परिच्छेद २
सन् १८०५ को नोभेम्बर महिनामा राजकुमार भासिलीलार्इ चार ओटा प्रान्तको निरीक्षण भ्रमणमा जानु पर्ने भयो । आफ्नो उपेक्षित जिमिदारीको वस्तुस्थिति बुझ्न, छोरा बोल्नकोन्स्की कहाँ जाने र उत्त धनाढ्य बुढाकी छोरीसँग आफ्नो छोरीको विवाहको कुरा चलाउने अभिप्रायले उसले आफ्नै लागि यो कार्यक्रम बनाएको थियो । तर घर छोड्नु र यी नयाँ काममा ध्यान दिनुभन्दा पहिले राजकुमार भासिलीले पियेरेसँग चलेका काम-कुरा मिलाउन झन् जरुरी थियो । हो, यो साँचो थियो कि पछिल्ला केही समयदेखि पियेरे दिनभरि राजकुमार भासिलीको घरमा नै, जहाँ ऊ बस्ने गरेको थियो, बिताउने गरेको थियो । हेलेनको उपस्थितिमा ऊ एउटा हाँसोको पात्रजस्तो कस्तो-कस्तो आत्तिएजस्तो र लाटोकोसेरोजस्तो लाग्थ्यो (जस्तो कि कुनै प्रेमी हुनुपर्दछ), तर उसले अहिलेसम्म हेलेनसँग विवाह गर्छु भनेर विवाह प्रस्ताव पेश गरेको थिएन ।
“सबै कुरा राम्रै भइरहेको छ तर हरेक कुराको एउटा कुनै सीमा हुन्छ; एउटा निर्णयमा पुग्नै पर्छ,” राजकुमार भासिलीले त्यो दिन बिहान लामो सास फेर्यो र यस्तो महसुस गर्दै आफूले आफैसँग भन्यो कि पियेरेले, जसमाथि उसले यति ठूलो गुन लगाएको छ (खैर यो कुरा छोडौँ) यस विषयमा राम्रो व्यवहार गरिरहेको छैन । काँचो बुद्धि छ, मनमा चन्चलता छ – भैगो भगवानले उसको भलाई गरुन्,” राजकुमार भासिलीले खुसी हुँदै यस विषयमा आफ्नो उदारता महसुस गर्दै विचार गर्यो, “तर यस कुराको छिनोफानो त गर्नैपर्छ । “पर्सि मेरो छोरीको जन्म दिन छ । म आफ्ना केही विशेष मान्छेहरूलाई त्यति गर्दा पनि उसले कुरो बुझेन भने – म आफ्नै तर्फबाट कुरो टुङ्ग्याउन कसिन्छ । म त छोरीको बाबु पो हुँ त गाँठे ।”
अन्ना पाभ्लोभ्ताको घरमा भएको भोज र त्यसपछि उसले अनुभव गरेको अनिद्रा र सोचविचारमा बिताएका रातपछि, जब उसले यो निर्णय गरेको थियो कि हेलेनसँग विवाह गर्यो भने उसको ठूलो दुर्भाग्य हुनेछ र त्यसैले ऊ यहाँबाट बचेर जसरी भए पनि निस्कनु पर्छ, त्यो निर्णय गरेको डेढ महिना भइसक्दा पनि पियेरे राजकुमार भासिलीको घरबाट एकछिन बाहिर निस्केन । ऊ डराइडराई यस्तो सोच्थ्यो कि मान्छेहरूका आँखामा उसले सधैँ हेलेनको नामसँग जोडेर आफूलाई हेर्ने गरेको छ । उसप्रति कुनै किसिमले पनि पहिलेको दुँष्टिकोण बदल्न सक्तैन । ऊसँग सम्बन्ध तोड्न सक्तैन । हुन त यो ज्यादै नराम्रो काम हुनेछ तर उसले ऊसँग आफ्नो भाग्य गाँस्नै पर्दछ । सम्भवत: ऊ यस स्थितिबाट बचेर निस्कन पनि सक्थ्यो, यदि सितिमिति भोज-भतेर नगर्ने राजकुमार भासिलीकहाँ अहिले भने हरेक रात भोजभतेरको क्रम नचल्दो हो । र यदि पियेरेले सबैको आशा र इच्छालाई तिरस्कार गर्न नचाहँदो हो र उसले उक्त भोजको कार्यक्रममा सरिक हुन नपर्दो हो । तर ऊ वाध्य भएर भोजमा सम्मिलित हुनै पर्दथ्यो । राजकुमार