विजयराज आचार्य

नाटक साहित्यकै सबभन्दा पुरानो विधा हो । नाटक दृश्य काव्यअन्तर्गत पर्ने साहित्यको एक प्रमुख र प्राचीन विधा हो । नाटक आख्यानात्मक काव्य भएको अभिनय प्रधान संवादात्मक शैलीमा रचिएको साहित्यिक रचना हो । नाटकलाई मनोरञ्जन गर्ने विधाकै रूपमा लिइन्छ । नाटकको अभिनय नै मूलधार भएकोले यो एकदमै अभिनयात्मक विधा हो । नाटक लेख्नुको प्रमुख लक्ष्य नै दृश्यात्मक प्रस्तुति हो । नाटक लेखक, कलाकार र दर्शक÷पाठक गरी तीन पक्षको सहभागिता रहने विधा हो । नाटक गद्य र पद्य दुवै शैलीमा लेखिन्छ । नाटक संवादका माध्यमबाट चरित्र र कार्यको अभिनय प्रस्तुुत गर्ने विधा हो । नाटक श्रव्य र पाठ्य विधा हो । शोषण, दमन, अन्याय, अत्याचार, मानवीय व्यवहार, चरित्र एवं प्रकृतिको भव्य र गम्भीर चित्रण गर्नु नाटकको मुख्य विशेषता हो ।
साहित्यका उपन्यास, निबन्ध, कथा र कवितामा श्रव्य तत्व मात्र हुन्छ भने नाटकका श्रव्य र दृश्य दुवै तत्व हुन्छन् । नाटकमा दृश्य काव्य र श्रव्य काव्य सशक्त र प्रभावशाली हुन्छ । गद्यात्मक वार्तालाप नाटकको अनिवार्य तत्व हो । नाटककारले आफ्नो विषयवस्तुलाई गद्यात्मक वार्तालापद्वारा प्रस्तुत गर्नुपर्छ । मानव जीवनको भोगाइ नै नाटकको कथावस्तु हो । कथावस्तु, पात्र, संवाद, भाषा, शैली, देशकाल, उद्देश्य र रङ्ग शिल्पको सामूहिक स्वरूप नै नाटक हो ।
नाटकका निम्न तत्व हुन्छन् ः
१ कथावस्तु
२ चरित्रचित्रण
३ संवाद
४ भाषा शैली
५ द्वन्द्व
६ अङ्क दृश्य
७ देशकाल
८ उद्देश्य
९ अभिनय रङ्ग शिल्प
कथावस्तु ः कथावस्तु नाटकको मुख्य तत्व हो । कथावस्तु भएन भने नाटक लेखन कार्य सम्भवै हुँदैन । कथावस्तु तयार पार्दा पात्र, स्थान, घटना र परिणामको संयोजन गर्नुपर्छ । नाटक पौराणिक, ऐतिहासिक र सामाजिक आधारमा लेखिने भएकाले कथावस्तु पनि तिनै विषयमा आधारित भएर तयार पार्नुपर्छ । कथावस्तु तयार पार्दा दन्त्यकथा, कल्पना र इतिहासलाई आधार मानेर तयार गर्नुपर्छ ।
नाटकभित्र प्रस्तुत भएका घटनाहरूको कार्यकारणको शृङ्खलालाई कथावस्तु भनिन्छ । घटना वा कार्यकरणको योजनाबद्ध प्रस्तुति नै कथानक हो । नाटकको सुरुदेखि अन्त्यसम्म पैmलिएर रहने कथाको सिलसिलालाई कथावस्तु भनिन्छ । नाटकमा समाजमा घट्ने वास्तविक तथा काल्पनिक घटनालाई प्रस्तुत गरिन्छ । नाटक कुनै पनि विषयसँग सम्बन्धित कथामा आधारित भएर रचना गरिने भएकाले कथावस्तु पनि त्यसैअनुसार तयार गर्नुपर्छ । कथावस्तुलाई नाटकको मेरुदण्ड मानिन्छ ।
