निकोलाइ सधैं ठीक टाइममा घर फर्कने गथ्र्यो, तर एकपल्ट ऊ धेरै अबेला आइपुग्यो ।
उसले कोटै नफुकाली उत्तेजनापूर्वक हात मोल्दै भन्यो –

“पेलागेया नीलोभ्ना, आज एक जना हाम्रो साथी जेलबाट भागेर आएछ ! को होला हँ ? मैले केही पत्ता लाउन सकिनँ !”
आमाको टाउको रिङ्गिन थाल्यो –

पाभेल हो कि ?” – मेचमा बस्दै उनले बिस्तारै सोधिन् ।
“हुन सक्छ !” – निकोलाइले कुम हल्लाउँदै जवाफ दियो – “तर कसरी उसलाई लुक्न मद्दत गर्ने हो यदि हामी उसलाई भेट्टाउन सक्दैनौं भने ? मैले धेरैबेरसम्म सडकहरु चहारेँ, कतै भेट्टाइएला कि भन्ने आशा थियो । अवश्य यो मेरो मूर्खता थियो, तर केही त गर्नैप¥यो । म फेरि बाहिर जान्छु … ।”
“म पनि जान्छु !” – आमाले भनिन् ।

“तपाई एगारकहाँ गएर सोध्नोस्, उसलार्य केही थाहा छ कि ?” – निकोलाइले भन्यो र हतपत बाहिर निस्क्यो ।
आमाले रुमालले टाउको बाँधिन् र छिटोछिटो सडकमा निस्किन् । उनको हृदयमा आशाको बाढी उर्लदै थियो, आँखा तिरमिराउँदै थिए र जोडजोडले मुटृु हल्लिँदै थियो । अब उनी झन्डै दैडिरहेकी थिइन् । उनलार्य आफ्नोवरिपष्रिका कुनै कुराको होश थिएन । उनी टाउको झुकाएर कुनै अज्ञात सम्भावनाको खोजीमा हिँड्दै थिइन् ।
“त्यहाँ ऊ आइसकेको होला कि !” – यही आशाले उनी अगाडि बढ्दै थिइन् ।

उनलाई एकदम गर्मी लाग्दै थियो र थकाइले स्वाँस्वाँ गर्दै थिइन् । एगोरको घरअगाडिको भ¥याङनेर पुगेर उनी थामिइन् । अब अगाडि बढ्ने शक्ति उनमा थिएन । आमाले पछाडि फर्केर हेरिन् र अचानक एक चिच्याहटसहित अाँखा बन्द गरिन् । उनलाई लाग्यो, घरको ढोकामा निकोलाइ भेसोभसिकोभ खल्तीमा हात राखेर उभिएको छ । तर जब उनले आँखा खोलिन्, कोही पनि थिएन ।

“के भएछ मलाई !” – भ¥याङ चढ्दै उनले मनमनै भनिन् । उनी कान ठाडो पारेर सुन्दै थिइन् । तल चोकमा उनले कसैको मन्द पदचाप सुनिन् । उनी भ¥याङमा थामिइन् र तलतिर हेर्न थालिन् । उनले फेरि त्यही विफरको दागले भरिएको अनुहार देखिन् । अब ऊ आमातिर हेरेर मुस्कुराउँदै थियो ।

“निकोलाइ ! निकोलाइ !” – आमाले चिल्लाउँदै भनिन् र उसलाई भेट्न हाम फाल्दै भ¥याङबाट ओर्लिन् । उनको हृदयमा निराशाको वेदना थियो ।

“तपाई हिँड्दै गर्नोस् !” – उसले हातको इसाराले देखाउँदै बिस्तारै भन्यो ।
उनी छिटोछिटो भ¥याङ चढ्दै एगोरको कोठाभित्र पसिन् । एगोर कौचमा पल्टेको थियो ।
“निकोलाइ भागेर आएछ… जेलबााट भागेर आएछ !” – आमाले स्वाँस्वाँ गर्दै भनिन् ।
“कुनचाहिँ निकोलाइ ?” – एगोरले तकियाबाट टाउको उठाउँदै आफ्नो धोत्रे स्वरमा सोध्यो – “त्यहाँ त दुई जना निकोलाइ छन् … ।”

“भेसोभसिकोभ… ऊ यतै आउँदै छ … ।”
“ठीक छ !”

