हुन पनि रूस सानो कहाँ छ र? पेत्रोका गाउँले साथीभाइहरू सबै भएको पल्टन चाहिं कुबान प्रदेशमा कुन्नि कुन ठाउँमा हो ज्लोबिनको सैन्यदलसितको भिडन्तमा सखाप भयो रे भन्ने हल्ला सुनियो ।

घरकी बुढियासंग गाभ्रीला छोरोको बारेमा कुरा गर्न रूचाउँदैन थिए

राति उनी बुढियाले नाक बजाउँदै सुँक्क सुँक्क गरेको र तकियाको खोलले आँसु सुटुक्क पुछेको सुन्दथे ।

“किन रून्छेस्‌ हँ? “-उनी खकार सफा गर्दै सोध्ने गर्दथे ।

बुढिया केही बेर चुप्पी साँध्दथी र उत्तर फर्काउँथी ।

“स्टोभ निभाउन बिर्सनु भो क्यारे? .. किन हो कुन्नि, कपाल दुख्न थाल्यो ! ”

अनि बूढा गाभ्रीला केही चाल नपाएको स्वाङ पार्दै सल्लाह दिन्थे।

“अलिकति अमिलो काँक्रोको झोल खा न त ! तल भुइँ- तलामा गएर ल्याइदिउँ कि?”

“भो, पर्दैन ! सुत्नोस्‌ ! ”

घरभित्न फेरि सन्ताटाको अदृश्य जालो बुनिन्थ्यो । झ्यालबाट मात्न निलंज्ज शरमछाडा जूनले चियाएको हुन्थ्यो। अरूको सुर्ती र आमाको मनको पीरलाई टुलुटुलु हेरेर उ रमाइरहेको प्रतीत हुन्थ्यो ।

तैपनि मनको अन्तरकुन्तरमा भित्न कतैतिर छोरो फर्कि- हाल्ला कि भन्ने उनीहरूमा मसीनो आशा बाँकी नै थियो। एक पल्ट सार्कीकहाँ भेडाको भुवादार छाला तयार पार्नको लागि दिएर पठाउँदाखेरि गाभ्रीलाले आफ्नी बुढियालाई भनेका थिए ।

“हामीहरुको त यसै पनि काम चलिहाल्छ! तर पेत्रो आयो भने ऊ लगाउन दिने? हिउँद लाख आँटिसकेका छ। उसको निम्ति एउटा भुवादार कोट त सिलाइराख्नै पर्ला ! ”

यसरी उनीहरूले पेत्रोलाई ठिक्क हुने एउटा भुवादार कोट सिलाउन लगाए र त्यसलाई सन्द्रुसमा थन्क्याए उनीहरूले एक जोर बूट पनि सिलाए जुन -पेत्रोले गाईगोठमा भकारो सोहर्नु पर्दा लगाउन सक्थ्यो । बूढा गाभ्रीलाले नीलो कश्मीराको आफ्नो बर्दी पनि हिफाजतपूर्वक थन्क्याएर राखेका थिए र घुन लाग्न नपाग्रोस्‌ भनेर सूर्तिको धूलो पनि छरकिदिएका थिए। अनि भेडाको पाठो काटेर त्यसको भुवादार छालाको एउटा कानेटोपी पनि सिलाइएको थियो जुन भित्तामा ठोकिएको किलामा झुण्डिरहेको थियो। दलानबाट भित्न पस्दा त्यसमा पहिलो नजर पर्दथ्यो र अहिले नै पेत्रो अर्को कोठाबाट बाहिर निस्कदै मुसुमुसु हाँसेर भन्न लागेको जस्तो उनलाई प्रतीत हुन्थ्यो- बा! जांडो छैन त बाहिर?”

दिन जति पछि उनी साँझ पर्नुभन्दा केही अगाडि गाईगोठमा भकारो सोहरन॑ गए। उनले केही घाँस आरीमा हालिदिए र कुवाबाट पानी उधाउन मात्रै के चाहेका थिए, उनलाई डोरी त घरभित्न नै बिर्सेर आएको सम्झना भयो। त्यसैले उनी घर फर्किए। ढोका खोलेर भित्न मात्र के हेरेका थिए, उनले देखे-बुढिया बेन्चनेरै घुँडा टेकेर उभिरहेकी थिई र पेत्रोले कहिल्यै लाउँदै पनि नलाएको कानेटोपी छातीनेरै टाँसेर त्यसलाई मानो दूधे बच्चालाई फुल्पाउन लागे झै हल्लाइरहेको थिई..,।

उनको _आँखा अगाडि अँध्यारो मात्र बाँकी रह्यो। उनी ह्विंसक जनावर जस्तै एकाएक बुढियालाई झम्टिन पुगे, उसलाई भुइँमा लडाइदिए र ओठबाट झर्नै आँटिसकेको फीज निलेर उनी धोत्रो स्वरमा कराए-

“छाड्‌ कुलांगारनी ! दे त्यो टोपी ! गरिरहेकी ? ” उनले कानेटोपी थुतेर लिए, सन्दुसभित्र हालेर ताल्चा मारिदिए। त्यसै बेलादेखि बुढियाको देब्रे आँखा फरफराउन थाल्यो र उसको मुखको एक कुना पनि बांगोबाँगो देखिन थाल्यो ।

दोन नदीको पानी जस्तै दिनहरू र हप्ताहरू बग्दै गए। शरदमा दोन सफा र नीलो देखिन्छ र प्रवाह सधैँ नै तीव्र रहन्छ।

एक दिन दोनको किनारामा बरफ जमेको देखियो । गाउँको माथि आकाशमा जंगली हाँसको एउटा पछि -परेको बथान उडेर गएको देखियो । साँझपख छिमेकको एउटा केटो गाभ्रीलाकहाँ एउटा खबर लिएर आयो । त्यो केटो देव-प्रतिमानेर पुग्दा हतपतसंग हातले छातीनेर क्रस चिन्ह बनाएर कोठाभित्र पस्यो ।

“नमस्कार, बाजे !”-त्यस केटोले भन्यो।

“भगवानले तिम्रो भलो गरून्‌।”

“सुन्नु भो, बाजे ? प्रोखोर लिखोभिदोभ त टर्कीबाट फर्केर आए नि ! उनी तपाईंकै पेत्रोको रेजिमेन्टमा भर्ना भएका थिए ।”

बूढा गाभ्रीला तुरून्तै सडकमा निस्किए। लामो लामो सास फेर्दै र खोक्दै उनी छिटो छिटो पाइला सारिरहेका थिए । तर प्रोखोर चाहिँ घरमा भेट्टिएन। उ आफ्नो दाजुलाई भेट्न भनी अर्को गाउँमा हिंडिसकेको रहेछ। भोलिपल्ट मात्रै उ घर फर्कने खबर पाइयो।

बूढा गाभ्रीलालाई रातभरि नै निद्रा परेन । आतशखान- माथि खोप्रोमा कहिले वल्टिँदै त कहिले पल्टिदै रातभर उनी जाग्राम नै बसे।

बिहान पनि कमजोरीले पहेंलिएको जस्तो देखिन्थ्यो र पूर्वतिरबाट नीलो मिमिरेको क्षीण प्रकाश फ्याँक्दै थियो। जून आकाशको बीचमा टल्किरहेको देखिन्थ्यो । उसमा पनि सके आकाशमा बादल भएको ठाउँसम्म घिस्नने शक्ति थिएन जहाँ लुकेर उसले दिनभरि विश्वाम लिन सक्ने थियो।