भासिली आफ्नो घरमा वसेको बेला पियेरेका छेउमा पुगेका दुर्लभ क्षणहरूमा उसका हात पकडेर तलतिर झदकार्थ्यो, नजानिँदो चालमा आफ्ना चाउरिएका र सफाचट गरिएका गाला चुम्वन पाउने आसामा पियेरेतिर बढाउँथ्यो र भन्थ्यो “भोलि भेटदौँला,” अथवा “दिउँसोको खानासँगै खान अवश्य आउनू” अथवा “म केवल तिम्रो लागि मात्र रोकिइरहेको छु” आदि आदि । तर राजकुमार भासिलीले मुखले “तिम्रै लागि मात्र -रोकिइरहेको छु” भनेर जति भने पनि पियेरेसँग उसको कदाचित् मात्र दोहोरो कुरा हुन्थ्यो तर त्यही हो, पियेरे उसको मन दुखाउन चाहँदैनथ्यो । प्रत्येकदिन आफूले आफैसँग एउटा कुरा भन्ने गर्थ्यौ : “आखिरमा मैले हेलेनलाई “ऊ के हो” भनेर बुझ्नै पर्दछ र सोहीअनुसार विचार पनि पक्का गर्नै पर्दछ । मैले पहिले नै गल्ती भयो कि वा अहिले गल्ती गर्दैछु ? होइन, हेलेन त्यस्ती खराब केटी हुँदै होइन । ऊ ज्यादै असल र नपाउने केटी हो,” ऊ कहिलेकाहीँ आफैलाई यस्तो भन्थ्यो : “उसले कहिल्यै पनि गल्ती गर्दिन न कहिल्यै फाल्तु वा अपशब्द नै आफ्नो मुखबाट निकाल्छे । उ थोरै बोल्छे तर जे बोल्छे स्पष्ट र सोझो भाषामा बोल्छे । ऊ कहिल्यै लज्जित हुने काम गर्दिन र उसको शिर जहिले पनि ठाडो छ । अत: ऊ खराब आइमाई हुनै सक्तिन ।” धेरैजसो यस्तो हुन्थ्यो – उसले जब हेलेनसँग कुनै विषयमा विचार-विमर्श गर्थ्यो वा ठूलो स्वरमा बोलेर कुनै कुराको कल्पना गर्थ्यो हेलेनले प्रत्येक पटक संक्षिप्त रूपमा उचित जवाफ मात्र दिन्थी, जो फाल्तु कुरामा उसको कुनै रूचि छैन भन्ने प्रमाण नै भएको ठहर्थ्यो । अथवा मूक भाषा र मुस्कानद्वारा, पनि यही अर्थ लाग्ने उत्तर दिन्थी, जसले गर्दा पियेरेका लागि उसको श्रेष्ठता अरू स्पष्ट र स्पर्शज्ञेय हुन जान्थ्यो । आफ्नो यस मुस्कानका तुलनामा सबै किसिमका वादविवादहरू व्यर्थ हुन् भन्ने उसको सोचाइ एकदम ठीक थियो ।
हेलेनले पियेरेलाई सधैँ यस्तो खुसी र विश्वासिलो मुस्कानका साथ हेर्थी, जुन हेराइ पियेरेकै लागि मात्र हुन्थ्यो, जुन मुस्कान उसको अनुहारमा हरबखत विद्यमान सामान्य मुस्कानभन्दा बेग्लै अर्थ लगाउन सकिने खालको हुन्थ्यो । पियेरेलाई थाहा थियो कि हरेक व्यक्ति उसको उत्तरको प्रतीक्षा गरिरहेका छन् । हरेकले उसले केही शब्द बोलोस्, एउटा निश्चित सीमारेखा नाघोस् भन्ने चाहन्छन् । उसलाई यो पनि थाहा थियो कि ढिलो- चाँडो उसले एउटा निर्णय त गर्नै पर्छ तर यो भयावह पाइला चाल्ने विषयमा कल्पना गर्नासाथ उसलाई एउटा अकल्पित र एउटा अगम्य त्रासले गाँज्थ्यो । यो डेढ महिनाको अन्तरालमा, जब पयेरेले गम्भीरतापूर्वक यो सोच्यो कि उ त्यो डरलाग्दो खाल्डोमा जाकिन लागिरहेछ, उसले आफूले आफैलाई सोध्यो : ” म के गर्दैछु ? मैलले दृढतापुर्वक यो समस्याको छिनोफानो गर्नै पर्छ । के मेरो यति गर्न सक्ने क्षमता पनि छैन ?”