यत्तिकैमा निकोलाइ आफैँ कोठाभित्र पस्यो र ढोकामा छेस्किनी लगाइसकेपछि त्यहाँ उभिएर आफ्नो कपाल मुसार्दै मुस्कुराउन थाल्यो । एगोर कुहिनोले अडेस लाउँदै उभियो ।
“आऊ, आऊ ! – उसले टाउको हल्लाउँदै भन्यो ।

निकोलाइ मुस्कुराउँदै आमातिर बढ्यो र उनको हात समातेर भन्न थाल्यो – “यदि तपाईसँग भेट नभएको भए म फेरि जेल फर्कन्थेँ हुँला ! यहाँ सहरमा त मैले कसैलाई चिनेको छैन, फेरि बस्तीमा गएँ भने तुरुन्तै गिरफ्तार हुन्छु । त्यसैले म सडकमा हल्लँदै थिएँ । जेलबााट भागेर मैले कत्रो बेवकुफी गरेछु त ! अचानक पेलागेया नीलोभ्नालाई हतारहतार यता आउन लागेकी देखेँ, अनि त के र, उहाँकै पछिपछि लागेँ … ।”
“तिमी कसरी निस्क्यौ नि त्यहाँबाट ?” – आमाले सोधिन् ।

ऊ असजिलो मान्दै कौचको छेउमा बस्यो र कुम हल्लाउँदै भन्यो –
“त्यस्तै मौका हात प¥यो ! म घुम्दै थिएँ, यत्तिकैमा फौजदारी मुद्दा लागेका कैदीहरुले एक जना सन्तरीलाई पिट्न थाले । त्यस सन्तरीलाई एकपल्ट चोरीको अपराधमा राजनीतिक पुलिसबाट निकालिसकेका थिए, अब ऊ प्रत्येक मान्छेको विरुद्ध जासुसी गथ्र्यो, सबै खबर पु¥याउँथ्यो र कसैलाई शान्तिपूर्वक बाँच्न दिँदैनथ्यो ! त्यसैले मान्छेहरु उसलाई पिट्दै थिए । चारैतिर होहलला फैलिएको थियो । अरु सन्तरीहरु सिटी बजाउँदै यताउता दौडिरहेका थिए । म हेर्छु, ढोका खुल्ला थियो, बाहिर मैदान र सडक देखिन्थ्यो । म बिस्तारै अगाडि बढ्न थालेँ… मानौं म निद्रामा हिँड्दै थिएँ ।

बाहिर सडकमा निस्किसकेपछि त्यो पनि धेरै टाढा पुगिसकेपछि मात्र मलाई होश आयो, अनि सोच्न थालेँ, कता लाग्ने हो ? पछाडि फर्केर हेर्छु, जेलको ढोका बन्द भइसकेको थियो … ।”

“ए ! – एगोरले भन्यो – “महाशय, किन फर्कनुभएन त ? गएर बडो भलाद्मी तरिकाले ढोका घच्घच्याएर उनीहरुलाई भित्र पस्न दिने अनुरोध गरेको भए भैहाल्थ्यो नि । गएर भन्थ्यौ होला – “माफ गर्नुहोला, महानुभाव हो ! गल्तीले बाहिर पुगेछु … ।”
“हो साँच्ची !” – निकोलाइले हाँस्दै भन्यो – “यो मूर्खता हुन्थ्यो होला । तैपनि साथीहरुका अगाडि मैले ठीक गरिनँ । यस किसिमले कसैलाई केही नभनी निस्केँ… तर म अगाडि बढ्दै थिएँ । हेर्छु, मान्छेहरु मलामी जाँदैछन् । एउटा बच्चाको लास गाड्न लैजाँदैछन् । म पनि उनीहरुको पछिपछि लागेँ । टाउको झुकाएर यताउता कतै नहेरी म उनीहरुको पछिपछि लागेँ । केही बेरसम्म मसानमा बसेर हावा खाएँ । अनि अचानक एउटा कुरा मेरो दिमागमा आयो … ।”

