कोरोना डायरी ३४
१३ वैशाख २०७७ (२५ अप्रिल २०२०)
लकडाउन २७ औँ दिन आज अलिक ज्यादा समय निद्राले फकाएर लग्यो । साढे चारबजे माथि पुगेँ र तयार परेँ । आजको प्रथम समाचार नै अलिक दुःखद रह्यो । झापाको दमकमा एक ६३ वर्षीय नागरिकमा कोरोना पोजिटिव लक्षण देखाप-यो । अब आजदेखि नेपालमा कोरोना प्रभावितको संख्या ४९ पुगेको छ ।
दोस्रोमा एफएम सुनेँ— मेरा मित्र केपी ओलीजीले ल्याएका दुई अध्यादेश फिर्ता लिनुप-यो । चलाकी र मूर्खताले भरिएको योजना बनाएर उनीले स्वार्थ पूरा गर्न खोजेका थिए । तर तत्कालै फिर्ता लिनु परेको थियो । कोरोनामा ध्यान दिनुपर्ने अर्कै घृणित काममा श्रम गयो । त्यो एक षडयन्त्र असफल भयो । तर उनी जस्ता धूर्तमा लज्जा छैन । त्यसले केही हुनेवाला छैन ।
आज पूर्व प्रस्तावित समयदेखि नै बलरामको थिसिसमा पसेँ । हिजो पृ. १५५ पु-याएर सुतेको थिएँ । आज दिनभरि गर्दा दुई सयको नजिक पुगिएला हो । गर्दै गएँ, गर्दै गएँ छ बजेपछि दुई घण्टा बित्यो । शरीर तन्काउनु प-यो भनी कौसीमा पुगेँ । सिमसिमे पानीले जगत् भिजेको छ । जगिङ गर्दै सुन्छु टाढा कीर्तिपुरको जंगलतर कोइली गाउँछ । यता वरिपरि बाक्लै भँगेरा चिर्बिराउँछन् । तर अरु पछि कुनैको परिचित स्वर आउँदैन । त्यसपछि दोस्रो चियासँग फेरि पसेँ, पलेँटी कसेँ, हेर्छु— स्क्रिनमा लेखेछ दैँत्यले ‘रिपेयर्ड’ ‘सेभ’ । मैले कुन चाहिँ थिचेँ र खोलेर हेर्दा आजको चिसामा गरेको सारा काम, शब्दमा लगाएका हाइलाइटर रङ, गरेका शुद्धि र सल्लाह केही छैन । सारा डिलीट एकपल्ट होइन अस्ति पनि बीस पेजसम्म यसरी उड्यो । त्यसपछि मनमा बिरक्ति उठ्यो । कसलाई गालि गर्नु मृत्यु वा विमारको लागि ईश्वरलाई गरे जस्तै हो ।
अनि बलरामलाई मैले लेखेँ यसरी:
प्रिय बलराम सुप्रभात ।
आज पनि अस्ति जस्तै भो । गरिसकेको कर्म सबै उड्यो । यस्तो चिसामा निद्रालाई फकाएर आएको थिएँ । यी बचेका पृष्ठहरु पठाएको छु । अब मलाई केही दिन लाग्छ होला यसरी व्यर्थ गएको समय भुल्नलाई, तिनको क्षतिपूर्ति गर्नलाई । त्यसैले आफूसँगको पूरै फाइल पठाउनू । कोरोनाकाल सकिएपछि बखत भाइलाई बोलाएर यसलाई धुपध्वाँर गर्न लगाउँछु अनि मात्रै काम गरौँला । यसले त्यतिन्जेल लकडाउन भित्रको क्वारेन्टाइन पूरा गरोस् विश्वस्त— गोविन्द ।
