
बन्दैन हिमाल गरिब कहिल्यै पग्लेर हिउँ । थाक्दैन झरेर झरना । लागेर बादल हराएको छैन आकाश । हुन्छन् सबैका आआफ्ना धर्म । भए पनि जुन नामको धर्म । हो सबैको कर्म नै धर्म । नदेखिए पनि हुन्छ बलियो प्रवाहमा नदी । हुन्छ शक्ति शान्तमा नै । आउँदा नदीमा बाढी गर्छ उपद्रो वरपर । हो उदाहरण यो पनि ।
एउटै छ सन्देश दुवैमा । मिल्छ प्रकृतिसँग जीवन । हुँदैन हतार गरेर कुनै काम । टिक्दैन घमन्ड जे गरे पनि । पुग्छन् हिँड्नेहरू जहाँ पनि बिस्तारै । चम्केर छिटो देखिन खोज्नेहरू । छन् छिटो नै हराएका पनि । उदाए पनि बिस्तारै सूर्य । दिइरहन्छ प्रकाश दिनभरि । लाग्छ त्यस्तै हुनुहुन्छ लक्ष्मणप्रसाद गौतम पनि ।

श्रीओम श्रेष्ठ ‘रोदन’
हुँदैन भनेर यति नाम । नचिनिन सक्छ भन्दा यति मात्र । सुपरिचित छ उपाधि पनि । जोडिएको छ आधिकारिक डाक्टरको । गरेर चिरफार कविताको समकालीन प्रवृतिमा । भइसक्नुभएको छ प्राध्यापक पनि ।
होइन अनौठो र एक्लो पनि उहाँ । छन् धेरै प्राध्यापक पनि डाक्टर पनि । होइन नयाँ कुरा प्राज्ञिक क्षेत्रमा । नहुन सक्छ विशेष समाजमा । होइन विशेष मात्र । हो महाविशेष सम्बन्धितका लागि ।
होइन पद मात्र यो विद्वत्ताको । हो प्रतिष्ठा पनि त्यत्तिकै । गर्न सक्छ प्रदर्शन प्राज्ञिकताको जसले । नसक्नेहरू जोडिए पनि प्राडा । सक्दैनन् बन्न विशेष । लक्ष्मणप्रसाद गौतम भने बन्नुभएको छ हुनसम्मकै । मानिनुभएको छ विशेष नै समाजमा । नजोडिँदा पनि प्राडा । राख्नुहुन्थ्यो हैसियत त्यत्तिकै । गर्नुहुन्थ्यो काम त्यस्तै । पत्याएको लोकले पनि त्यस्तै । गर्नुभएको छ काम पनि त्यस्तै । भएकाभन्दा फरक दृष्टिकोणले । फरक नै चिन्तन समालोचनामा पनि । बनिँदैन अहिले त्यतिकै विशेष । छ प्रतिस्पर्धा हरेक क्षेत्रमा भारी नै भारी ।
छन् साहित्यमा समालोचकहरू धेरै । भएन अभाव कहिले पनि । थिए बलिया पुराना पुस्ताका । छन् अहिले पनि हैसियत राम्रै राख्नेहरू । छन् परिचित पनि धेरै । प्रतिष्ठाले भने छैनन् बन्न सकेका धेरै । विधागत उन्नयनका कामले । गरेको योगदानले ।
नबनेजस्तै लेखेर मात्र साहित्यकार । छैनन् समालोचक पनि लेखेर समालोचना । होइन लेख्नु मात्र ठूलो कुरा । सक्नुपर्छ लेखिरहन र टिकिरहन पनि । गर्नुपर्छ सम्मान स्रष्टाले र क्षेत्रले पनि । गरेपछि विश्वास समाजले । हुँदो रहेछ मूल्याङ्कनको पनि ।
बनाउनुभएको छ परिचय पृथक् । छ प्रतिष्ठा पनि त्यस्तै । गर्छन् विश्वास पनि समालोचनामै । लोभ गर्छन् सर्जक पनि समालोचनाकै । चिन्ने पनि, चिनाउने पनि । चाहना राख्ने पनि समालोचनाकै । कमाउनुभएको छ प्रसिद्धि र प्रिय पनि । हुन्छन् कम नै प्रिय लेख्नेहरू समालोचना ।

प्राडा. लक्ष्मणप्रसाद गौतम
होइन परिचय लक्ष्मणप्रसाद गौतमको यति मात्रै । हुन्छ अन्याय सर्जक व्यक्तित्वलाई । हुनुहुन्छ सर्जक शक्तिशाली । सृजना नै हो समालोचना पनि । हुन्छ त्यसमा लेख्नेकुराको भुईँ । हुन्छ आधार र विषय पनि । बनाउनुपर्छ जगैदेखि धुरीसम्मै सृजनामा ।
