आमाको जीवनधारा एक विचित्र शान्त प्रवाहमा बग्दै थियो । कहिलेकाहीँ त यस्तो शान्ति देख्दा उनी आफैंलाई आश्चर्य लाग्थ्यो । छोरा जेलमा थियो र उसले कठोर सजाय पाउनेछ भन्ने कुरा पनि उनलार्य थाहा थियो, तर जब उनी यस विषयमा सोच्थिन्, उनको दिमागमा आन्द्रेइ, फ्योदर तथा अन्य व्यक्तिहरुको आकृति घुम्न थाल्थ्यो । आमाको आँखाअगाडि आफ्नो छोराको आकृति घुम्न थाल्यो, जुन आकृतिमा ती सबै व्यक्ति सम्मिलित थिए, जो जीवनको सुखदुःखमा उसको साथ दिए, आमा उसबारे सोच्न थाल्थिन् र अन्जानमै उनको विचारहरु चारैतिर फैलिन थाल्थे । पातलापातला किरणजस्ता ती विचारहरु जता पनि पुग्थे, मानौं समस्त घटनाहरुमाथि प्रकाश पार्ने र हरेक कुरालाई एउटै सुत्रमा बाँध्ने प्रयत्नमा यी विचारहरुले प्रत्येक कुरालाई छोएका ाछन् । यी भौंतारिँदा विचारहरुले गर्दा, उनको ध्यान कुनै एउटै कुरामाथि, विशेषतः आफ्नो छोरासँग भेट्ने इच्छा र उसबारे हृदयमा उठ्ने अनेकौं शङ्काहरुमाथि केन्द्रित हुन पाउँदैनथ्यो ।

छिटैं सोफिया कतै लागिन् र पाँच दिनपछि घर फर्किन् । अब उनी निकै प्रसन्न र फूर्तिली देखिन्थिन् । घर फर्केको केही घण्टापछि नै उनी फेरि गायब भइन् र यसपल्ट दुई हप्तापछि मात्र फर्किन् । यस्तो लाग्थ्यो, उनी आफ्नो जीवनयात्रा ठूलठूला गोलाकार चक्काहरुमा पूरा थर्थिन् । कहिलेकाहीँ उनी आफ्नो भाइको घर फर्कन्थिन् र उनी फर्कनासाथ घरभरी साहस र सङ्गीतको प्रवाह बग्न थाल्थ्यो ।

अब आमालाई सङ्गीत मन पर्न थाल्यो । सङ्गीतको धुन सुन्दा उनलाई आफ्नो छातीमा न्यानो लहर उर्लिएजस्तो लाग्थ्यो । आमालाई लाग्थ्यो, त्यस लहरले उनको मुटुमा ठक्कर दिँदैछ, यी ठक्करहरुले उनको हृदयको धड्कन अझ बढी समान गतिले चल्न थाल्थ्यो र यस्ता विचारहरु पैदा हुन्थे, जुन राम्ररी सिँचाइ गरिएको जमिनमा गहिरायसम्म जमेका बीउहरुबाट सङ्गीतको प्रभावजस्तो बडो सरल तरिकाले शब्दका सुन्दर फूलहरु प्रस्फुटित हुन्थे ।

आमालाई सोफियाको फोहोरी बानी असह्य लाग्थ्यो । घरभरि उनका लुगाहरु चुरोटका ठुटाहरु र खरानी छरिएको हुन्थ्यो । सोफियाका आवेशपूर्ण भाषणहरु र आमाका लागि अझ असह्य हुन्थे । निकोलाइको शान्त आत्मविश्वास र कोमल गम्भीरताले भरिएको बोलीबचनको दाँजोमा सोफियाको बोल्ने तरिका र बानीबेहोरा ठीक उल्टो थियो । आमालाई सोफिया ती किशोरीजस्तो लाग्थ्यो, जो आफूलाई बुढीपाकी देखाउन उत्सुक छिन् र जसले मान्छेहरुलाई कुनै विचित्र खेलौनाजस्तो ठान्थिन् । उनी सधैं श्रमको पवित्र महत्वबारे कुरा गर्थिन् तर आफैं आफ्नो फोहोरी बानीले गर्दा आमाको काम बढाउँथिन् । उनी स्वाधीनताबारे लामालामा भाषणहरु गर्थिन् तर आफ्नो असहिष्णुता र लगातार बहस गर्ने बानीले अर्कालाई सताइरहेकी हुन्थिनु । उनी अन्तर्विरोधहरुको भण्डारै थिइन्, त्यसैले आमा उनीसँग सदा सतर्क रहन्थिन् र उनीप्रति आमाको हृदय त्यो नित्य सद्भावना थिएन, जुन निकोलाइप्रति थियो ।