ऊ एउटा निर्णय गर्न चाहन्थ्यो तर उसको दुःखी मनले यो भन्थ्यो कि उससँग यसो गर्न सक्ने दृढता र आत्मबल छैन, जुन आत्मबल आफूसँग छजस्तो पनि लाग्थ्यो उसलाई र जो वास्तवमा उसँग थियो नै । पियेरे यस्तो खालको मान्छेहरूमध्ये थियो, जो आफूलाई अत्यन्त अज्ञान र निर्दोष ठानेका बखतमा मात्र आफूलाई पुरुषार्थी र बलवान् व्यक्ति ठान्थे । र अन्ना पाभ्लोभ्नाको भोजमा आफूले नसंदानी हातमा लिने बखतमा झुकेकी हेलेनलाई देखेको बेलादेखि नै ऊ कामवासनाले अभिभूत भएको थियो र फलतः त्यही बासनाको अस्वीकृत अपरीधबोधले उसको आत्मबललाई निस्तेज तुल्याइदिएको थियो ।
हेलेनको जन्म दिनको अवसरमा राजकुमार भासिलीको घरमा केही आफ्नै नजिकका नातागोता र घनिष्ठ इष्टमित्रहरूलाई श्रीमती भासिलीले भनेझैँ खान बोलाइएको थियो । सबै नातागोता र इृष्टमित्रहरूलाई हेलेनको भाग्यको विषयमा आजै एउटा टुङ्गो लाग्नेछ भनेर जानकारी गराइएको थियो । पाहुनाहरू सबै खान बसेका थिए । कुनै ससयकी प्रभावशाली सुन्दरी तथा मोटी राजकुमारी कुरागिन प्रमुख अतिथिको रूपमा आसीन थिई ।
उसको एक छेउमा विशिष्ट पाहुनाहरू- एक जना बुढा जर्नेल आफ्नी श्रीमतीसहित बसेको थियो भने अर्को छेउमा अन्ना पाभ्लोभ्ना शेरर बसेकी थिई । र उसको अर्को छेउमा युवा युवतीहरू तथा कम महत्त्वपूर्ण पाहुनाहरू बसेका थिए र त्यस समूहमा पनि परिवारका केही सदस्यहरू सम्मिलित थिए । साथै पियेरे र हेलेन पनि त्यही समूहमा सँगसँगै बसेका थिए । राजकुमार भासिली केही खाइरहेको थिएन । ऊ बडो उल्लासित मनस्थितीमा पाहुनावरिपरि घुम्दै कहिले कसैसँग बस्थ्यो भने अर्को क्षण अर्को पाहुनासँग गफ गर्न जान्थ्यो । र हेलेन तथा पियेरेलाई वास्तै नगरेर, नदेखेजस्तै गरेर अन्य सबैसँग ख्यालठट्टा गर्ने तथा मीठामीठा कुरा गर्ने गरिरहेको थियो । उसले सबै पाहुनाहरूलाई अनुप्राणित तुल्यार्इरहेको थियो । मोमबत्तीहरूले उज्यालो फालिरहेका थिए । बिल्लौर र चाँदीका भाँडा, महिलाहरूका महङ्गा पोशाक र पुरुषहरूका सुनौला तथा रूपौला- स्कन्धिकाहरू चम्किरहेका थिए । रातो रङको समपरिधानमा सजिएका नोकरचाकरहरू पनि भोजनकक्षवरिपरि घुमिरहेका थिए । काँटा चम्चा र गिलास तथा प्लेट बजेको आवाजसाथ खानपिनमा सक्रिय सबै पाहुनाहरूले गरेका कुराको ध्वनि स्पष्टसँग सुनिइरहेको थियो । एकातिर एक जना बुढा दरबारियाले एउटी दरबारिया बुढीलाई आफूले अत्यन्त धेरै माया गरेको र बुढी मख्ख भएर हाँसेको कुराको सन्दर्भ चालिरहेको थियो भने अर्कोतिर मेरी भिक्टोरोभ्ना भन्ने कुनै महिलाले पाएको दुखको कथा व्यथाको चर्चा भइरहेको थियो । भोनजनकक्षको मध्यभागमा बसेका राजकुमार भासिली त्यहाँ उपस्थित सबै पाहुनाहरूको आकर्षणाको केन्दुविन्दु भएको थियो । अनुहारमा विनोदी मुस्कान लिएर ऊ महिलाहरूलार्इ गत बुधबार राजकीय परिषद्को अन्तिम सभाको विवरण सुनाइरहेको थियो, जसमा पिटर्सबर्गको । नयाँ सैनिक गभर्नर जनरल सर्गेई कुजमिच ब्याजमितिनोभले सम्राट् अलेक्जेन्डरबाट प्राप्त राजपत्र पढेको थियो, जुन राजपत्र त्यति बेला ठूलो चर्चाको विषय भएको थियो । सम्राट्द्वारा सेनासँग पठाएको उक्त पत्रमा सम्राट्ले सर्गेई कुजमिचलाई सम्बोधन गर्दै यो भनेका थिए कि उनलाई (सम्राट्ई) जताततैबाट जनताले व्यक्त गरेको बफादारीको सूचना प्राप्त भइरहेका छन् र पिटर्सबर्गका जनताले गरेको यस्तो घोषणा सम्राट्ई ज्यादै नै प्रिय लागिरहेछ । उनलाई यस्तो राष्ट्रको सम्राट् हुन पाएकोमा गर्व लागिरहेछ र उनले आफूलाई यसको योग्य सावित गर्न हरसम्भव प्रयास गर्नेछन् । उक्त राजपत्रको सुरुमा लेखिएका शब्दहरू यस्ता थिए – “सर्गेई कुजमिच, मलाई चारैतिरबाट राम्राराम्रा सूचनाहरू प्राप्त भइरहेका छन् आदि आदि ।”
