लात्भियामा सन् १८६४ मा जन्मिएका रूसी चित्रकार कार्ल रोजेन काव्यिक ल्यान्डस्केप चित्रकारका रूपमा चर्चित व्यक्ति हुन् ।
लात्भियाको जेल्गाभामा जन्मिएका उनको चित्रकला अध्ययन रूसको सेन्ट पिटर्सबर्गमा भयो । त्यहीँबाट कलामा स्नातक भए ।
पढाइ सकेपछि १९१८ मा आफ्नै देश फिरेका उनी सक्रिय रूपमा चित्रकारितामा लागे ।
उनी देश फिर्दा उनलाइ काममा उत्साहित बनाउने अर्का एक चित्रकार थिए, जुलियस क्लेभर । उनको आफ्नै वर्कसप थियो र त्यहीँ यी दुइले सिर्जनालाइ फलाउन, फुलाउन सक्रिय भएर लागिपरे ।
कार्ल रोजेन उनको पारम्परिक ल्यान्डस्केपलाइ नै जारी राखे । उनका चित्रहरू डेनमार्क, स्वीडेन, बेलायत, न्युजिल्यान्ड, फ्रान्स र आफ्नै मातृभूमि लात्भिया र रूसमा पनि खुब रूचाइए ।
आउनुस्, हामी पनि उनका सिर्जनाको आस्वाद लिऔँः
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला