नेपालमा रेल चलेको देखिएन, त्यसलाई छोपेर राखियो । अब त्यो नेपाली भूमिमा चल्ला भन्नेमा धेरैलाई आशंका छ । तर यस घटनाले नेपालीमाझ रेलको आकर्षणलाई भने बढाएको छ ।

यसै सन्दर्भमा एउटा अमेरिकी प्रसंग यहाँ जोड्नु उपयुक्त होला ।

एकताका अमेरिकामा पानीमाथि रेल दौडिएको देख्नु निकै सामान्य दैनिकी हुन्थ्यो । पानीमाथि रेल दौडिएको लिज्ली जोन्सलाई यति मन पथ्र्यो कि उनले भरसक त्यस्ता तस्बिरहरु कैद गर्ने रमाइलो अवसर छाड्दिन थिइन् ।

अमेरिकामा पानीमाथि दौडिने यस्तो रेलको पटरीलाई ‘ओभरसिज रेलरोड’ भनिन्थ्यो । यस्ता रेलका पटरीहरुले दुर्घटना बढाएको भन्दै बन्द गरिएको पनि ५० वर्ष पुगिसकेको छ ।

यहाँ लिज्ली जोन्स, स्टिभ प्याटर्सन लगायत अन्यका तस्बिरहरु यही रमाइलोका लागि राखिएको हो कि इतिहासमा यस्ता रेलका पटरी पनि थिए जो अहिले इतिहासमा मात्र सीमित बन्न पुगे, जसरी हाम्रो देशको रेल इतिहास बन्न पुग्यो ।

आउनुस्, रेलको सोही प्रसंगलाई स्मरण गर्दै यी रमाइला रेल तस्बिरहरु हेरौँः