(नोट: मैले अंग्रेजीमै लेखेको थिएँ । यहाँ अनुवाद गरेको किनकि बलरामको विद्यावारिधि थिसिस अंग्रेजी अनुवाद नै हो ।)
यति गरेर मुक्त भएको मात्र थिएँ एउटा आवाज आयो । हेर्दा देखेँ— दुई अट्याचमेन्टमा दुई कविता रहेछन्— एउटा नलेखिएको कविता
सर,
कविता पठाएको छु । कविता पहिला अंग्रेजीमा लेखिएको रहेछ । पछि बङ्ला, नेपाली र हिन्दीमा अनूदित भएको रहेछ कवि मनप्रसादबाट थाहा पाएँ । यसो एक दुई महीनाअघि कोरोनाको आक्रमण भएपछि लेख्नु भएको रहेछ ।
नेपालीमा एउटा नलेखिएको कविता अंग्रेजी अनुवादमा एक अनरिटन पोएम अंग्रेजी अनुवाद । दुवै उहाँकै । सँगै एक टिप्पणी पनि ।
एक अत्यन्तै राम्रो एक शक्तिशाली कविता । धेरै अघिको, मैले सम्झेँ— २५ वर्ष पहिले मैले उहाँको एक कागजको कथा शीर्षक कविता सम्झेँ, त्यसको मैले अंग्रेजीमा अनुवाद गरेको थिएँ । अनि केही पछि मैले उहाँका कविता संग्रह अक्षर अर्केष्ट्रको समीक्षा लेखी उत्तरआधुनिक ऐना (२०६४) मा प्रस्तुत गरेका कुरा ।
आजको यो बिहान सार्थक बनाइदिने विर्ख खड्का डुअर्सेलीलाई फोन गरेँ । मन दाइका कविताको लागि धन्यवाद दिएँ । खडकाजी मभन्दा एक वर्ष कान्छा रहेछन् उनी भाइ नाता लगाएँ अनि सोधेँ—
भाइ तपाईंंको घर त डुअर्स होइन ? ‘डबर्सेली’ उपनाम छ नि ।
हो हजूर म त्यही स्थानको हुँ जहाँबाट तपाईंंका मुगलानका पात्र ठूले र सुतार आदि हिँडेर उता गएका थिए । (सुनेर म हाँसेँ)
कस्तो कुरा ! कहिलेका मेरा काल्पनिक पात्र आज ती हिँडेका बाटोको सम्झना गर्ने मानिस भए छन् । ती पात्रसँग आफू परिचित भएको सम्झिन्छन् । हामी पराहार साल उता आसामको पल्लो छेउ जागून पुगेका थियौँ, मानिसहरु भन्थे इन्द्रबहादुर राईकी जयमाया उतादेखि हिँडेर आएको बाटो यही हो तर ती ता कथाकी थिइन् ।
अनि ठट्टामा भनेँ— एउटा डुअर्सको खड्का पनि मिसाइदिनू पर्नेरहेछ मेरा मुगलानका पात्रमा ।
त्यो ठाउँ म हिँडेको भन्दा पनि मेरा पात्र हिँडेको भएर ज्यादा स्मरणीय रहेछ उनलाई । डुअर्सका बिर्ख अहिले सिलिुगडीमै बस्तछन् । उनी हिन्दी नेपाली दुवै भाषामा काम गर्दछन् । भारतीय नेपाली साहित्यको इतिहासलाई उनले हिन्दीमा बनाए, त्यसबाट पुरस्कृत भए, कहिले अन्तर्राष्ट्रिय हिन्दी सम्मेलनमा भाग लिन सुरिनामसम्म पुगेको खबर हालेका थिए । यो जातीय गौरवको कुरा सुरिनाम पुग्न मलाई पनि कत्रो रहर थियो !