“त्यसो भए ऊ “सर्गेई कुजमिच”भन्दा अगाडि बढ्न सकेन ?,” एक जना महिलाले सोधी ।
“ठीक हो, ऊ रौँ बराबर पनि अगाडि बढ्न सकेन,” राजकुमार भासिलीले हाँस्दै जवाफ दियो । “सर्गेई कुजमिच सबैतिरबाट…… सबैतिरबाट… सर्गेई कुजमिच विचरा कुजमिचले केही गरे पनि अगाडि पढ्न सकेन । कति पटक उसले यस पत्रलाई दोहोर्याएर पढ्ने कोसिस गर्यो तर “सर्गेई” शब्द पढ्नेवित्तिकै ऊ रुन लाग्थ्यो……..“कुजमिच” शब्द पढ्दापढ्दै उसका आँखाबाट आँसु झर्न् थाल्थे र “सबैतिरबाट” भन्ने शब्द पढ्दा पढ्दैं उसको मुटु भक्कानिएर आउँथ्यो र अगाडिको व्यहोरा पढ्न असमर्थ हुन्थ्यो । फेरि हातको रुमालले आँसु पुछेर जसोतसो पढ्ने प्रयास …..तर फेरि आँखाबाट धरधरी आँसु झर्न थाल्थे …….त्यसरी अन्त्यमा उक्त राजपत्र अर्कै व्यक्तिद्वारा पढ्न लगाइयो ।” “कुजमिच”…….. सबैतिरबाट……..र “आँसुका धारा”…….- कसैले हाँस्दै यी शब्दहरू दोहोर्यायो ।
“यो त ज्यादै ठूलो अन्याय भयो” अर्को छेउबाट औँला ठड्याउँदै धम्कीको भाषामा अन्ना पाभ्लोभ्ताले भनी, “हाम्रो व्याजमितिनोभजस्तो प्रिय र असल पुरुषलाई ….।”
भएभरिका पाहुना सबै मस्त भएर हाँसे । भोजनकक्षअगाडि, सम्मानित पाहुनाहरू बसेका थिए र अति प्रसन्न र जीवन्त मनस्थितिमा रमाए लाग्थे । तर हेलेन र पियेरे भने अरूहरूभन्दा अलिक परतिरको एक छेउमा एक-आपसको नजिकै चुपचाप लागेर बसिरहेका थिए । दुवैको अनुहारमा मुस्कान दगुरिरहेको थियो, जुन मुस्कानको सर्गेई कुजमिचसँग कुनै सरोकार थिएन किनभने यो मुस्कान उनीहरूको आफ्नै ताई लज्जाको मुस्कान थियो । यथार्थमा जोसुकैले जेसुकै भनून्- जति सुकै हाँसून्: जतिसुकै ख्यालठटा गरून्, राइन वाइन पिएर जतिसुकै मज्जा लिउन्, स्वादिष्ट पकवान्नहरू खाउन् वा आइसक्रिमहरू खाउन् जतिसुकै यो जोडीलाई हेर्न चाहुन् वा वा नदेखे जस्तो गरुन्, तर घरीघरी यो जोडीतर्फ उनीहरूले चोर दृष्टि लगाएको देख्दा, जो कसैले पनि यो महसुस गर्न सक्थ्यो कि यो सबै एउटा लीला मात्र रचिएको हो, चालबाजी मात्र हो- सर्गेइ कुजमिचसम्बन्धी नाटक पनि बनावटी हो- उनीहरूको हाँसो र ख्यालठट्टा सबै बनावटी हो र के मात्र साँचो हो भने यिनीहरू सबैको ध्यान मात्र साँचो हो, जो हेलेन र पियेरेप्रति केन्द्रित थियो । राजकुमार भासिली सर्गेई कुजमिचको कारुणिक रोदनको नक्कल गरिरहेको थियो तर त्यति नै बेला उसले आफ्ना कर्के आँखा आफ्नी छोरी हेलेनतर्फ पनि लगाइरहेको हुन्थ्यो र जब जब उ हाँस्थ्यो उसको अनुहारको भावले यो स्पष्टसँग भनिरहेको हुन्थ्यो : “हो, हो, सबै कुरा ठीकसँग अगाडि बढिरहेछ- आजकै दिनमा यसको टुङ्गो लाग्ने छ ।” अन्ना पाभ्लोभ्नाले “हाम्रो प्यारो व्याजमितिनोभ”लाई जिस्म्याएकोमा राजकुमार भासिलीलाई हप्काइरहेकी थिई, उसका आँखामा, जुन आँखाले एकैछिन पियेरेलाई हेरेकी थिई, राजकुमार भासिलीले आफ्नो हुनेवाला ज्र्वाईँ र छोरी हेलेनको सुखमय भविष्यका लागि बधाई दिइरहेको दृश्य देख्यो । बुढी राजकुमारीले आफूसँगै बसेकी एउटी अर्की बुढी महिलालाई वाइन थप्दा दुःख मनाउ गर्दै लामो सास फेरिन् र छोरीलाई रिसाउँदै हेरिन् । उनले तानेको लामो सासले यस्तो भनेझैँ लाग्थ्यो “हो, अब तेरो र मेरो लागि यहाँ यो वाइनबाहेक अरू केही बचेको छैन । अब त्यो समय आइपुगेको छ कि यी दुई युवायुवतीको जोडीले हिम्मतका साथ चुनौतीहरूको सामना गरेर सुखमय जिन्दगी गुजार्ने सुअवसर प्राप्त गरून् ।” “र मैले गरेका कुराहरू के बकवास मात्र हुने भए त :” एउटा कूटनीतिज्ञले ती दुई प्रेमी-प्रेमिकाका प्रसन्न मुख-मुद्रातर्फ हेर्दै मनमा कुरा खेलायो, खुसी भनेको त यस्तो हो ।”
