मान्छेको भाग्य र दोनका कथाहरू भाग ३२

“आज त उठ्नु पर्यो, बा !”

गाभ्रीलाको घरको संघार नाघ्ने सबै लाल सैनिकहरू उनको फुलेका कपाल देखेर उनलाई बा भनेर बोलाउने गर्थे तापनि यस पल्ट बूढा गाभ्रीलाले त्यस स्वरमा एक किसिमको न्यानोपनाको अनुभव गरे। उनलाई यस्तो लागेको मात्र हो वा वास्तवमा नै प्योत्रले यस शब्दमा पुत्नसुलभ स्नेह भरेको हो, जे भए तापनि गाभ्रीलाको अनुहारमा निकै लाली चढेर
आयो र उनी भित्री आनन्दको व्यग्रतालाई लुकाउँदै खोक्न थाले ।

“दुई महीना बितेर तेस्रो महीना लागिसक्यो , प्योत्न ! … हिंड्डुल गर्नु पर्छ अब ! ”-बूढा गाभ्रीलाले गुनगुनाउँदै भने ।

बिस्तार-बिस्तार लड्खडाउँदो पाइला सार्दै प्योत्र घरको मूलद्वारबाट बाहिर निस्कियो र फोक्सोमा प्रशस्त हावा पसेकोले सास नै बन्द होला जस्तो भयो। गाभ्रीलाले उसलाई पछिल्तिरबाट टेवा दिइरहेका थिए, जब कि उनकी बुढिया चाहिँ मूलद्वारनेरै हस्याङ-फस्याङ गर्दै थिई र उपर्नाको सप्कोले स्वाभाविक आँसु पुछ्दै थिई ।

जसै उनीहरू धनसारको फुसको छाना नजीकेबाट अगाडि बढे, उनीहरूको धर्मपुत्न प्योत्रले सोध्यो –

“त्यस दिन अन्न त पुर्याउनु भयो के !”

“पुर्याएँ ! ” -बूढा गाभ्रीलाले अनीच्छापूर्वेक जवाफ दिए ।

“अँ, बेस गर्नु भयो, बा ! ”

फेरि पनि ‘बा’ भन्ने शब्दले गाभ्रीलाको हृदय न्यानो भएर आयो। हरेक दिन प्योत्न खोच्याउँदै र बैसाखीको आड लिँदै आगनमा डुलफिर गर्न निस्कन्थ्यो। के खलिहानमा, के टहरोमा जताततै जहाँ गए पनि बुढा गाभ्रीला आकुल-व्याकुल हुँदै र जिज्ञासु आँखाले चारैतिर हेर्दै आफ्नो नयाँ छोरोलाई साथ दिइरहेका हुन्थे । कतै प्योत्र ठेस लागेर लडि नहालोस्‌ !

उनीहरूको बीचमा कुराकानी कमै हुन्थ्यो, तर सरल र सौहार्दपुण पारस्परिक सम्बन्धको गाँठो जोडले कसिंदै थियो ।

प्योत्र घरबाट पहिलो पाली बाहिर निस्केको दुई दिन जति पछि एक पल्ट सुत्नुभन्दा अगाडि चुल्होमाथिको खोप्रोमा आरामसित पल्टेर बूढा गाभ्रीलाले सोधे — “घर कहाँ हो हँ, छोरा ?”

“उरालमा ! ”

“किसानी धन्धा त गर्दा होऔला , हैन ?”

“होइन, मजदूर हुँ ! ”

“के पेशा हो नि यस्तो? कुन किसिमको धन्दामा लागेका छौ? छालाको काम गर्ने चम्रकार कि काठको काम गर्ने सिकर्मी ? ”

“हैन, बा ! म कारखानामा काम गर्थे । फलाम ढाल्ने कारखानामा ! म त्यहीं नै हुर्के ! ”

“आनि रसद बटुल्ने काम किन गर्ने थालेको नि? ”

“सेनाबाटै मलाई यस काममा खटाएर पठाइएको हो।”

“सेनामा तिमी के गर्थ्यौ ? कम्याण्डर थियौ कि?”

“हो, कम्याण्डर थिएँ ! ”
अर्को प्रश्न सोध्न निकै गाह्रो परेको थियो, तर कुरा यतैतिर मोडिएको थियो ।

“त्यसो भए तिमी पार्टी मेम्बर पनि त होऔला ? “_गाभ्रीलाले सोधिहाले ।

“कम्युनिष्ट हुँ। ” -प्योत्रले खुला दिलले मुस्कुराउँदै जवाफ दियो।

उसको यो निष्कपट मुस्कुराहटले गर्दा गाभ्रीलालाई त्यो बिरानो शब्द पनि अरब भयंकर लागेन ।

यत्तिकैमा बोल्ने मौका पर्खेर बसेकी बुढियाले झटपट सोधिहाली –

“जहान-परिवार त छ के तिम्रो, प्योत्र ?”

“आफ्नो भन्नु कोही छैन ! .. म एक्लो छु, आकाशको जून जस्तै ! ”

“के आमाबाबु खसिसके त ?”

