

रस्किन बन्ड
१७ वर्षको उमेरदेखि लेख्न थालेर ८७ वर्षको उमेरमा आइपुग्दा पनि भारतीय लेखक रस्किन बन्डले लेख्न छाडेका छैनन् । भर्खरै उनको राइटिङ फर माई लाइफः द भेर बेस्ट अफ रस्किन बन्ड पुस्तक निकालेका छन् । उनले यसलाई आफ्ना सबैभन्दा प्रिय लेखनी मानेका छन् ।
आखिर किन त ?
मेरो विचारमा लेख्दा म आफूलाई ज्यादै खुसी भएको पाउँछु । खासगरी बाल्य जीवनलाई फर्केर हेर्दा ती दैनन्दिनी, प्रकृति, चराहरू, जनावर, रूख, जङ्गल सबै सबै मलाई मन पर्छन् । यही कुरा कसैलाई मन पर्छ, कसैलाई मन नपर्न सक्छ । अब जसले मन पराउँछ, उनीहरूका लागि मैले धन्यवाद दिन्छु र जसले मन पराउँदैन, म त्यसमा गुनासो गर्दिनँ । मन पराउनु र मन नपराउनु एउटा चान्सको कुरा हो ।
तपाईंले किताबमा आफू लेखक बन्नुमा स्कुलको पुस्तकालयमा लुकीलुकी पढेका दिनहरूको ठूलो हात छ भन्नु भएको छ । अचेलका बालबालिका निकै कम पढ्छन् । पढ्नमा उनीहरूको अरूचि बढ्दो छ । तपाईंलाई के लाग्छ ?
बच्चाहरू कहिल्यै पनि पढाकू हुँदैनन् । मेरो कक्षामा पनि ३५ जना विद्यार्थी थिए तर हामी पढाकू ठानिने जम्मा दुई या तीन जना थियौँ । पठन जहिले पनि माइनोरटी हुन्छ र सधैँ यस्तो भइरहने छ । अचेल यदि कुनै कक्षामा ३५ जना छन् र २ वा ३ जनाले पढ्न रूचि राख्छन् भने त्यो राम्रो हो । हिजोको तुलनामा आज शिक्षाको व्यापक प्रचार भएको छ । कम्तीमा पठन संस्कृति यसबाट जीवित नै रहन्छ भन्ने लाग्छ ।
नयाँ पुस्ताका सङ्घर्ष गरिरहेका लेखकहरूलाई तिनको आवाज कसरी सुनिएला भनी सुझाव दिनुहुन्छ ?
मैले नयाँ पुस्तालाई लेख्नबाट हतोत्साही गराउन खोजेको त हैन तर अचेलका लेखक छाप्न हतार गर्छन् । उनीहरूले हिज्जे नै स्पष्ट लेख्न सक्दैनन् भने उनीहरूले इज्जत कसरी पाउलान् ? केही प्रकाशकले त ती हिज्जे पनि नहेरी छापिदिन्छन् । यहाँ सयौँ राम्रा लेखकहरूले पुस्तक प्रकाशन गरिरहेका छन् । तर सँगैमा हजारौँ छापिनका लागि व्यग्र छन् तर उनीहरूका लेखनी भने स्तरीय छैनन् भन्ने पत्याउँदैनन् ।
बच्चा बेलाको मौसम र अहिले के फरक देखिरहनु भएको छ ?
गएको साता ज्यादै गर्मी थियो, आज म हिटर तापिरहेको छु । अचानक ठूलो वर्षा भयो । मैले बच्चा बेलामा केही चराहरू देख्थेँ, केही विरूवा र जंगली फूलहरू देख्थेँ । अचेल ती हराइसके । यी परिवर्तनले प्राकृतिक संसारमा प्रभाव पारिसकेको छ र अन्ततः त्यसले हामीलाई पनि असर पार्ने नै छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

