
नेपाली साहित्यमा हाल मुख्यतः दुई विषयले प्रवेश पाएको छ । पहिलो, आधिकारिक रुपमा अधिकार लिएर अन्य भाषाका पुस्तकहरुको नेपाली अनुवाद गर्नु, र दोस्रो, नयाँ नयाँ विधाहरुको निमाणर् र विस्तार । यसै सन्र्दभमा फाइन प्रिन्टले हालै पाउलो कोहेलो हिप्पीलाई नेपाली संस्करण बजारमा ल्याएको छ । अहिले यस पुस्तकलाई विशेषरुपमा हेरिएको छ । त्यस्तै, बाछिटा, रम्बास कविताजस्ता नयाँ विधाहरुले पनि नेपाली साहित्यमा आफ्नो परिचय स्थापित गराउँदै लगेको अवस्था छ ।
हामीले यस साता “साताका पुस्तक”का रुपमा दुई अनुदित र एक नयाँ विधा बाछिटासहित सात पुस्तकलाई लिएका छौँ ।
१. हिप्पी
जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन युवकको कथा हो हिप्पी । बोके दारी र लामो कपाल पालेको पाउलोले यम्टड्रयाममा कार्ला नामकी डच युवतीलाई भेट्छ, जो काठमाडौँ जानका लागि साथी खोजिरहेकी हुन्छिन् । उनीसँगै पाउलो काठमाडौँका लागि हिँड्छ । अनि सुरु हुन्छ उनीहरुको जीवन परिवर्तन गर्ने प्रेम कथा ।
“हिप्पी”का मूल लेखक ब्राजिलियन मूलका पाउलो कोहेलो हुन्, जसको नेपाली संस्करण भर्खरैमात्र सुरेश बडालको अनुवादमा फाइन प्रिन्टले छापेको छ । ७० को दशकमा युरोपबाट काठमाडौँ आउने हिप्पी ट्रेलको पृष्ठभूमिमा लेखिएको हुनाले यो उपन्यासको नेपाली संस्करणलाई विशेषरुपमा हेरिएको छ । अनुवादक बडालले अघिल्लो वर्ष मौलिक कृति “रहर” बजारमा ल्याएका थिए ।
२. पैतालामा हिउँ, आँखामा हिमाल
नियात्राकार राजेन्द्रमान डङ्गोलको दोस्रो नियात्रासङ्ग्रह हो, पैतालामा हिउँ आँखामा हिमाल । यस कृतिमा व्यावसायिक प्रयोजन, पर्यटन प्रवद्र्धन र स्वतन्त्र वा मनमौजी ढङ्गले सम्पन्न वैयक्तिक शैलीमा प्रस्तुत गरिएको छ । उच्च हिमाली भेगको जनजीवन र संस्कृतिप्रति नियात्राकारको गहिरो अभिरुचि रहेको देखिन्छ । उच्च स्थानबाट देखिने अलौकिक र रहस्यमय दृश्य, भन्ज्याङ, घाँटी, नदीनाला, छाँगा छहरा, तालतलैया जस्ता प्राकृतिक सम्पदाको महिमा आदिले सिँगारिएको सांस्कृतिक झाँकी उनको लेखनको विषय बनेको छ । साथै, उनले पुस्तकमार्फत् जैविक विविधतायुक्त हिमाली, पहाडी बुनोट, जडीबुटी, पशुपन्छीको उपयोगिता र महत्वबारे विभिन्न सूचना र तथ्यसहित आफ्नो अभिमत प्रस्तुत गरेका छन् ।
पेसाले पर्यटन व्यवसायी डङ्गोलले यसअघि “यात्राका पाइला” नियात्रासङ्ग्रह प्रकाशनमा ल्याएका थिए । पुस्तकलाई फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।
३. अनुराग
“अनुराग” आख्यानकार जया ओझाको नवीनतम् उपन्यास हो । मानवीय समवेदनामा सूक्ष्म रुपमा कलम चलाउने ओझाको यो दोस्रो कृति रहेको छ । यसअघि उनले “आवरण” उपन्यासलाई प्रकाशनमा ल्याइसकेकी छिन् ।
