साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

साताको चित्रः संगी श्रेष्ठको ‘संवेग’

कलाकार संगी श्रेष्ठ थोरै राम्रा नेपाली महिला कलाकारहरू मध्येकी एक हुन् । दर्जनौँ पटक एकल र सामूहिक कला प्रदर्शनी गरिसकेकी कलाकार संगी मूलत: सेमी फिगरेटिभ कला श्रृजना गर्न रुचाउँछिन्। उनका ज्यामितीय आकारका सेमी फिगरेटिभ चित्रमा मूलत: नेपाली नारीका आरोह र अवरोहहरू झल्किएका हुन्छन्।

bahulako diary small and inside post

प्रस्तुत चित्र “संवेग” शीर्षकमा बनाइएको छ। पृष्ठभूमि अँध्यारोबाट उज्यालोतर्फ आएको देखिन्छ। बीचमा नारीको आकृति छ तर त्यो आकृति असामान्य ढंगले प्रस्तुत भएको देखिन्छ। सुरिलो ज्यामितीय मुहार आकृतिमा देब्रे आँखा उछिट्टिएको छ। ती आँखामा समयको पदचाप र संवेग झल्किएको छ।

कलाकृतिका बारेमा संगी भन्छिन्, “व्यक्तिपिच्छे फरक हुने हाम्रा आशारुपी संवेगहरू इन्द्रेणीका रङहरूझैँ रंगीन हुन्छन् । जीवनका आरोह अवरोह अनि सोच्दै नसोचिएका मोडहरूमा ती संवेगहरूको उपस्थितिले जीवनलाई गति दिएझैँ लाग्छ । हामी भित्रका यस्तै भिन्दाभिन्दै आकार, प्रकार, रुप र रङका संवेगहरूलाई मैले यसमा समेटेकी छु ।“

“जीवनमा आइरहने आरोह-अवरोहबीच उत्पन्न हुने मानसिक तथा शारीरिक दशालाई पनि हामीले सकारात्मक सोचले मात्र जित्न सक्छौँ । त्यसैले नराम्रा सोचहरूतिर हामीले आँखा चिम्लिदिनु पर्छ भने सकारात्मक सोचहरूतिर सधैँ आफूलाई लक्षित गराउनु पर्छ ।“

लेखक परिचय
प्रतिक्रिया
Loading...