साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

मान्छेको भाग्य र दोनका कथाहरू भाग ३३

वसन्तपछि घमाइला दिनहरू शुरू भए । स्तपीमैदानतिरबाट चक्कर मार्दै प्रशस्त धूलो उडेर आउने हुँदा जताततै धुस्रो-फुस्रो र खैरो देखिन्थ्यो। मौसम नराम्रो थिएन। दोन नदी युवा जोश निकाले जस्तै गरी प्रचण्ड गतिले अग्लो अग्लो छाल छचल्काउँदै उर्लिरहेको थियो । गाउँको किनारामा रहेका खेतहरूमा समेत बाढीको पानी भरिएको थियो। दोन नदी पारिट्टिको किनारा हराभरा र हलुका खैरो देखिन्थ्यो जहाँबाट हावाले लटरम्म फुलिरहेका किनारको महमिश्रित सुवास बगाएर ल्याउँथ्यो । मैदानमा रहेको तलाउ मयलका फूलहरूको पत्र झरेर ढाकिएको थियो र त्यसले बिहानपख मिमिरेमा गुलाफी रंगको टलक छदैथ्यो। , राति आकाशमा चट्याङको झिलिक-मिलिक हुन्थ्यो, नखरमाउली युवतीले आँखा झिमझिम गरे जस्तै । अनि चट्याङको ज्वालामय टलक जस्तै रातहरू पनि ज्यादै नै छोटा हुन्थे। लामो दिनभरिको कामले थाकेका गोरूहरू आराम लिने पुरा समय पनि पाउँदैनथे । चरनमा चरिरहने गाईवस्तुहरू पनि रौं झरेर सिट्ठा देखिने गर्दथे र तिनका आङमा एक एक करङ समेत गन्न सकिन्थ्यो ।

ratna book ads

गाभ्रीला र प्योत्न स्तपीमा एक हप्तासम्म संगसंगै बसे। उनीहरूले खेत जोते, डल्ला फोरेर बीउ पनि छरे। राति उनीहरू भेडाको छालाबाट बनाइएको ज्याकेट ओढेर गाडामुनि नै सुत्ने गदेथे, तर गाभ्रीलाले आफ्ना नयाँ छोरासंग नदेखिने सूत्रद्वारा उनी कति बलियो गाँठोमा बाँधिएका छन्‌ भन्ने कुरा चाहिँ उनले कहिल्यै पनि गरेनन्‌ । स्वर्णकेशी , हँसमुख र परिश्रमी नयाँ प्योत्रले मरेर गइसकेको अर्को प्योत्रको आकृतिलाई धमिल्याउँदै लगेको थियो। गाभ्रीलाले उसको बारेमा अब निकै कम सम्झना गर्ने थालिसकेका थिए। हुन पनि कामको चटारोले गर्दा अतीतको सम्झनामा डुब्ने फुर्सद समेत थिएन उनलाई ।

दिनहरू चोरपाइला सारेर सुटुक्क सुइँकिंदै गइरहेका थिए । छिटै नै घाँस काट्ने समय पनि आइपुग्यो ।

एक पल्ट प्योत्न बिहानदेखि नै घाँस काट्ने हँसियाको मर्मतमा तल्लीन थियो । उसले आरनमा गएर हँसियाको धार तिखार्यो र टुटेको पंखा फेर्ने नयाँ पंखा पनि तयार पार्यो। जुन दक्षताका साथ उसले यो सब काम गरेको थियो त्यसबाट गाभ्रीला निकै चकित भए। बिहानदेखि दिनभरि नै उसले घाँस काट्नमा बितायो र जब साँझ पर्यो त ग्राम-सोभियतको कार्यालयमा कार्यकारिणी समितिको एउटा मिटिंगमा पनि सरीक हुन पुग्यो उ। त्यसै बेला पानी लिन भनी गएकी बुढियाले हुलाकघरबाट एउटा चिट्ठी पनि लिएर आई । चिट्टीको खाम घिसिएको र पुरानो थियो। त्यसमा ठेगाना चाहिँ यस्तो लेखिएको थियो – गाभ्रीलामार्फत साथी निकोलाइ कोसिखको निम्ति ।

खाममा ठेगाना मसीले भद्दा अक्षरमा लेखिएको थियो। गाभ्रीलाको मनमा चिसो पस्यो। उनी अस्पष्ट आशंकाद्वारा चिन्तित थिए । उनले निकै बेरसम्म त्यो चिट्ठीको खाम आफ्नो हातमा ,खेलाइरहे ।

आफ्नो खुल्दुली मेटाउन उनले खाम उठाएर उज्यालोमा चियाएर हेरे, तर खामले चिट्ठी भित्नको रहस्यको भेद खुल्न दिएन। गाभ्रीलाले अनायासँ यस चिट्ठीप्रति आफूभित्र क्रोध उम्लिरहेको अनुभव गरे, किनकि त्यसले उनको मनको शान्ति एकाएक भंग गरिदिएको थियो।

एक पल्ट त उनले त्यस चिट्ठीलाई धृजा धूजा पारेर च्यातिदिने पनि विचार गरे। तर आखिर चिट्ठी जसको हो उसैलाई नै सुम्पिदिने निधो गरे। उनले प्योत्रलाई ढोकैमा खबर सुनाए –
“छोरा, तिम्रो निम्ति एउटा चिट्ठी पाइएको छ। ”

“मेरी निम्ति ? ”-प्योत्रले आश्चय मान्दै प्रश्न गर्यो।

“हो, तिम्रो निम्ति ! लौं, लिएर पढ ! ”

गाभ्रीलाले घरभित्र बत्ती बाले, अनि तीखो नजरले चिट्ठी पढिरहेको प्योत्रको अनुहारमा खुशीको लहर चलिरहेको उनले नियालेर हेरिरहे । उनले धेरै बेर धैर्य गर्न सकेनन्‌ र सोधि पनि हांले-

“कहाँबाट आएको हो चिट्ठी ?”

“उरालबाट ! ”

“क्रसले लेखेको हो ? ”-बुढियाले पनि जिज्ञासा देखाई !

“कारखानाका साथीभाइहरूले ! ”
गाभ्रीला सैतक भैहाले ।

“के भनेर लेखेका छन्‌ ति चिट्ठीमा ? ”

प्योत्रको चस्किलो आँखा एकाएक धमिलो देखियो । उसले नचाही नचाहीकन जवाफ दियो-

“उनीहरू मलाई कारखानामा बोलाउँदै छन्‌ . . .। कारखाना फेरि चालु गर्ने विचार गरिंदै छ। सत्र सालदेखि नै कारखाना बन्द थियो।

“के त?.. तिमी जान्छौ त? ”- गाभ्रीलाले मन्द स्वरमा सोधे।

“थाहा छैन ! ..”

प्रतिक्रिया
Loading...