एउटा समय थियो, कुन राजा कति महान् हो भन्ने कुराको निर्क्योल त्यो देशका जनता कति सुखी छन् भन्नेमा होइन, त्यो राजाले अरूको राज्य कति हडप्न सक्यो भन्नेमा भर पर्थ्यो।
एकताका स्वीडेन देश युरोपको शक्तिशाली मुलुकमध्येमा पर्थ्यो । उसको साम्राज्य फिनल्यान्ड, बाल्टिक क्षेत्र, रूसको माथिको आर्कटिक क्षेत्र मात्र होइन, अमेरिका र अफ्रिकासम्म फैलिएको थियो । १७ औँ शताब्दीमा उसको शानको कुनै कमी थिएन । १६९७ मा चार्ल्स एघारौँको निधन भएपछि १५ वर्षको उमेरमा चार्ल्स बाह्रौँले गद्दी सम्हालेका थिए । किशोर चार्ल्सले बाउबाजेको साम्राज्यलाइ कसरी चलाउलान् भन्ने सबैलाइ परिरहेका बेला सन् १७०० देखि बाउबाजेको अधुरो सपना पूरा गर्न चार्ल्स लागिपरे ।
सोही योजना मुताबिक उनले सन् १७०० देखि २१ वर्षसम्म लगातार युद्ध गरिरहे । यी २१ वर्षमा रूससँग निर्णायक युद्ध भयो भने उनले रूसका पिटर महान् सँग हार बेहोर्नु पर्यो ।
स्वीडेनले चार्ल्सलाइ आफ्नै तरिकाले महान् ठान्छ । उता रूसले पिटरलाइ महान् शासकका रूपमा सम्झन्छ । आज हामीले तिनै चार्ल्सको जीवनमा युद्धलाइ दिइएको महत्त्वका कारण चित्रकलामार्फत कसरी ठाउँ दिइएको रहेछ भनी हेर्नेछौँ ।
नेपालमा यस्ता युद्ध चित्रकलाको अभाव निकै चर्को छ । ठाउँठाउँमा भएका युद्ध, सन्धि, सम्झौताजस्ता चित्रकलाले सर्वसाधारणलाइ इतिहासप्रति सचेत बनाउँछ, सजग बनाउँछ र अध्ययन रूचि ह्वात्तै बढाउँछ ।
आउनोस्, आज हामी युरोपेली मुलुकका तिनै शासक चार्ल्स बाह्रौँका सैन्य गतिविधिमा केन्द्रित रही बनाइएका चित्रकला अवलोकन गरौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।