निकोलाई सधैँ चिन्ताकूल देखिन्थ्यो र प्रतिदिन एकनासे, नियमित जीवन बिताउँथ्यो । बिहान आठ बजे चिया पिउँथ्यो, अखबार पढ्थ्यो र आमालाई खबरहरु सुनाउँथ्यो । उसको कुरा सुनेर आमाका अगाडि आश्चर्यजथनक स्पष्टतासहित त्यो चित्र देखा पथ्र्यो, जसमा जीवनको क्रूर चक्रले अति निर्ममतापूर्वक मानिसहरुलाई पिस्दै धनसम्पत्तिमा बदलिदिन्थयो । उनले देखिन्, निकोलाइ र आन्द्रेइमा धेरै कुरा मिल्दाजुल्दा छन् । ऊ पनि उक्राइनिजस्तै मानिसहरुबारे बिना कुनै द्वेष ठान्थ्यो, तर नयाँ जीवनप्रति उसको आस्था न त आन्द्रेइको जत्तिकै दृढ थियो, न त्यत्तिकै आकर्षण नै । ऊ सधैं एक कठोर भावहीन चमक हुन्थ्यो । यी सबै कुरा देखेर आमाले बुझ्न थालिन्, उसले कहिल्यै कसैलार्य कुनै पनि कुराका लागि माफ गर्ने छैन – कदापि माफ गर्ने छैन । आमालाई उसमाथि दया लाग्थ्यो किनभने उनलाई थाहा थियो, आफूलाई जबरजस्ती कठोर बनाउन कति गाह्रो पर्छ । दिनप्रतिदिन आमालाई निकोलाई बढी मन पर्न थाल्यो ।

ऊ नौ बजे काममा जान निस्कन्थ्यो । ऊ निस्किसकेपछि उनी कोठाहरु सफा गर्थिन्, खाना तयार पार्थिन् र नुहाइधुवाइ गरिसकेपछि सफा लुगा लगाउँथिन् र आफ्नो कोठामा बसेर किताबका चित्रहरु हेर्न थाल्थिन् । उनले पढ्न सिकिसकेकी थिइन्, तर अझ धेरै ठूलो कठिनाइले पढ्थिन् र त्यसैले पढ्दा तुरुन्तै थाकिहाल्थिन् र शब्दहरुको सम्बन्ध बुझ्न छाड्थिन् । तर तस्वीरहरु हेर्दा उनी केटाकेटीजस्तै रमाउँथिन् । यी तस्वीरहरुले उनका अगाडि एक नयाँ र अनौठो विश्वका रहस्योद्घाटन गर्थे र यो विश्व उनका लागि सुलभ र न्यायसङ्गत लाग्थ्यो । उनका आँखाअगाडि ठूलठूला सहरहरु, सुन्दर भवनहरु, मेशिनहरु, जहाज, स्मारक र मानिसको हातले बनेका अपार सम्पदा र आफ्नो विविधताले चकित तुल्याउने प्रकृतिका असङ्ख्य अनुपम दृश्यहरु घुम्न थाल्थे । जीवनको परिधि निरन्तर बढ्दै थियो, एकएक गर्दै नयाँनयाँ आश्चर्यजनक कुराहरु उनका आँखाका अगाडि नाच्न थाल्थे र आफ्नो अपार सम्पदा र अक्षय सौन्दर्यले उनको तृषित आत्मामा प्रेरणक सञ्चार गर्थे । उनी पशुज्ञानसम्बन्धी चित्रावली हेर्न असाध्यै मन पराउँथिन् । यो पुस्तक विदेशी भाषामा लेखिएको भए तापनि पृथ्वीको सम्पदा, सौन्दर्य र विस्तारबारे उनलाई स्पष्ट जानकारी दिन्थ्यो ।

“संसार कति ठूलो रहेछ त !” – उनी निकोलाइलाई भन्थिन् ।
उनी कीराहरु र विशेषतः पुतलीहरु हेर्न असाध्यै मन पराउँथिन् । उनी यी कीराहरुको चित्र हेर्थिन् र चकित भएर निकाृलायलाई भन्थिन् –

“निकोलाइ इभानोभिच, हेर्नुस् त कति राम्रो छ ! चारैतिर कस्तो सु्रन्दरता ! तर हामीलाई थाहासम्म हुँदैन, हामी आँखा चिम्लेर हिँडिदिन्छौं । मान्छेहरु रातदिन दौडधुप गरिरहेका हुन्छन् । उनीहरुलाई केही थाहा हुँदैन, उनीहरु कुनै कुरा देख्दैनन् – उनीहरुसँग न समय नै हुन्छ न इच्छा । यदि हामीलाई पृथ्वी कति धनी छ भन्नो कुरा थाहा भइदिएको भए र यहाँ कस्ताकस्ता जीवहरु बस्छन् भन्नेबारे ज्ञान भइदिएको भए हाम्रो जीवन कति सुखी हुन्थ्यो होला । सबै कुरा सबैका लागि, प्रत्येक कुरा प्रत्येकका लागि होइन र ?”

