
माइकल डिकन
अपराधलाई कसरी व्यवस्थापन गर्ने भन्ने एउटा आदर्श सोच, शास्त्र पढाउनु हुनसक्छ तर यहीँ अर्को खतरा हामीकहाँ छँदैछ ।
गएको साता बेलायतको लेसेस्टर अदालतले नवनाजी विचारधारा मन पराउने एक २१ वर्षे युवा बेन जोनलाई जेल जाने कि शास्त्र पढ्ने भन्दै उनलाई सेक्सपियर र अन्य ठूला साहित्य पढ्न आदेश दिएको छ ।
‘तिमीले डिकेन्स पढेका छौ ? जेन अस्टिन नि ?’ न्यायमूर्ति तिमोथी स्पेन्सर क्युसीले बेन जोनलाई सोधे, ‘पढेका छैनौ भने प्राइड एन्ड प्रेजुडिसबाट थाल्नु, चाल्र्स डिकेन्सको अ टेल अफ टु सिटिज् पढ्नू । सेक्सपियरको ट्वेल्फ्थ नाइट पढ्नू । टोमस हार्डीबारे सोच्नू, ट्रोलोपी पढ्नेबारे सोच्नू ।’
यसो हेर्दा यो निर्णय वाहवाह गर्ने देखिन्छ । न्यायाधीशले बेन जोनलाई शास्त्र पढाएर चमत्कारी ढंगले तुरुन्त एउटा असल मान्छेमा रुपान्तरण गर्ने सोच देखिन्छ । ती साहित्यले उनलाई खुला दिमागको, सारा संकुचित विचारबाट मुक्त गर्ने, अरुप्रति घृणाभन्दा करुणाको भावले व्यवहार गर्ने बनाउँछ भन्ने सोचबाट प्रेरित देखिन्छ ।
बेन जोनले जब चार्ल्स डिकेन्सको ओलिभर ट्वीस्ट पढ्छन्, त्यसपछि उनको भेट फाजिनसँग हुन्छ, जो नग्न रुपमा यहुदीविरोधी लेखक हुन् । उनले सेक्सपियरको द मर्चेन्ट अफ भेनिस पढे भने त्यसको ठीक विपरीत साइलकका साहित्य फेला पार्न सक्छन् ।
त्यसपछि उनले सहजै एकपछि अर्को साहित्यिक बम फेला पार्नेछन् किनभने उनलाई उनकै सोचजस्तो विचार खाँदखुँद पार्नका लागि एज्रा पाउन्डका साहित्य छन्, जसले हिटलरको समर्थन गरेकी थिइन् । एभिलिन वाग छिन्, जसले मुसोलिनी मन पराउँथिन् र उनको महानता स्थापित गर्ने प्रयास गरेकी थिइन् । त्यतिले नपुगेर डब्लु. बि. यिट्सले एक किसिमको ‘व्राह्मणवाद’को पैरवी गरेका थिए । सर्वोत्कृष्ट मानव जन्माउन उसमा रहेको शुद्धता, उसको सही लालनपालन र सुसंस्कृत जीवनयुक्त परिवार चाहिन्छ भन्ने उनको मान्यता जताततै पाउन सकिन्छ ।
त्यसपछि बेन जोन अझ हौसिन्छन् र फिलिप लार्किन पढ्न थाल्छन्, जसले सरकारलाई भनेका थिए, ‘निग्रो (काला अफ्रिकी मूलका) लाई लात हानेर देशबाट निकाल… ।’ त्यस्तै जर्ज बर्नार्ड सअ पनि यो मामिलामा कम थिएनन् । उनले एकताका लेखेका थिए, ‘युरोपका अधिकांश पुरुषको बाँच्ने कुनै काम छैन ।’
त्यसपछि बेनले डिएच लरेन्सलाई फेला पार्नेछन्, जसले घोषणा गरेका थिए, ‘मलाई न त स्वतन्त्रतामा विश्वास छ न त प्रजातन्त्रमा नै ।’ एक पटक उनले विषाक्त ग्यास निर्माताहरुको आविष्कारलाई ढाड थप्थपाउँदै तीन पटक चियर्स भनेका थिए । उनको मत थियो, ‘यस्तो ग्यासको एउटा ठूलो सिस महल बनाइनुपर्छ ।’ र, त्यहाँ उनी दुःखी, रोगी र अपाङ्गता भएका मानिसलाई ठुँस्नुपर्छ भन्ने धारणा राख्थे ।
त्यसपछि उनले पक्कै पनि एचजी वेल्सको गैरआख्यानका कामहरुमध्ये एक ‘एन्टिसिपेसन्स’ पढ्नेछन्, जसमा उनले यस्तो ठाउँको परिकल्पना गरेका छन्, जहाँ काला जातिका झुण्ड, खैरा तथा फोहोरी श्वेत तथा पहेँला मानिसहरूलाई पठाइन्छ ।
माथिका सबै साहित्यकार एक से एक महान् हुन् । ज्यादै पढेलेखेका, ज्यादै शिष्ट देखिएका । तर यिनका सिर्जना हेर्दा उनीहरू कुनै कोणबाट पनि शिष्ट देखिदैनन्, कुनै सुसंस्कृतबाट सिर्जित चिज लाग्दैनन् । उनीहरू समाजप्रति सहनशील पनि पाइँदैनन् । अझ प्रगतिशील त लाग्दै लाग्दैनन् ।
बेन जस्ता अतिवादी युवाले त तिनलाई अझ बढी हौसाउँछन् ।
स्पष्ट भन्ने हो भने, बेन जोनलाई साहित्यको कारुणिक पक्षका बारेमा पढाउनुभन्दा उनलाई जेल हाल्नु नै ठीक र बुद्धिमतापूर्ण निर्णय देखिन्छ । जहाँ उनले डन ब्राउनका सुरक्षित सिर्जनाहरु पढ्न पाउने छन् ।
(द डेली टेलिग्राफबाट साभार)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
