what does hung mean on grindr is there a tinder for sex adam4adam net how to pull a girl on tinder adam4adam download apk how to start a dirty conversation on tinder
साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

मानव जीवन ईश्वरको अमूल्य वरदान हो: डिल्लीराम खनाल, असम

ratna book ads

गोपीनाथ उपाध्याय स्मारक पुरस्कार (सन् 1992), साहित्य प्रभात पुरस्कार (सन् 2011, अनेसास) र नर्वदा- इन्द्रदेव साहित्य (मध्यमार्ग) पुरस्कार (सन् 2012) लगायतका पुरस्कारबाट पुरस्कृत प्रतिभा हुन् डिल्लीराम खनाल । जसको जन्म वि. सं. २०१२ असौज २३ गते शिङरी टोटोला गाउँ (खयरघारी), जिल्ला शोणितपुर, असममा बुवा स्व. नारायण खनाल र आमा स्व. पुण्यमाया देवीमा सातौं सन्तानका रूपमा भएको थियो । खनालका अभिशप्त युगको आत्मकथा (कथा सङ्ग्रह, 2009) र आरोह अवरोह (गीत, कविता सङ्ग्रह, 2017 ) कृतिहरू प्रकाशित छन् । हाल शोणितपुर, असममा बसोबास गरिरहरनु भएका डिल्लीराम खनालसँग साहित्यपोष्टका लागि दीपक सुवेदीले गरेको कुराकानी

डिल्लीराम खनाल

तपाईंको लेखनको दृष्टिले पहिलो विधा र रचना कुन हो ?
लेखनका दृष्टिले पहिलो विधा असमिया कविता हो । शीर्षक थियो “एबुकु मरम तोमालोई” (एक छाती माया तिमीलाई) । सन् 1973 मा बैशाख बिहुको उपलक्ष्यमा आयोजना गरिएको प्रतियोगितामा यस कविताले दोस्रो पुरस्कार पाएको थियो ।

प्रकाशनको दृष्टिले चाहिँ कुन रचना हो र कुन पत्रिकामा कहिले प्रकाशित भएको थियो ?
हारजीत (कथा), नयाँ दिगन्त (पहिलो अङ्क, सन् 1980 ) मा प्रकाशित भएको थियो । (पछि त्यही कथा मेरो कथा सङ्ग्रहमा “पराजय” शीर्षकमा आएको छ ।)

जीवनको भोगाइ, प्राप्ति र पीडाका बिम्ब मिश्रित बाल्यावस्थालाई हेर्दा कस्तो देख्नुहुन्छ ?

मेरो जन्म एक मध्यम वर्गीय परिवारमा भएको हो । कृषि र पशुपालन हाम्रा पिताजीको पेशा थियो ! ठुल्ठुला भैंसी गोठ, गाई गोठ दुईटा थिए । ब्रह्मपुत्रको छेउछाउ चरण भएको ठाउँ (जसलाई यहाँ हामी छपडी भन्छौं) मा थिए । खेतीको माटो पनि प्रशस्तै थियो ! एकप्रकारले भन्नु पर्दा ठूलो परिवार भए तापनि कुनै कुराको अभाव अनुभव गर्नुपरेको थिएन ।

तर, हामी सानै छँदा नै पिताजीको असामयिक निधन भएकोले भएको सम्पत्तिको राम्रो परिचालन गर्ने व्यक्तिको अभावमा केही असुविधाहरू झेल्नुपरेको थियो ! पिताको खाँचो त्यतिबेला उपलब्धि भएको थियो !

आफ्ना अग्रज दाजुहरूले पनि अभिभावकको दायित्वबाट टाढिएकोले हामीले आफ्नो अध्ययन तथा अन्य विषयहरू अधुरै छोडेर असमयमै आआफ्नो घर संसारको जिम्मेवारी लिनुपरेको थियो ! तिनै कुराले दिनरात पिरोलिरहन्छ आजसम्म पनि ! पीडाको कुरा त नगरौं जस्तो लाग्छ । किनकि जीवन पीडाकै समष्टिरूप हो । पीडा धेरै सहनु, भोग्नुपरे तापनि हाँसीहाँसी बाँच्ने प्रण लिएको छु ।

