साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

एकादेशका सिनेमा हलहरू…

 

ratna book ads

एउटा समय थियो, मुभी थिएटरका ! नेपालका होइनन् । नेपालका सिनेमा हलहरू अधिकांशतः गाईगोठजस्ता हुन्थे । सिनेमा हलको डिजाइनमा न कुनै आकर्षण हुन्थ्यो न त सरसफाई ! भेडाजस्ता दर्शकहरू कोच्चिदै छिर्थे, जतापायो त्यता पिसाब फेरिदिन्थे अनि पान खाएर पिच्च थुकेका भित्ताका धब्बाहरूमा घिस्रँदै हलबाट निस्कन्थे ।

शायद तिनको तस्बिर खिचेर कसैले राखेको हुन्थ्यो भने, एउटा समयको दर्शकहरूको स्तर देखिन्थ्यो होला ।

सम्बन्धित पोस्टहरु

एक समयमा ठूला सहरहरूमा पनि सिनेमा हलहरू खासगरी सिंगल थिएटर हुन्थे । तिनको भव्यता ठूलो भवन हुनुमा मात्र सीमित हुन्थेन । तिनको डिजाइन, आन्तरिक सजावट, रहरलाग्दा सिट पनि उत्तिकै राम्रा हुन्थे । एक किसिमले त्यो बेलाको विलासीपनको छनक ती सिनेमा हलले देखाउँथे । अहिले ती सिनेमा हलको भव्यता बालापनको स्मृतिमा मात्र सीमित हुन थालेका छन् ।

अमेरिकाका दुई जना फोटोग्राफर भेस मर्कन्ड र रोमेन मेफ्रीले अमेरिकाका विभिन्न ठाउँमा अहिले बन्द भएका सिनेमा हलहरूको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने गरेका छन् । आउनुहोस्, हामी पनि उनीहरूका ती नोस्टाल्जियामा फर्किऔँः

प्रतिक्रिया
Loading...