“ठीइक भन्नुभो !” – निकोलाइले मुस्कुराउँदै जवाफ दियो । उसले तस्वीर भएका अरु किताबहरु ल्याएर आमालाई दियो ।
साँझपख अक्सर मान्छेहरु उसलार्य भेट्न आउँथे । उसका अतिथिहरुमध्ये विशेषतः यी मान्छेहरु हुन्थे – आलेक्साइ, भासिलेभिच, कालो दाह्री र फिका अनुहार भएको निकै राम्रो मान्छे, जो निकै गम्भीर र अल्पभाषी थियो, बाटुलो टाउको र पोके अनुहार भएको रोमान पेत्रोभिच, जो सधैं कुनै न कुनै कुराबारे खेद प्रकट गर्दै ओठ पड्काइरहेको हुन्थ्यो । इभान दानिलोभिच, होचो कदको दुब्लो मान्छे । उसले चुच्चे दाह्री पालेको थियो र उसको स्वर निकै चकोृ थियो । उसको स्वर कति फूर्तिलो, चर्को र धारिलो हुन्थ्यो भने छुराजस्तै तीखो लाग्थ्यो । एगोर जो सधैं आफ्नो, आफ्ना साथीहरुको र दिनप्रतिदिन बढ्दो आफ्नो रोगको हाँसो उडाइरहेको हुन्थ्यो । केही त्यस्ता मान्छेहरु पनि थिए, जो टाढाटाढा सहरहरुबाट आउने गर्थे । निकोलाइ उनीहरुसँग धेरै बेरसम्म बडो शान्तभावले कुरा गथ्र्यो । उनीहरुको वार्तालापको विषय सधैं एउटै हुन्थ्यो – विश्वका श्रमिक जनता । उनीहरु आपसमा बहस गर्थे, तातिन्थे र जोडतोडले हात हल्लाउँदै कुरा गर्थे । उनीहरुको वार्तालापको विषय सधैं एउटैं हुन्थ्यो – विश्वका श्रमिक जनता । उनीहरु आपसमा बहस गर्थे, तातिन्थे र जोडतोडले हात हल्लाउँदै कुरा गर्थे । उनीहरु धेरै चिया पिउँथे । कहिलेकाहीँ निकोलाइ उनीहरुसँग बसेर पर्चा लेख्थ्यो र लेखिसकेपछि उनीहरुलाई सुनाउँथ्यो । उनीहरु तुरुन्तै ती पर्चाहरु राम्ररी सार्थे । आमा बडो सावधानीसाथ खेस्रा कागजहरु बटुल्थिन् र भान्सामा लगेर जलाउँथिन् ।

उनीहरुका लागि चिया बनाउँदै आमा आश्चर्यपूर्वक सोच्थिन् – कसरी उनीहरु श्रमिक जनताको भविष्यबारे, उनीहरुबीच कसरी यथाशीघ्र र उत्कृष्ट तरिकाले सच्चाइबारे प्रचार गर्ने हो, कसरी उनीहरुलाई प्रोत्साहित तुल्याउने हो भन्ने विषयमा यी मानिसहरु कति जोसपूर्वक कुरा गर्दैछन् । कहिलेकाहीँ उनीहरु बहस गर्दै क्रुद्ध हुन्थे र एक–दोस्रामाथि अपमानजनक आरोप लगाउँथे, तर बहसचाहिँ जारी राख्थे ।

आमालाई लाग्थ्यो, मजदुरहरुको जीवनबारे यी मान्छेहरुलाई भन्दा उनलाई बढी थाहा छ । उनलाई लाग्थ्यो, जुन कामको यिनीहरुले जिम्मा लिएका छन्, त्यसको व्यापकता उनीहरुभन्दा उनी राम्ररी बुझ्छिन् । तसर्थ उनी उनीहरुमाथि त्यस दयालु भावनाले हेर्थिन् जस्तो बूढापाकाहरु केटाकेटीहरुले पतिपत्नीको नाटक खेलेको हेर्ने गर्छन्, जुन जीवनका कठिनाइहरुबारे उनीहरुलाई कुनै ज्ञान हुँदैन । उनी अनायास उनीहरुका भाषणहरुसँग आफ्नो छोरा र आन्द्रेइको भाषणको तुलना गर्थिन् र स्पष्ट रुपमा त्यो भेद देख्थिन्, जुन सुरुसुरुमा उनले बुझेकी थिइनन् । कहिलेकाहीँ त उनलाई यस्तो पनि लाग्थ्यो कि यहाँ मानिसहरु मजदुर बस्तीहरुमा भन्दा बढी चिल्लाउँछन् ।