साहित्यमा प्रवेश गर्दाको सुरुका दिनलाई कसरी सम्झनु हुन्छ ?
सानै उमेरदेखि साहित्यको अध्ययन प्रति गहिरो रुचि थियो । स्कुलमा पढ्दा त्यहाँ एउटा सुन्दर लाइब्रेरी थियो । विभिन्न भाषा र विभिन्न विधाका पुस्तक पढ्न पाइएको थियो । त्यतिबेलाका प्रायः सबै विद्यार्थीहरू विभिन्न भाषामा लेखिएका साहित्य विशेषगरी हिन्दी, असमिया, बाङ्ला, नेपाली उपन्यास, कथाहरू किताब साटासाट गरेर पढ्ने गर्थ्यौं ।

त्यसरी साहित्य प्रति सबैको गहिरो रुचि पैदा भएको थियो । आफू पनि बेलाबेलामा असमिया भाषामा (यहाँको राज्यभाषा, शिक्षाको माध्यम पनि) कविता, कथा लेख्न सुरु गरेको थिएँ । केही प्रतियोगितामा पुरस्कार पनि पाएको थिएँ ।

स्कुलमा वार्षिक मुखपत्र निकाल्ने प्रयास पनि हामीले गरेका थियौं । तर त्यतिबेलाको स्कुलको सञ्चालन समितिले सहयोग नगर्दा हाम्रो परिकल्पना अधुरै रहेको थियो । त्यही टीमले पछि गएर “नयाँ दिगन्त” प्रकाशित गरेको थियौं ।

प्रेरणा कहाँबाट मिल्यो ?
त्यतिबेलाको परिवेश, परिस्थिति र विभिन्न भाषा र विधाको अध्ययनले आफूलाई पनि केही लेख्ने, केही सिर्जना गर्ने प्रेरणा दिएको थियो ! बिहापछि मेरी पत्नी स्व. गीता देवीबाट धेरै प्रेरणा पाएको थिएँ । जसको अभाव विगत दसवर्षदेखि अनुभव गरिरहेको छु ।

साहित्य के हो जस्तो लाग्छ ?
साहित्य समाजको ऐना हो भनिन्छ । मेरो दृष्टिमा समाजको साथै समय अनि समसामयिक परिवेश र परिस्थितिको सुन्दर चित्रण हो ।

आफूलाई कुन विधाको स्रष्टा भनिन रुचाउनु हुन्छ ?
धेरथोर प्रायः सबै विधामा कलम चलाउने प्रयास गरेको छु । तापनि कथा विधाको स्रष्टा भनी पाठक, समालोचकवर्गले स्वीकार गरिसकेको जस्तो लाग्छ । आफूले चाहिँ भन्नुपर्दा एक साधारण साहित्य सेवक हुँ भन्न रुचाउँछु !

कवितालाई कसरी परिभाषित गर्नुहुन्छ ?
कवितालाई विभिन्न विद्वान स्रष्टाहरूले विभिन्न समयमा भिन्नभिन्न पाराले परिभाषित गरिसकेका छन् । त्यहाँ मैले फेरि केही थप्नुपर्छ जस्तो लाग्दैन । तापनि मैले परिभाषित गर्नुपर्ने हुँदा भन्न चाहन्छु कि “कविता जीवनको प्रेरणा हो, मानव मनको सूक्ष्मतम् अनुभूतिको कोमलतम् अभिव्यक्ति हो ।”

कवितामा के हुँदा राम्रो हुन्छ ?
कवितामा प्रबल जीवनबोध, बाँच्ने र बचाउने सन्देश साथै समसामयिक समयको सही चित्रण भएको राम्रो हुन्छ ।

असममा साहित्यिक पत्रिकाको अवस्था कस्तो पाउनु भएको छ ?
पहिलादेखि नै अत्यन्तै दु:खद छ असममा साहित्यिक पत्रिकाको अवस्था । कुनै पनि पत्रिका दीर्घायु भएनन् ।

अन्तर्वार्ताकार : दीपक सुवेदी

प्रगति साहित्य संगठन खोल्ने र स्थापना गर्ने सोच कहाँबाट आयो ?
मैले भनिसकेको थिएँ शिङरी हाइस्कुलमा पढ्दै हामी केही साहित्य अनुरागी साथी मिलेर एउटा पत्रिका प्रकाशन गर्ने प्रयास गरेका थियौं । तर सफल भएका थिएनौं । स्कुलको पछि कलेजमा पढिरहेको बेला असममा विदेशी नागरिक बहिष्कार गर्ने मांग गर्दै ऐतिहासिक असम आन्दोलन (1979-85) चल्न थाल्यो । सबै स्कुल कलेज बन्द भएर सबैजना घरमै बस्नुपरिरहेको बेला हामीले हाम्रो पत्रिका निकाल्ने सपनालाई साकार बनाउने उद्देश्यले मेरो घरमै एउटा सभा आह्वान गरेर नयाँ दिगन्त प्रकाशन गर्ने निर्णय लिएका थियौं । प्रकाशन समितिको नाउँ जुराएका थियौँ “प्रगति साहित्य संगठन”।

को को हुनुहुन्थ्यो यसमा ?

