साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

२०२१ का सामुद्रिक फोटोग्राफर पुरस्कार आमी जानलाई

सामुद्रिक जलचर तथा सामुद्रिक जीवनका बारेमा संसारको ध्यानाकृष्ट गराउने उद्देश्यका साथ ओसिनिक म्यागेजिनले शुरु गरेको सामुद्रिक फोटोग्राफर अवार्ड यो वर्ष आमी जानलाई दिइएको छ ।

जानले पश्चिमी अस्ट्रेलियाको निन्गालुमा खिचेको एउटा बूढो हरियो कछुवालाई ससाना श्वेत माछाहरुले घरेको तस्बिरलाई सर्वोत्कृष्ट ठह¥याइएको हो ।

यस प्रतियोगितामार्फत समुद्रको सौन्दर्य र यसले बेहोरिरहेको संकट विश्वव्यापी रुपमा प्रचार प्रसार गर्ने उद्देश्य पत्रिकाको रहेको छ ।

प्रतियोगितामा दोस्रो स्थान भने हेनली स्पायर्सले स्कटल्यान्डको सेटल्यान्ड आइल्यान्ड्समा खिचेको पौडिरहेका दुई गेनेट चराले पाएको छ ।

हक्सबिल प्रजातिको कछुवाले समुद्र किनारमा अण्डा छाडिसकेपछि जब अण्डा फुट्छ र कछुवा पहिलो पटक समुद्रतिर पौडन निस्कन्छ, त्यो बेलाको तस्बिर म्याटी स्मिथले खिचेका छन् । यो तस्बिर तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

यो अवार्डमा महिलाहरुलाई पनि समावेश गर्ने उद्देश्यका साथ एउटा बेग्लै विधा थप गरिएको छ । फिमेल फिफ्टी फ्याथम्स अवार्डमा भने लस एन्जल्सकी जीवविज्ञानकी शिक्षिका तथा फोटोग्राफर रिनी कापोजोलाले खिचेको सार्कको तस्बिर पुरस्कृत भएको छ ।

यस्तै योङ ओसिन फोटोग्राफर अफ अफ दि इयर पुरस्कार हाना लि लिउ पुरस्कृत भएकी छन् । उनले खिचेको हरियो सामुद्रिक कछुवा र ती कछुवा खान ठीक परेका चराहरु एउटा सुन्दर तस्बिर बन्न पुगेको छ ।

प्रतिक्रिया
Loading...