यहाँ उपस्थित मान्छेहरूलाई सूत्रबद्ध गराएको एकदम तुच्छ, चुत्थो र कृत्रि, दुई जना स्वस्थ र सुन्दर तन्नेरी र तरुनीबीचको पारस्परिक आकर्षणको साधारण भावना प्रवेश गरेको थियो । र यही मानवीय भावनाले नै सबै कुरामाथि प्रभुत्व जमायो र उनीहरूको बनावटी कुरालाई फिका सावित गरिदियो । ख्याल-ठट्टाहरू बिरसिला थिए, खबर-समाचारहरू स्वादिला थिएनन्, उल्लासक्व! र प्रफुल्लता बलजफ्ती प्रकट गरिएका थिए । पाहुनाहरू मात्र होइन, यो भोज कार्यक्रममा काम गर्न खटिएका नोकरचाकरहरूले पनि यस्तै सोचिरहेजस्ता देखिन्थे र उनीहरूले सुन्दरी हेलेनको धप्प बलेको उज्यालो अनुहार र रातो वर्ण धारण गरेको, ठूलो आकारको र प्रसन्न भए तापनि अलि खिन्न भएजस्तो देखिने पियेरेको अनुहार देखेर उनीहरू घरीघरी त आफ्नो काम गर्न पनि बिर्सिदिन्थे, यस्तो लाग्थ्यो मानौँ मोमबत्तीहरूको प्रकाश पनि ती दुई सुखी प्राणीहरूको मुहारतर्फ नै केन्द्रित गरिएको थियो ।
पियेरेलाई यस्ता महसुस भयो कि ऊ नै यस माहोलको केन्द्रविन्दु थियो र यस भावनाले गर्दा उसलाई सुखका साथै दुःखको अनुभूति पनि भइरहेको थियो । र कुनै गहिरो सोचविचारमा डुबेको मानिसको जस्तो अवस्थामा थियो । स्पष्ट रूपमा उसले न केही सुनिरहेको थियो, न केही देखिरहेको थियो न त केही बुझिरहेकै थियो । मात्र घरीघरी उसको दिमागमा यथार्थताको संसारबाट अप्रत्याशित रूपमा अनेक विचार र प्रभावहरू उत्पन्न भइरहन्थे ।
“लौ त अब सम्पूर्ण कथा समाप्त भयो,” उसले सोच्यो । “तर यो सबै कसरी भयो ? त्यो पनि यति छिटो । मलाई थाहा छ, हेलेन अथवा मेरो कारणले मात्र होइन तर यहाँ उपस्थित सबैका कारण भएको हो र यो अनिवार्य रूपमा भएरै छोड्छ । उनीहरू सबैले यो हुनैपर्छ भनेर प्रतीक्षा र अपेक्षा गरिरहेका छन् र यो हुन्छ नै भनेर उनीहरू यति विश्वस्त छन् कि मैले यो “हुनबाट” कदापि टार्न सक्तिनँ । म उनीहरूको उत्कट इच्द्या तुहाउन कदापि सक्तिनँ । तर यो कसरी सम्भव होला त ? मलाई यो पनि थाहा छैन तर मलाई थाहा छ, यो हुन्छ र अवश्य हुन्छ नै ।” आफ्ना आँखाकै सामुन्ने चम्किरहेका हेलेनको काँधको देखेर पियेरे यस्तो सोचिरहेको थियो ।
अचानक पियेरेलाई कुनै कारणले लाज लागेर आउँथ्यो । सबैको ध्यान आफूतर्फ आकर्षित हुँदा, आफूलाई उनीहरूको नजरमा एउटा भाग्यशाली पुरुष ठानिँदा र आफूजस्तो निरीह अनुहार भएको मान्छेलाई टोयकी हेलेनको मालिक सम्झिदा उसलाई अलिअलि अप्ठ्यारो लागेर आउँथ्यो । “तर निश्चय पनि सधैँ यस्तो हुन्छ र यस्तो हुनै पर्दछ,” उसले आफैलाई सान्त्वना दियो । ”
“तर”-मैले यसको लागि त्यस्तो के नै गरेको छु र ? यो सिलसिला कसरी । र कहिलेदेखि सुरु भयो ? म मास्कोबाट राजकुमार भासिलीसँग यहाँ आएको हुँ । त्यतिन्जेलसस्म यस्तो कुनै कुरा थिएन । त्यसकारण म उसको घरमा किन बस्न नहुने ? – म उसको छोरीसँग तास खेल्न थालेँ । एक पटक उसको झोला बोकेर म ऊसँग बग्गीमा बसेर बाहिरतिर घुम्न निस्केँ । यो कसरी सुरु भयो ? कहिले सुरु भयो ?” र अहिले म उसको हुनेवाला पतिका रूपमा ऊसँगै बसेको छु । उसलाई नजिकैबाट देखिरहेछु, सुनिरहेछु, उसको निश्वास, उसको सम्पूर्ण गतिविधि र उसको अनुपर्म सुन्दरताको निकटता अनुभव गरिरहेछु । अचानक उसलाई यस्तो लाग्थ्यो कि हेलेन होइन ऊ आफै अत्यन्त सुन्दर भएकी हुँदा उसलाई सबैले यस रूपमा हेरिरहेका छन् -र सबैको यस प्रकारको प्रशंसाबाट फुर्केर उसले आफ्नो छाती तनक्क तान्थ्यो, शिर ठाडो पार्थ्यो र आफ्नो भाग्य देखेर आफै मख्ख पर्थ्यो । अचानक उसले दोस्रो पटक कुनै चिनेजानेको स्वरले दोहोर्याई दोहोर्याई उसलाई केही भनिरहेझैँ लाग्यो । तर ऊ आफ्नो विचारको सागरमा यति डुबेको थियो कि उक्त स्वरले के भनिरहेछ उसले बुझ्नै सकेन । कती म तिमीलाई बोल्कोन्स्कीको पछिल्लो चिठी कहिले पायौ भनेर सोधिरहेको छ, राजकुमार भासिलीले तेस्रो पटक आफ्नो प्रश्न दोहोर्यायो । “तिमी कति भएको, प्रिय मित्र ?”
