साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

नाइट ल्यान्डस्केपका संस्थापकको सम्झना

 

ratna book ads

ल्यान्डस्केप चित्र विधामा अर्को एउटा उपविधा पनि छ, जसलाई आर्ट भान डेर निरले चम्काएका थिए । गएको साता उनको निधन भएको ३४४ वर्ष पूरा भयो । यो बेला उनले नाइट ल्यान्डस्केप विधालाई चर्चित बनाउन खेलेको भूमिका पनि हामीले सम्झना आवश्यक छ ।

आर्ट भान डेर निर नेदरल्यान्डका प्रख्यात चित्रकार हुन् । उनी चित्रकलाको सुनौलो युगमा जन्मिएका थिए । त्यो बेला चित्रकला जगत्ले ठूलो ख्याति कमाएको थियो । यस्तोमा धेरै चित्रकारले व्यक्तिचित्र, मिथकचित्र र अनेकन् विधा समाते तर उनले भने खैरो र गाढो नीलो रङमा अँध्यारो ल्यान्डस्केपलाई चित्रमार्फत उजिल्याउन चाहे । चन्द्रमाको चाँदनीमा चम्किएको पृथ्वी, चन्द्रमाको चाँदनीले उजिल्याउन नसकेका बादल, चाँदनीमा रङमङिएका नदी र समुद्र किनार उनका प्रिय अभिव्यक्ति थिए ।

त्यसो त उनले आफ्नो जीवनभर यस्ता चित्रबाट कुनै विशेष सम्मान र विख्याति पाउन सकेनन् । कतिसम्म भने चित्र बनाएर त्यो बेलाका कयौँ चित्रकारहरू सम्पन्न भए तर उनी गरिबीमा मरे । उनको ख्याति भने उनको मृत्युको कयौँ वर्षपछि मात्र सम्भव भयो ।

हाल उनका संसारका विभिन्न सङ्ग्रहालयमा १५० वटा चित्रकलाहरू उनको प्रतिभाको प्रमाण बनेर उभिइरहेका छन् । आउनुहोस्, उनका केही चित्रहरू यहाँ अवलोकन गरौँः

प्रतिक्रिया
Loading...