“एउटै मात्र कुरा ?” – एगोरले सोध्यो र फेरि लामो सास फेर्दै भन्यो – “यही एउटा कुरा त तिम्रो दिमागमा अटाइनअटाइ पसेजस्तो लाग्छ … ।”

भेसोभसिकोभ टाउको हल्लाउँदै सहृदयतापूर्वक हाँस्यो ।
“अचेल मेरो दिमाग त्यस्तो खोक्रो रहँदैन, जस्तो कुनै बेला हुने गथ्र्यो । तर म देख्छु, एगोर इभानोभिच, तिमी निकै बिरामी परेका रहेछौ … ।”

“हरेकले आफ्नो सामथ्र्यअनुसार काम गर्छ ।” – एगोरले खोक्दै भन्यो – “तिमी आफ्नो कहानी सुनाउँदै गर !”
“म स्थानीय म्युजियमभित्र पसेँ । धेरैबेरसम्म त्यहाँ डुलेँ तर दिमागमा एउटै कुरा घुमिरहेको थियो – अब कता लाग्ने हो ? मलाई आफैंमाथि रिस उठ्दै थियो । कति भोकाएको थिएँ भने कसैलाई पनि काँचै निल्न सक्थेँ । म सडकमा निस्केँ र अगाडि बढ्न थालेँ । मलार्य वाक्क लागिसकेको थियो … देख्छु पुलिसहरु मलाई बडो ध्यान दिएर हेर्दैछन् । सोचेँ, अब समातिहाल्छन् ! यत्तिकैमा अचानक पेलागेया नीलोभ्ना हतारले यतातिर आउनुभएको देखेँ । म एकातिर हटेँ र फेरि उहाँको पछिपछि लागेँ । यही हो मेरो कहानी !”

“मैले त तिमीलाई देखिनँ ।” – आमाले अपराधीले जस्तो भनिन् । उनले बडो ध्यानले भेसोभसिकोभलाई हेरिन् । उनलाई ऊ पहिलेभन्दा दुब्लाएजस्तो लाग्यो ।

“सायद साथीहरु पीर गर्दै होलान् ।” – उसले टाउको कन्याउँदै भन्यो ।
“हाकिमहरु पनि त पीर गर्दै होलान् नि ! के तिमीलाई उनीहरुको दया लाग्दैन !” – एगोरले भन्यो । उसले आफ्नो मुख खोलेर यसरी ओठ हल्लाउन थाल्यो, मानौं हावा चपाउँदै छ – “लौ भइहाल्यो, खुब ठट्टा गरियो । अब हामीले तिमीलाई कतै लुक्ने बन्दोबस्त मिलाउनु छ । यो काम त्यति सजिलो नभए पनि मलाई खुसी नै लाग्नेछ । म त अझ उठ्न पनि सक्दिनँ… ।” – उसले सास फेर्न कोसिस गर्दै दुवै हात छातीमा राख्यो र बिस्तारै आफ्नो छाती मल्न थाल्यो ।

“एगोर इभानोभिच, तिमी त चर्कैसँग बिरामी परेछौ !” – निकोलाइले टाउको झुकाउँदै भन्यो । आमाले लामो सास फेरिन् र बडो चिन्तित दृष्टिले त्यो सानो कोठाको चारैतिर हेरिन् ।

“यो तिमीलाई खाँचो भएको कुरा होइन !” – एगोरले जवाफ दियो – “आमा अब धेरै लाज नमान्नोस्, तपाई ऊसँग पाभेलको हालखबर सोधिहाल्नोस् !”
भेसोभसिकोभ मुस्कुरायो ।