“उनीहरुलाई बढी कुरा थाहा छ, त्यसैले बढी चिल्लाउँछन् ।” – उनी मनमनै सोच्थिन् ।

तर उनी अक्सर देख्थिन्, यी मानिसहरु जानाजान एक–दोस्रालाई उत्तेजित पार्दैछन् र देखावटी उत्साह प्रदर्शन गर्छन्, मानौं प्रत्येक व्यक्ति आफ्ना साथीहरुलाई देखाउन चाहन्छ – उसका लागि सत्यको जति महत्व छ, त्यति अरुका लागि छैन । केही मान्छेहरुलाई यो कुरा मन पर्दैनथ्यो र आफ्नो पालो उनीहरु नै सत्यका सबैभन्दा ठूला पुजारी हुन् भन्ने कुरा प्रमाणित गर्न भद्दा र कटु तर्कहरु प्रयोग गर्थे । प्रत्येक व्यक्ति सबैभन्दा माथि पर्न चाहन्थ्यो र यस कुराले उनलाई दुःखित तुल्याउँथ्यो ।
“उनीहरुले पाभेल र उनका साथीहरुलाई एकदम बिर्सिदिएछन् ।” – उनी विनयपूर्ण दृष्टिले उनीहरुतिर एकटकले हेर्दै सोच्थिन् ।

हुन त उनी ती मानिसहरुको कुरा बुझ्दििनथिन् तर सबै बहसहरु बडो ध्यानपूर्वक सुन्थिन् । उनीहरुका शब्दहरुको अर्थ बुझ्ने कोसि गर्थिन् । उनका लागि स्पष्ट भयो, जब मजदुर बस्तीहरुमा भलाइ र उपकारजस्ता विषयहरुमाथि बहस गर्थे तब यो कुरा बिना कुनै सङ्कोच एक अखण्ड वस्तुका रुपमा स्वीकार गरिन्थ्यो । तर यहाँ यो कुरा टुक्राटुक्रा पारिदिन्थ्यो । यहाँ पुराना व्यवस्थालाई बदल्नेबारे बढी कुरा हुन्थ्यो भने त्यहाँ भविष्यको कल्पनामाथि जोड दिइन्थ्यो र त्यसैले उनलाई आफ्नो छोरा र आन्द्रेइका शब्दहरु बढी प्यारा लाग्थे र बढी बुझ्थिन् ।

आमाले देखिन्, जब कुनै मजदुर निकोलाइलाई भेट्न आउँथ्यो, तब उसको बोलचालको तरिका र व्यवहार जरुरतभन्दा बढी निसङ्कोच र उन्मुक्त हुन्थ्यो । उसको अनुहारमा एक मिठास फैलिन्थ्यो र ऊ नयाँ तरिकाले बोल्न थाल्थ्यो, बढी स्पष्ट रुपमा अथवा बढी लापरवाहीसाथ ।

“ऊ आफ्नो कुरा सकेसम्म राम्ररी बुझोस् भन्ने चाहन्छ !” – आमा सोच्थिन् ।
तर आमालाई चित्त बुझ्दैनथ्यो । उनी देख्थिन्, मजदुर पनि अलि सङ्कुचित देखिन्छ, मानौं भित्रबाट कसैले उसलाई समातेर राखेको छ । त्यसैले ऊ निकाृलाइसँग त्यति खुलला र सरल रुपमा कुरा गर्न सक्दैनथ्यो, जति ऊ उनीजस्ती साधारण मजदुर आइमाईसँग गर्न सक्थ्यो । एकपल्ट निकोलाइ कोठाबाट बाहिर निक्केको मौका पारेर उसलार्य भेट्न आएको युवकलार्य उनले भनिन् –

“तिमी किन लाज मान्छौ ? तिमी कुनै स्कुले केटो त होइनौ, जो आफ्नो मास्टरलाई पाठ बुझाउन आएको छ … ।”
मजदुरले हाँस्दै जवाफ दिएको थियो –

“अनभ्यस्तताले गँगटो पनि रातो हुन्छ भन्छन्, – जे भए पनि हाम्रो तहको मान्छे होइन … ।”