तपाईंंको पनि एउटा रचना भए पठाउनोस् पढौँ, भने मैले ।
हिन्दीमा मात्रै छ ।
“भैहाल्छ नि माध्यम जुन भए पनि, हिन्दी मलाई झन् आननदकर लाग्छ ।’
यसरी बिहान बितेर गयो ।
यतिखेर मनमा लाग्दैछ— मानिस पशुप्राणी सबै स्रष्टाले रोपेको बाली हो । यो बारमासे बोटमा पाक्तै गर्छ, स्रष्टाले टिप्तै थन्क्याउँदै गर्छ । कहिलेकाहीँ उसको लोकमा कुनै उत्सव आयो भने धेरै बाली एकैचोटि उठाउँछ । यसपालि कोरोना हरियाली त्यसरी काट्तै छ, उठाउँछ झार्छ । उसको बाली, उसकै खुसी ।
आजको बिहान विचित्र नौलो सूप खायौँ । इस्कूसको लेदो दूधमा पकाएको हो कि कति मिठो थियो । त्यसपछि छोरीले भनिन्— हाम्रो शरीरको नापतौल गरौँ ।
झन्डै एक महिना लामो सेवाको डाइटिङ अनुशासन र दैनिक अर्ध उपवासको अभ्यास गर्दा मेरो पेट एक इञ्ची घटेछ, अञ्जना, सेवाको पनि त्यही अनुपातमा । हाम्रो तौल भने यथावत् थियो ६८ र ६० सेवाको मात्रै तीन केजी घटेको अब उनीसँगको हल्का रमाइलो सकेँ अनि तुलसी चिया कप बोकेर म माथि चढेँ ।
बसेर एकछिन केपीजीले निरङ्कुशता लाद्न संविधानलाई बटार्न थालेको देशव्यापि चर्चा सुनियो । कानूनविद् दिनेश त्रिपाठीको साह्रै कडा अन्तर्वार्ता थियो । उहाँले राजिनामा दिनुपर्छ भन्ने आग्रह थियो । हिजो नै लोकतन्त्र दिवस धन्य जनता जागेर लोकतन्त्र वा संविधन यसपल्टलाई बचाउने छौँ भन्ने निष्कर्ष थियो ।
यसैबीचमा कसैले एउटा क्लिप पठाइदियो सुरज भाइजीको प्रवचन । कोरोना भाइरस मात्र होइन यस्तो कुनै विपत्तिले छोप्ता हाम्रो चेतना कस्तो हुनुपर्छ भन्ने विषयको अत्यन्तै शक्तिशाली प्रवचन रहेछ त्यो । मैले हिजो मात्रै सुसम्पन्न र अति विकसित भएका पश्चिमी राष्ट्रकाहरू भौतिकताका पुजारी अन्धा भएको कुरा लेखेँ । धनासुर बनी मानवता मेटन थालेको कुरा लेखेँ । तर हाम्रो पूर्वमा कस्तो आभा छ, कस्तो चेतना उनै ईश्वरको सृष्टिप्रतिको विनयभाव उनैका उपहारको स्वागत गर्दै हृदयलाई शक्ति र सामर्थ्यले भर्ने कुरा । त्यो दुईपल्ट सुनेँ र बिहानै श्रुतिलिपि उतार्न मिलन आन्टीलाई पठाएको थिएँ । जुन यस प्रकार छः
शक्तिशाली स्वभाव का अभ्यास
सुरज भाइ
ॐ शान्ति
संसार में इस समय सब से बढी समस्या जो बहु चर्चित है चारों अैर जिसका प्रचार प्रसार हो गया है वह है कोरोना भाइसरका बहुत बुरा इफेक्ट । ये संक्रमण चारों और फैलता जा रहा है । और अनेक लोग इस की चपेट में आते जा रहे हैं । संसार की प्रगति रुक गई है कारोबार रुक गये है । सरकार भी काफी सावधानी वरत रही है । काफी तैयारी कर रही है लेकिन फिर भी ये बढ्ता ही जा रहा है । मैँ पहेले ब्रह्मबत्सलको कहना जाता हुँ जो ज्ञान और योगका अभ्यास करते है । जो अब पोजेटिभ हो चुके है । आप सभी को हम सभीको ये संसारको पोजेटिभ एनर्जी देने है । जिसे सुरज की किरणों ने अनेक जीवाणुको नष्ट कर देती है । जैसे और सारे चिजे भी कइ तरह की भाइरसको नष्ट करदेती है । हमारे पास सबसे शक्तिशाली अस्त्र है शक्तिओके भाइब्रेसन्स चारो और फैलाना । तो सभी दो काम करेङ्गे और सबको सिखाएङ्गे भी एक अपने चारो और शक्तिओका पूरा क्रिएट करना, मै मास्टर सर्वशक्तिवान हुँ सातबार अभ्यास करके आपने चारो और शक्तिओ का आभामण्डल क्रिएट किया करे रोज ।