“पाभेललाई आराम छ, सबै ठीक छ । त्यहाँ ऊ हाम्रो नाइकेजस्तै छ । उही अफिसरहरुसँग कुराकानी गर्छ र सबै कुरामा उही अगाडि रहन्छ । सबै मान्छेले उसको कदर गर्छन् … ।”

पेलागेया नीलोभ्ना टाउको हल्लाउँदै भेसोभसिकोभको कुरा सुन्दै थिइन् र बराबर एगोरको सुनिएको, कालोनिलो अनुहारतिर हेर्थिन । उनलाई उसको अनुहार एकदम जमेको, निश्चेष्ट र भावहीन लाग्यो । तर उसका आँखामा स्फूर्ति र सुखको चम्काहट थियो ।

“केही खानेकुरा छ ? मलाई असाध्यै भोक लागेको छ !” – एगोरले भन्यो । अलिकति करिडरमा गएर देब्रेतिरको दोस्रो ढोका घच्घच्याउनोस् त । एउटी आयमार्यले ढोका खोल्नेछिन्, तपाई उसलाई भन्नोस् भएभरको खाना लिएर यहाँ आओस् ।
“किन चाहियो र भएभरको ?” – निकोलाइले आपत्ति जनायो ।
“चन्दा नमान, धेरै हुँदैन ।”
आमा बाहिर गएर ढोका घच्घच्याइन् । उत्तरको प्रतीक्षा गर्दै उनले एगोरबारे सोच्न थालिन् –

“बिचरो मर्छ अब छिट्टै … ।”
“को हो ?” – कसैले कोठाभित्रबाट सोध्यो ।
“एगोर इभानोभिचले पठाउनुभएको !” – आमाले बिस्तारै भनिन् – “तपाईलाई डाकेर ल्याउनु भन्नुभएको छ … ।”
“अहिले आउँछु !” – ढोका नखोलिकनै उनले जवाफ दिइन् । आमा एकछिन पर्खिन् र बिस्तारै ढोका घच्घच्याइन् । तुरुन्तै ढोका खुल्यो र चस्मा लगाएकी एउटी अग्ली आइमाई करिडरमा निस्किन् । त्यहाँ उभिएर हतारहतार आफ्नो कमिजको बाहुला ठीक पार्दै उनले रुखो स्वरमा आमालाई सोधिन् –

“भन्नोस् के चाहियो तपाईलाई ?”
“एगोर इभानोभिचले डाक्न पठाउनुभएको … ।”
“लौ हिँड्नोस् । ए, मैले त तपाईलाई चिन्याजस्तो लाग्छ, होइन र ?” आइमाईले बिस्तारै भनिन् – “सन्चै छ तपाईलाई ! यहाँ अलि अँध्यारो ाछ … ।”

आमाले त्यस आइमाईलाई हेरिन् र सम्झिन्, निकोलाइको ाघरमा उनीसँग एक–दुईपटक ाभेट भएको थियो ।
“सबै आफ्नै मानछे रहेछन् !” – उनले मनमनै सोचिन् ।
ाती आइमाई पेलागेयाको पछिपाछि लागिन् ।
“उसलाई असाध्यै सन्चो छैन कि ?”
“हो, पलिटरहेको छ । तपाईलाई केही खाना लिएर आउन भन्दै थियो … ।”
“ठीक छ … ।”

एगोरको कोठाभित्र पस्दा उनीहरुले उसको सासको खरखराहट स्पष्ट रुपमा सुने ।
“साथी, म त अब आफ्ना बाबुबराज्यूहरुकहाँ जाँदै छु … आह, लुद्मिला भासिलेभ्ना ! यो नवयुवक कति अटेरी ठहरिएछ । हाकिमहरको अनुमति नै नलिई जेलबाट निस्किदिएछ । सबैभन्दा पहिले त उसलाई केही खानेकुरा दिनोस्, त्यसपछि उसलाई कतै बस्ने बन्दोबस्त मिलाइदिनुहोला ।”

