लेखिका एलिस सिबोल्ड

तिमोथी मसियन्ते

एन्थोनी ब्रोडवाटर अहिले ६१ वर्षको भए । उनी न्युयोर्क राज्यको साइराकजमा बस्छन् । उनलाई गत साता हिंस्रक बलात्कार, कुटपिट तथा डकैतीको जुन आरोप लेखिका एलिस सिबोल्डले लगाएकी थिइन्, प्रहरीले त्यसबाट उन्मुक्ति दिएको छ । अदालतले उनी निर्दोष रहेको बताउँदै १९८२ को घटनामा उनलाई पक्राउ गर्नु गल्ती रहेको बताएको छ ।

लेखिका हुनुअघिकी १८ वर्षीया सिबोल्ड साथीको घरबाट राति फर्कंदै थिइन् । सोही बेला कुनै कालो जातिको मानिसले उनीमाथि आक्रमण गरी लुटपाट मात्र मच्चाएन, उनी बलात्कृत समेत भइन् । यस घटनाको पाँच महिनापछि सिबोल्डले त्यो व्यक्तिलाई देखिन् । त्यस व्यक्तिमाथि मुद्दा चलाइयो र १६ वर्षसम्म उनले जेलजीवन बिताए । थप २३ वर्षसम्म उनको नाम खतरनाक बलात्कारीका रुपमा रहिरह्यो ।

यदि मैले लेखिका सिबोल्डको आत्मकथा ‘लकी’माथि फिल्म बनाउने तयारी नथालेको भए ब्रोडवाटरमाथि भएको सजायका बारेमा शायदै कसैले प्रश्न गथ्र्यो होला । एउटा कार्यकारी निर्माताका हिसाबले जब म किताब पढ्दै गएँ, शृंखलाबद्ध रुपमा केही घटनाहरु अप्रासंगिक र सिलसिला नमिलेको लाग्न थाल्यो । यो सिबोल्डको बेस्टसेलर पुस्तक थियो । उनले आफूमाथि भएको आक्रमणमाथि लेखिएको संस्मरण थियो ।

अपराधी घोषित भएका ब्रिजवाटर अदालतमा निर्दोष प्रमाणित भएपछि र छेउमा बेस्टसेलर संस्मरण लक्की

पहिलो पटक मैले यो पुस्तक समीक्षा गर्दा किताबमा जो व्यक्तिको नाम लिइएको थियो, ग्रेगोरी मेडिसन (एन्थोनी ब्रोडवाटरको छद्म नाम)को संलग्नताका बारेमा गम्भीर प्रश्न गर्ने ठाउँ छ भन्ने लाग्न थाल्यो ।

लेखिकाले जब आफूले न्युयोर्कमा बलात्कारी घुमिरहेको देखिन् र प्रहरीले सम्भावित बलात्कारीहरुलाई लाइन लगाएर राख्यो, ब्रोडवाटरलाई चौथो नम्बरमा राखिएको थियो । उनले पाँचौँ नम्बरको व्यक्तिलाई छनोट गरेकी थिइन् ।

सिबोल्डले लकीमा लेखेकी छन्, मैले पाँचौँ नम्बरको बाकसमा एक्स चिह्न लगाएकी थिएँ । मैले गलत नम्बरमा चिनो लगाएँ । नम्बर चार र पाँच ठ्याक्कै उस्तै लागे मलाई । म दुविधामा परेँ ।

सबोल्डले बलात्कारी चिन्न सकिनन् । यसको सबैभन्दा राम्रो कुरा नै ब्रोडवाटरलाई प्रहरीले छाडिदिनु हुन्थ्यो । पहिलो कुरा त, बलात्कृत महिलाले नै चिन्न अप्ठ्यारो भएको यस घटनालाई नै अदालतले सही ठान्यो र सजाय घोषित गर्यो ।

तिमोथी मसियन्ते

न्यायिक रजस्वला स्वाभाविक मानिन्छ, हुन्छ पनि तर यसलाई कसैले न कसैले उठाउनै पर्ने हुन्छ भनी मैले मेरो फिल्म प्रोडक्सनका साथीहरुलाई सुनाएँ । साथीहरुले भने, किताब छापिनु कुनै चानचुने कुरा होइन । पक्कै पनि प्रकाशकले यसमा तथ्य जाँच गरे होलान् । त्यसैले म पनि यही कुरामा विश्वस्त भएँ ।