हुनुहुन्छ कथाकार । होइन फुटकर मात्रै । हो पुस्तकाकार नै । छन् कथा फरक विषयका । नवीनता छ प्रस्तुतिमा । छ सङ्ग्रह ‘उहापोह’ । छन् बलियाबलिया कथाहरू । मानिएन समालोचनाभन्दा माथि । नहुन पनि सक्ला । भएको छैन पटक्कै न्याय । कथाकार लक्ष्मण गौतममाथि ।
छन् निबन्ध बेजोड । गहिरा छन् विषय । आफ्नोपन छ शैलीमा । छैनन् खासै ललित निबन्ध लेख्नेहरू धेरै । हुनुहुन्छ निबन्धकार प्रभावकारी । छैन निस्केको सङ्ग्रह । बनिसकेको भने छ पाण्डुलिपि । भन्दैनन् निबन्धकार पनि । भए पनि सामान्य । भए पनि कामचलाउ निबन्ध । हुन्थ्यो चित्त बुझाउन । भएर पनि दम । निबन्धमा लक्ष्मणपन । मान्दैनन् किन निबन्धकार ? भएको छ अन्याय नै निबन्धकार लक्ष्मण गौतमलाई ।
परेका छन् ओझेलमा कथा, कविता र निबन्ध । होइन गरेका अरू कसैले । आफैँ हो आफ्नो कारण । बन्यो उज्यालो समालोचक व्यक्तित्व । चम्कियो पुग्ने गरी धेरै टाढा । बन्यो त्यसैमा अग्लो देखिने गरी सबैले । परेको हो छाया आफ्नै । दिएन चिनाउन अरूलाई समालोचनाले । भएको हो कि हाबी प्राडा ? हुने गरी हानि सर्जक लक्ष्मण गौतमलाई ?
लगाएपछि टोपी श्रीपेचजस्तै । अट्छ कसरी टोपी अरू ? भएको एउटै टाउकामा । हो नै भएको यही । होइन उहाँ एक्लो यस्तो मामलामा । हुनुहुन्छ अरू पनि महान्महान् । पर्नुभएको छ ओझेल कति विधामा । महाकवि नै पर्नुभएको छ यस्तै मारमा । हुनुहुन्छ त्यस्तै युगकवि सिद्धिचरण । भनेर नाट्यसम्राट् बालकृष्ण समलाई । छन् परेका लेखनी अरू छायामा । बन्नुभएर कवि, राष्ट्रकवि माधव घिमिरे कमजोर बनेका छन् बलिया अरू रचना । हुनुभएको छ त्यस्तै विजय मल्ल पनि । संस्कृतिविद् भनेर शताब्दीपुरुष सत्यमोहन जोशीका परेका छन् ओझेलमा कति-कति ।
छन् धेरै डाक्टर हुनेहरू विश्वविद्यालमा । पर्नुहुन्छ उहाँ डाक्टर बन्नुहुने कम उमेरमा । पर्नुहुन्छ थोरैमध्येमा पनि । लाग्छ जेठोजस्तो गर्नुभएका काम र प्राप्तिले । विद्वत्ताले पनि लाग्छ त्यस्तै । नजोडिएको भए पनि प्राडा । बन्नुहुन्थ्यो विशेष नै लक्ष्मणप्रसाद गौतम ।
देखिनु हुन्न डराएको कहिल्यै परिश्रम गर्न । छोड्नु हुन्न लागेपछि एकनासले । नभएसम्म काम फत्ते । लाग्दैन भागेको जिम्मेवारीबाट कहिल्यै । लिएपछि जिम्मा भन्नु हुन्न ठूलोसानो । गर्नु हुन्न टापटिप मात्र । हो कमाएको विश्वास यसरी नै ।
कला छ जोडको प्राध्यापनमा पनि । हेर्नु हुन्न चिर्कटो कहिल्यै । सक्नुहुन्छ पढाउन तीन-चार घण्टा सजिलै । सक्नुहुन्छ खुसी बनाउन विद्यार्थी । जित्नुभएको छ विश्वास व्यवस्थापनको पनि । गरिसक्नुभएको छ मूल्याङ्कन शोधप्रबन्ध पिएचडीको । नाघिसके पच्चीस जना अहिल्यै । गर्नुभएको छ निर्देशन पन्ध्र जनालाई पिएचडीकै । पाँच जना छन् एम फिलमा । बनिसक्नुभएको छ शोधनिर्देशक एक सय पचास जना डिग्री तहमा ।
बनिसकेका छन् डाक्टरहरू तीन दर्जनभन्दा बढी । भइसक्नुभएको छ प्रमाणित क्षमताको । बनिसकेका डाक्टरका नाम र कामबाट । केन्द्रीय नेपाली विभागमा मात्र होइन त्रिभुवन विश्वविद्यालयको । हुनुहुन्छ सदस्य नेपाली विषय समितिको पनि ।
