साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

चित्रकार एन्थोनी थिएमको समुद्रप्रेम

 

नेदरल्यान्डको समुद्री किनारस्थित सुन्दर सहर रोटरड्याममा सन् १८८८ मा जन्मिएका एन्थोनी थिएमलाई जीवनभर समुद्रले तानिरह्यो । उनले धेरै चित्रहरू समुद्र किनारकै बनाए । त्यसैले उनलाई मरिनर भनेर पनि चिनिन्छ । उनले समुद्रलाई विविध कोणबाट चित्रमा उतारे ।

हेगको रोयल एकेडेमी तथा एकेडेमी अफ फाइन आर्ट्सका विद्यार्थी उनी प्रख्यात इटालेली प्रभाववादी चित्रकार एन्टोनियो मन्सिनीका चेला पनि थिए ।

bahulako diary small and inside post

औपचारिक अध्ययन सकिएपछि उनी सारा युरोप र दक्षिण अमेरिकाको यात्रामा निस्किए ।

सन् १९१७ ताका थिएम पहिलो पटक अमेरिका पुगे । त्यहाँ उनले किताबको आवरण बनाउने तथा किताबका चित्राङ्कन गर्ने काम पाए । १९२८ देखि भने उनले आफ्ना सुन्दर चित्रकलाहरू बेचेर जीवन गुजारा गर्ने अवस्थामा पुगे । उनका चित्रकलाहरू न्युयोर्क, लन्डन तथा पेरिसका प्रख्यात ग्यालरीमा प्रदर्शनी हुने अवसर मात्र पाएनन्, तिनले राम्रो प्रशंसा समेत पाउन थाले ।

सन् १९२९ मा उनी म्यासाचुसेट्स राज्यको रोकपोर्टमा सरे र आफ्नै कला स्कुल खोले । १९४६ सम्म उनले त्यहाँ विद्यार्थीहरूलाई पढाए तर सोही वर्ष उनको सो कला स्कुलमा आगो लाग्यो र ३० वर्षदेखि लगातार सिर्जना गरेका अधिकांश कला जलेर नष्ट भयो ।

आउनुहोस्, आज उनका बचेका सिर्जनाहरूको अवलोकन गरौँः

प्रतिक्रिया
Loading...