त्यस आइमाईले टाउको हल्लाउँदै आफ्नो सहमति जनाइन् र रोगिितर हेर्न थालिन् ।
“एगोर, यी मान्छेहरु आइपुग्नासाथ नै तपाईले मलाई डाक्न पठाउनुपथ्र्यो !” उनले भनिन् – “म देख्छु तपाईले दुईपलट औषधि पिउनुभएन । क्यो हो यस्तो हेलचेक्रयाइँ ? कमरेड, तपाई मसँग हिँड्नोस् । यहाँ अहिले अस्पतालबाट एगोरलाई लिन मान्छेहरु आइपुग्छन् ।

“त्यसो भए मलाई अस्पताल नपठाई तिम्रो चित्त नबुझ्ने भयो ?” – एगोरले सोध्यो ।
“हो, त्यहाँ म तिम्रो साथ हुनेछु !”
“त्यहाँ पनि ? हे भगवान् !”
“कचकच नगर !”

कुरा गर्दागर्दै त्यस आईमाईले ओढ्ने तानेर एगोरको छाती छोपिदिइन् । फेरि बडो ध्यानपूर्वक निकोलाइतिर हेरिन् र राम्ररी सिसी हललाइसकेपछि हेरिन् कति औषधि बाँकी रहोछ । उनी मन्द, सुरिलो आवाजमा बोल्थिन् । उनको चालढाल पनि निकै मोहक थियो । उनको अनुाहारको रङ फिका थियो । काला आँखीभौंहरु झन्डै एक–दोस्रासँग जोडिन्थे । आमालाई उनको अनुहार मन परेन । उनी निकै घमण्डी देखिन्थिन्, उनका आँखामा न कहिल्यै मुस्कुराहट नै देखिन्थ्यो न त चमक नै । उनी बडो रवाफिलो तरिकाले बोलने गर्थिन् ।

“अहिले त हामी जान्छौं !” – ती आइमाई भन्दै थिइन् – “तर म तुरुन्तै फर्कन्छु ! तपाई एगोरलाई एक चम्चा यो औषधी पिलाइदिनुहोला र उसलाई पटक्कै बोल्न नदिनुहोला … ।”
यति भनेर निकोलाइलाई साथ लिएर उनी त्यहाँबाट हिँडिन् ।

“धेरै जाती आइमाई छिन् !” – एगोारले सुस्केरा हाल्दै भन्यो – “गजबकी आइमाई छिन्, आमा, तपाईले यस आइमाईसँग बस्ने गर्नुप¥यो, बिचरी असाध्यै थाक्छिन् … ।”

“तिमी चुप लाग ! लौ, यो औषधी पिऊ … !” आमाले बडो मायालु स्वरमा भनिन् ।
उसले औषधि पियो र औषधिको तातो स्वादले गर्दा आँखा चिम्लँदै फेरि बोल्न थाल्यो –
“चप लागेर के फाइदा, जे भए पनि बाँच्दिनँ अब … ।”

उसले आफ्ना खुल्ला आँखाले आमातिर हे¥यो र मुस्कुरायो । आमाले टाउको झुकाइन् र वेदनाले गर्दा उनका आँखा आँसुले भरिए ।

“केही छैन, यो त स्वाभाविक कुरा हो … !” – रोगीले भन्यो – “मृत्युका रुपमा हामी जीवन सुखको मूल्य तिर्न बाध्य छौं … ।”
आमाले उसको निधारमा हात राख्दै बिस्तारै भनिन् –
“के तिमी चूप लागेर बस्न सक्दैनौ ?”