पत्याइनुभएको छ आफ्नो क्षेत्रमा । छ त्यस्तै प्रभाव अरूमा पनि । बनाउनुभएको हैसियत हो समर्पणले । जोडिएको छ हैसियतसँगै इमानदारी पनि । होइन बन्नुभएको त्यत्तिकै निर्माता पाठ्यक्रमको । त्रिविविका डिग्रीका विद्यार्थीका लागि । पढ्छन् उहाँले बनाएकै पाठ्यक्र सुदूरपश्चिम विश्वविद्यालयमा पनि । ब्याचलर, डिग्री, एमफिल र पिएचडीको पनि । बनाउनुभएको छ भारतका लागि पनि डिग्रीकै । गोरखपुरको सिद्धार्थ विश्वविद्यालयमा पनि । शिशुदेखि दश कक्षासम्मले पढ्छन् म्यान्मामा झन् । भएका होइनन् यी काम विश्वास र सम्पर्कले मात्र । भएरै हो अनुभव । दक्ष, विज्ञ पनि ।
छन् बेइज्जती डाक्टर लेख्नेहरू कति-कति । छन् त्यस्तै प्राध्यापकहरू पनि । छन् बनेर पनि बन्न नसकेकाहरू । नभएकाहरू प्राज्ञिक । छन् कामचलाउ मात्र सधैँकाहरू । होइन भोग्ने विद्यार्थीहरू मात्र । छन् अनुभव गर्नेहरू बाहिरका पनि । नाङ्गै बनाएका छन् सञ्चारमाध्यमले समयसमयमा । विद्वान्लाई बनाइदिएका छन् बेइमान । उखेलिएर नक्कली प्वाँख । देखाइदिएका छन् सक्कली स्वरूप ।
हराएका छन् परेजस्तै गरेर हिमपहिरोमा । विज्ञापन गर्नेहरू प्राडाका । भएका छन् नाङ्गेझार । घमण्ड गर्नेहरू पनि । बचेका छैनन् आयात गर्ने प्रमाणपत्रधारीहरू । भोगेका छन् कारवाही । भाग्नेहरू पनि छन् छोडेर बिचैमा । पिएचडी कारखानामा एक रात लेख्नुभएर निर्मोही व्यासले । उतारिदिनुभएको छ पर्दा बाक्लो ।
प्राडा लक्ष्मणप्रसाद गौतम भने गरिरहनुहुन्छ काम प्राज्ञिक । बढिरहनुभएको छ अगाडि निरन्तर नथाकेर । देखाइरहनुभएको छ कामले नै ।
समालोचनामा उत्तरआधुनिकताको काम ।
कवितामा समकालीनताको काम ।
लघुकथामा सिद्धान्त निर्माणको काम ।
बनेका छन् पुस्तक आधिकारिक । छैनन् कुनै अलमल्याउने । छन् प्रस्ट र गर्न सक्ने दिशानिर्देश । बनेका छन् प्रामाणिक सामग्री सम्बन्धित विषयका ।
समकालीन नेपाली कविताका प्रवृत्ति । छ एउटै समालोचनाको छ सय अठइस पृष्ठको । आधारित छ अनुसन्धानमा । गरिएको छ व्यवस्थित । विस्तृत पनि र व्यापक पनि । छ नेपाली कविताको समकालीनता र समकालीनमा । मानिएको छ पहिलो ग्रन्थ नै विषयको । व्याख्या छ आधुनिकताको । समकालीनता र उत्तर आधुनिकताको पनि । गरेर अनुसन्धान गरिएको छ सत्यको खोजी । काम लागेको छ स्नातकदेखि पिएचडीसम्मलाई ।
भन्नुभएको त्यत्तिकै होइन मोहनराज शर्माले । ग्रन्थमणि भनेर अनुसन्धानको । हो विषय जटिल नै अनुसन्धानको । त्यस्तै हो समालोचना पनि । हुन्छ रमाउनु यस्तैमा । भएका छन् ग्रन्थहरू गहन र बौद्धिक पनि ।
गर्नुभा छ गहुङ्गो काम लघुकथामा । स्विकार्न सकेका थिएनन् चुनौती लेख्न कसैले । बनेको छ सिद्धान्तमापक उहाँकै । छ योगदान लघुकथामा माथिल्लै । जोडिनुभाथ्यो स्थापनादेखि नै लघुकथा समाजसँग । जोडिरहनुभएको छ गरेर सहयोग सृजनात्मक । बन्नुभएको छ उदाहरण लघुकथामा पनि ।