पात्र चरित्र ः नाटकमा लेखकले आफ्ना भावना र विचारहरू पात्रका माध्यमबाट प्रस्तुत गर्दछन् । नाटकमा पात्रको विशेष महत्व हुन्छ । परम्पराको कुरा गर्ने हो भने नाटकको पात्र नम्र, सुन्दर, सालिन, त्यागी र उच्च घरानाको हुनुपर्छ भन्ने थियो । आजकाल त्यो मान्यता भत्किएको छ । आजकाल नाटकमा किसान, मजदुर, गरिब, दुःखी, पीडित आदि पात्रको सशक्त भूमिका रहेको हुन्छ । पात्र नाटकको प्रमुख तत्व हो । कथावस्तुका विभिन्न घटनालाई पात्र वा चरित्रले नै गतिशील बनाउँछ । नाटकको मुख्य पात्र कुलिन, चरित्रवान्, रूपवान्, उत्साही, तेजस्वी, चतुर, लोकप्रिय र गुणले भरिपूर्ण हुनुपर्छ भन्ने छ । नाटक मञ्चनीय विधा हो । पात्र विना नाटक मञ्चन गर्न सम्भव हुँदैन ।
नाटकमा विषयवस्तु अनुसारका पात्र हुनुपर्छ । नाटकमा मानव र मानवेतर पात्रको प्रयोग गर्न सकिन्छ । विषयवस्तु सुहाउने पात्र हुनुपर्छ । विषयवस्तु सुहाउने पात्र भएन भने नाटक उत्कृष्ट नभई कमजोर बन्छ । नाटकमा मुख्य र गौण गरी दुई खालका पात्र हुन्छन् । नाटकको कथावस्तुलाई अगाडि बढाउन ज–जसले भूमिका खेलेका हुन्छन् तिनीहरूलाई नै पात्र भनिन्छ । नाटकको मुख्य भूमिकामा देखिने मुख्य पात्र हुन् । मुख्यपात्रको भूमिका महत्वपूर्ण हुन्छ । नायक, नायिका, खलनायक, खलनायिका मुख्य पात्रअन्तर्गत पर्दछन् । मुख्यपात्रलाई सहयोग गर्ने सहायक पात्र हुन् । नाटकमा सामान्य भूमिका भएका गौड पात्र हुन् ।
नाटकमा चरित्र चित्रणको भूमिका विशिष्ट स्थानमा रहन्छ । पात्र कथावस्तुको सञ्चालक हो । नाटकको पूर्ण सफलता पात्रको सजीवता र वास्ताविकतामा भर पर्छ । नाटकमा अनावश्यक पात्रको प्रयोग गर्नुहुन्न । अभिनयको लागि नाटकमा पात्रको प्रयोग हुन्छ । नाटकमा देशकाल, भेषभूषा, भाषा आदिलाई ध्यानमा राखेर पात्रको प्रयोग गर्नुपर्छ । नाटकमा मुख्य पात्रको भूमिका सर्वोपरी हुन्छ । नायक वा मुख्य पात्र नाटकको सुरुदेखि अन्त्यसमम्म आफ्नो लक्ष्य प्राप्तिका लागि सक्रिय हुन्छ ।
नाटकमा विषयवस्तु अनुसारका पात्रको प्रयोग गर्नुपर्छ । विषय पौराणिक, ऐतिहासिक वा सामाजिक भए पात्र पनि त्यही अनुसारको प्रयोग गर्नुपर्छ । विषायन्तर गरेर पात्रको प्रयोग गरिनुहुन्न । चरित्रचित्रण नाटकको प्राण हो । नाटकका पात्र सामान्य वा विशिष्ट जुन वर्गमा भए पनि तिनीहरूको चरित्र यथार्थ र स्वाभाविक हुनुपर्छ । नाटकका पात्रमा मानवको प्रतिष्ठा र मानव सुलभ कमजोरी दुवै उल्लेख हुनुपर्छ ।
