Chovar Blues Mobile Size

मान्छेको भाग्य र दोनका कथाहरू

भाग २९

 

एकाएक टुइँय गोली चलेको आवाज सुनियो र त्यसपछि आगनमा एक छिनको लागि निस्तब्धता छायो । त्यस बेला दुई पल्ट बन्दुकको घोडा दबाइएको आवाज गरायो र रित्तो टोटा स्याट स्याट हुर्रिएर बाहिर निस्कियो ।

शुरूको किंकतव्यविमृढता बिलाएर गयो । स्वरणकेशीले ढोकाको पाखोमा आड लागेर बाउँठिएको हातले निक बेरपछि बल्लतल्ल पिस्तोलदानीबाट रिभल्भर झिक्यो। अध्यक्ष चाहिँ निहरिएर खरायोको तालले फत्य्राक-फत्य्राक उफ्रिदै आगन पार गरी खलोतर्फ लम्किए। एक जना रसदवाला घुँडाले भुइँमा टेक्न पुग्यो र कठबारको पल्लोपट्टि यताउति हल्लिरहेको भेडाको कालो छालाको भुवादार टोपीलाई निशाना बनाउँदै उसले पटापट ओफ्नो छोटो बन्दूकको सबै गोली रित्त्याइदियो । आगनमा अन्धाधुन्ध गोलीको वर्षा भयो। बूढा गाभ्रीलाले आफ्नो गौडा मुश्किलले हिउँबाट झिके र येनकेन घरको मूलढोका पछाडि पुगे । त्यहाँबाट चियाएर हेर्दा उनले के देखे भने साबरको ज्याकेट लगाइराख्ने तीनै जना हिउँको थुप्रोमा ठक्कर खाँदै र लड्खडाउँदै जथाभावी खलोतर्फ भागेर गए, साथै घोडचढीहरूको एक हुल चाहिँ रमाउँदै पूर्ण रूपले खुला ढोकाबाट ग्वारग्वारती आगनमा पस्यो ।

कुबान-टोप ढल्काइराख्ने र खैरो घोडा चढ्ने नाइके चाहिं काँठीमा झुकेर आफ्नो टाउकोमाथि तरवार नचाउँदै थियो। उसले लगाइराखेको पोशाकको सेतो फेर राजहंशको पखेटा जस्तै बूढा गाभ्रीलाको अगिल्तिर झल्याकमल्याक गर्दै थियो र घोडाका टापहरूबाट उछ्ट्टिएर आएका हिउँका कणहरू चाहिँ उनको अनुहारमा नै छ्यापिंदै थिए।

असाध्य कमजोरी, अनुभव गर्दै बूढा गाभ्रीला बुट्टा कुँदिएको मूल ढोकाको एउटा खामोमा अडेस लाग्ने बित्तिकै एउटा खैरो घोडाले बुर्लुक्क उफ्रेर कठबार पार गरेको र जौंको छ्वाली केही झिकिएको एउटा कुन्यूनेर त्यो घोडा हिनहिनाउँदै खडा भएको उनले देखे। त्यसमा सवार भएको घोडचढी चाहिँ काँठीमा निहुरिएर एक जना भुइँमा ढलिसकेको रसदवालामाथि भरमारसित तरवार छप्काउँदै थियो ।

खलोमा अस्पष्ट हल्लाखल्ला र चित्कार सुनिन्थ्यो, कसैले बिस्तार-बिस्तार कनेको आतनाद पनि सुनिन्थ्यो। एकै छिन पछि गाल्न एक पह्ट गोली चलेको आवाज ग्रायो। गोली
हानाहानले तर्सेका परेवाहरू भखर भर्खरै मात्र धनसारको छानामा के! बसेका हुँदा हुन्‌ फेरि बैजनी रंगका छर्रा छुटे झैं प्राकाशतिर नै उडेर गए । घोडचढीहरू हत्तरपत्तर खलोतर्फ दौडिए ।

यत्तिकैमा गाउँमा अविरल टाङ-टाङ-टुङ-टुङको घनघोर स्वर गुन्जायमान भयो । गाउँको पाशा भन्ने एक जना बुद्ध घण्टा-घरमा उक्लेर आफ्नो मुर्ख्याइँलि गर्दा सबै घण्टाहरूको डोरी एक ठाउँमा समेटेर संकटको घण्टी बजाउनुको साटो ईस्टरको उत्सववृत्यको धूत बजाउँदै थियो ।

कुबान-टोप लगाइराख्ने नाइके चाहि बूढा गाभ्रीलाको नजीकै आयी । उसले सेतो दुपट्टाले आफ्नो काँध छोपिराखेको थियो। पसीनाले भिजेको उसको अनुहार फडफडाइरहेको थियो र ओठको कुनाबाट राल चुहिएला जस्तो थियो।

“जौ त होला के ?”

बूढा गाभ्रीला मुश्किलसंग मूल ढोकाको सीढी उक्लिए भर्खरै, आफूले देखेको दृश्यले गर्दा उनी आकुल-व्याकुल थिए र उनको जिब्रो नै लाटिएर वाक्‌ फुटिरहेको थिएन ।

“कानले पनि सुन्न छोड्यो कि क्या ? !.. जौ छ कि छैन भनेको? एक बोरा जौं झट्टै झिक ! ”

तर घोडाहरूलाई चारादाना ख्वाउने आरीसम्म जौं लिएर जान नभ्याउँदै एक जना घोडचढी ढोकैमा आइपुग्यो ।

“घोडामा सवार होऊ ! .. पहाडतिरबाट पैदल फौंज आउँदै छ |

नाइकेले बाफ उडिरहेको पसीनाले निथ्रुक्क भिजेको घोडालाई सराप्दै काँठी कस्यो र निकै बेरसम्म आफ्नो दाहिने बाहुलाको मोहरी हिउँले दल्न थाल्यो जहाँ चम्किलो रातो रंगको बाक्लो दाग लागिरहेको थियो।

आगनबाट पाँच जना घोडचढीहरू निस्केर गए । पछिल्लो चाहिँ घोड्चडीको काँठीमा बूढा गाभ्नीलाले स्वर्णकेशी रसद संकलनकर्ताले लगाइराखेको साबरको पहेंलो भुवादार ज्याकेट देखे जसमा रगतका छिटाहरू परेर छिरबिर बुट्ठा बनेको थियो ।