साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

लघुकथा – इमेरजेन्सी

Chovar Blues Mobile Size

अस्पताल….हावामा एक प्रकारको दुर्गन्ध व्याप्त । हावामा एक प्रकारको खैलाबैला व्याप्त । प्रायः अँध्यारो अनुहार र झोक्रिएका शरीरहरूको अस्वस्थ भिड । एक महिला कुनादेखि अर्को महिला कुनासम्म पुगिरहेका कमजोर आर्तनादहरू कर्तव्यको चोखोपना झल्काउने दूधजस्तो सेतो युनिफर्ममा कोइलाजस्तो मन बोकेका कतिपय शरीरहरूको आवतजावत ।

अस्पतालको वातावरणमा सधैँ एक प्रकारको नक्कली गम्भीरता ओढेको “इमेरजेन्सी” व्याप्त हुन्छ । एउटा स्वस्थ डाक्टर दुई हात कम्मरमा लगाएर उभ्भिएको छ । उसको अघि बेडमा एउटी बोज्यू हात जोडेर बसेकी छन् । डाक्टर बोल्छ (बोज्यूसँग हैन तर नर्ससँग)

…. “इसको तो कल हि छुट्टी दिया था । लेकिन आज भी ।” बोज्यू दुःख बिसाउँछिन्- “हजुर, म कहाँ जाऊँ ? मेरो कोही पनि छैन” ।

युवराज घलेभाइ (सिक्किम)

.. नचढ्नुपर्ने हो तर एउटी स्वस्थ नर्सलाई रिसको पारा चढ्छ, “यहाँ तिमी मात्रै बस्ने हो र ? यो बेड खाली गरिहाल लु…लु…झट्टै !! गरिखानु नसकेर यहाँ डगिखानु आएको ।” निष्ठुर वचनहरू एकापट्टि अर्कोपट्टि आँसुका थोपाहरू । यति बेलै थुप्रै मान्छे आउँछन् अनि उनीहरूसितै खस्याक र खुसुकको एउटा भेलै उर्लन्छ त्यहाँ । नयाँ पेसेन्ट….भिआइपीको ‘केन्डीडेट’ अरे….

sagarmani mobile size

…उसको रिलेसन चैँ फलानो सेक्रेटरी । वरिपरि निकै रातो पिरो र उज्यालो अनुहारहरू देखा पर्छन् ।

…. खबरले वातावरणमा ‘करेन्ट’ लाग्छ । नर्सहरू, डाक्टरहरू त्यतै टाँसिन्छन् । जाँच गरेजस्तो आँखा झिम्किँदा-नझिम्किँदै त्यहाँ ‘स्पेसलिस्ट’ हरू तैनाथ देखिन्छन् । सबै विशेष कर्तव्यको पालनमा विशेष व्यस्त । त्यति बेलै एउटा साधारण देखिने मान्छे आएर त्यो भिडमा कुनैलाई भन्छ- “डाक्टर साहेब, नम्बर ३ , बेडको पेसेन्टको हालत सिरियस छ । दया गरी एकछिन आइदिनुहोस् न ।”

– आफ्नो विशेष कर्तव्यमा विशेष व्यस्त त्यो व्यक्तिले भन्छ, “देखेनौ म बिजी छु । हिजोको टेबलेट खाइदेऊ । यहाँ इमरजेन्सी केस आयो । हामी

भ्याउँदैनौँ ।”

म पनि डाक्टर साहेबलाई इलाज गराऊँ भनेर अस्पतालमा गएको थिएँ ।

त्यहाँबाट त्यत्तिकै फर्किएँ ।

कतिपय यस्ता शिक्षा हुन्छन्, जो विद्यालयमा पाइँदैन । आज त्यस्तै एउटा शिक्षा मैले पाएको थिएँ । अब ‘म’ बुझ्न सक्ने भएँ कि ‘अरजेन्ट’ र ‘इमरजेन्सी’ भन्ने शब्द गरिबहरूका निम्ति होइन रहेछ ।

______________________________________

युवराज घलेभाइ / गान्तोक सिक्किम ।

 

प्रतिक्रिया
Loading...