१८३२ मा जन्मिएका रूसी ल्यान्डस्केप चित्रकार लेभ केमेनेभका चित्रहरू निकै मनोहर मानिन्छन्, जुन हेरेरै पनि थाहा हुन्छ । एक पटक कला समीक्षक कन्स्टान्टिन कोरोभिनले उनका चित्रहरूलाई रूसी जंगल, सडक, थुम्काका अज्ञात कविताहरूलाई जनतामाझ पुर्याउने कविको उपमा दिएका थिए ।

लेभ केमेनेभले जीवनभर प्रकृतिले पोख्ने असंख्य रङहरूलाई जङ्गलबाट टपक्क टिपेर क्यानभासमा उतार्ने काम गरे । उनैका कारण रूसी ल्यान्डस्केपको २० औँ शताब्दी समृद्ध छ भनी केही दाबी गर्छन् ।

आउनुहोस्, आज हामी उनै चित्रकारका सुन्दर ल्यान्डस्केप अवलोकन गरौँः