१०
आमालाई भेट्दा निकोलाइ इभानोभिच निकै चिन्तित देखिन्थ्यो ।
“एगोर सिकिस्त छ !” – उसले भन्यो – “अस्पताल पु¥याएर भर्खरै लुद्मिला आएकी थिइन् । तपाईलाई अस्पताल आउन भनेर गएकी छिन् … ।”
“अस्पताल रे ?”
निकोलाइ इभानाभिचले आफ्नो चस्मा ठीक पा¥यो र आमालाई स्वेटर लगाउन मद्दत ग¥यो ।
“लौ, यो पोका लिएर जानुहोला ।” – उसले कम्पित स्वरमा भन्यो र आफ्नो तातो हातले आमाको हात दबायो – “भेसोभसिकोभको बन्दोबस्त भयो त ?”
“भयो, सबै ठीक छ … ।”
“म पनि एगोरलाई भेट्न आउँला … ।”
थकाइले आमाको टाउको रिङ्गिन थाल्यो । निकोलाइको चिन्तित अनुहार देखेर उनलाई कुनै भयङ्कर घटनाको पूर्वाभास हुन थाल्यो ।
“बाँच्दैन होला ।” – आमाले दिमागमा एउटै विचारले बारम्बार मुङ्ग्रोले जस्तो हिर्काउँदै थियो ।
तर जब उनी अस्पतालको सफा, सानो उज्यालो कोठाभित्र पसिन् र एगोरलाई सेता तकियाहरुमा अडेस लाएर पल्टेको र हाँसिरहेको देखिन्, उनको मन अलि शान्त भयो । आमा मुस्कुराउँदै ढोकामा उभिएर सुनिरहिन् कसरी ऊ डाक्टरसँग कुरा गर्दै थियो ?
“बिरामीको औषधि गर्नु पनि सानोतिनो सुधार गर्नुजस्तो हो … ।” – ऊ भन्दै थियो ।
“एगोर, वाहियात कुरा नगर ।” – डाक्टरले चिन्तित स्वरमा भन्यो ।
“तर म क्रान्तिकारी हुँ र मलाई सुधारप्रति घृणा छ … ।”
डाक्टरले बिस्तारै एगोरको हात उसको घुँडामा राखिदियो र उभियो । डाक्टर विचारमग्न हुँदै आफ्नो दाह्री हल्लाउँदै थियो र रोगीको सुनिएको अनुहार औंलाले छाम्दै थियो ।
आमा डाक्टरलाई चिन्दथिन् । ऊ निकोलाइको नजिकको साथी थियो । उसको नाम थियो, इभान दानिलोभिच । आमा एगोरको नजिक गइन्, उसले जिब्रो निकाल्दै आमाको स्वागत ग¥यो । डाक्टरले पछाडि फर्केर हे¥यो ।
“ए पेलागेया निलोभ्ना, नमस्कार ! भन्नोस्, के हो त्यो तपाईको हातमा ?”
“किताब होला ।” – आमाले भनिन् ।
“उसलाई पढ्न मनाही छ !” – होचो कदको डाक्टरले भन्यो ।
“यो मान्छे मलाई मूर्ख बनाउन चाहन्छ !” – रोगीले गुनासो ाग¥यो ।
ऊ छिटोछिटो सास फेर्दै थियो र उसको छातीबाट ख्यारख्यार आवाज निस्कँदै थियो । उसको अनुहारमा पसिनाका सानासाना थोपाहरु चम्कँदै थिए र उसलाई आफ्नो हात उठाएर निधारको पसिना पुछ्नसम्म पनि गाह्रो परिरहेको थियो । उसका सुनिएको गालामा भएको विचित्र निश्चलताले गर्दाै उसको बाटुलो उदार अनुहार एक निर्जीव नकावजस्तो लाग्थ्यो । खालि उसका आँखाहरुमा, जुन चारैतिरको सुजनले गर्दा भित्रसम्म धसिएजस्तो लाग्थ्यो एक निर्मल चमक र दयालु मुस्कुराहट थियो ।
“ए पण्डित ! म थाकेँ, एकछिन पल्टन सक्छु ?”