संवाद ः संवाद नाटकको अनिवार्य र महत्वपूर्ण तत्व हो । पात्रपात्रबिच गरिने कुराकानी नै संवाद हो । संवाद आपैmसँग आपैm पनि गर्न सकिन्छ । उपन्यास, कथा, लघुकथालाई रोचक बनाउन बेलाबेलामा संवादको प्रयोग गरिन्छ भने संवाद विनाको नाटक कल्पना पनि गर्न सकिँदैन । संवाद विनाको नाटक अपुरो र अधुरो हुन्छ । कुनै कुरालाई संवादात्कक बनाउँदैमा नाटक बन्दैन । संवाद विषयवस्तु र पात्रअनुकूल स्वाभाविक हुनुपर्छ । संवाद स्रष्टा र पात्रबिचको अभिव्यक्तिको माध्यम हो । संवादद्वारा नै नाटककारले आफ्नो अनुुभूति व्यक्त गर्नुपर्छ । नाटक अभिनय गरिने विधा हो । अभिनय गरिने विधा भएकाले नाटकमा संवाद अनिवार्य हुन्छ ।
नाटकमा शिक्षित विशिष्ट पात्रहरूको बिचमा स्तरीय र कलात्मक संवाद गराउनुपर्छ । सामान्य पात्रबाट सरल र सामान्य संवाद गराउनुपर्छ । नाटकको सुरुदेखि अन्त्यसम्म संवादै संवादमा कथावस्तुलाई प्रस्तुत गर्नुपर्छ । नाटकका तत्व कथावस्तु, चरित्र, द्वन्द्व, भाषाशैलीलाई संवादका माध्यमबाट कलात्मक तरिकाले प्रस्तुत गर्नुपर्छ । संवाद सरल र सामान्य बोलचालीको भाषा प्रयोग गरिएको छोटो, स्वाभाविक, पात्रअनुकूल, स्तरसुहाउँदो र प्रभावकारी हुनुपर्छ । कथानकलाई गतिशील बनाउन पात्रमार्पmत संवादको महत्वपूर्ण भूमिका हुन्छ ।
नाटकमा स्रष्टाले आफ्नो तर्फबाट भन्नु हुँदैन । संवादको माध्यमबाट कथावस्तुलाई प्रकाश पार्ने काम र पात्रहरूको विकास गर्नुपर्ने हुन्छ । स्रष्टाले प्रस्तुत गर्न खोजेको विचार वा अभिव्यक्ति प्रकट गर्न पात्रहरूको बिचमा गराइएको कुराकानी नै संवाद हो ।
भाषाशैली ः साहित्यका जुनसुकै विधामा भाषाशैलीको भूमिका महत्वपूर्ण हुन्छ । लेखकको भाव अभिव्यक्तिको एकमात्र माध्यम भाषा हो । साहित्यको सबै विधामा भाषा र शैलीको घनिष्ठ सम्बन्ध रहेको हुन्छ । नाटकको सफलता वा असफलता भाषामा निर्भर हुन्छ । नाटक समाजका निम्न वर्गदेखि उच्चवर्गसम्मका लागि भएकाले नाटकको भाषा पनि निम्न वर्गदेखि उच्च वर्गले प्रयोग गर्ने र बुझ्ने हुनुपर्छ । नाटकमा प्रयोग हुने भाषा सकेसम्म सरल, सहज, आकर्षक, रोचक र कलात्मक भावका शिष्ट, शुद्ध र नाटकीय गुणले युक्त हुनुपर्छ । नाटकको भाषा लक्षित पाठक वा दर्शकले बुझ्ने खालको हुनुपर्छ ।
नाटकमा भाषा अभिव्यक्तिको माध्यम हो भने शैली अभिव्यक्तिको तरिका हो । भाषाशैली पनि नाटकको महत्वपूर्ण तत्वमध्ये एक हो । नाटकमा पात्रको देशकाल परिवेश रहनसहन अनुसारको स्वाभाविक भाषाको प्रयोग गर्नुपर्छ । भाषाले नै नाटकलाई सशक्त बनाउँछ । नाटकमा गद्यात्मक र पद्यात्मक दुवै भाषाको प्रयोग हुन्छ । नाटकमा गीति लयात्मक शैलीको पनि प्रयोग हुन्छ ।
