एनातोली दानिलोभ समकालीन चित्रकारहरूमध्ये एक प्रख्यात कलाकार हुन् । रूस छेउको चुभास रिपब्लिकमा १९५४ मा जन्मिएका उनले सानैदेखि चित्रकला बनाउन थालेका थिए ।

उनमा शिक्षण पेशाप्रति मोहका कारण शिक्षासम्बन्धी नै विषय लिए । उनी युनियन अफ आर्टिस्ट अफ रसियाका सदस्य मात्र हैनन्, चुभास स्टेट पेडाजोजिकल इन्स्टिच्युटबाट स्नातक पनि भए ।

कलामा रियलिस्ट प्रभावका हिमायती उनी प्रकृति र पुरूष अभिव्यक्त गर्न रूचाउँछन् । आज हामी उनका सिर्जना अवलोकन गर्नेछौँ ।