साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

बाउछोराको मरिन चित्रकलामा प्रतिस्पर्धा

 

ratna book ads

बेल्जियमका बाउछोरा चित्रकारहरू मुसिन र मुसेनले त्यहाँ मरिन (सामुद्रिक) चित्रकलालाइ निकै चल्तीको चित्रकलाका रूपमा चिनाउन सफल भए । रोचक कुरा चाहिँ, प्रायः बाउछोरा चित्रकारले एकै विधालाइ छुँदैनन् । शायद रूचि अभावमा पनि त्यस्तो भएको हुनसक्छ । तर फ्राँस्वा इटिन मुसिनले जीवनभर मरिन चित्रकलालाइ नै महत्त्व दिए । १८२० मा जन्मिएका उनले १८८८ मा देह नत्यागुञ्जेलसम्म धेरै सामुद्रिक यात्रा गरे र त्यस्ता यात्रालाइ नै चित्रकलामा अभिव्यक्तिको माध्यम बनाए ।

उनका छोरा सन् १८५२ मा जन्मिएका थिए । अगस्टे हेनरी मुसिन बाँचुञ्जेल १९२० सम्मै मरिन चित्रकला नै चासोका साथ बनाइरहे । आफ्नै बुवाबाट उनले चित्रकला सिके । तर उनी बुवाभन्दा चर्चित चित्रकार बनेर चित्रकार बुवालाइ गर्विलो क्षण दिए ।

यी बाउछोराका चित्रहरू यहाँ पस्किएका छौँ । कुन चित्र बाउको र कुन चाहिँ छोराको भन्ने अनुमान गर्न छाडिदिएका छौँः

 

प्रतिक्रिया
Loading...