अहिले नेपाली टेलिभिजनमा रामायण प्रसारण भइरहेको छ । नेपाली भाषामा स्वराङ्कन गरी प्रसारण गरिएको यो शृंखला जत्तिकै महाभारतको लोकप्रियता पनि उत्तिकै छ । ३० वर्षअघि प्रसारण भएको महाभारत हेर्नेहरूका लागि अझै पनि यो एउटा रमाइलो बालापन सम्झने मेलो बन्न पुग्छ ।
तराइतिर बसोबास गर्नेहरूमाझ यो शृंखलाको प्रभाव कति थियो भने महाभारतका पात्रहरूको पोस्टर र पोस्टकार्डहरू मज्जाले बिक्री हुन्थे । महाभारतको यो क्रेज देखेर पोस्टर, पोस्टकार्ड तथा चित्रकथा निकाल्दा ती सबै निकै ठूलो मात्रामा बिक्री भएको थियत्र ।
आउनुहोस्, बिआर चोपडाद्वारा निर्माण तथा निर्देशन रहेको यो शृंखलाका रोचक जानकारी लिऔँ ः।
भारतको पुनास्थित कल्पना मुद्रणालयका अन्ना लाटकरले मराठी पटकथालाइ रंगीन चित्रसहित पुस्तक तयार पारेका थिए । यसका लागि बिआर चोपडाले अन्ना लाटकरलाइ शृंखलाका ३ हजारभन्दा बढी रंगीन तस्बिरहरू दिएका थिए । तिनै तस्बिरबाट उनले पोस्टर, पोस्टकार्ड तथा चित्रकथाको शृंखला निकालेका थिए ।
पहिलो पटक टेलिभिजनमा २ अक्टोबर १९८८ बाट टेलिभिजनमा महाभारत प्रसारण शुरू भएको थियो र १९९० जुलाइमा ९३ भागपछि बन्द भयो ।
शुरूमा महाभारतका लागि भारतको राष्ट्रिय टेलिभिजन संस्था दूरदर्शनले ५२ भागका लागि मात्र स्वीकृति दिएको थियो तर यसले यति धेरै लोकप्रियता कमायो कि थप ३९ भागको स्वीकृति पायो । पछि दुइ भाग अझ जोडिएको थियो ।
महाभारतको प्रसारण समय दुइ पटक परिवर्तन भयो । पहिलो पटक यो ११ः१५ बजे देखाइन्थ्यो । यो शृंखला शुरू भएपछि दिउँसो समय सुनसान बन्न पुग्थ्यो । पछि यसलाइ सारेर ९ः१५ बजे बनाइएको थियत्र ।
द्रौपदीको भूमिकाका लागि १४५ जना युवतीको स्क्रिन टेस्ट गरिएको थियो । जुन भूमिका रूपा गांगुलीले पाइन्, त्यसका लागि पहिले हिन्दी फिल्मकी चर्चित नायिका जुही चावला र अर्की एक युवती सुजाता मेहतालाइ अनुबन्ध गर्ने तयारी भइरहेको थियो तर रूपाको भाग्य बलियो भयो ।
दूरदर्शनले यो शृंखला प्रसारण गरेर त्यो बेलाको ३५ रोड रूपैयाँ कमायो । यति त यसअघि कुनै पनि शृंखलाले कमाएको थिएन ।
महाभारतको अअधिांश युद्ध दृश्यको सुटिङ राजस्थानको झारना नामक एउटा गाउँमा गरिएको थियो । यो गाउँ जयपुर सहरबाट ३५ किलोमिटर टाढा पर्छ ।
युद्धको सुटिङ १० दिनसम्म चलेको थियो । यसका लागि ५ हात्ती र २०० घोडा प्रयोग गरिएका थिए । स्थानीय घोडा नपुगेर मुम्बइ ४० घोडा मगाइएको थियो ।
दस दिनको युद्धको सुटिङ खिच्न त्यो बेलाको ४५ वटा चक्का, भिडियो चक्का, खर्च भएको थियो । त्यसमा १४ घण्टा २० मिनेटका युद्ध दृश्य कैद गरिएका थिए । पछि धेरै सम्पादन गरिएपछि ३ घण्टा २० मिनेटका दृश्य मात्र सदुपयोग गरिएको थियो ।
एउटा सर्भेका अनुसार, त्यो बेला यो सिरियल एकसाथ २८ करोड दर्शकले हेर्ने गर्थे । यो त्यो बेलाको विश्व कीर्तिमान नै बन्न पुगेको थियो ।
महाभारतका प्रत्येक एपिसोड शुरू हुनुभन्दा १२ देखि १५ मिनेटसम्म ४० भन्दा बढी विज्ञापन देखाइन्थ्यो । विश्वमा कुनै पनि एउटा टेलिभिजन कायक्रमभन्दा पहिले एकसाथ यति धेरै विज्ञापन देखाइएको थिएन । यो पनि एउटा कीर्तिमान बन्यो ।
महाभारतले केही शब्दलाइ निकै लोकप्रिय बनाएकत्र थियो । जसमा प्रचलनभन्दा बाहिर हुन थालेका पिताश्री, माताश्री, मामाश्री, भ्राताश्री मात्र होइन, आयुष्मान भवः विजयी भवःजस्ता शब्द थिए ।
महाभारतसँगै देखाइएका विज्ञापनका लागि दूरदर्शनले १० सेकेन्डको विज्ञापनका लागि एक लाख रूपैयाँसम्म शुल्क लिन्थ्यो ।
(भारतीय अखबार नइ दुनिया महाविशेषांक १९९३ बाट साभार)
[embedyt] https://www.youtube.com/watch?v=wEOqwaFM3TA[/embedyt]
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।