“हुन्न, कदापि हुन्न !” – डाक्टरले कडाइसाथ जवाफ दियो ।
“ठीक छ, तिमी निस्केपछि पल्टुँला … ।”
“पेलागेया, निलोभ्ना, उसलाई पल्टन नदिनुहोला । तकिया मिलाइदिनुहोला र कृपया उससँग कुरा नगर्नुहोला, उसलाई पटक्कै बोल्न दिनुहुन्न … ।”
आमाले टाउको हल्लाउँदै आफ्नो स्वीकृति प्रकट गरिन् र डाक्टर छिटोछिटो कोठाबाट बाहिर निस्क्यो । एगोरले आफ्नो ाटाउको पछिल्तिर लग्यो र आँखा बन्द गरी बिलकुल निश्चल भएर पल्टियो, खालि उसका औंलाहरु मात्र बराबर काँप्थे । त्यो सानो कोठाका भित्ताहरु एकदम नीरस र निराशाजनक देखिन्थे । ठूलो झ्यालबाट लाइन रुखका झ्याम्म परेका हाँगाहरु देखिन्थे । धूलोले ढाकिएका गाढा रङका पातहरुका बीचबीचमा पहेँला दागहरु देखिन्थे – यो शरद ऋतुको क्रूर स्पर्श थियो ।
“मृत्युले बिस्तारै लाज मानीमानी मलाई आफ्नो फन्दामा जकड्दै छ … ।” – एगोरले आँखा नखोलिकनै भन्यो – “मृत्युलाई ममाथि बडो दया लागेजस्तो छ – भन्दै होला, कस्तो मिलनसार केटो थियो … ।”
“तिमी चुप लागिदिए हुन्थ्यो, एगोर इभानोभिच !” – आमाले बडो प्रेमपूर्वक उसको हात सुमसुम्याउँदै अनुरोधपूर्ण स्वरमा भनिन् ।
“एकछिन पर्ख … एकदम चुप लागिहाल्छु … ।”
ऊ बडो कठिनाइसहित बोल्दै थियो । निस्सासिन्थ्यो र बीचबीचमा धेरैबेरसम्म चुप लाग्थ्यो ।
“बडो राम्रो भयो, तिमी पनि हाम्रो साथ लागेकी छ्यौ – तिमीलाई देख्दा बडो आनन्द लागछ । कहिलेकाहीँ म सोच्ने गर्छु … कस्तो होला यी आइमाईको भविष्य ?
यो कुरा सोच्दा मलाई बडो दुःख लाग्छ, अरु जस्तै… तिमी पनि जेल पर्नेछ्यौ … । यी सबै कष्टहरु सहनुपर्नेछ… तिमीलाई जेल जान डर लाग्छ ?”
“लाग्दैन !” – आमाले स्पष्ट जवाफ दिइन् ।
“ठीक हो, डर त के लाग्थ्यो ? तैपनि, जेल बडो भयङ्कर ठाउँ हो । जेलैले मलाई यस हालतमा पु¥याइदिएको हो । साँच्ची भन्छ्यौ भने म मर्न चाहन्नँ … ।”
आमाले भन्न चाहिन् – “हुन सक्छ, अझ बाँच्छौं कि ?” तर उसको मुखको भाव देखेर थामिइन् ।
“म अझ पनि काम गर्न सक्थेँ हुँला, तर काम गर्नुहुन्न भने बाँचेर फाइदा नै के र, के मतलब र … ?”