कुनै पनि कुराको अभिव्यक्ति गर्ने माध्यम भाषा हो । नाटकको विषयवस्तुलाई प्रस्तुत गर्ने माध्यम पनि भाषा नै हो । भाषा बिना नाटकको रचना गर्न सकिँदैन । नाटकमा विभिन्न वर्ग र समुदायका पात्र हुन्छन् । तिनै पात्रले प्रतिनिधित्व गर्ने परिवेश अनुसारको भाषाको प्रयोग गर्नुपर्छ । नाटकको सफलताको लागि भाषाको महत्वपूर्ण भूमिका हुन्छ । नाटक शैली भनेको प्रस्तुति गर्ने तरिका हो । नाटकमा विषयवस्तुु र उद्देश्यअनुसारको शैलीको प्रयोग गर्नुपर्छ । शैलीले नै नाटकलाई रोचक बनाउँछ ।
द्वन्द्व ः पात्र पात्र र पात्र र परिस्थितिबिच हुने सङ्घर्ष नै द्वन्द्व हो । नाटकमा द्वन्द्व महत्वपूर्ण तत्व हो । द्वन्द्व बाह्य वा आन्तरिक गरी दुई प्रकारका हुन्छन् । एउटा पात्र र अन्य पात्र, पात्र र परिस्थिति, पात्र र प्रकृति, पात्र र समाज, पात्र नियम–कानुनबिच हुने द्वन्द्व बाह्य द्वन्द्व हुन् । पात्रको मनमा डर हुनु, अनिर्णित हुनु र द्विविधामा पर्नुचाहिँ आन्तरिक द्वन्द्व हो । द्वन्द्व पात्रपात्रबिचमा हुन्छ । पात्र र परिस्थितिबिचमा हुन्छ । एक समूह र अर्को समूहबिच, राज्य र असन्तुष्टि पक्षबिच, एक देश र अर्को देशबिच, एक संस्कृति र अर्को संस्कृतिबिच र विभिन्न बहु देशको बिचमा पनि द्वन्द्व हुन्छ । जस्तै, विश्व युद्ध । यस्ता द्वन्द्व बाह्य द्वन्द्व हुन् । आन्तरिक द्वन्द्व पात्रको मनभित्रको द्वन्द्व हो । एउटा व्यक्तिको मनमा पाइने विरोधी भावहरूको सम्बन्धलाई आन्तरिक द्वन्द्व भनिन्छ ।
समाजमा भएको विर्कति, विसंगती अन्धविश्वास परम्परागत कुसंस्कारलाई द्वन्द्वमार्फत नाटकमा प्रस्तुत गर्न सकिन्छ । स्रष्टाले द्वन्द्वका माध्यमबाट समाज र व्यक्तिमा भएको विरोधाभाषपूर्ण मानसिकता र क्रियाकलापलाई नाटकमा व्यक्त गर्न सक्नुपर्छ । द्वन्द्व चर्कदै गएपछि द्वन्द्वरत पक्षमध्ये एक पक्षको जित र अर्को पक्षको हार भई नाटकको अन्त्य हुन्छ ।
द्वन्द्व आन्तरिक वा बाह्य जे भए पनि द्वन्द्वले नाटकलाई रोचक र आकर्षक बनाउँछ । नाटकमा द्वन्द्वलाई स्वाभाविक ढङ्गले प्रस्तुत गर्नुपर्छ । एक व्यक्तिको मनभित्र उत्पन्न हुने परस्परविरोधी विचार तथा भावहरूबिच हुने द्वन्द्व आन्तरिक द्वन्द्व हो । आन्तरिक द्वन्द्वको प्रयोग खास गरेर मनोवैज्ञानिक नाटकमा गरिन्छ । विपरीत विचारका व्यक्ति, समाज, समूह, परिस्थिति र देशका बिचमा हुने द्वन्द्व बाह्य द्वन्द्व हो । बाह्य द्वन्द्व लडाइँ, झगडा, हत्या, हिंसाको रूपमा पनि विकसित हुन सक्छ । व्यक्ति–व्यक्तिबिच वैचारिक द्वन्द्व पनि हुन सक्छ । नाटकमा ठाउँठाउँमा द्वन्द्वको प्रयोग गर्नुपर्छ । द्वन्द्वले नाटकलाई रोचक बनाउँछ । पढौँ पढौँ र हेरौँ हेरौँ लाग्ने बनाउँछ ।
