कोठाको झ्यालबाट बाहिर चिरबिर-चिरबिर आवाजहरू सुन्छु । केही युवतीहरूको स्वर हिँडिरहेको हुन्छ । पर्दा खोलेर झ्यालबाहिर हेर्छु ।
निराश हुन्छु । सोच्छु -‘राम्री हुन पनि निकै गाह्रो छ, भाग्य चाहिन्छ ।’
केटीहरू आफ्ना ईश्वरीय अनुहार फर्काएर बाटो लागे । युवतीहरू यौवनले दिएका नितम्बहरू लच्काउँदै हिँडिरहेका थिए । म उनीहरूलाई हेरिरहन्छु । हिन्दी फिलिम वेलकमको संवाद सम्झन्छु ।
‘तुम लड्किमे क्या देखते हो ?’
नायक भन्छ -‘वो त्यो डिपेन्ड कर्ता हे ना । लड्की आरही हे कि जारही हे ?’
फेरि खुसी हुन्छु -‘त्यसकारणले ईश्वरले शरीर बनाए । ईश्वर त्यति कठोर पनि छैनन् ।’
सोच्छु -‘अनुहार नराम्रो हुनुमा नारीको केही गल्ती छैन तर शरीर नराम्रो बनायो भने नारीकै गल्ती हुन्छ ।’
‘मन नि ?’ मेरो मनको कल्पनातीत नारीले प्रश्न गरिन् -‘तिमी नारीको मन हेर्दैनौ ?’
‘कुन चैँ तोर्पे केटाले सुन्दरताभन्दा पहिला मन हेर्ला र ? पुरुषहरूले नारीमा हेर्ने पहिलो नजर सुन्दरताको खोजी हो । मन, व्यवहार, धन क्रमशः सुन्दरतापछिका प्राथमिकता हुन् ।
‘त्यसो भए मन हेर्ने केटाहरू हुँदैनन् त ?’ युवतीले फेरि प्रश्न गरिन् ।
‘हुन्छन् । अपवादहरू हर नियममा हुन्छन् ।’
मन भन्दै थियो । गन्दै थियो । पाँचदेखि दश प्रतिशत केटीहरूमात्र राम्री हुने अवसर पाउँछन् । त्यो दश जनाको हुलमा मुस्किलले एकको अनुहार चम्किलो थियो । अर्का पाँचदेखि दश प्रतिशतको कुनै अवसर छैन । बाँकी ८० प्रतिशतहरू जे बन्न चाहन्छन् बन्न सक्छन् । भनिन्छ -‘यु आर नट अग्ली यु आर जस्ट पोर ।’ तिमी नराम्री छैनौ केवल गरिब मात्र हौ । गरिबी सोचको होला । अर्थको होला । आफूलाई प्रस्तुत गर्नु पनि खुबी हो । सेक्सी हो ।
कट्रिना कैफलाई जुम्लामा लगेर केही समय राखौँ त कस्ती देखिँदी रैछिन् ?
आखिर अवसर सबैको हुँदो रहेछ । पुरुषहरू महिलाहरू निराश हुने चैँ होइन है ।
युवतीहरू पर्दाबाट ओझेल नभइन्जेल आँखाका पर्दाले शीतलता पाए ।
थाहा छैन म कहाँबाट यस्तो स्ट्याटिस्टिक भेटाउँछु । म पढ्दै थिएँ -‘हरेक दिन केही समयमात्र महिलाहरूको स्तन हेर्ने हो भने मानिसको आयु ५ वर्ष बढ्छ रे ।’
सोच्छु -‘यो खबरमा पुरुषको आयु बढ्नेमा त कुनै शङ्का रहेन तर के महिलाहरूको पनि ?’
स्तन मात्र होइन हरियो स्याउ हेरेमात्र पनि उत्तिकै मात्रामा उमेर बढ्न सक्छ रे ।
यो त पश्चिमाहरूले गरेको अध्ययन भयो । सायद आफ्ना बच्चाहरू हेर्ने हो भने पनि उमेर बढ्छ । आफ्ना बच्चाहरूले दिने खुसी बिरलै अरू कुनै वस्तुहरूले दिन्छ । खुसीले उमेर बढाउँछ ।
पुरुषको मन अचम्मको छ । केही केटाहरू जमघट भए भने हरेक दोस्रो कुरा केटीहरूको हुन्छ । चाहे त्यो सानो उमेरमा होस् या बुढ्यौली उमेरमा । लाग्छ पुरुषहरू विवाह यौनका लागि गर्छन् । विवाहसँग आउने अरू बोझ पुरुषहरू उठाउन चाहन्नन् । उमेरअनुसार सोच परिवर्तन अवश्यै हुन्छ तर प्रायः युवकहरू युवतीको शरीरमात्र चाहन्छन् जस्तो लाग्छ । मनका बोझहरू हल्का गर्न त पुरुषहरू पुरुष साथी यथेष्ट भेटाउँछन् । एक मनले प्रश्न गर्दै थियो -‘के भनेको बेला यौनसन्तुष्टी पाउने हो भने पुरुषहरूले विवाह गर्ने थिए ?‘
…….
ठिक छ । पुरुषमा प्रेम हुन्थ्यो तर विवाह सोधेको ?
विवाह प्रायः महिलाहरूका लागि हो । हामीले सुनेका, भोगेका, सिनेमाहरूमा देखेका पनि छौँ होला । प्रेममा पर्ने युवतीको हरेक दोस्रो प्रश्न हुन्छ -‘विवाह कहिले गर्छौ ?’
