भित्न अनी मोजा लगाउन सकिने गरीकन सिइएको थियो र कोटको बाहुलामा फाटेको ठाउँनेर सिलाइको टाँका पनि ज्यादै नै मिहीन थियो। यी सबै कुराहरू कुनै नारीको हात अर्थात उसकी आमाको नै कुशल हातको परिचायक थिए। बाबु चाहिंको छाँट अर्कै थियो । कपासको अस्तर हालिएको उसको तगुवा ज्याकेट कैयौं ठाउँमा आगोले खाएको थियो र त्यस ठाउँमा भरिएको रफफू पनि भद्दा लाग्दथ्यो । झुत्रो खाकी पैन्टको पट्टी पनि राम्रोसंग सिइएको थिएन, बरू मोटो टाँका लगाएर जथाभावी जोडिएको थियो । उसले लगाइराखेको फौजी जुत्ता चाहिँ झण्डै झण्डै नयाँ नै थियो , तर बाक्लो अनी मोजामा भने छिद्र नै छिद्र देखिन्थे । आइमाईको हातमा त त्यो पर्दै परेको थिएन …। यसैले गर्दा त्यसै बेला नै मैले मनमनै अड्कल काटिसकेको थिएँ- कि त यो मान्छे विधुर हो, कि त आफ्नी स्वास्तीसंग यसको खटपट परेको छ।’

उसले पानीतर्फ दौडिरहेको आफ्नो छोरोलाई आँखाले पछ्याउँदै हेर्यो, बिस्तारै खोक्यो र फेरि भन्न शुरू गर्यो। म खुब ध्यान दिएर उसको कुरा सुन्दै थिएँ। उ भन्दै गइरहेको थियो ।

“शुरूमा मेरो जीवन ज्यादै नै मामूली थियो। म भोरोनेज प्रदेशको बासिन्दा हुँ र्‌ सन्‌ १६०० सालमा मेरो जन्म भएको हो। गृहयुद्धको बेला म किक्वीद्जे (
” किक्वीदूजे , भासिली इभानोभिच : ( सन्‌ १८९४-१९१९) महान अक्टोबर समाजवादी क्रान्तिका समर्थक , गुह-युद्धका एक सेनानी । -अ्रनु ० ) डिभिजनमा लाल सेनामा थिएँ।