“ठीक हो, तर चित्त बुझ्दैन !” – आमालाई आन्द्रेइको यो वाक्य एक्कासि याद आयो र लामो सुस्केरा हालिन् । दिनभरिमा आमा निकै थाकिसकेकी थिइन्, फेरि भोक पनि लाग्दै थियो । रोगीको अस्पष्ट स्वर कोठामा गुन्जिँदै थियो र यस्तो लाग्थ्यो, मानौं उसको आवाज बिस्तारै भित्तामा घिस्रिँदौछ । झ्यालबाहिर लाइम रुखहरु काला बादलका टुक्राहरु जस्ता देखिन्थे र आफ्नो उदासी र नैराश्यताले चकित पार्दै थिए । गोधुलीकालीन त्यस निश्चलतामा रातको आगमनको अशुभसूचक आशङ्काहरुमा, सबै कुरामा एक विचित्र निस्तब्धता फैलिएको थियो ।
“मलाई असाध्यै उकुसमुकुस लागिरहेछ !” – एगोरले भन्यो र आँखा बन्द गरेर चुपचाप पल्टियो ।
“निदाउने कोसिस गर !” – आमाले भनिन् – “निदाएपछि सञ्चो हुन्छ ।”
आमाले उसले सास फेरेको आवाज सुनिरहिन् र चारैतिर हेरिरहिन् । केहीबेरसम्म उनी व्यथित हृदय लिएर चुपचाप बसिरहिन् र बिस्तारै आफैं निदाउन थालिन् ।
ढोकामा अस्पष्ट आवाज सुनेर आमा ब्युँझिन् । उनले झसङ्ग भएर चारैतिर हेरिन् र देखिन् एगोरका आँखा खुल्ला थिए ।
“माफ गर, निदाएछु !” – आमाले कोमल स्वरमा भनिन् ।
“माफी त मैले पो माग्नुपर्छ … ।” – उसले पनि त्यत्तिकै कोमल स्वरमा भन्यो ।
झ्यालबाट सन्ध्याकालीन झिसमिसे चियाउँदै थियो । कोठा चिसो थियो र सबै कुरामा एक विचित्र धमिलोपना फैलिएको थियो । रोगीको अनुहार पनि अँध्यारो हुँदै गयो ।
आमाले कुनै कुराको सरसराहट र लुद्मिलाको आवाज सुनिन् –
“यहाँ अँध्यारामा बसेर तिमीहरु के खस्याकखुसुक गर्दै छौ हँ ? खोइ कहाँ हो, म त स्वीच पनि देख्दिनँ … ।”
कोठामा एक्कासि आँखा तिरमिराउने बत्तीको प्रकाश फैलियो र बीच कोठामा कालो पोसाक लगाएकी लुद्मिलाको अग्लो तन्किएको आकृति देखा प¥यो ।
एगोरको शरीर काँप्यो । उसले आफ्नो हात उठाएर छातीमा राख्यो ।
“के भयोे ?” – लुद्मिला दौड्दै उसको नजिक गएर सोधिन् ।
ऊ ट्वाल्ल परेर आमातिर हेर्दै थियो । अहिले उसका आँखा निकै ठूलठूला देखिन्थे र उसमा एक अनौठो ज्योति चम्कँदै थियो ।
उसले मुख बाउँदै आफ्नो टाउको उठायो र हात फैलायो । आमाले उसको हात समाइन् र सासै नफेरी एकटकले उसको अनुहारमा हेर्न थालिन् । रोगीले छट्पटिँदै आफ्नो टाउको हल्लायो र ठूलो स्वरमा भन्यो –
“होइन, होइन । खेलखत्तम भयो … !”