यसमा सहभागी साथीहरूमा उसबेला
सल्लाहकारमा
लक्ष्मी उपाध्याय
दुर्गा खनाल
तीर्थ सुवेदी

अध्यक्ष
नारायण क्षेत्री
उपाध्यक्ष
गोपाल खनाल
सचिव
देवी अधिकारी
सह सचिव
हस्त सुब्बा

पत्रिका सम्पादक (नयाँ दिगन्त)
डिल्लीराम खनाल
ईश्वर उपाध्याय
देवेन सापकोटा

सदस्यवृन्द
घनश्याम खनाल
तोया सिकतेल
तारा गजुरेल
पद्म ढुंगाना
चन्द्र कटुवाल
तेजराज बोहोरा
जगन्नाथ भट्टराई
शान्तिराम बोहोरा

हाम्रा ती सहयोगी साथीहरू मध्ये लक्ष्मी उपाध्याय (सल्लाहकार), हस्त सुब्बा (सहसचिव) तथा सदस्यवर्ग घनश्याम खनाल, तेजराज बोहोरा, जगन्नाथ भट्टराई, शान्तिराम बोहोराको स्वर्गवास भइसक्यो । अरू हामी रहल साथीहरू विभिन्न क्षेत्रमा आआफ्नो व्यस्ततामा छौँ । यसै अवसरमा म ती स्वर्गवासी साथीहरूको आत्माको चिरशान्ति कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु ।

नयाँ दिगन्त पत्रिका प्रकाशन कसरी, कहिलेसम्म भयो ?
नयाँ दिगन्त प्रकाशन गर्दा हामीले आफूभित्र (सहभागीभित्रै) केही अर्थ सङ्ग्रह गरेर सन् 1980 मा (जनवरी, जुन) पहिलो अङ्क अनि (जुलाई, डिसेम्बर 1981) सन् 1982 मा दोस्रो अङ्क प्रकाशित भए पछि साथीहरू आआफ्ना कर्मक्षेत्रमा जानुपर्ने भएकोले पत्रिकाको प्रकाशन बन्द भयो । हाम्रो त्यही समितिका केही साथीहरू साथै अरू पनि केही विद्वान साहित्यकार मिलेर पछि “सयपत्री” (सामयिक साहित्यिक पत्रिका) सन् 1992- 93 मा दुइटा अङ्क सम्पादन/प्रकाशन गरेका थियौं ।

पत्रिका प्रकाशन र संस्था सञ्चालनमा युवावर्गको वर्तमान अवस्थालाई कसरी हेर्नुहुन्छ ?
वर्तमान युवावर्गको सहयोग र सहभागिता उत्साहजनक छ । म आशावादी छु वर्तमानको युवा पुस्ताको हातमा हाम्रा सङ्घ-संस्था र नेपाली भाषा साहित्य, संस्कृति सुरक्षित रहनेछन् ।

असमको नेपाली साहित्यमा आफूलाई कुन स्थानमा वा कहाँ पाउनुहुन्छ र किन ?
असमको नेपाली साहित्यमा आफूलाई एक साधारण भाषा साहित्य सेवकको स्थानमा पाएको छु । सहृदयी पाठकवर्गको माया, सद्भावना र केही मात्रामा सम्मान पाएको छु । त्यही नै मेरो लागि ठूलो प्राप्ति हो ।

असममा नेपाली साहित्यका सम्भावना र चुनौतीहरू के के छन् ?
साह्रै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । असममा नेपाली साहित्यका धेरै सम्भावना देखिन्छन् ! असम एउटा बहुभाषिक राज्य हो । यहाँका विभिन्न भाषाका समृद्ध साहित्य छन् । उनीहरूसँग बराबरीको पाइला चाल्नुपर्दा यहाँका हाम्रा स्रष्टाहरूले पनि गहन अध्ययन, चिन्तन मनन र निरन्तर अनुशीलन गर्नुपर्ने हुन्छ ! एक आपसमा अनुवादको माध्यमले विचारको आदानप्रदान गर्नसकिन्छ ! वर्तमान समयमा धेरै नयाँ नयाँ प्रतिभाहरू अघिसरेर आइरहेछन् अनेक सम्भावना बोकेर ।

