श्रीमान्‌ म राजनीतिज्ञ वा सांसद होइन | हत्या गरेर केही पनि डर नमानी हिँड्न सक्ने चलाख मान्छेहरू जस्तो म होइन | बैङ्लोरमा मेरो मनभित्रको डर सकिन चार हप्ता लाग्यो !

त्यो चारहप्ताभरि नै मैले पटक पटक त्यही काम गरिरहेँ ।

मैले रेल स्टेसनको छेउमा पाँचसय धरौटी राखेर लिएको त्यो सानो, फोहोरी होटेलको कोठा छोडेर प्रत्येक बिहान आठ बजे नोटले टन्न भरिएको झोला हातमा लिएर खाना खाने बेला नहुन्जेल चारघन्टा वरिपरि घुमिरहन्थेँ । झोला होटेलको कोठामा छोड्ने आँटै आएन ।

धर्म र म सँगै खाना खान्थ्यौं ! बिहान र के गरेर भुली बस्थ्यो मलाई थाहा भएन, तर ऊ खुसी थियो । उसले जीवनमा पहिलोपटक बिदा मनाइरहेको थियो | उसको हँसिलो अनुहार देखेर म पनि खुसी हुन्थें ।

खाना एक प्लेटको चार रूपियाँ पर्थ्यो । दक्षिण भारतमा खाना सस्तो पाइन्छ । खाना चाहिँ अनौठो हुन्छ- सागसब्जी बिनाको पातलो दाल | अनि म आफ्नो कोठामा गएर सुतेँ । साँझ चार बजे तल आएँ र एक कप चियार पार्लेजी बिस्कुट अर्डर गरेँ, किनकि मलाई अझै कफी कसरी पिउने भन्ने थाहा थिएन ।

म कफी चाख्न उत्सुक थिएँ । तपाईंलाई थाहा छ उत्तर: भारतका गरिबहरू चिया पिउँछन्‌ भने दक्षिण भारतका गरिबहरू कफी पिउँछन्‌ । चलन यस्तै हुनुपर्छ भनेर कसले निर्णय गर्यो मलाई थाहा छैन, तर चलन यस्तै छ । त्यसैले पहिलोपटक म दैनिक रूपमा कफीको बास्ना हिँदै थिएँ । म कफी चाख्नलाई साह्रै आतुर थिएँ, तर पिउनुभन्दा पहिले कसरी पिउने भनेर त जान्नै पर्ने थियो । कफीसँग सम्बन्धित एउटा आचारसंहिता ५ सत्य ताढिका-रहेछ। जसले मलाई छक्क पार्यो । कफी कफ सेटसँगै ठूलो सिसाको गिलासमा दिइन्थ्यो र गिलासबाट कपमा निश्चित मात्रामा खन्याउँदै निश्चित गतिमा पिउनुपर्दोरहेछ । कपमा खन्याउने कसरी अनि चुस्की लिने कसरी मलाई थाहा थिएन । एकछिन त म अरूले पिएको हेरेर बसेँ ।

कफी खाने सबैको आआफ्नै फरक फरक तरिका हुँदोरहेछ भन्ने बुझ्न मलाई एक हप्ता लाग्यो । कसैले सबै कफी सिसाको ठूलो गिलासमा हालेर पिउँथ्यो भने कसैले गिलासको प्रयोग नै गर्थेन ।

मनमनै भनेँ, “यी सबै बाहिरबाट आएका नयाँ मानिस हुन्‌ । यिनीहरू सबैले कफी पहिलो पटक पिउँदै छन्‌ ।”

बैङ्लोर सहरको एउटा आकर्षण यो पनि थियो । सहर बाहिरिया मानिसले भरिएको थियो | एउटा थपिए कसैले थाहा पाउँदैनथ्यो ।

केही पनि नगरीकन त्यो स्टेसन छेउको होटेलको कोठामा मैले चार हप्ता बिताएँ । म यो स्विकार्छु कि मेरो दिमागमा अझै शङ्काको बादल बाँकी थियो ।के म मुम्बई गएको भए ठीक हुन्थ्यो त ? पुलिसले त्यो सम्भावनाको बारेमा पनि सोचेको थियो होला । सबै मानिस कसैको हत्या गरेपछि मुम्बई नै जान्छन्‌ भन्ने फिलिममा देखिन्छ, जाँदैनन्‌ त ?

ए साँच्चै कलकत्ता ! म त्यहाँ गएको भए बेस हुन्थ्यो ।
एकदिन बिहानै धर्मले भन्यो, “काका, तपाईं त निराश देखिनुहुन्छ । बरू हामी यसो कहीँ डुलौँ न ।” हामी पार्क घुम्न गयौं जहाँ रक्सीले मातेका मानिसहरू अग्लो झाडीभित्रका बेन्चहरूमा सुतिरहेका थिए । हामी पार्क बाहिर फराकिलो सडकमा निस्कियौँ । बाटो पारिपट्टि यौटा ढुङ्गाले बनेको ठूलो भवन थियो जसको छतमा सुनौला रङ्गको सिँहको मूर्ति थियो ।

”यो भवन के हो काका ?’
“धर्म, मलाई थाहा छैन । यो पक्कै पनि बैङ्लोरमा मन्त्रीहरू बस्ने घर होला ।” भवनको -छानो मुनिको गारोमा यौटा नारा लेखिएको थियो :

“सरकारको काम नै भगवानको काम हो”
“अङ्कल, तपाईं त मुसुक्क हाँस्दै हुनुहुन्छ । किन हो हँ ?”