यो नारी केन्द्रित विषयमा लेखिएको उपन्यास हो । उपन्यासकार ओझाले नयाँ उपन्यास “अनुराग”मा नारी शक्ति र समथ्र्यका आयमहरुलाई मिहीन रुपमा केलाउने प्रयास गरेकी छिन् । साथै, उनले मातृत्वका विषय तथा कोणहरुलाई समेत संवेदनशील तर फरक तरिकाले प्रस्तुत गरेकी छिन् ।
उपन्यासलाई शिखा बुक्स प्रकाशन गृहले बजारमा ल्याएको हो ।
४. सपुनामली र अन्य कथाहरु
श्रीलङ्काकी कवि तथा साहित्यकार कन्चना प्रियकण्ठाको कथाहरुको अनुदित सङ्ग्रह हो, सपुनामली र अन्य कथाहरु । यसको नेपाली अनुवाद भिष्म उप्रेतीले गर्नुभएको हो । यस अनुदित सङ्ग्रहमा प्रियकण्ठाका ९ वटा कथाहरु सङ्ग्रहित छन् ।
प्रियकण्ठा सिँहाला र अङ्ग्रेजी दुबै भाषामा कलम चलाउँछिन् । उनका कविता र आख्यानका गरी ८ वटा पुस्तकहरु प्रकाशित छन् । उनले ड्रिम क्याचर नामक कथासङ्ग्रहका लागि Godage National Literary Award – 2019 प्राप्त गरेकी छिन् । उनी केही वर्षअघिसम्म श्रीलङ्काको ओपन युनिभर्सिटीमा अङ्ग्रेजी भाषाको प्राध्यापन गर्थिन् । अहिले उनी केएसपी पब्लिसर्स नामको प्रकाशन गृह तथा केबुक्स नामको पुस्तक वितरण गर्ने संस्था चलाउँछिन् ।
५. अक्लान्त
अक्लान्त नविनतम् विधा “बाछिटा”हरुको सङ्ग्रह हो । यस सङ्ग्रहको सिर्जना अमर त्यागीले गरेका हुन् ।
त्यागीका बाछिटामा युगादि चेतना र सामयिक परिघटनाहरु सुन्दर ढङ्गबाट प्रकट भएका छन् । जसको अध्ययनबाट पाठकहरुले गम्भीर भावको रस्वादन गर्न सक्छन् । साथै, उनका बाछिटाले समसामयिक विकृति र विसङ्गति विरुद्धका आवाजलाई तीक्ष्ण रुपमा मुखरित गरेको छ । उनका बाछिटाको प्रवृत्तीगत विशेषता र त्यसको मौलिक सृजनाशिल्प ओजपूणर् रहेको छ । त्यस्तै, कला, गला र दर्शनको ध्वन्यात्मकताले सिञ्चित बाछिटासङ्ग्रहलाई कलात्मकका साथै सफल बन्न पुगेको छ ।
६. उत्तराखण्ड चारधाम
शोभादेवी पन्तको नयाँ कवितासङ्ग्रह हो उत्तराखण्ड चारधाम । यस सङ्ग्रहमा विभिन्न भाकाका ४३ वटा कविताहरु सङ्ग्रहित छन् ।
पन्तका कविताहरु सामाजिक दुव्र्यवहार, थिचोमिचोविरुद्ध एक सशक्त नारीको परिकल्पना गरी नारी सशक्तिकरणमा समसामयिक स्वर दिन उद्धत छन् । उनका कवितामा कतै शस्त्रीय छन्दको प्रभावमा वाणर्िक छन्द छ, कतै लोक छन्द त कतै उन्मुक्त छन्दको प्रयोग भएका छन् ।
७. ढुङ्गाको प्रेम
“ढुङ्गाको प्रेम” युवा कवि गिरिराज बाँस्कोटाकृत नविनतम् कवितासङ्ग्रह हो । यस सङ्ग्रहमा लामा छोटा गरी २७ विभिन्न शीर्षक र विषयवस्तुमा केन्द्रित कविताहरु सङ्ग्रहित छन् । सङ्ग्रहलाई शिखा बुक्स प्रकाशन गृहले बजारमा ल्याएको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
साताका सात पुस्तक : पाउलोको काठमाडौँ यात्रादेखि ढुङ्गाको प्रेमसम्म
‘याज्ञवल्क्यस्मृति’को लीलावती व्याख्यादेखि ‘मूल्यवान् जिन्दगीका अनमोल आधारहरू’सम्म
२२ कार्तिक २०८२, शनिबार 







