साहित्यपोस्टले सुरु गरेको लामो दुरीको यात्राले आज दोस्रो साता पूरा गर्‍यो । यहाँ त्यसकाे कथा सुनाउन लागेका छैनौँ, केवल यो स्तम्भको आवश्यकता किन पर्‍यो त्यसको थोरै स्पष्टीकरण दिने प्रयास गर्दैछौँ ।
साहित्यपोस्ट सुरु हुनेबित्तिकै हामीलाई दैनिक सयौं रचनाहरु प्राप्त हुन थाले । तीमध्ये कविता र तिनका उपविधा धेरै थिए । पाठकको कविता मोह देखेपछि हामीले यसको छुट्टै डेस्क स्थापना गर्नुपर्‍यो ।
हामीलाई लाग्यो, सयौँ रचनाहरु मध्येबाट प्रत्येक साता उत्कृष्ट तीन किन नछान्ने ? यसो गर्दा समय कम भएका पाठकहरु सिधैँ यो सेक्सनमा प्रवेश गरेर उत्कृष्टतम रचनाको स्वाद लिन सक्नुहुनेछ । धेरै कविहरुले आफ्ना राम्रा कविताहरु फेसबुकमा राख्ने गरेको पाइन्छ । त्यस्ता रचना साहित्यपोस्टका फराकिलो साहित्यप्रेमी पाठकसम्म नपुगेरै हराउने देखेपछि पनि हामीलाई यो स्तम्भ सुरु गर्न प्रेरित गरेको हो ।
सयौँ कवितामध्ये तीनवटा मात्र छान्दा धेरै राम्रा कविता छुट्दा रहेछन् तर यी कविता पढेपछि हाम्रा प्रिय पाठकहरुलाई थप कविता पढ्न प्रेरित गर्ने रहेछ । गएको साता उत्कृष्ट तीन प्रकाशन भएपछि ती पाठकहरु पुनः कविता सेक्सनमा गएको हाम्रो इन्टरनेट ट्राफिकले बताइरहेको थियो ।
यससम्बन्धी तपाईँहरुको विचार पनि हामी सुन्न लालायित छौँ । तल कमेन्ट बक्समा आफ्ना अमूल्य सुझाव, सल्लाह, गुनासो र मार्गनिर्देशन दिनु भए सबै यसलाई सबै साहित्यप्रेमीहरुको साझा मञ्च बनाउने हाम्रो अभियानलाई ठूलो टेवा पुग्ने थियो ।
अब पढौँ, हाम्रो काव्य विभागले सिफारिस गरेका साताका तीन उत्कृष्ट कविताहरु…