इस आभा मण्डलमे कोही भी नेगेटिभ इनर्जी प्रवेश नही करसकेगी । योग अभ्यास सभी करते है, राज योग सभी ने सिखा है । राज योगका अर्थ आत्माका सम्बन्ध परमात्मासे जोड्ना होता है । तो १५ मिनट सवेरे ओर १५ मिनट सामको शक्तिऔके भाइब्रेसन्स सारे संसारमे फैलाने है । सभी राजयोगी भाइ बहनोको उसकी यह सिम्पल विधि अपनानी है मै फरिस्ता ग्लोबके उपर विराजमान हुँ । मै बहुत शक्तिशाली हुँ, मास्टर सर्वशक्तिमान हुँ । और सर्वशक्तिमान जो निराकार शिव बाबा है । उसकी शक्तिओंकी किरण, उसके शक्तिओँ की भाइब्रेसन्स मुझमे आ रहे है । समा रहे है मुझमे और मुझसे चारो और फैल रहे हैं । १५ मिनेटकी अभ्यास करेङ्गे । पहिले सर्वशक्तिवान से इनर्जी लेना फिर चारोँ ओर फैलाना । इससे संसारके लोगोँको बहुत राहत मिलेगी और एक चिज मै कहना चाहुङ्गा जो बहुत अच्छे योगी है जिनका कनेक्सन डाइरेक्ट परमात्मासे है । रोज सबेरे उठकर संसारकी सभी आत्माओसे बाते कियाकरे, उनको कुछ मुक्ति दिलाया करे । योग मुक्ति स्थितिमे स्थित हो कर भिजन बनाया करे कि संसारकी करोडाें आत्मा है हमारे सामने और हम उनसे बात कररहेहै । और बात ऐसी करेङ्गे, तुम भगवान्की सन्तान हो, तुम बहुत शक्तिशाली हो, तुम्हे डरना नही है, ये बुरे दिन समाप्त होजायेङ्गे, अब तुमभी भगवान्से जुडो, अपने अन्दर छुपिहुइ शक्तिओको पहेचानो तुमारे अन्दर यी बहुत बढी तागत है । यिन सभी भाइरसको समाप्त करनेकी सभीको याद दिलाएङ्गे तो मूल रुपसे पवित्र आत्मायेँ हो । पवित्रतामे बिगेष्ट फिलिङ इनर्जी होती है । मोस्ट पावरफुल हिलिङ इनर्जी । अगर हम पवित्रताका अभ्यास करेङ्गे बहुत अच्छा । और अपने देहको पवित्र भइब्रेसन्स देङ्गे तो अगर ऐसा कोही जीवाणु आपकी अन्दर आभी गया कोही भाइरस प्रवेश करगया है, आप इस स्थानपर पहुँच गया है तो भी इसको नष्ट कर सकेङ्गे और इसका अभ्यास है अपनेको यहाँ आत्माको भिजिवलाइज करेङ्गे मै आत्मा हुँ, बहुत पवित्र हुँ, अति सुद्ध हँु, परमपवित्र हु और मुझ से पवित्रकी होल्ड होने के पहिले मेरे ब्रेनमे समारहीहै भिजिवलाइज करेङ्गे कुछ देर । ब्रेनको बहुत इनर्जेटिव कररही है, उसके इम्युनपावर बहुत बढारही है, फिर पूरे शरीरमे फैलरही है । एक एक दो दो मिनेटमे कइ बार अगर हम सारे दिनमे ये अभ्यास करलेङ्गे तब बहुत हि अच्छा इफेक्ट होता रहेगा । हम सभीका यी कर्तव्य है कि हम संसारको मदत करेँ । और जो एक भयका माहोल है, इसको समाप्त करेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।