अङ्क÷दृश्य ः नाटकमा अङ्क, दृश्य र कथावस्तुको घनिष्ठ सम्बन्ध रहन्छ । पर्दा खोल्ने र बन्द गर्ने गरी नाटक लेखिन्छ । नाटकको प्रसङ्ग अङ्क र दृश्यले छुट्याउँछ । नाटकलाई रङ्गमञ्चमा प्रस्तुत गर्नका लागि कथावस्तुलाई आवश्यक अङ्क र दृश्यमा विभाजन गर्नुपर्छ । नाटक सामान्य तिनदेखि दश अङ्कमा लेख्ने चलन छ । नाटकमा अनावश्यक अङ्क र दृश्यको प्रयोग गर्नुहुन्न । अनावश्यक अङ्क र दृश्यको प्रयोग गर्दा नाटक कमजोर हुन्छ । अभिनय सुविधाको लागि नाटकको कथावस्तु अङ्क र दृश्यमा विभाजन गरिन्छ ।
देशकाल÷परिवेश ः नाटकमा परिवेश अनिवार्य तत्व हो । नाटकमा विभिन्न घटना समावेश भएका हुन्छन् । ती घटनाहरू कुन स्थान, समय र वातावरणमा घटे त्यही नै परिवेश हो । घटना घर, जङ्गल, दरबार, हिमाल, पहाड, तराई, मन्दिर, मेला कहाँ घट्यो ? जुन जुन ठाउँ, समय र वातावरणमा घटना घट्छन् तिनै नाटकका परिवेश हुन् । नाटकमा यथार्थता प्रस्तुत गर्नका लागि परिवेशको महत्वपूर्ण योगदान हुन्छ । नाटकमा कथावस्तु र पात्रको सम्बन्ध परिवेश र जीवनमा विभिन्न परिस्थितिसँग सम्बद्ध रहन्छ । घटना कहिले, कहाँ र कसरी घट्यो भन्ने कुरा नै परिवेश हो । परिवेशबिना नाटकले पूर्णता प्राप्त गर्न सक्दैन । नाटकको सफलता वा असफलतामा परिवेशले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
उद्देश्य ः नाटक विशेष उद्देश्यका साथ लेखिन्छ । नाटक लेख्नुको प्रयोजनलाई नाटकको उद्देश्य भनिन्छ । मानिसको हृदयको रगत उमाल्ने उद्देश्य नाटकको हुन्छ । नाटकका अन्य सबै तत्व नाटकको उद्देश्यको साधन मात्र हुन् । नाटक लेख्नुको मुख्य उद्देश्य जीवन जगतको चित्रण गरी पाठक र दर्शकलाई मनोरञ्जन दिनु हो । समाजमा रहेका विकृति र विसङ्गतिको चित्रण गरी सन्देश प्रवाह गर्नु पनि नाटकको उद्देश्य हो । नाटक लेख्नुको कुनै न कुनै उद्देश्य हुन्छ । उद्देश्य विनाको नाटक हुनै सक्दैन । मनोरञ्जन र शिक्षा दिने उद्देश्यले नाटक लेखिन्छ । नाटककारले नाटकमार्पmत मान्छेको बिचमा बौद्धिक प्रभाव पार्ने उद्देश्य हुन्छ ।
साहित्यका जुनसुकै विधा लेखनको कुनै न कुनै उद्देश्य हुन्छ । जुन प्रयोजनका लागि रचना सिर्जना गरिन्छ, त्यो नै साहित्य लेख्नुको उद्देश्य हो । शिक्षा दिनु, मनोरञ्जन दिनु, मानवता र समाज सुधारको सन्देश दिनु, यथार्थता प्रस्तुत गर्नु आदि नाटक लेखनको उद्देश्य हुन सक्छ । स्रष्टाले नाटकमार्फत नीति, धर्म, राजनीति, सुुधारवादी, यथार्थवादी, आदर्शवादी आदि सन्देश दिने उद्देश्य राखेका हुन्छन् । उद्देश्य विनाको नाटकले पाठक दर्शकलाई आनन्द प्रदान गर्न सक्दैन ।
