बाछिटा लघुत्तम काव्यिक उपविधा हो। यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ।

जीवन, जगत् र भोगाइका अनन्त चेतना,चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ।

बाछिटा रचना तीन पाँच तीन अक्षरयुक्त तीन पंक्तिमा गरिन्छ।बाछिटाको पहिलो पंक्तिलेविषयवस्तुको उठान गर्नुपर्छ।

बाछिटाको दोस्रो पंक्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ।बाछिटाको तेस्रोपंक्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ।

बाछिटाको तीन पंक्तिबीच भाव र अर्थगत सामन्जस्यता हुनैपर्छ।बाछिटाको अक्षर संरचना वागणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ।बाछिटाकोप्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ।बाछिटाकोअभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ।बाछिटा रचना गर्दा निपात रसंयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ।बाछिटाकारले समाजमापरम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ।

बाछिटा लेखनमा उल्लेखित मान्यताको सर्वोपरि महत्व रहेको छ। तीन पाँच तीन अक्षरमिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ।

बाछिटा काव्यिक उपविधा हो। यसको लेखन सहज पनि छ र असहज पनि छ।बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरीगर्नसकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहजबन्नसक्छ। साथै मानव जीवन र मानव जीवनका सम्पूर्ण क्रियाकलापहरूलाई

प्रकृतिकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिकाविविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवन भोगाइका विभिन्न पक्षलाईप्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थितिपनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटा लेखन सहज बन्छ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ रसमर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहितप्रवर्तन गरेका हुन्। प्रवर्तनको छोटो समयमै अनेकौं अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिदैआएको छ।अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरूप्रकाशनका लहरमा छन्। साहित्य पोस्टको “बाछिटा प्रकाशनमाला-१३ मा बाछिटाकारहरू दूर्गाथापा मगर, ओमकुमारी रानाभाट,विमुन्स पौडेल र वन्दना जोशी र विविधा भारतीका पाँच दर्जनबाछिटाहरू प्रस्तुत गरिएका छन्।यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमश: प्रस्तुत गरिने छन्।सय शृङ्खला पुगेपछि सबै बाछिटाहरू सङ्कलित “समकालीन नेपालीबाछिटा” नामको बृहद् कृति प्रकाशन गर्ने उद्देश्यका साथ बाछिटा प्रकाशनमाला आरम्भ गरिएकोहो।

 

पाँच दर्जन बाछिटा

१.दुर्गा थापा मगर

झुलेको
जोवन फूल
फुलेलो

 

हाँसेको
जवानी डाँफे
नाचेको

असार
हिलोमा शक्ति
अपार

हतारो
कर्मको मेला
चटारो

चाहना
फुलेर फल्ने
बहाना

पहरा
युवाको आँट
छहरा

 

आमाको
माया शीतल
छायाको

साँचौंला
हर्ष र साथै
नाचौँला

 

भावना
फुल्ने र फल्ने
तिर्सना

मेटौँला
तृष्णा मायाले
भेटौँला

 

जोखौँला
मन र व्यथा
पोखौँला

लाएको
प्रीतिको छानो
छाएको

~~<<>>~~

 

२. ओमकुमारी बन्जारा रानाभाट

फूलमा
काँडाको शूल
भुलमा

रातमा
झरेछ शीत
पातमा

झरिलो
प्रणय बुटो
दरिलो

थालमा
पानीका बूँद
तालमा

मालिक
चोकमा शोभा
सालिक

मातृत्व
फूलको बास्ना
भातृत्व

छपक्क
लाली जोवन
धपक्क

बारीमा
श्रमको बाला
टारीमा

दम्पति
सन्तति पुष्प
सम्पत्ति

धनको
थुप्रो सद्भाव
मनको

रहर
पानीको छाल
लहर

जमरा
शिरमा आस्था
लहरा

~~<<>>~~

 

३. विमुन्स पौडेल

झाँगियो
नफुल्दै माया
बाङ्गियो

नशालु
मान्छेको छवि
ईर्ष्यालु

जालीको
वचन बाँण
गालीको

साथीको
घात अँध्यारो
रातीको

झगडा
नजरसितै
तगडा

पोखरी
रातको बैंस
फोहरी

आएन
खुशीको घाम
छाएन

बोलीको
मिठास ध्वनि
खोलीको

हिमाल
उच्च भावना
विशाल

चेलीको
मनमा बास्ना
बेलीको

हर्षित
मनमा घाम
उदित

उज्यालो
चेत मनको
दियालो

~~~<<>>~~

४. वन्दना जोशी

गुलाब
प्रेमप्रतीक
सद्भाव

मायाको
न्यानो शीतल
छायाको

जवानी
गुलाब फूल
कहानी

जनमा
खुसीको दियो
मनमा

वर्षको
शारदी चाड
हर्षको

चरण
श्रद्धा सुमन
अर्पण

आखाँको
इसारा प्रीत
भाखाको

घामको
प्रकाश प्रीत
धामको

माथमा
जमरा श्रद्धा
साथमा

हिन्दुत्व
सगर साथ
बन्धुत्व

बातको
मिठास धून
प्रीतको

दसैंको
आशीष हर्ष
रसैको

~~<<>>~~

 

५. विविधा भारती

स्वादिलो
श्रमको मह
भरिलो

जोसको
बैसालु याम
ओसले

प्यारको
पत्र फूलको
धारको

माझीको
श्रमको माछा
बल्छीको

खँदिलो
मन मान्छेको
हँसिलो

गाढा छ
पीडा मनमा
काँडा छ

तुवाँलो
ईखको कालो
भुवाँलो

सँगालो
प्रीतिको फल
अँगालो

तारक
दम्भ उदण्ड
कारक

सरल
हृदय नदी
तरल

रवाफ
फूलमा काँडा
जवाफ

आस्थाको
हिमाल उच्च
निष्ठाको

~~<<>>~~