सायद हाम्रो जस्तो समाजमा, समाजले खोजेको सुरक्षाका लागि महिलाहरू विवाहको बन्धनमा बस्न चाहन्छन् । उमेर पुगेका प्रायः (यस समाजका) महिलाहरू एक विश्वासिलो श्रीमान् खोजिरहेका हुन्छन् । समाज अनि परिस्थितिले जे मस्तिस्कमा हालिदियो । अरूले जे गरी आएका छन् त्यो हेर्दै, सुन्दै मानिसले सिक्ने हो । उमेरले जे ल्याउँछ त्यो गर्नुपर्छ । ठिक समयमा ठिक कुरा गर्नुपर्छ । बच्चाहरूले खेल्न, दगुर्न, उफ्रिन र काटुर्न हेर्नुपर्छ । समयमा विवाह, समयमा बालबच्चा जन्माउने, समयमा पढाइ सकाउने काम गर्नुपर्छ । बच्चाहरू सानैमा नउफ्रिई ज्ञानी भएर बस्न थाले भने उल्टो उनीहरूमा केही समस्या छ भनेर सचेत हुनुपर्छ । सानै उमेरमा तरुण सोच आयो भने अर्को समस्या ।
त्यस्तै उमेरमा विवाह नगरे केही समस्याहरू आउन सक्छन् । भनेका बेला साथी नपाइने हुन्छ । भलै आजकलको व्यस्त समयमा भनेका बेला बुढाबुढी भेटिने सम्भावना कम हुन्छ तर विवाहले कमसेकम आफ्नो कुरा सुनिदिने कोही मान्छे भिडाएको त हुन्छ । एक्लो शरीरलाई आफू एक्लो मन भएको महसुस हुन्छ । भएका साथीहरू कि त आफ्ना प्यारासँग हुन्छन् कि त आफ्ना बालबच्चासँग । हर कोही मानिस एक्लो हुन चाहँदैन । अरूले छोडेको हुन चाहँदैन । उमेरमा त साथी नभए पनि समस्या नहोला तर बुढ्यौलीमा एक्लो भइयो भने ठुलो समस्या हुन्छ । सायद विवाह बुढेसकालका लागि हो ।
म एक्लै बाँच्न सक्छु भनेर आँट देखाउने पनि समाजमा भेटिन्छन् तर म ठोकुवाका साथ भन्न सक्छु उनीहरूलाई दोस्रो विचार अवश्यै आएको हुन्छ । कोही नसकेर अथवा आँट नभएर हिम्मतिला देखिन्छन् । कोही निःस्वार्थ प्रेममा परेर पनि होलान् ।
म सही छु किनभने हाम्रो समाजको बनावट यस्तै छ । अनि हाम्रो समाजका मानिसहरू हरेक समाजको जस्तै अरूभन्दा पछि पर्न चाहँदैनन् । चाहे त्यो विवाह गर्न होस् या बच्चा जन्माउन पनि ।
तर प्रेम जहिले गरे पनि हुन्छ है ।
केटाहरू विवाह नै गर्छु भनेर हतारिने निकै कम हुन्छन् । पुरुषले विवाह कि करकापमा गर्छ कि यौनको लागि गर्छ । यो स्वाभाविक प्रक्रिया हो । हरेक कुराहरू जो धेरै हुन्छन्, प्रायः मानिसले गर्छन् ती स्वाभाविक बन्छन् । नारीको मनमा यौन दोस्रो तेस्रो प्रथमिकतामा पनि पर्दैन तर पुरुषको त पहिलो । साह्रै सोझो केटो अथवा साँचो प्रेममा पहिलोचोटि परिरहेको रहेछ भने मात्र दोस्रो ।
उमेरमा बच्चा भएन भने पनि अनेकन् समस्या आउन सक्छन् । बढ्दो उमेरसँग आउने स्वास्थ्यका समस्याहरू धेरै हुन्छन् ।
एक्लो हुने साथीहरूले पढिरहनुभएको छ र हरेस खाइरहनीभएको छ भने म माफि माग्न चाहन्छु है ।
….
साथीहरू यो माथिको प्रश्न मनन गर्दै गर्नू त्यतिन्जेलसम्म म अर्को प्रश्न सोध्छु । एक सुन्दर युवती बिएमडब्लु कार चलाउँदै आएर भन्छे, “मबाट जे लिन मन छ लिऊ ?”
यस्तो सुन्दर मौकाको सोचमै भए पनि सुअवसर पाएको थिएँ । मेरो युवावस्था थियो । यो प्रश्न सोध्ने साथी चुट्किला भन्दै थियो । केटाले कार लिएर गयो यार ।
त्यो समयमा मरी-मरी हाँस्ने म आज त्यस केटाको बुद्धि देखेर लज्जास्पद छु ।
त्यो बिएमडब्लुमा चढेर त्यो केटाले अरू कति केटी पट्यायो होला ?
म त गाडी रोज्थेँ । अधबैँस पुग्न लागेका केही साथीहरूले भन्नुभयो । यो उमेरमा के केटीको पछाडि लाग्नु । घरमा बुढी छे । एकलाई त समाल्न गाह्रो भइरहेको छ के अर्कीमा हात हाल्नु । अरू बाँकी साथीहरू सुन्दरीको अधरपान गर्न लालाहित हुनुहुन्थ्यो । जिन्दगी एकचोटि जिउने हो यार । इन्भेस्ट इन एक्सपिरेन्स देन लर्निङ । जिन्दगी जिउने हो ।
खैर तपाईँ के सोच्नुहुन्छ ? यी प्रश्नहरूको उत्तर मलाई लेखेर पठाउनुहोला । (dbinod@gmail.com) । यो लेखको उद्देश्य प्रश्न साधेर अर्को लेखका लागि खुराक तयार पार्नु पनि हो । अग्रिम धन्यवाद ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।