प्योत्र दुब्लाएर सिट्ठी र पहेँलो देखिन्थ्यो। राति गाभ्रीला उसले लामो लामो सुस्केरा हालेको र खाटमा छटपटिएर कोल्टे फेरेको सुन्दथे । लामो समयको सोचविचारपछि उनले के बुझे भने गाउँको जीवन प्योत्रको निम्ति फापेको छैन र हलोले स्तपीमैदातको कालो मलिलो माटो पल्टाउने पनि उसको इच्छा छैन। जून कारखानामा प्योत्न हुर्क्यो- बढ्यो, त्यसले ढीलो होस्‌ वा चाँडो कुनै न कुनै दिन उसलाई अवश्य नै फिर्ता बोलाउने छ र फेरि उराठलाग्दा र बाँझा दिनहरू एक पछि अर्को गर्दै अँध्यारोमा बिलाएर जाने छन्‌ । सकिने मात्र भए त्यस ठाँडो कारखानालाई गाभ्रीलाले ईंटका ईंट निकालेर भत्काइदिंदा हुन्‌ र त्यसलाई माटोले पुरिदिंदा हुन्‌, जसले गर्दा त्यहाँ नरकटका झाडी र सिस्नोका झ्याङहरू मात्र उम्रने छन्‌ र फस्टाउने छन्‌… ।

घाँसको कटाइ भइरहेको तेस्रो दिन पानी खान भनेर जब उनीहरू कटेरोमा फर्के, प्योत्रले भनि पनि हाल्यो-

“सकिन्न बा , यहाँ बस्न त ! म त कारखाना नै मा फर्कन्छु । आफू यहाँ भए पनि मन त उहीँ नै छ र मुटु घोच्छ. . . ।”

“के यहाँ कुनै तकलीफ छ र?”

“तकलीफ त छैन … तर कारखाना आफ्नै हो! कोल्चाकले (कोल्चाक – श्वेत, प्रहरीहरूका एडमिरल, सन्‌ १६२० को दशकतिर उराल र साइबेरियामा प्रतिक्रान्तिकारी श्रभियानका एक जना नाइके ) हमला गर्दा दश दिनसम्म हामीले कारखानाको प्रतिरक्षा गरेथ्यौं।, कोल्चाकका पिट्ठु,हरूले बस्ती कब्जा गर्नासाथ हाम्रा नौ जनालाई झुण्डयाइदिएका थिए । अहिले सेनाबाट फर्केर आएका मजदुरहरू फेरि कारखाना चलाउने तरखरमा छन्‌ । उनीहरू आफू पनि र उनका जहान-बच्चा पनि भोकभोकै छन्‌, तर उनीहरू आाफूसक्दो काम गर्दै छन्‌ …। म मात्न कसरी यहाँ बसिरहन सक्छु? के मैले आफ्नो सोमत गुमाइसके र?”

“के पो मद्दत गरौला र तिमी ? दाहिने पाखुरा नै जखमी छ !”

“कस्तो कुरा गर्या हुँ, बा ! त्यहाँ त डुँडो हातको समेत जरूरत छ अहिले! ”

“म रोक्दिनँ ! जान सक्छौ ! ” – हँसिलो स्वरमा गाभ्रीलाले भने।- बुढियाको चाहिं चित्त नदुखाउ ! .. केही दिनको लागि मात्रै जाँदै छु भन्नू ! .. तुख्न्तै फर्किहाल्छु नि भनेर फूल्याउनू ! .. नत्न बुढिया खूब पीर गर्लि र यसै पीरले परमधाम जान पनि बेर लाग्ने छैन…। तिमीलाई थाहै छ, हाम्रो अरू कोही छैन…।”

आशाको अन्त्तिम त्यान्द्रोमा झुण्डिंँदै बृढा गाभ्रीलाले लामो सास फेरेर घाँटी बसेको धोत्रो स्वरमा खासखुस गर्दै भने-

“हुन्‌ सक्छ, तिमी साँच्चै नै फर्कर पनि आइहाल्छौ कि ?

हँ? हाम्रो बुढ्यौलीप्रति अलिकति पनि दया नजाग्ला त? कसो ? ..”