रोमान्टिक रियालिज्मलाई धार बनाएर चित्र कोर्न रूचाउने रूसी चित्रकार युरी ओबुखोभ्स्की पेर्ममा सन् १९६५ मा जन्मिएका हुन् ।

उनले पेन्जा आर्ट स्कुलबाट औपचारिक रूपमा कला प्रशिक्षण लिएका हुन् ।

हाल मस्कोमा बसोबास गर्ने उनी बेलाबखतमा सक्रिय भएर आफ्ना चित्रकला प्रदर्शनी गरिरहन्छन् । उनका चित्रहरू फिनल्यान्ड, स्विडेन, बेलायत तथा अमेरिकामा प्रदर्शन मात्र भएका छैनन्, त्यहाँका कलापारखीले उनका कला किनेका पनि छन् ।

गएको साता उनको जन्मदिन थियो, २८ सेप्टेम्बरमा । आज हामी बिलेटेड बर्थ डेमा उनका सिर्जना अवलोकन गर्नेछौँः