कथावस्तुको आधारमा नाटकको उद्देश्य निर्धारण हुन्छ । ऐतिहासिक नाटकको उद्देश्य विगतको गौरवपूर्ण दृश्यद्वारा आदर्शमूलक चेतना स्थापित गर्नु हो । सामाजिक नाटकले युगीन समस्यालाई समाधान गर्ने प्रयत्न गर्छ । सामाजिक नाटकमा सामाजिक समस्याका साथै व्यक्तिको मनस्थिति, कुण्ठा, मनोभावना र सङ्घर्ष प्रस्तुत गरिएको हुन्छ । यस्ता नाटकले कुनै न कुनै तरिकाले दर्शकलाई मनोरञ्जन प्रदान गर्छन् । मनोरञ्जन नाटकको मुख्य लक्ष्यचाहिँ हैन ।
अभिनय रङ्ग शिल्प ः नाटकसँग अभिनयको गहिरो सम्बन्ध हुन्छ । रङ्गमञ्चमा हेरेर पाइने आनन्द नाटक पढेर पाउन सकिँदैन । अभिनयले नाटकलाई दर्शकसमक्ष प्रभावकारी ढङ्गले प्रस्तुत गर्छ । खासमा नाटक दृश्य विधा हो । वास्तवमा नाटक अभिनयको लागि लेखिन्छ । अभिनय विना नाटकको कुनै अस्तित्व हुन्न । अभिनय नाटकको गुण र आवश्यक तत्व हो । अभिनय भएन भने नाटकमा सजीवता आउन सक्दैन ।
शारीरिक हाउभाउद्वारा गरिने अनुकरण नै हाउभाउ हो । नाटक अभिनयका माध्यमबाट प्रस्तुत हुने विधा हो । नाटकलाई साहित्यका अन्य विधाबाट फरक गराउने गुण पनि अभिनय हो । अभिनय र रङ्गमञ्च नाटकको अनिवार्य र महत्वपूर्ण तत्व हो । नाटक दृश्य विधा भएकाले रङगमञ्चमा अभिनय गरेर देखाई दर्शकलाई मनोरञ्जन गराउनुका साथै केही सन्देश पनि दिन सक्नुपर्छ । अभिनय र रङ्गमञ्च एकअर्काका पर्याय हुन् । राम्रो अभिनयको अभावमा रङगमञ्चको कुनै सार्थकता हुँदैन । रङ्गमञ्चको अभावमा पनि अभिनयले सही अर्थ पाउन सक्दैन । यसकारण नाटकमा अभिनयको महत्वपूर्ण भूमिका रहेको हुन्छ । नाटकमा भावहरूलाई पात्रमार्पmत अभिनय गराएर दर्शकसमक्ष पु¥याउने कार्य हुन्छ । अभिनय बिना नाटकले जीवन्तता पाउन सक्दैन । कुशल अभिनयले दर्शकलाई अलौकिक आनन्द प्रदान गर्न सक्छ ।
एकाङकी र पूर्णाङ्की गरी नाटक दुई प्रकारका हुन्छन् ।
एकाङ्की ः कथावस्तु, पात्र, संवाद, द्वन्द्व, भाषाशैली, उद्देश्य र रङ्गमञ्च नाटक र एकाङ्कीका समान तत्व हुन् । एकाङ्कीमा जीवनको कुनै एकक्षण र सीमित परिवेशको चित्रण हुन्छ । एकाङ्कीको संरचना सङ्क्षिप्त हुन्छ । एकाङ्की एक अङ्कमा मात्र लेखिन्छ । एक अङ्कमा लेखिएको लघु नाटक नै एकाङ्की हो । एकाङ्कीको अङ्क एक भए पनि दृश्यचाहिँ धेरै हुन सक्छन् । एकाङ्की एक दृश्य वा बहु दृश्यमा लेखिन्छ । एकाङ्की एक अङ्कको भएता पनि नाटकको छोटो रूपचाहिँ हैन । तत्वका हिसाबले नाटक र एकाङ्कीमा समानता भएता पनि रचना शिल्पका हिसाबले नितान्त फरक छ । कथा र लघुकथा, उपन्यास र कथा, खण्डकाव्य र महाकाव्यमा जुन फरक छ नाटक र एकाङ्कीमा पनि त्यही भिन्नता छ । एकाङ्कीमा आवश्यकताअनुसार सकेसम्म थोरै पात्रको प्रयोग गर्नुपर्छ । एकाङ्की मञ्चन गर्दा बढीमा तीस मिनेटमा सकिनुपर्छ । एकाङकीमा एउटै मूल कथावस्तुको प्रयोग गर्नुपर्छ ।