समय बित्दै जाँदा फिल्म प्रोडक्सनका अन्य साथीहरुले ममाथि प्रश्न चिह्न उठाउन थाले । खासगरी फिल्मकी निर्देशक करेन मोनक्रिफले भनिन्, यो घटनामा काला जातिले नै घटाएको भए पनि गोरा कलाकार राख्नुपर्छ नत्र गलत सन्देश जान्छ । कालो हुनेबित्तिकै कोही बलात्कारी नै हुन्छ भन्ने आम धारणालाई यसले बल प्रदान गर्छ । झन् यहाँ त एउटी गोरी केटी बलात्कृत भएकी छ । त्यसमाथि एउटा अफ्रिकी अमेरिकी युवाले यो घटना गरायो भन्ने कुरा मलाई अझै अविश्वास नै लाग्छ ।

त्यसपछि यो फिल्मलाई काल्पनिक घटनामा आधारित फिल्म बनाउनेतर्फ उनको ध्यान केन्द्रित हुन थाल्यो । उनलाई भित्रैबाट यो घटनामा कुनै कालो पुरुषको संलग्नता चित्त बुझिरहेको थिएन ।

एउटा कार्यकारी निर्माताका हिसाबले त्यसो गर्न नसकिने बताएँ र फिल्म निर्माणको कुरा थाँति राख्ने बताए । त्यसपछि मैले डान मेयर्स भन्ने एक जना निजी अनुसन्धानकर्तालाई भेटेँ । मेयर्सले ग्रेगोरी मेडिसनलाई चिन्थे, उसको वास्तविक नाम उनलाई थाहा थियो । यी अनुसन्धानकर्तालाई मैले यो घटनाको तथ्य के हो भनी सोधेँ । पछि क्रमशः खुल्दै गयो, वास्तवमा ब्रिजवाटर त निर्दोष पो रहेछन् । निर्दोषिताका बाबजुद उनले कयौँ वर्ष जेलमा जीवन बिताउनु परेछ ।

यो घटनाले मिडियामा ठूलो ठाउँ पायो र एउटै प्रश्न मेरो दिमागमा सल्बलाइरह्यो, यस घटनाको मूल दोषी को हो ? जो बलात्कृत भई, त्यो केटी दोषी हो ? के अमेरिकी न्याय प्रणाली दोषी हो ? कि दुवै दोषी हुन् ?

१८ वर्षीया सिबोल्ड, जो बलात्कृत भई, ऊ पक्कै पनि दोषी होइन । उसले जे भोगी, त्यो पीडामा उसको जस्तो प्रतिक्रिया हुनुपर्थ्यो भयो । उसलाई जुन किसिमका सहायक जिल्ला एटर्नी दिइएको थियो, ती एटर्नीले जे भने, जे गराए, कलिली सिबोल्डले त्यही गरी ।

लक्की संस्मरण लेख्दा सिबोल्डको उमेर ३९ वर्ष थियो । संस्मरण लेख्नुभन्दा अघि उनले जिल्ला अदालतका सारा फाइलहरु छान मारिन् । प्रहरीले लाइनमा उभ्याएका तस्बिरहरुसमेत हेरिन् ।

एन्थोनी देब्रेतिर र दाहिनेतिर भएका व्यक्ति जसलाई एलिसले आफ्नो बलात्कारी रहेको भनी पहिचान गरेकी थिइन्, उनी पनि निर्दोष रहेको पछि खुलासा भएको थियो ।

यसरी फर्केर हेर्दा उनले त्यो घटना सम्झिनन् होला ? चार जना शंकास्पद व्यक्तिको अनुहार उनले यिालेर हेरिनन् होला ? त्यो बेला उनले वास्तविकता के हो भनेर खोतल्नु पर्थेन होला ? उनको गल्ती कहाँनेर भयो भनेर आफैँलाई सोध्नु पर्थेन होला ?

उनले कुनै प्रश्न नगरी ८ मे १९८१ को त्यो रातको घिनलाग्दो र विरक्तलाग्दो घटनालाई उनले सकारिन् । सन् १९९० को मध्यमा आइपुग्दा जब उनले जेलमा बलात्कारको सजाय पाइरहेको त्यो निर्दोष व्यक्ति रहेछ भन्ने थाहा पाइन्, उसको उन्मुक्तिका लागि भूमिका खेल्नु पर्दैनथ्यो होला ? के यो त्यति नै घिनलाग्दो र विरक्तलाग्दो अनि वियोगान्त पक्ष होइन ?

