
बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप, दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।
बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा गरिन्छ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्छ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्दै उत्कर्षमा पऱ्याउनुपर्छ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्दै मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्छ ।
बाछिटाको तीन पङ्क्तिबिच भाव र अर्थगत सामञ्जस्यता हुनैपर्छ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमअनुसार हुनुपर्छ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्छ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्छ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिन्छ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडिपछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य मानिन्छ ।
बाछिटालेखनमा उल्लिखित मान्यताको सर्वोपरि महत्त्व रहेको छ। तीन-पाँच-तीन अक्षर मिल्दैमा बाछिटा हुँदैन, त्यसमा प्रकृति बिम्ब र प्रतीकात्मक प्रस्तुति हुनैपर्छ । बाछिटा काव्यिक उपविधा हो । यसको लेखन सहज पनि छ र असहज पनि छ । बिम्ब के हो ? प्रतीक के हो ? वा लक्षणा र व्यञ्जना शब्दशक्ति के हो ? लेखनमा यसको प्रयोग कसरी गर्न सकिन्छ ? भन्ने कुराको गहन अध्ययनबाट स्पष्ट भएर बाछिटा रचना गर्दा यसको लेखन सहज बन्न सक्छ । साथै मानवजीवन र मानवजीवनका सम्पूर्ण क्रियाकलापहरूलाई प्रकृतीकरण गरेर वा प्रकृतिजन्य सम्पूर्ण क्रियाकलापहरूलाई मानवीकरण गरेर अर्थात् प्रकृतिका विविध स्वरूपलाई जीवन भोगाइका विभिन्न पक्षसँग वा जीवनभोगाइका विभिन्न पक्षलाई प्रकृतिका विविध स्वरूपसँग दाँजेर वा तुलना गरेर बाछिटा रचना गर्दा प्रकृतिबिम्बको उपस्थिति पनि देखिन्छ र प्रतीकात्मक पनि बन्छ वा बाछिटालेखन सहज बन्छ ।

बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते सर्जक खगेन्द्र बस्यालको साथ र समर्थनमा बाछिटा काव्यिक उपविधाका परिकल्पनाकार अमर त्यागीले सिद्धान्त निर्माणसहित प्रवर्तन गरेका हुन् । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपस्टको “बाछिटा प्रकाशनमाला-७
-अमर त्यागी
पाँच दर्जन बाछिटाहरू
१. रश्मि भट्ट

रश्मि भट्ट
संसारी
दु:खको छाया
अँधेरी
बुहारी
विकट यात्रा
जुहारी
आँकुरा
खुसीको उच्च
टाकुरा
दुखेको
दिलमा हर्ष
सुकेको
कसर
खडेरी सुख
असर
कटेरो
जुनीको दुखी
बचेरो
सुकर्म
सुरम्य फल
सर्वदा
प्रकृति
फैलोस् सर्वत्र
सुकीर्ति
जलेवा
जोडी प्रेमिल
मलेवा
ऐँसेलु
मायाका कुरा
बैँसालु
तालमा
माछा सिकारी
जालमा
पिपल
छायामा मन
शीतल
~<>~
२. तिला लेकाली

तिला लेकाली
कालको
व्याधि वितण्डा
हालको
चेतना
चिन्तनछाल
वेदना
स्वार्थको
कालिमा मोह
अर्थको
शीतको
टलक बिम्ब
प्रीतको
रहर
वर्षापछिको
बगर
ध्यानको
प्राप्तिशिखर
ज्ञानको
आकाश
झल्ल चैतन्य
प्रकाश
दीपको
ज्योति चेतना
सिपको
सम्मान
श्रद्धाको चुली
समान
दोहोरी
सत्ताको खेल
फोहोरी
पहरा
छातीमा मायाँ
छहरा
पानीको
तरलपन
बानीको
~<>~
३. सुधा बाँस्कोटा ढकाल

सुधा बाँस्कोटा ढकाल
साहित्य
शरच्चन्द्रको
लालित्य
चैतन्य
अनन्त भाव
वैभव
उन्माद
खहरे भेल
प्रमाद
अपेक्षा
झरेको फल
उपेक्षा
पौरख
पाखुरी बल
गौरव
साधना
उज्यालो प्राप्ति
कामना
मित्रता
सुवास मृदु
स्निग्धता
विश्वास
हिमालसरि
आभास
नमन
सदाबहार
सुमन
निर्दोष
भावनामूल
अशेष
मायाँको
अमृत धारा
आमाको
सरिता
सौन्दर्यमय
कविता
~<>~
४. सरस पाण्डे

सरस पाण्डे
पर्वको
संस्कार सौम्य
गर्वको
उत्सव
राष्ट्रिय पर्व
सुखद
सहर
काँडाको फूल
रहर
दसैँको
मेलमिलाप
हर्षको
आश्विन
चाडपर्वको
बहार
शासक
भागबन्डामा
अभ्यस्त
विजय
हिन्दु संस्कृति
उदय
गरिमा
सौरभ सौम्य
महिमा
अपेक्षा
सदैव सङ्लो
शुभेच्छा
बिपना
कर्मको कला
स्थापना
जमरा
आसिक भारी
शिरमा
प्रणय
उज्यालोपन
अक्षय
~<>~
५. उर्मिला पन्त

उर्मिला पन्त
दसैँको
अँध्यारो व्यथा
कसैको
पर्वको
गौरवगाथा
गर्वको
देवीको
भक्त वैभव
भक्तिको
जूनको
झलल ज्योति
गुनके
पूर्णिमा
प्रेमसौरभ
महिमा
हजुर
श्रद्धाको उच्च
गजुर
दसैँमा
हर्षको वर्षा
घरैमा
टीकामा
आस्था जमरा
शिरमा
दशैँको
रम्यता रस
बसैँको
दसैँको
शीतल साथ
सबैको
प्रेममा
फुलेको फूल
साथमा
सफल
प्रेमको फल
फसल
~<>~



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