पूर्णांकी नाटक ः एक अङ्कभन्दा बढी अङ्कमा लेखिएको नाटकलाई पूर्णाङ्की नाटक भनिन्छ । नाटकमा जीवनको विस्तार असीमित विविधताका चित्रण गरिन्छ । नाटक आकार प्रकारका हिसाबले एकाङ्कीभन्दा ठुलो हुन्छ । नाटकको आयाम व्यापक र भव्य हुन्छ । नाटकमा पात्र धेरै हुन्छन् । नाटक सामान्यतः तिनदेखि दश अङ्कमा लेखिन्छ । नाटकमा चरित्रचित्रणको विविधता हुन्छ । मञ्चनको हिसाबले नाटक तिन घण्टासम्मका हुन्छन् । पूर्णाङ्की नाटकमा जीवन जगतको सेरोफेरोलाई विस्तारित तरिकाले प्रस्तुत गरिन्छ ।
नाटकलाई स्वरूपका आधारमा सुखान्त र दुःखान्त गरी दुई भागमा विभाजन गरिन्छ ।
सुखान्त ः नाटकको नायक वा नायिकाको पुनर्मिलन भई नायक नायिकाले लक्ष्य प्राप्त गरेपछि समाप्त भएका नाटक सुखान्त नाटक हुन् ।
दुःखान्त ः नायक नायिकाको दुःखपूर्ण पतनपछि अन्त्य भएका नाटक दुःखान्त नाटक हुन् । दुःखद् विन्दुमा पुगेर अन्त्य भएका नाटकलाई दुःखान्त नाटक भनिन्छ ।
नाटकलाई पद्य र गद्यमा लेखिन्छ । कवितात्मक शैलीमा लेखिएका नाटक पद्य नाटक हुन् । पद्य नाटकको शैली कलात्मक र काव्यात्मक हुन्छ । गद्य भाषाशैली प्रयोग गरेर लेखिएको नाटक गद्य नाटक हुन् ।
रेडियो नाटक ः विभिन्न कार्यक्रममार्फत रेडियोबाट प्रसारण हुने नाटकलाई रेडियो नाटक भनिन्छ । रेडियो नाटक नयाँ विधाको रूपमा स्थापित छ । रेडियो नाटकलाई ध्वनि नाटक पनि भनिन्छ । सैद्धान्तिक हिसाबले नाटक एकाङ्की र रेडियो नाटकमा एकरूपता छ । शिल्पका हिसाबले नाटक एकाङ्की र रेडियो नाटक एउटैचाहिँ होइनन् । रेडियो नाटकमा अङ्क हुँदैन । दृश्यको पनि अनिवार्यता हुँदैन । रेडियो नाटक छोटो छरितो हुन्छ । रेडियो नाटक मुख्यतया १०÷१२ मिनेटमा रेडियोबाट प्रसारण गरिन्छ । रेडियो नाटकलाई बढीमा एक घण्टासम्म पनि प्रसारण गर्न सकिन्छ । रेडियो नाटकको लागि भाषा मुटु नै मानिन्छ । भाषा जति सरल सशक्त र कलात्मक भयो रेडियो नाटक त्यति नै प्रभावशाली हुन्छ ।
पछिल्लो समयमा नाटकको विकासमा रेडियो नाटकको सशक्त भूमिका रहँदै आएको छ । रेडियो नाटकको प्रमुख आधार ध्वनि हो । रेडियो नाटकको कला ध्वनिमा आधारित हुन्छ । नेपालमा २००७ सालमा रेडियो नेपालको स्थापना भएपछि २००८ सालबाट रेडियो नेपालबाट रेडियो नाटकको प्रसारण हुन थालेको हो । रेडियोबाट प्रसारित नाटक नै रेडियो नाटक हो । रेडियो नाटक श्रव्य हुन्छ । रेडियो नाटकको भाषा सरल हुनुपर्छ । वाक्य छोटा र छरिता हुनुपर्छ ।