“म सानै थिएँ, सात वर्ष जतिको केटो… बाबु रक्सी खाएर झगडा गर्दा मारिए। आमा चाहि कतै जिउ धान्दै होलिन्‌ …। ”

“कस्ती कुकुरनी ! के त उसले तिमीलाई असहाय नाबालक छँदै भाग्यको भरमा छोडिदिई ? ”

“उनी एक जना ठेकदारसित पोइल गइन्‌ । म कारखानामा नै हुर्के बढेको हुँ।”

गाभ्रीलाले आतशखान माथिको खोप्रोबाट गोडा तुलुग तल्तिर झारे। उनी निकै बेरसम्म चूप लागिरहे । त्यसपछि उनले बिस्तार-बिस्तार स्पष्टसंग भन्न शुरू गरे-

“आँत, छोरा ! तिम्रो जहान-परिवार कोही पनि छैन भने हामीकहाँ नै बस…। हाम्रो एउटा छोरो थियो जसको सम्झनामा नै हामी तिमीलाई पनि प्योत्न भनेर बोलाउँछौं.. . ।

उहिलेका कुरा त खुइले। अहिले त हामी दुई जना बूढाबूढी मात्रै छौं…। हामीलाई तिम्रो निकै पीर लागेको थियो।

त्यसैले त तिमीलाई यतिबिध्न माया गर्ने लागिसकेका छौं हामी । तिम्रो नसामा पराई रगत बगिरहेको होला, तर तिम्रो र हाम्रो आत्मीयताको साइनो जोडिइसकेको छ र तिम्रो निम्ति हाम्रो मन दुःख्छ, मानौं तिमी हाम्रा साक्खै छोरा हौ…। हामीसंगै बस ! हामी यसै माटोमा संगसंगै बाँचौला । दोनको किनारामा जमीन, निकै उब्जाउ र दयालु छ…। तिम्रो घरजम बसाएर बिहेको पनि बन्दोबस्त गरौंला…। मैले आफ्नो जमाना बिताइसकें। अब घरधन्दाको अभिभारा तिमी नै आफ्नो काँधमा बोक । केवल यत्तिकै मात्र चाहन्छौं कि हाम्रो बुढ्यौलीको कदर गरियोस्‌ र सास रहुन्जेल एक टुक्रा रोटी खान पाइयोस्‌ .. .। हामी बूढाबूढीलाई छोडेर कतै नजाऊ, प्योत्न ! ”

आतशखान माथिको खोप्रो पछिल्तिर एउटा झ्याउँकिरी झ्याउँ झ्याउँ गर्दै कराएको उराठलाग्दो र कर्कश स्वर सुनियो ।

हावाको झोक्काले गर्दा झ्यालका खापा पनि बेला बेलामा कुइँ कुइँ गर्दै थिए।

“बुढियाले र मैले तिम्रो निम्ति दुलहीको पनि खोजतलासा गर्न थालिसकेका छौं।”-बूढा गाभ्रीलाले स्वरमा कृतिम उल्लास भर्दै आँखा झिम्क्याए , तर उनका ओठ भने काँपिरहेका थिए र उराठलाग्दो मुस्कुराहटको झल्को पाइन्थ्यो ।

प्योत्रले गोडा मुन्तिरको पट पट फुटेको खस्रो भुइँतिर एकोहोरो नजर लगाइराखेको थियो । द्रेबे हातका औंलाले उ मेचमा बिस्तारै खटखट गर्दै थियो। यसले गर्दा बीच बीचमा एक तमासको व्यग्रतामिश्रित आवाज सुनिन्थ्यो – खटखट- खटखट !

लाग्दथ्यो , मानौं उ उत्तर गम्दै होस्‌ ! अनि मनमा एउटा अठोट गरेर उसले मेचमा औँलाले खटखट बजाउन रोक्यो र एक्कासि टाउको झट्कार्दै भन्यो-

“बा, म खुशीसाथ तपाईंहरूकहाँ बस्ने थिएँ, तर मबाट अब राम्रो कामदार शायदै निस्केला …। मेरौ जखमी हात राम्ररी निको भइरहेको छैन, साला ! यसले के काम गरि- खाला ! तर म आफूसक्दो काम अवश्य पनि गर्ने छु। गर्मीयामभरि बसिहेर्छु, अनि देखी जायगा ! ”

“त्यसपछि त सदाको लागि नै हाम्रो साथमा बसौला ! ”- गाभ्रीलाले कुरा टुंग्याउँदै भने ।

बुढियाले खुट्टा चालेर चलाइएको चर्खाबाट पनि रमाइलो गुंजन सुनिन थाल्यो। चर्खाको तकलीमा भुवादार ऊनको धागो कातिएर फरर बेह्लिँदै गइरहेको थियो।

त्यहाँ लोली गाइँदै थियो वा लयदार तन्द्रा स्वरले सम्पन्न जीवनको आभास पो दिइरहेको थियो ! के थाहा र ?