उसको शरीर बिस्तारै काँप्यो, कमजोर टाउको काँधमा लत्रियो, खाटमाथि झुन्डिएको बत्तीको निर्जीव प्रकाशको प्रतिबिम्ब उसका खुला आँखामा पर्दै थियो ।
“बिचरो !” – आमाले स्पष्ट स्वरमा भनिन् ।
लुद्मिला बिस्तारै पलङ्बाट हटिन् र झ्यालअगाडि उभिएर बाहिरतिर हेर्न थालिन् ।
“म¥यो … ।” – उनले एक्कासि जोडले भनिन् । आमालाई उनको स्वर एकदम अपरिचित लाग्यो । लुद्मिला झ्यालको तख्तामा कुहिनो अडाएर झुकिन् र एक्कासि मानौं कसैले अकस्मात् उनको टाउकामा हिर्काएसरि घुँडाले बसिन् र दुवै हातले मुख छोपेर क्वाँक्वाँ रुन थालिन् ।
आमाले एगोरको दुवै हात उसको छातीमा राखिदिइन् र तकियामा उसको टाउको सिधा पारिन् । अनि आँसु पुछ्दै लुद्मिलाको नजिक गइन् । आमाले लुद्मिलातिर झुक्दै बडो प्रेमपूर्वक उनको बाक्लो कपाल सुमसुम्याइन् । लुद्मिलाले बिस्तारै आमातिर आफ्नो टाउको फर्काइन्, उनका मलिन आँखा आश्चर्यजनक रुपमा फैलिए । उनी उभिइन् र कम्पित स्वरमा भनिन् –
“निर्वासनमा हामी दुवै जना सँगसँगै थियौं । सँगसँगै त्यहाँ गएका थियौं र जेलमा पनि सँगसँगै थियौं । कहिलेकाहीँ त त्यहाँको वातावरण भयङ्कर हुन्थ्यो, एकदमै असह्य हुन्थ्यो । कतिले त हिम्मत पनि हारे … ।”
उनी फेरि डाँको छाडेर रुन थालिन् । एक छिनपछि उनले जबरजस्ती आफूलाई काबुमा ल्याइन् । उनी आमाको अझ नजिक सरिन् । प्रेम र वेदनाको भावनाले कोमल भएको उनको अनुहार हेर्दा उनी अझ बढी तरुनी लाग्थिन् ।
“तर ऊ सधैं हँसिलो देखिन्थ्यो ।” – उनी छिटोछिटो सानो स्वरमा भन्दै थिइन् । उनी अझै पनि सुँक्कसुँक्क गर्दै थिइन् – “ऊचाहिँ सधैं हाँसिरहेको हुन्थ्यो, ठट्टा गरिरहेको हुन्थ्यो, कमजोर मान्छेहरुलाई प्रोत्साहित गर्न आफ्नो वेदना कहिल्यै प्रकाट हुन दिँदैनथ्यो । सधैं अर्काको ध्यान राख्थ्यो, धेरै दयालु थियो र सबैलाई मद्दत गथ्यो, त्यहाँ साइबेरियामा बेकारीले गर्दा मान्छेहरु अक्सर बिग्रन्छन्, आफ्नो कुत्सित भावनाको शिकार बन्छन् । यस्ता प्रवृत्तिहरुको विरुद्ध सङ्घर्ष गर्न ऊ उस्ताद थियो ! … तपाईलाई थाहा छैन, ऊ कस्तो गजबको कमरेड थियो ! उसले आफ्नो जीवनमा दुःखसिवाय अरु केही भोगेन, तर कसैले कहिल्यै उसले गुनासो गरेको सुनेन । कहिल्यै सुनेन ! हाम्रो बीच गाढा मित्रता थियो । मलार्य उसले धेरै गुन लाएको छ, तर ऊ आफैं एक्लो थियो रे जिन्दगीमा धेरै सहनुपरेको थियो । तर बदलामा ऊ न त कहिल्यै प्रेमको माग गथ्र्यो, न कहिल्यै उसको हेरविचार गरियोस् भन्ने नै चाहन्थ्यो … ।”
लुद्मिला एगोरको लासअगाडि गएर उभिइन् र झुकेर उसको हातमा म्वाइ खाइन् ।
“साथी, मेरो प्यारो साथी, असल साथी – धन्यवाद – म तिमीलाई हृदयदेखि धन्यवाद दिन्छु ।” – उनले शान्त व्यथित स्वरमा भनिन् – “बिदा ! म तिमीजस्तै काम गर्दै जानेछु – आफ्नो जिन्दगीभर अटल विश्वाससहित अथक परिश्रम गर्दै जानेछु … ! अलबिदा !”