सडक नाटक ः निश्चित उद्देश्य राखेर सडक, डबली, गल्ली, चौरलगायत खुला ठाउँमा ज्ञान भावना अभिव्यक्ति गर्ने सशक्त माध्यम सडक नाटक हो । सडक नाटकको प्रदर्शन कुनै मञ्चमा नभई सडकलगायत खुला ठाउँमा गरिन्छ । सडक नाटक सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, अन्धविश्वास, शैक्षिक जागरण, कुसंस्कारलगायतका विषयमा परिवर्तनका लागि विशेष लक्ष्यका साथ प्रस्तुत हुने भएकाले सडक नाटकलाई उद्देश्यमूलक रङ्गमञ्च मानिन्छ ।
सडक नाटक नाट्य विधाकै एउटा अंश हो । अन्य नाटक रङ्गमञ्चमा मञ्चन हुन्छन् । सडक नाटक खुला ठाउँमा मञ्चन हुन्छ । सडक भन्नाले रङ्गमञ्चभन्दा बाहिरको खुला ठाउँ भन्ने बुझिन्छ ।
कथावस्तु, चरित्र, संवाद, वातावरण, उद्देश्य र भाषाशैली आदि नाटकका तत्व सडक नाटकमा पनि हुन्छन् । शून्य रङ्गमञ्च सडक नाटकको वास्तविक पहिचान हो । सडक नाटक नाट्य प्रस्तुतिको एउटा प्रणाली हो । यो एक व्यक्तिद्वारा एक व्यक्तिको लागि नभएर समूहद्वारा समूहका लागि निर्माण हुने प्रक्रिया हो । त्यसैले सडक नाटकलाई सामूहिक प्रयासको प्रतिफल मानिन्छ । जनसमुदायको दैनिक जीवनमा दुःख पीडाका घटनाहरूको विषयलाई स्वाभाविक रूपमा सडक नाटकले अँगालेको हुन्छ । सडक नाटकलाई खुलामञ्च नाटक पनि भनिन्छ । सडक नाटक सजिलो तरिकाले जहाँतहीँ खेलाउन सकिन्छ । सडक नाटक आज लोकप्रिय बन्दै गएको छ । सडक नाटक रङ्गमञ्चमा मात्र सीमित नभई खुलामञ्चमा देखाउने भएकाले सर्वसाधारणको पहुँचसम्म सजिलै पुग्न सक्छ ।
नाटक लेख्नको लागि विचार कहाँबाट आउँछ ?
अरूले लेखेका उत्कृष्ट नाटक, नाटक लेखनसम्बन्धी सैद्धान्तिक रचना पढेर, पत्रपत्रिका पढेर, आपैmले देखेका, भोगेका, अनुभव गरेका र सुनेका घटनाहरूबाट, ऐतिहासिक सामाजिक विषयवस्तुको अध्ययनबाट, आफ्ना लक्ष्य उद्देश्यबाट, डायरी नोटबुक आदिबाट । आफै कल्पना गरेर । वेबसाइटलगायत विभिन्न सामाजिक सञ्जालबाट । विषयवस्तुसँग सम्बन्धित व्यक्तिसँग कुराकानी, छलफल र अन्तर्वार्ता लिएर पनि नाटक लेख्नका लागि विचार आउँछ ।
नाटक रचना प्रक्रिया
१ नाटक लेख्नको लागि विषयवस्तुको कल्पना गर्ने
२ पात्र, परिवेश, संवाद र द्वन्द्वको कल्पना गर्ने
३ प्लट लेख्ने
४ दिमागमा नाटक लेखनका लागि योजना बनाउने
५ नाटक लेख्ने
६ नाटकलाई पुनर्लेखन गर्ने । नाटक जति धेरै पुनर्लेखन ग¥यो त्यति स्तरीय बन्छ ।
७ सम्पादन गर्ने गराउने
८ भाषा सम्पादन गर्ने गराउने
९ बालनाटक भए चित्राङ्कन गर्ने
१० डिजाइन गर्ने ÷ कभर बनाउने
११ प्रकाशन गर्ने ÷ मुद्रण गर्ने
१२ मञ्चन गर्ने