दाशकुमार भासिली मुस्कुरायो र पियेरेले बल्ल पत्तो पायो कि उसलाई र हेलेनलार्इ हेरेर सबै मान्छेहरू मुस्कुराइ रहेछन् । “ठीकै छ, तिमीहरू संबैलाई थाहा छँदैछ भने के मतलब ?” पियेरेले सोच्यो । “के फरक पर्छ त ? भएकै कुरा हो क्या रे यो।” र ऊ आफू पनि मीठो र बालसुलभ मुस्कान मुस्कुरायो र हेलेन पनि मुस्कुराई ।
“होइन, चिठी कहिले पायौ भनेको ? चिठी के ओल्मुजबाट आएको हो ?” राजकुमार भासिलीले दोहोर्याएर सोध्यो । एउटा विवाद सल्टाउनको लागि कुरा बुझ्ने अभिप्रायले उसले आफूले नबुझे झैँ गरिरहेको थियो ।
“मान्छेहरू यस्ता झिना-मसिना कुराहरूमा किन दिमाग ख्याउँछन् होला,” पियेरेले सोच्यो ।
“हो, ओल्मुजबाट आएको हो,” लामो सास तानेर उसले उत्तर दियो ।
भोजनपछि पियेरेले आफ्नी सङ्गनीलाई अरूहरूसँग बैठक कोठामा लिएर गयौ । पाहुनाहरू लाखापाखा लाग्न थाले । कोही त हेलेनसँग बिदा नमागी जान लागेका थिए । कोही उसलाई महत्त्वपूर्ण काममा नअल्मलाउने हेतुले झुर्लुक्क उसको अगाडि देखा परेर ऊसँग बिदा नै नमागी फटाफट आफ्नो बाटो लाग्न थाले । बैठक कोठाबाट बाहिर निस्कँदा कूटनीतिज्ञ, उदास मौनता साधिरहेको थियो । पियेरेको सुख-सौभाग्यको तुलनामा उसलाई आफ्नो राजनीतिक जीवन प्रयोजनहीन लागिरहेको थियो । आफ्नी श्रीमतीले खुट्टाको घाउ कस्तो छ भनेर सोध्दा बुढो जर्नेल झोक्कियो । “हे मूर्ख बुढी,” उसले मनमनमा सोच्यो “यो राजकुमारी हेलेन त पचास वर्षको उमेरमा पनि यत्तिकै सुन्दरी रहिरहने छ ।”
“मैले तपाईंलाई बधाई दिउँजस्तो लागिरहेछ,” अन्ना पाभ्लोभ्नाले हेलेनकी कानैमा गएर फुस्फुसाउँदै भनी र बुढीका गाला जोडसँग चुम्वन गरी । “मलाई अर्धकपालीले दु:ख नदिएको भए म धेरै बेर बस्ने थिएँ ।”
हेलेनकी आमाले कुनै जवाफ दिइन । आफ्नी छोरीको सुख-सौभाग्यको इर्ष्याले व्यथित तुल्याइरहेको थियो ।
पाहुनाहरू बिदा हुँदै जाँदा पियेरे सानो बैठक कोठामा धेरेबेरसम्म हेलेनसँग एक्लै बसिरह्यो, जहाँ उनीहरू थिए । पछिल्लो डेढ: महिनाभरि पनि ऊ हेलेनसँग धेरैजसो एक्लै बस्थ्यो । तर अगिल्ला छँ महिनाको अवधिमा उसले प्रेम सम्बन्धमा एक शब्द पनि मुखबाट निकालेन । अहिले ऊ यस्तो अनुभव गर्दै थियो कि यो अपरिहार्य थियो तर अन्तिम कदम चाल्ने बखतमा भने ऊ धर्मराइरहन्थ्यो । उसलाई लज्जाबोध हुन्थ्यो । उसलाई हेलेनका साथ अन्य कुनै व्यक्तिको ठाउँ लिइरहेछु जस्तो लाग्थ्यो । “यो खुसी तेरो लागि हुँदै होइन,” उसको भित्री आत्माले भनिरहन्थ्यो । “यो खुसी उसका लागि हो, जसको साथमा उ छैन, जो तेरो साथमा छ ।”
तर उसले केही भन्नै पर्ने भएको हुँदा उसले भन्न थाल्यो । उसले हेलेनलाई सोध्यो ऊ आजको जन्मदिन संमारोहबाट सन्तुष्ट भई कि भइन ? हेलेनले आफ्नो सधैँको झैँ सरल भाषामा उत्तर दिई आजको जन्मदिन समारोह उसको जीवनमा आजसम्म भएको जन्म दिन समारोहमा सबभन्दा सुखद र अविस्मरणीय रह्यो ।
धेरै नजिकका केही नातेदारहरू अझै गएका थिएनन् । उनीहरू ठूलो बैठक कोठामा बसिरहेका थिए । राजकुमार भासिली विस्तारै पाइला बढाउँदै पियेरे भए ठाउँमा आयो । पियेरे उठ्यो र भन्यो कि धेरै ढिलो भइसकेको छ । राजकुमार भासिलीले यस्तो कठोर र प्रश्नसूचक दृष्टिले उसलाई हेर्यो मानौँ पियेरेले भर्खर भनेको कुरा यस्तो आश्चर्यलाग्दो थियो कि उसलाई आफ्नो कामप्रति विश्वास नै लागिरहेको थिएन । तर त्यसपछि भासिलीको त्यो कठोर दृष्टि परिवर्तित भयो र उसले पियेरेका हात समातेर तलतिरपष्टि झट्कार्यो, उसलाई कुर्सीमा बसाल्यो र स्नेहपूर्वक मुस्कुरायो ।
