आन्द्रे रेबस्किन (१०-२९-१८६१ देखि १९०४-०५-१०)

ऐतिहासिक पेन्टिङहरूमा नाम बनाएका र खासगरी मस्कोको जीवनशैली तथा १७ औँ शताब्दीको जीवनशैलीलाई आफ्नो कला शिल्प बनाएका आन्द्रे रेबस्किनको हिजो शुक्रबार १६० औँ जन्मदिवस मनाइयो ।

यी रूसी कलाकार ऐतिहासिक चित्र बनाउन माहिर थिए । उनले मस्कोको जीवनशैलीलाई मात्र प्रदर्शित गरेनन्, उनले गाउँले जीवन, तिनका विशेषता पनि पेस गरे । ती सबै कुरा उनको जीवनको अन्तिम समयमा निकै रूचिपूर्वक दर्शकहरूले नियाले । जीवनभर उनले ती जीवनलाई जसरी चाख लिइयोस् भन्ने चाहेका थिए, अन्ततः त्यो पूरा भयो ।

उनले सन् १९०१ मा बनाएको द वेडिङ ट्रेन इन मस्को सर्वोत्कृष्टमध्येमा मानिन्छ ।

आन्द्रेलाई उनको देश र इतिहासप्रेमका एक मानक प्रेमीका रूपमा लिइन्छ । उनका कामले त्यो बेला निकै चर्चा र पुरस्कारसमेत प्राप्त गरे । समीक्षकहरूले पनि उनका कामलाई रूचाएको पाइन्छ । विदेशी समीक्षकले पनि उनलाई रूचाएको देखिन्छ ।

आज हामी तिनै महान् चित्रकारको १६० औँ जन्मदिनको अवसरमा स्मरण गर्नेछौँः