उसले. आँखा बन्द ग¥यो, मानौं छातीको खरखराहट सुन्दै थियो ।
“आमा, चुप लागेर फाइदा नै के छ र !” – उसले एकोहोरो जिद्दी गर्दै भन्यो – “चुप लागेर म फाइदा नै के पाउाँछु र ? यही न कि अरु एकछिनका लागि मृत्युको वेदना बढ्नेछ र तपाईजस्तो असल आइमाईसँग दुईचार कुरा गर्ने सुखबाट पनि वञ्चित हुनेछुा । मलाई लाग्छ, अर्को संसारको मान्छेहरु त्यति जाती हुँदैनन् जति यस संसारमा हुन्छन् … ।”

“ऊ अहिले ती मेमसाहेब आउँछिन् र तिमीले कुरा गरेको देखेर मलाई गाली गर्नेछिन् ।” – आमाले चिन्तित स्वरमा एगोरको कुरा काट्दै भनिन् ।

“उनी मेमसाहेब होइनन्, क्रान्तिकारी हुन् । हाम्रै कामरेड हुन् र धेरै असल आइमाई छिन् । गाली त अवश्य गर्छिन् । उनी सबैलाई गाली गर्छिन् ।

एगोरले आमालाई आफ्नो छिमभेकीको जीवनकथा सुनाउन थाल्यो । स्पष्ट थियो, उसलाई बोल्न निकै मुस्किल परिरहेको छ । उसका आँखा चम्कँदै थिए र आमाले बुझिन्, ऊ उनलाई जिस्क्याउँदै छ ।

“बाँच्दैन बिचरो ।” उसको पसिनाले भिजेका, कालोनीलो अनुहार ध्यानपूर्वक हेर्दै आमाले सोचिन् ।
लुद्मिला फर्किन् र बिस्तारै ढोका बन्द गर्दै आमातिर हेरिन् ।

“तपाईको परिचित व्यक्तिले लुगा फेरेर तुरुन्त मेरो कोठाबाट निस्किहाल्नुपर्छ, त्यसैले पेलागेया निलोभ्ना ! तपाई गएर उसका लागि लुगाहरु खोज्नोस् र यहीँ लिएर आउनुहोला । बडो दुःखको कुरा हो, अहिले सोफिया यहाँ छैन । मान्छे लुकाउने काम उनी गजबले गर्छिन् ।”

“उनी भोलि आइपुग्छिन् ।” – आमाले सल ओढ्दै भनिन् ।
हरेकपल्ट जब उनलाई कुनै काम सुम्पन्थे, उनी आफ्नो त्यो काम छिटो र सफलतापूर्वक पूरा गर्न कति उत्सुक हुन्थिन् भने अरु सबै कुरा बिर्सिदिन्थिन् ।

“उसका लागि कस्तो खालको लुगा खोज्नुपर्ला ?” – आमाले आफ्ना आँखीभौं खुम्च्याउँदै बडो कामकाजी तरिकाले सोधिन् ।
“जस्तो भए पनि हुन्छ, केही फरक पर्दैन ! ऊ राती निस्कनेछ यहाँबाट … ।”

“राती जान खतरनाक नहोला र ? सडकमा मान्छे कम हुन्छन् र पुलिस पनि बढी होसियार भएर बसेको हुन्छ, फेरि ऊ आफैं त्यति चनाखो छैन … ।”

एगोर आफ्नो धोत्रे स्वरमा हाँस्यो ।
“के म अस्पतालमा तिमीसँग भेट्न आउन सकछु ?” – आमाले सोधिन् ।

उसले आफ्नो सहमति जनाउँदै टाउको हल्लायो र खोक्न थाल्यो ।
“हामीले पालो फेरेर अस्पतालमा उसको हेरविचार गर्न पाए कस्तो होला ?” – लुद्मिलाले आफ्ना काला आँखाहरु आमातिर हेर्दै सोधिन् – “तपाई सक्नुहुन्छ ? त्यसो भए ठीक छ ! लौ त अब छिटो गएर यो काम सकाउनुहोस् … ।”

उनले बडो प्रेमपूर्वक र साथसाथै बडो आदेशपूर्ण तरिकाले आमाको हात समाइन् र उनलाई ढोकासम्म पु¥याउन गइन् ।
“मैले यसरी काम अह्राएकोमा तपाई नराम्रो नमान्नुहोला है !” – बाहिर पुगेपछि उनले भनिन् – “कुरा के हो भने अहिले उसलार्य पटक्कै बोलन दिनुहुन्न … अझ पनि ऊ बाँच्ला भन्ने मलाई आशा छ … ।”