रुवाइले गर्दा उनको सम्पूर्ण शरीर काँप्दै थियो । उनले एगोरको पाइतालानेर पलङमा आफ्नो टाउको राखिन् । आमा चुपचाप आँसु बगाउँदै थिइन् । उनी रुन चाहन्नथिन्, बरु लुद्मिलालार्य सान्त्वना दिन चाहन्थिन् । उनलाई कुनै विशेष, तीव्र प्रेमद्वारा सुमसुम्याउन चाहन्थिन्, एगोरबारे प्रेम र बेदनाले भरिएका शब्दहरु भन्न चाहन्थिन् । आँसुले भरिएका आँखाले आमाले एगोरको सुनिएको अनुहार र आधा खुलेका आँखातिर हेरिन् । यस्तो लाग्थ्यो, ऊ अझै पनि उँघिरहेको छ । आमाको दृष्टि उसको नीलो ओठमा प¥यो, जहाँ अझ पनि मुस्कुराहट फैलिएको थियो । त्यस निस्तब्ध कोठामा एक वेदनापूर्ण प्रकाश फैलिएको थियो ।
इभान दानिलोभिच सधैंजस्तो हतारहतार सानो कदम राख्दै आइपुग्यो । ऊ एक्कासि बीच कोठामा थामियो र खल्तीमा हात घुसार्दै उभियो ।
“कतिबेर भयो ?” – उसले हडबडाउँदै जोडले सोध्यो ।
कसैले उसलाई जवाफ दिएन । डाक्टर आफ्नो निधारको पसिना पुछ्दै, लड्खडाउँदै एगोरको नजिक गयो र उसको हात दबायो, अनि एकातिर हटेर उभियो ।
“कुनै आश्चर्यको कुरा छैन । उसको जस्तो कमजोर हृदय भएको मान्छेका लागि त कम्तीमा पनि छ महिनाअगाडि नै सबै कुरा खत्तम हुनुपथ्र्यो … ।”
उसको ऊँचो, ज्यादा चर्को स्वर, जुन ऊ जबरजस्ती शान्त पार्ने कोसिस गर्दै थियो, एक्कासि रुन्चे भयो । ऊ भित्ताको सहारा लिएर उभियो र हडबडाहटमा जोडले आफ्नो दाह्री निमोठ्दै पलङको छेउमा बसेका ती दुई आइमाईहरुलाई हेरिरह्यो ।
“फेरि अर्का एक जना !” – उसले बिस्तारै भन्यो ।
लुद्मिलाले झ्याल खोलिन् । एकछिनपछि ती तीनै व्यक्ति झ्यालअगाडि उभिए र एक–दोस्रासँग टाँसिएर शरद्रात्रिको अन्धकारमा हेर्न थाले । रुखहरुका काला हाँगाहरुमाथि तारा जगमगाइरहेका थिए र आकाशको अनन्त बिस्तारलाई अझ बढी अन्धकारमय बनाइरहेका थिए … ।
लुद्मिला आमाको हात समाएर चुपचाप उनको काँधको सहारा लिँदै उभिएकी थिइन् । डाक्टर टाउको झुकाएर उभिएको थियो र आफ्नो चस्मा सफा गर्दै थियो । निस्तब्धतालाई चिर्दै सहरको रात्रिकालीन शिथिल आवाज आउँदै थियो । एक झोक्का चिसो हावा आयो र उनीहरुको केशसँग खेल्न थाल्यो । लुद्मिला काँपिन्, उनका आँखाबाट आँसुका थोपाहरु झर्दै थिए । बाहिर बरन्डाबाट मान्छेहरुको दबेको भयभीत आवाज सुनिँदै थियो – कोही कराउँदै थियो त कोही खस्याकखुसुक गर्दै थियो, फेरि कसैले खुट्टा घिसार्दै हिँडेको आवाज सुनियो । तर ती तीन व्यक्ति चाहिँ झ्यालअगाडि यथावत् चुपचाप उभिएका थिए र रातको अन्धकारमा हेर्दै थिए ।
आमालाई लाग्यो अब उनको यहाँ जरुरत छैन । उनले बिस्तारै लुद्मिलाको हातबाट आफ्नो हात छुट्याइन् र एगोरको बिछ्यौनाअगाडि गएर टाउको झुकाइन् । त्यसपछि सरासर ढोकातिर लागिन् ।