“के खबर छ भन त छोरी लिल्या ?” उसले त्यही क्षण छोरीलाई लापरवाहीपूर्वक आफ्नो त्यो अभ्यस्त शैलीमा सम्बोधन गर्यो, जो बाल्यकालदेखि नै आफ्ना बालबच्चालाई पुलपुल्याउने आमाबाबुमा उत्पन्न भएको हुन्छ र जुन कुरो राजकुमार भासिलीले पनि अरू आमाबाबुहरूको देखिसिकी गर्दागर्दै सिकेको थियो ।
ऊ त्यसपछि फेरि पियेरेतर्फ फर्क्यो ।
“सर्गेइ कुजमिच” ‘जताततैबाट,’ आफ्नो वेस्टकोटको सबभन्दा माथिल्लो टाँक खोल्दै उसले भन्यो ।
पियेरे मुस्कुरायो, तर उसको मुस्कानले यो देखाउँथ्यो उसलाई थाहा थियो कि राजकुमार भासिलीलाई त्यस बखत आकर्षित गरेको सर्गेई कुजमिचको कथाले हुँदै होइन र राजकुमार भासिलीले पनि यो थाहा पायो कि पियेरेले यो कुरा बुझेको रहेछ भनेर । ऊ अकस्मात् केही शब्दहरू फत्फतायो र त्यहाँबाट कतै लाग्यो । पियेरेलाई लाग्यो कि राजकुमार भासिली पनि व्याहत थियो । उच्च घरातको यस बृद्ध व्यक्तिको अनुहारमा गोचर व्याकूलताले पियेरेको मनको मर्मलाई सोझै स्पर्श गर्यो । उसले हेलेनतर्फ हेर्यो तर ऊ पनि व्याकुल मुद्रामा देखिई । हेलेनलाई हेर्दा उसले यस्तो भनिरहेभैँ लाग्थ्यो :
“बुझ्यौ के, यसमा तिम्रै दोष छ ।”
“यस विषयमा आवश्यक कदम त चाल्नै पर्छ तर म त्यसो गर्न सक्तिनँ,” पियेरेले सोच्यो र फेरि यताउतिका फाल्तु कुराहरू गर्न लाग्यो । उसले सर्गेई कुजमिचका बारेमा सोध्न लाग्यो । उसले सोध्यो- सर्गेईको कथा मैले राम्ररी नसुनेको हुँदा- त्यो यथार्थमा के थियो “मलाई पनि भनिदिनु पर्यो,” हेलेनले उसलाई पनि जानकारी छैन भनेर मुस्कुराउँदै पियेरेलाई जवाफ दिई ।
राजकुमार भासिली, जब बैठककोठामा गयो उसकी श्रीमती एउटी बुजुक बुढी, महिलासँग पियेरेका बारेमा मसिनो स्वरमा केही कुरा खासखुस गर्दै थिई ।
“विवाह भन्ने कुरा स्वर्गमा तय गरिएको हुन्छ भन्छन्,” बुढी महिलाले उत्तर दिई । राजकुमार भासिली यी दुइटी बुढी महिलाका कुरा नसुनेजस्तो गरेर कोठाको पल्लो छेउको एउटा कुनामा भएको सोफामा गएर बस्यो । उसले आँखा चिम्म मात्र के गरेको थियो, उँघ्न थाल्यो । उँघ्ने क्रममा उसको शिर ढल्किँदा ऊ खङ्ररङग भएर जाग्यो ।
“अलिना,” उसले श्रीमतीलाई भन्यो, “उता गएर यसो हेर त उनीहरूले के गरिरहेछन् ।” बुढी राजकुमारी ढोकासम्म गई । बडो फुर्ती र सानका साथै अलि निच मार्दै सानो बैठक कोठामा मारिरहेका थिए । तलवितल केही परेजस्तो देखिएन ।
दृष्टि दिई । पियेरै र हेलेन पहिलेकै जस्तो अवस्थामा गफ
खाड ल केही परेजस्तो देखिएन ।
राजकुमार भासिली जङ्गियत्र । “अब भने मैले सहन सत्तीन” उसले भन्यो । उसका नाकका फोन्दा फुले आँखीभौँ तन्किए, मसख फाट्टियो , गाला राताराता भएर आए र उसको सम्पूर्ण अनुहारले एक प्रकारकाे भद्दारूप ग्रहण गर्यो । अथवा भनौँ उसले फैँलार्इ पनि अप्रिय लाग्ने खालको स्वरूप ग्रहण गर्यो । ऊ थरथर काम्दै उठ्यो, मुन्टो बटार्यो र संयमित ढङ्गमा पाइला चाल्दै सानो बैठक कोठामा बसेका महिलाहरू समक्ष प्रस्तुत भयो र छिटोछिटो पाइला चाल्दै प्रफुल्ल मुद्रामा पियेरेसमीप पुग्यो । राजकुमार भासिलीको अनुहार असामान्य रूपमा यति विजयोल्लासित देखिन्थ्यो कि उसको त्यो अनुहार देखेर पियेरेको सातो गयो र ऊ जुरुक्क उठ्यो ।
“भगवानलाई धन्यवाद छ,” राजकुमार भासिलीले भन्यो । “मेरी श्रीमतीले त मलाई सबै कुरा भनेकी नै हो ।” (उसले आफ्नो एउटा हात पियेरेको काँधमा बेर्यो । र हातले छोरीको काँध बेच्यो ।) “मेरो प्यारो छोरा र प्रिय छोरी लिल्या म आज ज्यादै खुसी छु ।” (उसको स्वर कामिरहेको थियो) म तिम्रो बुबालाई असाध्यै आदर गर्थेँ । …..