उनले यति जोडले आमाको हात दबाइन् कि औंलाहरु नै चरमराए । उनले आफ्ना थकित आँखा बन्द गरिन् । लुद्मिलाको यस स्पष्टवादिताले आमा अकमकिइन् र भनिन् –

“तपाई पनि कस्तो कुरा गर्नुहुन्छ ?”
“याद राख्नुहोला, कसैले तपाईको पिछा गर्न नपाओस् !” – लुद्मिलाले हात उठाएर आफ्नो कन्चट मल्दै मन्द स्वरमा भनिन् । उनका ओठ काँप्न थाले र उनको अनुहारमा कोमल भावना फैलियो ।

“मलाई थाहा छ !” आमाले किञ्चिट गर्वको भावनाले भनिन् ।
मूल ढोकाबाट बाहिर निस्किसकेपछि आफ्नो सल ठीक पार्ने बहानाले आमा एकछिन थामिइन् र छिटोछिटो चारैतिर हेरिन् । उनी जासुसहरुलाई भयङ्कर भीडमा पनि चिन्न सक्थिन् । जासुसहरु हिँड्दा आवश्यकताभन्दा बढी लापरवाही देखाउँथे । उनीहरुको हाउभाउमा एक अस्वाभाविक निश्चिन्तता हुन्थ्यो । उनीहरुका आँखामा अपराधीको जस्तो सतर्कता हुन्थ्यो, जुन थकावट र उराठपनाको बनावटी मुद्रामा पनि लुकाउन सकिन्नथ्यो – यी सबै कुरासँग आमा राम्ररी परिचित थिइन् ।
जब आमाले यस्तो कुनै मान्छे देखिनन् तब निश्चिन्त भएर सडकमा अगाडि बढ्न थालिन् । उनी एउटा भाडाको गाडीमा चढिन् । गाडावाललाई बजारतिर लान भनिन् । उनले निकोलाइका लागि एउटा कोट किनिन् र धेरैबेरसम्म मोलतोल गरिरहिन् । अनि यस्तो रक्सीबाज मान्छे छ सधैं नयाँ लुगा किनिरहनुपर्छ भन्दै आफ्नो कल्पित लोग्नेलाई गाली गरिन् । उनका यी मनगढन्ते कुराको पसलेमाथि कुनै प्रभाव परेन । तर उनी आफैंलाई बडो खुसी लागिरहेको थियो । उनलाई थाहा थियो, पुलिसले अवश्य पनि बजारमा आफ्नो जासुस पठाउनेछ किनभने उनीहरुले अन्दाज लाएका हुनुपर्छ, अवश्य कसैले निकोलाइका लागि लुगा किन्न आउनेछ । बजारबाट फर्कदा पनि आमा पहिलेजस्तै बडो सिधासादा तरिकाले सतर्क रहँदै एगोरको घरभित्र पसिन् । उनी निकोलाइलाई सहरको छेऊसम्म पु¥याउन गइन् । उनीहरु सडकको दुई पेटीमा अलगअलग जाँदै थिए । निकोलाइ टाउको झुकाउँदै गैरहेको देखेर आमालाई धेरै खुसी लाग्दै थियो र अलिकति हाँसो पनि लाग्दै थियो । उसको लामो ओभरकोट बारम्बार खुट्टामा अल्झिन्थ्यो र उसको टोपी झरेर नाकसम्म पुग्थ्यो । एक सुनसान गल्लीमा सासासँग उनीहरुको भेट भयो । आमाले टाउको हल्लाएर भोसेभसिकोभलाई इसारा गरिन् र आफ्नो घर फर्किन् ।
“तर पाभेल अझसम्म जेलेमा छ, आन्द्रेइ पनि … ।” – आमाले सोचिन् र उदास भइन् ।