छन् पन्ध्र पुस्तक समालोचनाका । होइन काम लाग्ने विद्यार्थीलाई मात्र । उपयोगी छन् विषयगत सबैलाई । गर्नुभएको छ सम्पादन डेढ दर्जन पुस्तकको । हुनुहुन्छ सक्रिय सृजनामा निरन्तर चार दशकदेखि । समालोचनामा जम्नुभएको पनि भइसक्यो तीन दशक । लेखिसक्नुभएको छ कार्यपत्रहरू एक सय पचासभन्दा बढी । भएका हुन् प्रयोग राष्ट्रिय अन्ताराष्ट्रिय गोष्ठीहरूमा ।
बुझेका छन् क्षमता र कुशलता उहाँको । हुँदैन फुसर्द हतपती । भ्याई नभ्याई छ सधैँको । आइरहन्छन् जिम्मेवारी कतै न कतैबाट । बस्नुपरेको छैन खाली भएर फुर्सदिलो ।
छन् सृजनामा पनि उत्तरआधुनिक कथा । गर्नुभएको छ उत्तरआधुनिकको विकासक्रम पनि नेपाली साहित्यमा । बनेको प्रामाणिक पनि उहाँकै । गर्नुभएको छ समालोचनाको पनि समालोचना । गर्नुभएको छ चिन्तन नयाँ पद्धतिको समालोचना ।
भएको थियो यात्रा साहित्यमा कविताबाटै । साल थियो छत्तीस । पत्रिका थियो ‘नयाँ पुकार’। थियो शीर्षक ‘मातृभूमि’ । जन्मनुभएथ्यो बाग्लुङको भूमिमा । बनाएर साइत बीस सालको । सर्नुभो बसाइसराइ चितवनमा । बनेको छ घर ठेगाना अहिलेको कीर्तिपुरमा ।
पाउनुभएको छ विश्वास र विद्वत्ता पनि समालोचनामा नै । सहिरहनुभएको छ अन्याय कथा, कविता र निबन्धमा । पाउनुभएको छ विज्ञता प्राध्यापनमा । मान्छन् हार्दिक पनि त्यत्तिकै उहाँलाई । हुनुहुन्छ मित्रवत् पनि । हुनुहुन्छ हार्दिक । हुनुहुन्छ सहयोगी पनि त्यत्तिकै ।
गरेका छौँ सहकार्य साहित्यमा । गरिरहेका छौँ काम निरन्तर लघुकथामा । बनाएका छौँ पाठ्यक्रम म्यान्माको । जोडिएका थियौँ हामी डाक्टर चिन्तामणि योगीसहित हामी तीन । भएका छन् सकारात्मक परिणाम । छन् विषय र सन्दर्भका धेरै अरू पनि । भएका छन् यात्रा पनि लामै । भएको छैन अहिलेसम्म टिप्पणी कुनै । जन्मिएका छैनन् मुना पनि गुनासाका । भए पनि अनुभव व्यक्तिगत । हुन सक्छ यस्तै धेरैका पनि ।
गरेका छौँ यात्रा सजिला पनि र कठिन पनि । देशमा पनि र विदेशमा पनि । देखिँदैन कहिल्यै लोभ गरेको कुनै सन्दर्भमा । देखिँदैन मपाईँत्व पनि । राख्नुहुन्छ सामूहिक स्वार्थ सधैँ । बन्नुभएको छ उदाहरण पनि मित्रतामा । हार्दिकतामा र आदर्शमा पनि ।
छैन सजिलो अहिले कमाउन नाम । गाहे छ कमाउन प्रतिष्ठा । झन् छ गाहे जोगाउन दुवै । सफल हुनुभएको छ सबैमा उहाँ ।
होइन, समालोचनाको गाम्भीर्यले मात्र पनि ।
होइन, शक्तिका सृजनाले मात्र पनि ।
होइन, भएर धेरै अनुसन्धानका ग्रन्थ ।
होइन, लेखेर मात्र सिद्धान्त लघुकथाको ।
होइन, समालोचनालाई उत्तरआधुनिक बनाएर मात्रै ।
होइन भएर मात्र प्राध्यापक र डाक्टर पनि ।
हो, प्राप्तिले अलिकति । हो, क्षमताले अलिकति । हो, प्राज्ञिकताले अलिकति । हो, हार्दिकताले अलिकति । हो भएर सबै । बन्न सक्नुभएको छ एक । हुनुभएको छ देखेभन्दा बढी प्राडा लक्ष्मणप्रसाद गौतम ।
कहिले लाग्छ भएजस्तो बढी प्राप्ति । लाग्छ कहिले भए भन्दा कम पनि । जे भए पनि लक्ष्मणप्रसाद गौतम मानेका हुन् सबैले बन्न सकेर प्रिय ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