मैले उसलाई आँखा झिम्क्याउँदै भनेँ, “ठीक भनिस्‌ धर्म । म हाँस्दै छु । मलाई लाग्छ बैङ्लोरमा हामीलाई रमाइलो नै हुन्छ ।”

मैल होटेलको कोठा छोडेर एउटा फूल्याट भाडामा लिएँ । अब मलाई बैङ्लोरमै जीविकोपार्जन गर्नु थियो । यो सहरमा कसरी घुलमिल हुन सकिन्छ भनेर थाहा पाउन जरूरी थियो ।

मैले दिल्लीलाई बुझेको थिएँ, त्यसैगरी मैले बैङ्लोरको आवाज बुझ्ने कोसीस गरे ।

म. एमजी. रोड गएँ र त्यो अगाडिपट्टि कुर्ची टेबल राख्ने क्याफे कफी डेमा गएर बसेँ | मसँग एक टुक्रा कागज र कलम थियो । सुनेका कुराहरू सबै टिपेँ । कोही भन्दै थियो- “मैले त्यो कम्युटर प्रोगाम साढे दुई मिनेटमा सकेँ । आज एकजना अमेरिकनले मलाई काम सुरू गर्नलाई चार लाख डलर दिएको थियो तर मैले त्यतिले पुग्दैन भनिदिएँ । के हेउलेट-पकार्ड आई बी एमभन्दा राम्रो कम्पनी हो ?”

सहरको सबै कुरा एउटै मात्र चिजमा केन्द्रित थियो- त्यो हो प्रविधि हस्तान्तरण (व्यापार) । त्यो भनेको के भने भारतमै बसीबसी फोनको भरमा अमेरिकीहरूको काम गरिदिने । सबै चिज यसमै निर्भर थियो- घरजग्गाको कारोवार, पैसा, पहुँच, देहव्यापार सबै । त्यसैले जसरी भए पनि म यो प्रविधि हस्तान्तरण व्यवसायमा छिर्नै पर्ने भयो ।

भोलिपल्ट म टेम्पु चढेर विद्युतीय सहर हेर्न गएँ । सडक छेउमा एउटा बरको रुख देखेँ र गएर रूखमुनि बसेँ | म त्यहीँ बसेर साँझ नपरूञ्जेल ठूल्ठूला भवनहरू हेरिरहँ । दुई बजे बिहानसम्म एसयुभीहरू हतारिँदै भित्र र बाहिर गरेको हेरिरहे । अनि मैले सोचेँ, “यो पो हो रैछ । मलाई सुहाउने काम त यही पो हो ।”

महामहिम,

म सबिस्तार बताउनलाई अनुमति चाहन्छु । हेर्नुस्‌ त, बैङ्लोरका नरनारीहरू त जङ्गलमा जनावरहरू बसेजस्तै पो बस्दा रहेछन्‌ । दिउँसोमा सुत्ने र राति अबेर दुई, तीन, चार, पाँचबजेसम्म काम गर्दारहेछन्‌ किनभने तिनका मालिक पृथ्वीको पल्लो छेउ, अमेरिकामा बस्छन्‌ | ठूलो प्रश्न के भने केटाभन्दा पनि विशेष गरी केटीहरू कसरी साँझ अबेर घरबाट काममा पुग्छन्‌ र बिहान ३ बजे कामबाट घर फर्कन्छन्‌ ? बैङ्लोरमा रात्रि:बसको सेवा छैन न त मुम्बइमा जस्तो रेलको सेवा नै छ | त्यस्तो सुविधा भए पनि केटीहरूको रेल वा बसको यात्रा सुरक्षित पनि हुन्थेन होला । नढाँटी भन्नुपर्दा यो सहरका बासिन्दा जनावरै हुन्‌ । उद्यमीहरू यस्तै ठाउँमा आउँछन्‌ |

मैले यौटा अर्को काम के गरेँ भने सहरको टोयोटा क्वालिस गाडीको डिलरमा गएर मिठो स्वरमा भने, “तपाईंको कारहरू म चलाउँछु ।” अधिकृत बिक्रेता छक्क परेर मेरो मुखमा हेर्यो | मैले कसरी त्यसो भन्न सकेँ, म आफैँलाई विश्वास छैन, एकपालिको नोकर, सधैँको नोकर : त्यो स्वभाव सधैँ कतै त्यहाँ कम्मर नजिकै कतै रहिरहन्छ । तपाईं यदि कहिल्यै मेरो अफिसमा आउनुभो भने म हत्तपत्त तपाईंको पाउ दबाउन पुग्छु होला सायद ।

आफ्नै देब्रे हत्केलामा चिमोटेँ । हत्केलामा चिमोटी रहेर मसक्क हुँदै तीखो तर रूखो स्वरमा भनेँ, ”म तपार्इँको कारहरू भाडामा लिन चाहन्छु ।”