यस अतिरिक्त, यहाँको राज्य सरकारले पनि विगत केही वर्षदेखि यता नेपाली साहित्यको विकासको लागि आर्थिक अनुदानका साथै विद्यालय, महाविद्यालय अनि विश्वविद्यालय स्तरमा नेपाली पठनपाठनको व्यवस्था क्रमशः गर्दैछ । नयाँ नयाँ साहित्यिक कृतिहरू प्रकाशन भइरहेछन् । तर पनि यहाँ हाम्रो साहित्यले धेरै चुनौतीहरूको सामना गर्नु परिरहेको छ । ती मध्ये
१) पुस्तक पत्रपत्रिका किनेर पढ्ने मानसिकताको अभाव साथै सित्तैमा पाएको पुस्तक पनि नपढ्ने नराम्रो बानी ।
२) प्रकाशकको अभाव
३) प्रकाशित पुस्तक, पत्रपत्रिका बिक्री वितरणको सुव्यवस्थाको अभाव छ ।

ती चुनौतीहरूलाई समाधान गर्न के गर्नुपर्छ जस्तो लाग्छ ?
यी चुनौतीहरूलाई समाधान गर्नको पहिला त हाम्रो मानसिकतामा परिवर्तन ल्याउनु अति आवश्यक देखिन्छ । दोस्रो कुरा प्रकाशित कृतिहरूको सुनियोजित व्यवस्था गर्नसक्नु हो भने हामीले भोग्नुपरेका चुनौतीहरूको सजिलोसँग समाधान हुनेथियो जस्तोलाग्छ । त्यसो हुँदा कोही प्रकाशक पनि अघिसरेर आउने थिए ।

स्रष्टाहरूको दायित्व के कस्तो हुनुपर्दछ जस्तो लाग्छ ?
स्रष्टाहरूले पाठकको रुचि, समयानुकूल सिर्जना तर्फ ध्यानाकर्षण गर्नुपर्छ । समय अनुसारका सिर्जनाले मात्रै पाठकको मन जित्न सक्षम हुन्छ । त्यो कुराको ख्याल राख्नुपर्छ ।

स्रष्टाहरूको प्रोत्साहनको राज्यले के कस्तो भूमिका खेल्नुपर्दछ ?
राज्यले स्रष्टाहरूको प्रोत्साहनको लागि धेरै केही गर्नसक्छ । तीमध्ये
१) कृति प्रकाशनको साथै बिक्री वितरणको सुव्यवस्था ।
२) योग्यजनलाई पुरस्कार, सम्मान, आर्थिक सहयोग आदि आदि ।

अहिलेसम्म नबिर्सिने क्षण कुन हुन् र किन ?
धेरै छन् नबिर्सिने क्षण । तर तीमध्ये
१) विवाहको दिन (14 जुलाई, 1976 )
२) प्रगति साहित्य संगठन स्थापनाको दिन (2 अक्टोबर 1979)
३) सहधर्मिणी गीता देवीको परलोक प्राप्तिको दिन (11 सेप्टेम्बर, 2011)

यी दिनहरूमा माथिल्ला दुइटाले मलाई खुसी दिएका थिए भने पछिल्लोले बाँचुन्जेल नसुक्ने घाउ दिएर गएको छ ।

जीवनलाई परिभाषित गर्नुपर्यो भने के भन्नुहुन्छ ?
मानव जीवन ईश्वरको अमूल्य वरदान हो । सुखदुःख, हाँसो आँसु, बिछोड मिलनको समष्टिरूप नै जीवन हो ।

जीवनमा भावी लेखकीय इच्छाहरू के छन् ?
निकट भविष्यमै आफ्ना केही कृतिहरूको प्रकाशन गर्ने इच्छा छन् ।

अहिले साहित्यमा लागेर के पाए के गुमाए जस्तो लाग्छ ?
साहित्यमा अनायासै, आफैंआफ लागिएको हो । यसले मलाई सबैबाट माया, आदर, नाम, राम्रो अभिज्ञता सर्वोपरि मान सम्मान दिएको छ । गुमाएको त खासै केही छैन केवल आफ्नो उमेर बाहेक ।

 

लेखक परिचय
दस
दीपक सुवेदी
प्रतिक्रिया
Loading...