तान्जानियाका साहित्यकार अब्दुल रजाक गुरनाहलाई यस वर्षको नोबेल साहित्य पुरस्कार अर्पण गरिएको छ ।

उनले लामो समयदेखि औपनिवेसिकता र यसले पारेको प्रभावमाथि लेख्दै आएका थिए ।

जन्जिबार आइल्यान्डमा जन्मी हुर्केका उनी शरणार्थीका रुपमा बेलायतमा १९६० को दशकमा पुगेका थिए । उनका १० वटा उपन्यास प्रकाशित छन् । कयौँ कथाहरुसमेत प्रकाशित छन् ।

नोबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सनले पहिलो संस्मरणात्मक उपन्यास मेमोरी अफ डिपार्चरबाटै आफ्ना तीखा विचारहरु पस्केका थिए । पछिल्लो पटक उनको आफ्टर लाइफ उपन्यास सांस्कृतिक रुपमा विविधतापूर्ण पूर्वी अफ्रिकाका कयौँ नखुलेका पाटाहरु खुलाएका थिए ।

सन् १९८६ यता कुनै पनि अफ्रिकी मूलका उपन्यासकारले नोबेल पुरस्कार प्राप्त गरेका थिए । त्यो बेला पुरस्कार हात पार्ने वोल सोयन्का थिए ।

यस पटक अब्दुलले पुरस्कार पाउनुलाई केहीले आश्चर्यका रुपमा लिएका छन् । यसअघि नोबेल एकेडेमीले पुरस्कार हात पार्ने लेखकका बारेमा कसैगरी सूचना नचुहियोस् भनेर अनेक कर्तब गर्ने गथ्र्यो । यसमा अन्तिम निर्णय गर्ने १८ जना सदस्यहरुले कुनै पुस्तक पढे पनि नक्कली पुस्तकको कभर राखेर पढ्ने गर्थे ।

सन् १९०१ देखि यता अहिलेसम्म ११७ जना साहित्यकारलाई नोबेल साहित्यबाट सम्मानित गरिसकिएको छ । तीमध्ये ८० प्रतिशतभन्दा बढी लेखकहरु श्वेत तथा युरोपेली तथा उत्तर अमेरिकीहरु परेका छन् ।

नोबेल साहित्यमा सबैभन्दा बढी पुरस्कार हात पार्ने मुलुक भने फ्रान्स भएको छ । यसका १५ साहित्यकारले पुरस्कार जितिसकेका छन् ।

दुःखको कुरा भने १०१ जना पुरुष पुरस्कृत हुँदा जम्मा १६ जना महिला मात्र यसका लागि लायक मानिएका छन् ।

सन् २०१८ मा मीटू अभियानका कारण पुरस्कार दिइएको थिएन । त्यसयता पुरस्कार पाउँदा अन्य महादेश तथा लैंगिक आधारलाई फराकिलो बनाइने भनी नोबेल एकेडेमीले विज्ञप्ति जारी गरेको थियो ।

सन् २०१२ मा चीनका मो यानले नोबेल साहित्य पाएयता एसियाको भागमा पुरस्कार परेको छैन ।

यस पुरस्कारको घोषणाअघि जापानका हारुकी मुराकामी तथा सिरियाली लेखक एडोनिसको सम्भावना बढी रहेको बताइँदै थियो ।

नोबेलमा नामांकनका लागि जनवरीदेखि नै २०० देखि ३०० जना साहित्यकारहरुको नामांकन पर्दै आएको छ ।

पुरस्कार विजेताले ८ लाख ४० हजार पाउन्ड हात पारेका छन् ।