अमेरिकी न्याय प्रणालीले लेखिका सिबोल्ड र कथित अपराधी ब्रोडवाटरलाई न्याय दिन सक्षम भयो । सहायक जिल्ला एटर्नीलाई ब्रोडवाटरको यो घटनापछि वकालत गर्ने जिम्मेवारीबाट मुक्त गरिनुपथ्र्यो । यस घटनाले प्रत्येक कानुन कार्यान्वयन गर्ने इकाईको गम्भीर गल्तीलाई उदांगो पारेको छ ।

नजाने अमेरिकाभरि यस्ता गम्भीर गल्ती कति भएका होलान् !

यस घटनामा अर्को एउटा फटाहालाई जिम्मेवारी बोध हुनुपर्छ र त्यो फटाहा हो, मिडिया । सिबोल्डलाई कयौँ पटक अन्तरवार्ता लिइएको छ । खासगरी लक्की संस्मरण बजारमा आउँदा र उनको अर्को उपन्यास द लभली बोन्स फिल्म बन्दै गर्दा । लभली बोन्सको त फिल्म नै बन्यो र हिट पनि भयो ।

ब्रोडवाटरको निदोर्षिताका बारेमा मिडियालाई थाहा थियो तर कहिले पनि मिडियाले यसलाई प्रमुखताका साथ बाहिर ल्याएन । सिबोल्डको पीडा बेच्न बारम्बार उनको अनुहार मिडियाले बेचिरहे । बलात्कार पीडिताले गलत व्यक्तिलाई प्रहरीको लाइनमा उभ्याइएका बेला आफ्नो बलात्कारी भनी पहिचान गराउँदा ती निर्दोष व्यक्ति जेलमा सड्न बाध्य हुनुपर्यो भन्ने मिडियालाई थाहा थियो तर यो कुरामा मिडिया कहिल्यै प्रवेश गरेन । लेखिकालाई कहिल्यै सोधिएन, त्यो निर्दोष मानिसका बारेमा तपाईं के सोच्नुहुन्छ भनेर घच्घच्याएन ।

पत्रकार कहिल्यै ‘पख्नुस्, पख्नुस्, तपाईंले भनेको कुरा र लेखेको कुरा, घटेका घटना र पक्राउ परेका व्यक्तिहरुको सान्दर्भिकता मिलिरहेको छैन, कतै गल्ती त भएन ?’ भनेर किन पक्राउ गरेन ?

यो कथा पढ्दै जाँदा मेरो कमनसेन्सले यो कथामा, यहाँ पक्कै केही गडबड छ भन्ने लागिरह्यो ।

मैले यहाँ एउटा कुरा घोषणा गर्नैपर्छ, ब्रोडवाटरले झैँ म पनि एउटा ठगी मुद्दामा परेको थिएँ । बैंक ठगी मुद्दामा मलाई अदालतले सजाय घोषित मात्र गरेन, मेरो वकालती पेशा नै रद्द मात्र गरेन, जेल सजाय पनि भोग्नु पर्यो । मेरो प्रिय पेशा, वकालती मैले छाडेँ ।

मैले ब्रोडवाटरलाई एक दिन भनेको थिएँ, म पनि तँजस्तै गलत मुद्दामा फँसाइएको व्यक्ति हुँ । र, गलत मुद्दामा सजाय काट्नुको पीडा के हुन्छ, मलाई थाहा छ ।

ब्रोडवाटरले जीवनमा कहिल्यै पनि आफूले गल्ती गरेको स्वीकार गरेनन् । उनलाई अनेकन् यातना दिइयो, अनेकन् प्रलोभन दिइयो, बरु उनी जेल जान तयार भए तर अपराध कबुलेनन् ।

जसरी अमेरिकी न्याय प्रणाली, समाचार उद्योग र सिनेमा उद्योग सबैले सिबोल्डको कथालाई राम्रोसँग छानबिन गरेन । मात्र बेच्ने हतार गरिरह्यो ।

(तिमोथी मसियन्तेले एन्थोनी ब्रोडवाटर घटनामाथि अनलकी नामक डकुमेन्ट्री फिल्म निर्माण गर्दैछन् ।)

(द अब्जर्भर दैनिकमा प्रकाशित आलेखको अनुवाद ।)