मेरो छोरी तिम्रो लागि एउटी सफल गृहिणी सावित हुनेछ ….. भगवानले तिमीहरूलाई आशिर्वाद दिउन् …..” उसले भन्यो । –
राजकुमार भासिलीले आफ्नी छोरीलाई आलिङ्गन गर्यो । त्यसपछि फेरि पियेरेलाई आलिङ्गन गर्यो र उसलाई आफ्नो बुढ्यौली उमेर सुहाउँदो रूपमा चुम्यो । त्यस क्रममा उसका आँखाबाट बगेका आँसुले उसका गाला रुझे।
“राजकुमारी यहाँ आऊ त,” ऊ चिच्यायो ।
बुढी राजकुमारी आई । उसका आँखा पनि आँसुले भिजेका थिए । ऊ बेस्सरी रोएकि थिर्इ बुजुक बुढी महिला पनि रूमालले आफ्ना आँखाका आँसु पुछ्दै थिर्इ । पियेरेलार्इ जति चुम्बन गरियो त्यति नै उसले पनि सुन्दरी राजकुमारीका हात पटकपटक चुम्बन गर्यो । त्यसको केही छिनपछि पियेरे र हेलेनलार्इ मात्र पुन त्यस एकान्त ठाउँ र रातको समयमा एक्लै छोडियो ।
“यो सबै हुनै पर्दथ्यो र यसबाहेक अरूथोक हुनै सत्तैनथ्यो,” पिहो । ठीकै भयो यसकारणले कि कमसेकम यसको एउटा किनारा त लाग्यो र पहिलेको जस्तो दुविधा र यातनापूर्ण स्थिति रहेन ।” पियेरे चुपचाप लागेर आफ्नो वाग्दत्ताको हात समातिरहेको थियो र उसले प्रत्येक पटक सास फेर्दा तलमाथि गरिरहेका उसका सुन्दर दुई स्तनहरू हेरिरहेको थियो ।
“हेलेन,” ऊ ठूलो स्वरमा बोल्यो र चुप लाग्यो ।
“यस्तो अवस्थामा त केही खास किसिमका शब्दहरू प्रयोग गर्नु पर्ने हुन्छ,” उसले सोच्यो । तर के भन्नु पर्ने हो भनेर उसले सम्झन सकेन । उसले हेलेनका मुखमा हेप्यो । हेलेन उसको झन् नजिक आई । उसको अनुहार लाजले रातोरातो भएको थियो ।
“ओहो, यो खोल न, यो क्या,” उसले चश्मातिर इसारा गर्दै भनी । पियेरेले चश्मा खोल्यो । उसका आँखा, चश्मा खोलेको मानिसको सामान्य रूपभन्दा अनौठो देखिनुका साथै डरलाग्दा र केही सोधिरहेजस्ता लाग्थे । पियेरेले झुकेर हेलेनको हातको म्वाइँखाने इच्छ्या गर्यो तर हेलेनले एकदम छिटो र अली जङ्गली पाराले यसो आफ्नो टाउको घुमाएर आफ्नो ओठ पियेरको ओठमा लगेर टाँसी । उसको अनुहारको परिवर्तित, अप्रिय र अति उत्तेजित अवस्था देखेर पियेरे अक्क न बक्क भयो ।
“अब त मौका चुकिसक्यो । सबथोक समाप्त भइसक्यो । तथापि म उसलाई प्रेम पनि त गर्छु,” पियेरेले सोच्यो ।
“म तिमीलाई प्रेम गर्छु,” पियेरेले सम्झीसम्झी यी शब्दहरू मुखबाट निकाल्यो, जो यस्तो अवस्थामा निकाल्नु पर्ने हुन्छ अथवा यस्तो अवसरमा भन्नु पर्ने हुन्छ । तर उसका शब्दहरू यति कमजोर गतिमा निस्के कि ऊ आफैलाई लाज लागेर आयो ।
डेढ महिनापछि उसको विवाह भयो । मान्छेहरू भन्थे, करोडौँको सम्पत्ति र परम सुन्दरी पत्नीको मालिक बनेर पियेरे फेरि नयाँ ढङ्गमा निर्माण र सजिसजाउ गरिएको काउन्ट बेजुकोभको विशाल र भव्य दरबारमा बस्न लाग्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

