साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविता- प्रिय फेसबुक

Chovar Blues Mobile Size

प्रिय फेसबुक, लाग्छ तिमी मेरै लागि जन्मिछौ,
म तिम्रै लागि जन्मिछु,
तिमीसँग मेरो भेट भएदेखि
सामीप्य बढ्दै गयो, प्रेमको पारो चढ्दै गयो !

बेलुका नसुतुन्जेल तिमीसँगै रमाइरहन मन लाउने,
बिहान उठ्नेबित्तिकै तिम्रै मुहार हेर्न मन लाउने,
सपनीमा पनि तिम्लाई नै देख्न मन लाउने,
ओइ तिम्ले किन यति विघ्न मोहनी लाकी हँ !

तिमी माकुरी जस्ती जाल बुनिरहने,
त्यसैमा अल्झाइरहने,
म उम्किउँ कसरी,
प्रेमले बाँध्यौ बेसरी !

हुन त तिम्ले कति गुन लाइछौ माकुरी,
विछोडिएका साथीसँ भेटाइदिछौ,
ज्ञानगुनका कुरा सिकाइदिछौ,
सञ्जालमा जोडाइदिछौ !

प्रिय फेसबुक, तिम्लाई म बिर्सिऊँ कसरी,
तिम्रो जालबाट म उम्किऊँ कसरी,
ठीक छ बाँचुञ्जेल तिम्सँगै रमाउँछु,
जता जाउँ जे गरुँ तिम्रै हात समाउँछु !

प्रिय, म जस्तै अरुलाई नि फसाइछ्यौ कि,
मसँग नाटक गरि अरुसँगै माया बसाइछ्यौ कि,
तिम्रो चरित्र म चिनुँ कसरी,
सबैसँग प्रेमको डोरी कसाइछौ कि !

तिम्रा जति नै प्रेमी होऊन् बाल मतलब,
म त तिम्रै पाखुरी समाइदिन्छु,
तिमीसँग विछोडिन मन छैन,
सधैभरि तिमीसँगै रमाइदिन्छु !

प्रतिक्रिया
Loading...